Friday, January 25, 2019

विद्यालय व्यवस्थापन समितिमा दलको बाहुबली

विद्यालय व्यवस्थापन समितिमा दलको बाहुबली






म. केशव
शिक्षा 

परिचय ः

“संसारको सवैभन्दा  ठूलो शक्ति युवाको शक्ति र नारीको सौदर्य हो, त्योभन्दा अधिक शक्तिशाली शिक्षा हुन्छ ।” महान् गुरू चाणक्यको यो भनाइबाट शिक्षाको स्थान कहाँ छ भनीरहनु आवश्यक छैन । वि.स.२०१६ सालमा त्रि.वि.को स्थापनासँगै नेपालको शैक्षिक राजधानीको रूपमा कीपूलाई रूपान्तरित गर्न मूलद्वार खुलेको हो । २ दर्जनको हाराहारीमा रहेको मा.वि र आधी दर्जनको संख्यामा रहेको १०+२ तथा करिव त्यत्तिकै सख्यामा रहेको स्नातक कजेलको मजबुद एवं उच्च नतिजासहितको उपस्थितीले शिक्षाको जग दरिलो र बलियो भएको सप्रमाण पुष्टिसमेत गरेकोछ । उपत्यका मन्दिरैमन्दिरको शहर, बन्दीपुर पहाडकी रानी, जिरी नेपालको स्वीजरल्याण्ड, खोकना जीउँदो संग्राहलय भनेझैं कीपू शैक्षिक राजधानीको उपनामले मुलुकभर परिचितै छ ।

विद्यालय व्यवस्थापन समिति ः

कीर्तिपुरमा बल्लतल्ल विद्यालय व्यवस्थापन समितिले कछुवा गतिमा पूर्णता पाउदैछ । एकातर्फ व्यवस्थापन समितिले पूर्णता पाउनु खुशीको अवस्था हो भने अर्कोतर्फ अमुक राजनितिक दलका कार्यकर्ताका खुला क्रिडा स्थल हुदै जानु लज्जाबोधको विषय पनि हो । हुनत २÷४ दलका २÷४ जना राजनितिक कार्यकर्ता÷व्यक्तिको व्यवस्थापन समितिमा आगमनले के नै होला भन्ने यक्षप्रश्न नआउला भन्न सकिन्न तर पोटासै राखे पनि पिउनयोग्य पानीमा दुगन्ध त पक्कै आउला । नेपाली समाजमा रहेको एउटा कुहिएको आलुले बोराको पुरै आलु खराब गर्न सक्छ भन्ने मान्यतालाई पनि यहाँ आँखा चिम्लिन सकिन्न ।

नेपाली समाजमा 

राजनितिमा केहि समयका लागि निर्वाचित भैसकेपछि निर्वाचित व्यक्तिले अचानक सवै क्षेत्रमा विज्ञता तथा बुद्धत्व हासिल हुने राष्टूव्यापी सरूवा लक्षण प्रधानमन्त्रीदेखि स्थानीय वडाका सदस्यहरूमा समेत सर्व व्याप्त छ । दक्षिण एसियाकै शिक्षा क्षेत्रमा नेपालमा कम शैक्षिक लक्ष्य हासिल हुनुको मूल दोष अत्याधिक र अनावश्यक
अराजक राजनितिक हस्तक्षेप  हो भन्दा गलत नहोला । हुदाहुदा विद्यालय व्यवस्थापन समिति समेतमा भटाभट अमुक राजनितिक दलका नेता र कार्यकर्ता भर्ती हुनु शुभ संकेत भने होइन । पहुँच र पार्टीका सदस्यता विना अयोग्य एव अदक्ष हुने राष्टिूय सभ्यताको सुरूवाटबाट शिक्षा क्षेत्रमा अतुलनीय क्षय भैसक्यो यस्ता अदुरदर्शी कुसंस्कारले अझै क्षयीकरण हुदै जानेनै छ । झोला र झण्डा बोक्ने झुण्डका सिण्डिकेटमा भएको बढोत्तरीले धमिलो पानीमा माछा मार्नेलाई मात्र टेको र टेवा देला सर्वसाधारण अभिभावक र तीनका सन्तानलाई मेवा दिनेमा भने कुने आधार देखिन्न ।

