Wednesday, July 28, 2021

दर्शन साकोसको QR सेवा सुरु

 दर्शन साकोसको QR सेवा सुरु


कीर्तिपुर नगरपालिका वडा नं. ९ नगाउमा मुख्य कार्यालय रहेको दर्शन बचत तथा ऋण सहकारी संस्थाले QR सेवा सुरु गरेको छ । बैंकहरुले तिब्र रुपमा प्रचलनमा ल्याएको यो सेवा दर्शन साकोसले अघिल्लो वर्ष देखि नै सुरु गरेको भएता पनि यस वर्ष Lockdown को बेला दर्शन को QR सेवा सहकारीका Share सदस्यहरुले तिब्र रुपमा प्रयोगमा ल्याएको हो । कीर्तिपुर क्षेत्रमा QR सेवा प्रयोगमा ल्याई सहकारीलाई पूर्ण डिजिटल बनाउने दर्शन पहिलो सहकारी संस्था बनेको छ ।

केहि समय अगाडी काठमाडौँका दुइ ओटा सहकारी संस्थाहरुलाई एकीकरण गरि कीर्तिपुर क्षेत्रमा नै पहिलो पल्ट एकीकरणको नमुना बन्न र इतिहास कायम गर्न सफल यो संस्थाले डिजिटल क्षेत्रमा पनि पहिलो नै बनेको छ । 

संस्थाले कीर्तिपुर नगरपालिका वडा नम्वर 9 नगाउ रोडमा रहेको संस्थाको भवनबाट निकट भबिस्यमा ATM सेवा समेत सुरु गर्ने योजना रहेको उक्त संस्था का CEO सुबर्ण महर्जन ले बताउनु भयो । उक्त ATM सेवा सुचारु भए पछि सो कार्ड प्रयोग गरेर जुनसुकै बैंक को ATM बूथ बाट पनि पैसा झिक्न मिल्ने जानकारी समेत CEO महर्जन ले बताउनु भयो ।

 सहकारीलाई प्रविधिमैत्रि सेवा दिने क्रममा  संस्थाले QR सेवा को साथै मोवाइल बैंकिङ सेवा कीर्तिपुर सहित काठमाडौँ महानगरपालिकाको खुसिबु स्थित सोनित्य सेवा केन्द्र र अनामनगर स्थित आदिबासी सेवा केन्द्रबाट समेत दिइरहेको संस्थाका अध्यक्ष दिनेश दर्शनधारीले बताए ।


No comments:

Post a Comment