Tuesday, January 2, 2024

चिनारी महिलाको

 चिनारी महिलाको




नामः ननिता महर्जन बज्राचार्य 

ठेगानाः कि.न.पा ९ टाउनप्लाजिङ

शिक्षाः Bacher (Sociology Population)

आवद्धः विद्यालय व्यवस्थापन समिति–सदस्य, शारीरिक सुगठन केन्द्रीय सदस्य, कीर्तिपुर खेलकूद समिति–सदस्य, शारीरिक सुगठन खेलका राष्ट्रिय निर्णायक मण्डल(जज)

पुरस्कार : MMR Kathmandu Body Building Championship and First ladies Fitness Championship Kathmandu -First, थाइल्यान्ड मा भएको  8th WBPF World Body Building and Sports Physique Championship (3rd),  मंगोलियामा भएको 9th WBPF World Body Building and Sports Physique (2nd)

राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिता के हो ? यो किन खेलाईन्छ ?

—राष्ट्रपति रनिङ शिल्ड खेल भनेको राष्ट्रगत रुपमा खेलिने खेल हो, यसमा विद्यालय व्यापी विद्यार्थी बिच खेल खेलाउने गर्दछ । यसबाट राष्ट्रिय स्तरको खेलाडीहरु तयार गर्ने योजनाका साथ खेल्ने खेल हो । यसमा पहिला नगरव्यापी जस्तै काठमाडौ भित्रका लगभग ११ वटा नगरपालिको प्रत्येक नगर भित्र खेल खेलाईन्छ । त्यसपछि नगरबाट जितेका विद्यार्थीलाई छनोट गरि क्षेत्रमा पठाइन्छ र क्षेत्रबाट जितेका खेलाडीलाई जिल्लामा खेल्नको लागि पठाइन्छ । त्यसपछि मुख्य राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगितामा आउछ । त्यहाबाट प्रदेशमा जान्छ यसरी नै तहगत रुपमा यो खेल खेलिन्छ । त्यो मध्य आफ्नो नगर जस्तै हाम्रो कीर्तिपुर भित्रमा खेलाएको यो खेल पहिलो चरणको हो भनेर बुझिन्छ । त्यसरी जित्दै जित्दै राष्ट्रियस्तरसम्म पुगिन्छ । त्यही भएर यो खेल धेरै महत्वपूर्ण छ र यसको उद्देश्य पनि धेरै राम्रो छ त्यसमा पनि विद्यालयहरुलाई जिम्मा दिएको अझ राम्रो जस्तो लाग्छ । 

यो वर्षको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कीर्तिपुर नगर भित्र कसरी हुदैछ ? यसमा कुन कुन खेलहरु खेलाइन्छ ?

—यो वर्षको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता की.न.पा को शिक्षा शाखाबाट विद्यालयलाई हस्तान्तरण गरेको छ । की.न.पा आयोजक भयो भने संयोजकमा मंगल मा.वि, सह संयोजकमा राराहिल मेमेरियल, जनसेवा मा.वि, नेपाल ब्एँ र लेबोरेटोरी स्कुल रहेको छ । प्रत्येक स्कुलको खेल मैदानमा एउटा खेल खेलाउने भनेर योजना बनेको छ पहिलाको १३ औं राष्ट्रपति रनिङ शिल्डमा कीर्तिपुर न.पा ले कीर्तिपुर खेलकूद समितिलाई हस्तान्तरण गरेको थियो । त्यो बेलामा पनि हामीले राम्रोसंग खेल समापन ¥गयौ । खेलाडीहरुमा राष्ट्रिय स्तरसम्मको खेलाडी समेत तयार भयो । यसरी नै यो वर्षमा पनि राम्रो राम्रो खेलाडीहरु तयार हुन्छ भन्ने आशा गरेका छौं । खेलको बारे भन्नू पर्दा यसमा सरकारबाट नै अनूसुचि दिइन्छ । हामीले खेलाउने मात्र हो । यसमा भलिब, कवडी, कराते, एथलेटिक्स, अनिवार्य खेलाउनु पर्ने खेल हो । ब्याडमिन्टन र टेबिनटेनिस खेल सहयक खेलमा राखेको छ । यो खेल अहिले राष्ट्रिय स्तरमा अनिवार्य खेलमा परेको छैन । यो पाली हामीले ब्याडमिन्टनलाई छानेर राखेका छौं ।

यो वर्षको खेलमा सहभागिताको अवस्था कस्तो छ ?