अबको गन्तव्य ः

दियो साथमा भए हरेक औशी र अध्यारोमा पनि पथ पहिचान गरी गन्तव्य र लक्ष्यमा पुग्न सरल एव सहज हुन्छ । परम्परागत संकाय÷ विषय÷पाठ्यक्रम मात्र होइन आधुनिक र विद्यार्थीका मागअनुसारको समय सुहाउँदो रोजगारी मुलक र जीवनउपयोगी विषयबस्तुसमेत अध्ययन अध्यापन गराउनु अबको गन्तव्य हो, यसैतर्फ नवनियुक्त व्यवस्थापन समितिका सदस्यहरूले पहल गरी पाइला चाल्न जरूरी छ । सामुदायिक र सरकारी पाठशालामा स्थानीय अभिभावक र विद्यार्थीको न्युन अभिरूचिलाई सुधारात्मक शैक्षिक योजना र त्यसको सफल कार्यान्वयनबाट सम्बोधन गरीनुपर्दछ । यस्तो व्यवस्था र वातावरणले ूमान्न भन्दा जान्नू मा मल र बल
िदन्छ । जीवन यापनका क्रममा माछा माग्नभन्दा माछा मार्ने सीपलाई बढवा पनि दिन्छ  नै । उसै त आफ्नो आधी भन्दा अधिक जीवन व्यवसायीक शिक्षामा अर्पण गर्नु भएका आदरणीय वर्तमान मेयर साुप सामु शिक्षा एव विद्यालय व्यवस्थापन समिति माथिका सुझावहरू इन्द्रका अगाडी स्वर्गका बयानझैं लाग्दो हो । तर अर्ति भनेको धर्तीको पनि सुन्नु पर्छ भन्ने परम्परा विर्सन नी हुन्न । विद्यालय व्यवस्थापन समितिमा राम्रा भन्दा नी हाम्रा मान्छेको हावी हुदैगइरहेको छ जुन कालान्तरमा फलदायी हुने लक्षण भने होइन । व्यवस्थापन समितिमा प्रवेशले अल्पकालीन अवस्थामा राजनितिक दलका योद्धालाई टेको, टेवा र मेवा टन्नै होला तर दिर्घकालमा शैक्षिक संस्थाहरू रोपवे, टूलीबसझैं दुर्लभ हुन समय नलाग्ला ।

निष्कर्शः

पञ्चायति पृष्ठभूमीलाई मलजल गर्ने गरी राजा महेन्द्र शाहले थालनी गर्नु भएको नेपालको आधुनिक शिक्षा वि.स २०४६ साल पश्चात केही सुधार आएका छन् तर प्रर्याप्त छैन । अझै पनि यस प्रकारको परम्परागत शैक्षिक प्रवृत्तिले गरीखान भन्दा मागी खान उत्प्रेरणामा बल दिन्छ । विप्रेषण, विदेशी ऋण र अनुदान, अन्तराष्टिूय गैरसरकारी संस्थाको अनावश्यक तर बाक्लो उपस्थितीले मुलुकको शैक्षिक गुणस्तर उँभो नलाग्नेमा कसैलाई अव शंका नरहला । स्वदेशमै माटो सुहाउँदो मौलिक तर विश्वस्तरको गुणस्तरिय शिक्षा प्रर्वद्धन र प्रवर्तनमा उद्यमशिल हुन अबेला हुनै लागिसक्यो ।

शिक्षामा गुणात्मक बृद्धि  गरी उत्पादनमुखी एवं रोजगारी मुलुक उद्यमलाई नगर एवं राज्य दुवैले प्रधानता र प्राथमिता अव दिनै पर्दछ । राजनीतिक योद्धाको व्यवस्थापन समितिमा प्रवेशले शैक्षिक गुणस्तर र वातावरणलाई
सकरात्मक उत्तेजना सृजना गर्ने भन्दा नि गुणस्तरमा स्खलल हुनेमा दुविधा छैन । २०४६ साल पछिको लामो अनुभव पनि सप्रमाण यहि सिद्ध गर्दछ । गुणस्तरमा तुलनात्मक फड्को मार्ने हो या धोतीमा जुम्रा केलाउन नि योग्य नभएका झुण्डलाई व्यवस्थापन समितिको डाडू पन्यु सुम्पिने हो ? विद्यार्थी, अभिभावक, गुरूवर्ग, स्थानीय प्रतिनिधि एवं अन्य सरोकारवाला निकायले मनन गर्नु पर्ने अवस्थाको जन्म अब भएकै हो ।
M. Keshab

सुख्खा बन्दरगाहको काम कीर्तिपुर नगरपालिकाले रोक्ने !

सुख्खा बन्दरगाहको काम कीर्तिपुर नगरपालिकाले रोक्ने !
नयाँ ढंगबाट आन्दोलन गर्ने चोभार संरक्षण समितिको तयारी 




कीर्तिपुर सन्देश साप्ताहिक
माघ ६ गते सोमबार कीर्तिपुर नगरपालिका चोभार क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण कार्य रोक्न तथा कर्मचारी र जग्गा र स्थानीय मुद्दा सम्बोधन गर्न नगरपालिकाको तर्फबाट आवश्यक पहल गर्न चोभार संरक्षण समितिले कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलाई ज्ञापनपत्र बुझाएको थियो । सुख्खा बन्दरगाह निर्माणको विरोधमा आन्दोलन गर्दै आएको संस्था चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जनको नेतृत्वमा सो समितिका पदाधिकारी तथा स्थानीयवासीहरु नगरपालिकाको कार्यालयमा पुगेका थिए । संयोजक महर्जनले कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलाई सो ज्ञापन पत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्नु हुँदै नगर प्रमुख रमेश महर्जनले उप–प्रमुख सरस्वती खड्का, वडाध्यक्ष न्हुच्छे बहादुर महर्जनको उपस्थितिमा जनताका समस्याहरु पहिले समाधान नगरी कुनै पनि योजना अघि नबढाउन सरकारलाई आग्रह गर्न नगरपालिकाले आधिकारिक निर्णय गर्ने तथा सुख्खा बन्दरगाह निर्माण कर्ता नेपाल ईन्टरमोडल यातायात बिकास समितिलाई नगरपालिकाको अनुमति बिना कुनै पनि भौतिक संरचना निर्माण नगर्न रोक्का पुर्जी जारी गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।