—पहिलाको वर्षमा कीर्तिपुर खेलकूद समितिले गर्दा जति खेलाडीहरुले भाग लिएको थियो । यो वर्षमा भाग लिने विद्यार्थीहरु कम देखिएको छ ।  सामुदायिक विद्यालयहरुले प्राय भाग लिएको देखिन्छ तर प्राईभेट विद्यालयबाट देखिदैन । पहिलो वर्षमा सबै विद्यालय गरेर लगभग २०÷२२ वटा विद्यालयले भाग लिएको थियो तर यो वर्षमा जम्मा ८ वटा विद्यालय मात्र सहभागी भएको देखिन्छ । यो पाली खेलको लागि आव्हान गरिदा समय पनि थोरै थियो किनभने यो कार्यक्रम मंसिर महिना भित्रै समापन गर्नु पर्ने थियो । विद्यार्थीको पनि परीक्षा भएको कारण सहभागीको संख्या कम भएको जस्तो लाग्छ ।

यो खेल कतिको महत्वपूर्ण छ र कीर्तिपुरमा यसको अवस्था कस्तो रहेको छ ?

—यो एउटा आफ्नै छुट्टै पहिचान बोकेको खेल हो र राम्रै नजरले हेरिन्छ । यसको धेरै राम्रो उद्देश्य छ । जुन एउटा विद्यार्थीलाई शारीरिक  र मानसिक रुपमा स्वस्थ हुन सक्ने, पढाइ मात्र होईन एउटा खेलमा पनि आवद्ध हुनुपर्छ भन्ने सन्देश बोकेको, उनीहरुको शारीरिक विकासक्रम बढ्ने समयमा खेल्यो भने स्वस्थ्य अनि राम्रो मजबत हुने भएकोले खेल खेल्नु पर्छ । यसर्थ कीर्तिपुरका उपमेयर, १० वटै वडाका वडा अध्यक्षहरु, व्यवस्थापन समितिका सल्लाहकार डा. हिरा ब.महर्जन, डा.रामकृष्ण महर्जन, संघरत्न बज्राचार्य, अहिलेका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्र. महर्जन लगायत धेरैको तर्फबाट यो खेल राम्रो हुँदै जाओस भन्ने शुभकामना दिनुभएको छ । खेल पनि राम्रो नै भयो र खेलको हकमा संयोजकको आधारमा ५ वटा विद्यालयलाई जिम्मा दिएको थियो । मंगल मा.वि लाई कवडी खेल, राराहिल स्कूललाई कराते, लेबोरेटोरी स्कुल जुन कीर्तिपुर भित्रको प्रयाप्त  खेलमैदान भएको ठाउँ त्यहाँ एथलेटिक्स, ब्एँ स्कुलमा भलिबल, जनसेवा मा.वि मा ब्याडमिन्टन यसरी खेलको विभाजन गरेको कारण कसैलाई पनि धेरै भार परेन । उद्घाटनको समयमा उपमेयर म्यामले पनि राम्रै प्रतिक्रिया दिनुभयो । यसैबाट नै खेलाडी उत्पादन हुने अनि वर्षै पिच्छे खेलिने र बालबालिकाहरु राष्ट्रिय स्तरसम्म पुग्नु भनेको उनीहरुको लागि एउटा मौका पनि हो । सबैको साथ सहयोग र शुभकामनाले हाम्रो खेल राम्रो भयो । अनि कीर्तिपुर भित्रमा सबै खेल एउटै मैदानमा खेल्न सक्ने त्यस्तो राम्रो प्रयाप्त खेल मैदान नभएको कारण जहाँ राम्रो खेल मैदान छ त्यही नै जिम्मा दिएको थियो । आगामी दिनमा कीर्तिपुरमा पनि खेलाडीहरुको लागि खेल मैदानको राम्रो व्यवस्था गर्नुहुनेछ भनी आशा राखेकी छु र गर्नु पनि पर्छ । हाम्रो खेल विकास पनि यहीबाट हुन्छ बालबालिका पनि कुलतमा पनि लाग्दैन खेल भनेको राम्रो हो । यस्तो खेल की.न.पा ले वर्ष एकचोटी मात्र नभएर बेलाबेलामा गरि राख्नु नै पर्छ ।

कीर्तिपुरको हकमा यहाँका खेलाडीहरु अहिले कहाँ सम्म पुगेका छन् र आफ्नो पहिचान बनाउन सफल भएका छन् ?

—कीर्तिपुरको खेलाडीको हकमा भन्नुपर्दा यो समयमा बास्केटबल खेलमा एकदमै अगाडि बढिरहेको छ । अनि पहिला भलिबलमा पनि कीर्तिपुरबाट नाम राखिरहेको थियो । त्यो समयमा भलिबल खेलमा कीर्तिपुरबाट आएको भन्ने बित्तिकै अरु मानिसहरु अलि पछाडी हटेको सम्म थियो । खेलमा आफ्नो पहिचान राखेको थियो । मेरो व्यक्तिगत हिसाबमा भन्नुपर्दा पहिला जति पनि खेलाडीहरु थियो । अहिले उनीहरु राष्ट्रिय अन्तरास्ट्रिय स्तर समेतमा प्रशिक्षकको रुपमा आफ्नो पकड जमाई सकेको छ । तर त्यही कुरा नै अहिले हेर्दा रोकिरहेको देखिन्छ । समय त्यस्तो हो या महंगीको कारण काम काम भन्दै खेलकूदमा पछाडी हटेको या की. न.पा ले वास्ता नगरेको हो की, थाहा भएन । नभए कीर्तिपुरमा पनि आफ्नो क्षेत्रबाट करातेमा, बास्केटबल, भलिबलमा भन्नुपर्दा राष्ट्रिय स्तरमै पनि अस्ति कीर्तिपुरबाट पनि भाग लिएको थियो । खेलमा राष्ट्रिय र अन्तर्रास्ट्रियका लागि ध्यानमा राखेर कीर्तिपुरले केही गर्ने हो भने धेरै राम्रो परिणाम ल्याउन सक्ने हामीसंग राम्रो खेलाडीहरु प्रयाप्त छ । एथलेटिक्स भयो शारिरीक सुगठनमा म पनि छु । मैले पाईला टेकेको ठाउँमा मलाई हेरेर प्रभावित भई अगाडि बढेको धेरै खेलाडीहरु पनि छन् । ग¥यांै भने खेल जगतमा हाम्रो कीर्तिपुर धेरै अगाडि छ तर यसलाई निरन्तरता कसरी दिने भन्ने प्रणाली हुनुप¥यो, अगुवाई गर्ने की.न.पा ले उनीहरुलाई ठाउँ दिने हो भने यो खेल क्षेत्रमा पनि रोजगारी समेत दिन सक्ने अवस्था छ । तर यो राम्रोसंग कार्यान्वयन गर्न नसकेकोमा दुःख लागेको छ ।

तपाईंले यो शारीरिक सुगठन खेल कहिले देखि शुरु गर्नुभयोतपाईंले विदेशमा गएर खेलमा भाग लिन जानू हुँदाको अनुभव कस्तो रह्यो ?

—विदेशमा जाने बेलामा आफ्नो व्यक्तिगत विचार मलाई कहिल्यै आएन । नेपालको झण्डा बोकेर त्यो ठाउँमा गईसकेपछि आफ्नो लागि होइन देशको लागि भनेर सोच आउदो रहेछ । त्यहींबाट आफ्नो देशप्रतिको माया कति हुँदो रहेछ भनी थाहा भयो । नेपालको कमजोरी पनि देखियो त्यो नै अरु देशको तुलनामा नेपालको खेलाडी, अफिसियल कमी देखियो । १÷२ जना खेलाडीलाई १ जना अफिसियल हुन्छ तर २÷४ जना पनि लान सकेन । वर्षै पिच्छे नेपालको प्रतिनिधि भएर भाग लिन जाँदा नेपालले कहिल्यै पनि खाली हात फर्किनु परेको छैन । आफ्नो खेल र देश प्रति लगाब र गर्व लाग्छ र धेरै माया पनि छ ।

तपाईं कुन कुन देशमा भाग लिन जानू भयो ? यो खेलमा खेलाडीको अवस्था कस्तो छ ?