यसैवीच चोभार संरक्षण समितिले विज्ञप्ति जारी गरी राज्यले बल प्रयोग गरि सुख्खा बन्दरगाहको शिलान्यास गरेको घटना र स्थानीयवासीलाई गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाएको छ । गत माघ ३ गते सो घटना भएको हो भने सोहि दिन समितिले विज्ञप्ति समेत जारी गरेको थियो । विज्ञप्तिमा भनिएको छः ‘चोभारको साविक हिमाल सिमेण्ट कारखानासंग भएको संझौता कार्यान्वयन, जग्गा प्राप्ति ऐन, २०३४ संग सम्वन्धी समस्या, हिमाल सिमेण्टका नामवाट नेपाल सरकारका नाममा पछिल्लो पटक जग्गा नामसारी गर्दा गैर कानूनी रुपमा थपिएका जग्गा, कर्मचारीहरुको वाँकी तलब भुक्तानीसंग सम्वन्धीत समस्या, स्थानीय जनताको समस्या समाधान पश्चात मात्र अर्को योजना थाल्ने गत २०७५, मंसिर–४ गते उद्योग मन्त्री मातृका यादववाट जारी भएको प्रतिवद्घताको खिल्ली उडाएर यस समितिका संयोजक पंचलाल महर्जन सहित पचासौं जना स्थानीय पिडित जनतालाई विहानैदेखि घर, पसल, वाटोवाट समेत धरपकड गरेर एकाएक भूमिगत शैलीमा, स्थानीय सरकारको अधिकार क्षेत्रमा ठाडो हस्तक्षेप गरी, सबै तहका जनप्रतिनिधीको असहमति र अनुपस्थितिमा चोरवाटो अपनाएर माघ ३ गते गरिएको शिलान्यास कार्यक्रम प्रति घोर विरोध तथा आपत्ती प्रकट गर्दछौं । शिलान्यास कार्यक्रम गर्न नेपाल सरकारले गरेको दमन, धरपकड र जनताको विचार र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकमाथि भएको क्रुर दमनप्रति घोर विरोध तथा खेद प्रकट गर्दछौ । जनताको भावना विपरित विभागिय उद्योग मन्त्री आफैंले स्थानीय पिडित जनतासंग गरेको पछिल्लो समझदारी समेत लत्याएर गरिएको सुख्खा बन्दरगाह (ड्राईपोर्ट) को शिलान्यास, निर्माण कार्यक्रम तत्काल रोकी जनताको माग तत्काल पूरा गर्न, गराउन आग्रह गर्दछौं । अन्यथा जनताका न्यायोचित मागहरु पूरा गर्न, गराउन जुन सुकै स्तरको संघर्षको कार्यक्रम संचालन गर्न पनि समिति पछि नहट्ने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।’ यसैवीच चोभार संरक्षण समितिले नयाँ ढंगवाट आन्दोलन गर्ने समेत जनाएको छ ।

Thursday, January 24, 2019

चोभारको सुख्खा बन्दरगाह सम्बन्धि चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जनसंग गरिएको कुराकानी

चोभारको सुख्खा बन्दरगाह सम्बन्धि चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जनसंग गरिएको कुराकानी



पंचलाल महर्जन

सुख्खा बन्दरगाह जस्तो राष्ट्रिय गौरवको योजना चोभारमा ल्याउँदा पनि तपाईहरुले विरोध गर्नु भयो, किन ?

—हामीले सुख्खा बन्दरगाहको बिरोध गरेका होईनौं । यो देशको बिकास र समृद्धिको लागि धेरै सुख्खा बन्दरगाह चाहिएला, चाहिन्छ । हामी बुझ्छौं । हाम्रो यति मात्र भनाई हो की राष्ट्रको लागि यति महत्वपुर्ण योजना निर्माण गर्दा उपयुक्त स्थानमा बनाओस र लामो अवधिसम्म अनवरत रुपमा सञ्चालन होस् भन्ने हेतुले सुख्खा बन्दरगाह चोभारमा उपयुक्त छैन भन्ने हो । स्पष्ट रुपमा भन्नु पर्दा सुख्खा बन्दरगाहको जुन प्रकृति, चोभार क्षेत्रको विशेषता अनुसार यो न त योजना अनुसारको ठाउँ भयो न त ठाउँ अनुसार नै योजना भयो । अतः राष्ट्रलाई आवश्यक गौरवको योजना अरु धेरै उपयुक्त स्थानमा लगियोस् भन्ने आग्रह हो । बातावरणीय, साँस्कृतिक, धार्मिक, भौगोलिक सबै हिसावले सुख्खा बन्दरगाह चोभारमा उपयुक्त छैन । मानव वस्ती वीचमा सुख्खा बन्दरगाह निर्माण अन्तर्राष्ट्रिय मापदण्ड विपरित छ ।


सुख्खा बन्दरगाह बनाउने बिषय त आज भन्दा पाँच बर्ष अघि देखि कै कुरा होईन र ? किन अहिले आएर मात्र बिरोध ?