—पहिलो चोटी थाईल्यान्डको पटायामा आठौं विश्व च्याम्पियनसीप खेलमा तेस्रो पुरस्कार, नवौं खेलमा दोस्रो पुरस्कार लिएर आए त्यसपछि दशौं खेलमा पहिलो पुरस्कार ल्याउनको लागि तयारी गर्दै थिए तर विरामी भएर जान सकिन सायद  मेरो भाग्यमा थिएन होला । यो ठाउँमा आफ्नो जग बसालि सके । यो क्षेत्रमा मलाई हेरेर मेरो मेहनतलाई कदर गरेर अरु पनि खेलाडीहरु जन्मिरहेको छ । म मात्र जानू ठुलो कुरा होईन मेरो पछि आएका खेलाडीहरुलाई पनि पठाउनु मेरो लागि उपलब्धि हो जस्तो लाग्छ । यसरी नै खेलाडीहरु अझै जन्मोस मेरो सोच हो । नेपालले पनि यो क्षेत्रमा आफ्नो पहिचान राख्न सक्छ किनकी हामी नेपाली एकदमै मेहनेती छौं । यसमा दुःख लाग्ने कुरा भनेको यो खेलमा २÷३ महिनादेखि नै एकदम मेहेनत गरेर तयारी गरि सकेपछि एक जना साथिको भिसा नलागेर जान पाएन । जान पाएको भए १००% नै मेडल ल्याउने पक्का थियो ।

खेलको शुरुवात देखि अहिलेसम्म कुन स्तरमा पुग्नु भयो ?

—जब मैले नेपालको लागि मेडल ल्याए त्यो बेलामा मैले त्यहा सिकेको कुरा सबै माझ सुनाए । मैले वडी विल्डिङ साथै शरीरको बनावट कस्तो कस्तो खालको हुन्छ, कस्तो लुगा लगाउने, जुत्ता लगाउने, कलर लगाउने सबै सिकेर आए र सबैलाई भनें । यसै बारेमा तालिम समेत दिए त्यसले सायद निर्णायक कमितिलाई राम्रो लागेर होला निर्णायक मण्डलको परीक्षा दिएर पास भई जिल्ला स्तरीयमा जज समेत भएँ । एशियन खेलमा जज चाहियो भनि परीक्षा दिन लगायो त्यसमा पास भएर हाल राष्ट्रिय स्तरको निर्णायक मण्डल समेत बन्न पुगे भन्नू प¥यो ।

तपाईंलाई हेरेर पछ्याईरहेका खेलाडीहरु ढिरहेको छ र महिलाहरुको सहभागिता कस्तो छ ?

—यो खेलमा धेरै खेलाडीहरु  बढिरहेको छ । हेर्ने हो भने अहिले जिल्लाले, क्लबले गरिरहेको खेलमा धेरै भाग लिईरहेको देखिन्छ । भरखरै हिमालयन खेल भयोे त्यो लगत्तै एशियन खेल पनि भएको थियो त्यसमा पनि नेपालले धेरै मेडलहरु जितेको छ । त्यसमा खुसी लाग्छ र आफूलाई गर्व लाग्छ । खेलाडीबाट अहिले आफ्नो अहिले एउटा फिटनेस प्वाईट सेन्टर खोलेर काम गर्दैछु । व्यस्त समयमा मानिस स्वास्थ हुन, रोग लाग्न नदिन, यसले फिजियो जस्तैः नशा कसरी बलियो बनाउने, जोर्नीको समस्या नल्याउनको लागि नै भए पनि अहिले खेलाडीहरु बढिरहेको छ । ३÷४ वटा फिट्नेट प्वाईट स्थापना गरेको समयमा लिएको अनुभव हेर्दा महिलाहरुको सहभागिता धेरै राम्रो छ । बाहिर महिला पुरुषको बराबरी सहभागिता छ भने कीर्तिपुरको हकमा थोरै कम देखिन्छ ।

अन्तमा केही भन्नू छ कि ?

—हामी मानिस अहिले रोग नलागेर औषधी खान नपरेकाहरु सायदै कमै होला ।  बिरामी भएर बस्न नपर्नको लागि दिनमा थोरै भए पनि कसरत गर्ने कोसिस  गरौ बालबालिका छ भने कुनै एउटा खेलमा सहभागी भएर स्वस्थ्य हुन कोसिस गरौ साथै अन्तमा आफ्नो केही विचार अनुभवको कुराहरु सुनाउने मौका दिनु भएकोमा “कीर्तिपुर सन्देश“को सबै टीमलाई हृदयदेखि धेरै धेरै धन्यबाद छ ।

– प्रस्तोता अनिता महर्जन

No comments:

Post a Comment