—हामीले सुख्खा बन्दरगाहको प्रारम्भिक समय देखि चोभार क्षेत्रमा हुनु हुदैन भनि आफ्नो मत राखिरहेका छौं । यति मात्रै होईन हामीले त अझ २०५८ साल देखि नै यहाँको पर्यावरणीय समस्या, जग्गाको समस्या सम्बोधन नभई यहाँ कुनै पनि योजना अगाडी बढ्न सक्दैन भनेर लगातार आवाज उठाई रहेका छौं । हिजो सामान्य छलफल, सरसल्लाह, लिखित निवेदन र मुद्धा मामिलाको रुपमा अगाडी बढेको थियो त्यति धेरै मिडियाबाजी भएको थिएन । जब सरकार आफ्नै सहमतीलाई उल्लंघन गरेर अगाडी बढ्यो र जनताले स्वतस्फुर्त विरोध र संघर्ष गरे त्यसपछि सञ्चार माध्यमले व्यापक स्थान दियो । यसैले हिजो भएको गतिविधिका बारेमा जानकारी नभई एकाएक प्रचारमा आएपछि धेरैमा यस्तो पर्न गएको हो । त्यसैले यहाँको समस्या समाधानको बिषयमा र चोभारमा सुख्खा बन्दरगाहको उपयुक्त योजना नभएको बिषयमा शुरु देखि नै आवाज उठाई आएको हो । कसैमा पनि
भ्रम नहोस् ।

केहि स्थानीयको मात्र विरोध हो भनेर सरकारी पक्षले खिसि गरिरहेका छन् नी त । यथार्थ के हो ?

—यस बिषयमा दोहोरो तरिकाले बुझ्न जरुरी छ । पहिलो यदि केहि सिमित व्यक्ति कै मात्र बिरोध हो भने पनि हामीले उठाएको माग र एजेण्डा सहि कि गलत यसरी हेर्नु पर्दछ । यदि सहि र राम्रो माग र एजेण्डा हो भने एकै जनाले उठाएको भए पनि सुनुवाई हुनु पर्दछ । गलत भए लाखौंले गरेको भए पनि त्यसको सुनुवाई हुनु जरुरी छैन । दोस्रो प्रभावित हजारौं जनता आफ्नो समस्या पहिले सम्बोधन गर, त्यस पछि मात्रै अन्य योजना भनेर निरन्तर सडकमा उत्रेको बिषय कसरी केहि स्थानीय हुन्छ ? यहाँहरुलाई थाहै छ शिलान्यासको दिन सरकारी पक्षले अघोषित कफ्र्यु नै लगाएर आतंकित पार्दा समेत  ५४ जना गिरफ्तारमा परेका थिए । सयौंको जुलुस सहित कालो झण्डा प्रदर्शन भएको थियो । यदि उनीहरुले भने जस्तो केहि व्यक्तिहरुको मात्रै विरोध हुँदो हो त हजारौं हजार सुरक्षाकर्मी परिचालन आवश्यक नै थिएन ।

यसरी राष्ट्रिय गौरवको योजना निर्माणमा अवरोध सृजना भयो वा विरोध भयो भने तपाईहरुलाई त विकास विरोधी भन्लान के भन्नु हुन्छ ?

—हाम्रो समस्या र मागलाई नबुझ्ने जो कोहीले पनि त्यो भन्न सक्दछ । तर हामीले सुख्खा बन्दरगाहका बारेमा राखेका विचार र समस्या सम्बोधनको लागि राखिएको माग बुझ्नेले हामीलाई त्यस्तो कदापी भन्दैन । हामीले समुदायस्तरबाटै चोभार क्षेत्रमा गरेका विविध विकासका योजना जस्तै मञ्जुश्री पार्क, मञ्जुश्री बाल उद्यान, मञ्जुश्री पिकनिक स्थल, बिश्वकै सबैभन्दा अग्लो मञ्जुश्रीको प्रतिमा, मञ्जुश्री भ्यु प्वाईन्ट, मञ्जुश्री गुफा तथा गल्छी अवलोकन स्थल दशकौं अघि देखि (केहि निर्माण सम्पन्न गरि केहि निर्माण प्रक्रियामा रहेको) निर्माण गरि सञ्चालनमा ल्याएर चोभार क्षेत्रलाई सिंगो देशको नमुना पर्यटकीय आकर्षणको थलोको रुपमा विकास गर्न आधार निर्माण गरि सकेका छौं । यसर्थ चोभारलाई पर्यटकीय नगर कै रुपमा विकास गरौं । सुख्खा बन्दरगाहलाई अन्य उपयुक्त स्थानमा निर्माण गरेर चोभार क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रको रुपमा बिकास गरौं जसले चोभार क्षेत्रबाट देश र जनताले सुख्खा बन्दरगाहबाट भन्दा अत्याधिक फाईदा हुन्छ । यसो भन्दा हामी त झन बिकासबादी पो भयौं भन्ने लाग्छ ।


स्थानीयबासीहरुको वास्तविक मागहरु के के हुन ? जनताले बुझ्ने भाषामा बुँदागत रुपमा भनिदिनुस न ?

—एकै वाक्यमा भन्नु पर्दा स्थानीयहरुको समस्या र माग भनेको जग्गाको समस्या, कर्मचारीको समस्या, स्थानीय जनताको मानवीय एवं भौतिक क्षतिको क्षतिपुर्तिको समस्या हुन् । अहिले जहाँ सुख्खा बन्दरगाह बनाउने भनिएको छ । त्यो हिमाल सिमेन्ट कारखानाको जग्गा हो । हिमाल सिमेन्ट कारखानाको नाममा रहेको ८१६–१४–०–० जग्गा बि.सं. २०६१÷१०÷१६ मा नेपाल औद्योगिक विकास निगमले लिलाम बिक्रीको सुचना निकाले पछि यहाँको सचेत जनताले पुनरावेदन अदालत पाटनमा निषेधाज्ञा सहितको परमादेश रिट निवेदन दिएका थिए । यहि मुद्धाको कारण लिलाम बिक्रि रोकियो र जग्गा प्राप्ती ऐन २०३४को दफा ३४ बमोजिम जग्गा एउटा प्रयोजनको लागि लिईएको जमिन त्यो प्रयोजन सकिए पछि साविकले पाउनु पर्ने भनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले दिईएको निवेदन टुंगो लगाउनु भनि जिल्ला प्रशासन कार्यालयका नाममा परमादेश जारी भएको मिति २०६२÷९÷१३को फैसला छ । यसको विरुद्ध सरकारी पक्ष सम्मानित सर्बोच्च अदालतमा पुनरावेदन परि सम्मानित सर्बोच्च अदालतले पुनरावेदन अदालतको फैसलालाई नै सदर गरी पुनरावेदकको पुनरावेदन पुग्न नसक्ने फैसला २०६३÷११÷११ मा गरिएको अवस्था छ । यसर्थ जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा दिईएको मिति २०६१÷११÷६ द.नं. ६४८० को निवेदन टुंगो लगाउनु भन्ने हामी स्थानीयहरुको पहिलो माग हो । जग्गासँग सम्बन्धित अर्को समस्या हिमाल सिमेन्ट कारखानाको नाममा रहेको जग्गाका अलावा अहिले सुख्खा बन्दरगाह निर्माणका लागि थप २१५–३–१–२ जग्गा बिना आधार प्रमाण जनताको नाममा हालसम्म पनि स्वामित्व कायम (लालपुर्जा नखिचिएको), भोगचलनमा रहेको, खरिद बिक्री, हकहस्तान्तरण, धितोबन्धक भईरहेको जग्गा तत्काल फिर्ता हुनु पर्छ भन्ने माग हो । दोस्रो हिमाल सिमेन्ट कारखाना बन्द भएको आज १८ बर्ष भईसकेको छ तर आज सम्म कम्पनीका ४१६ जना कर्मचारीले १९ महिनाको तलब पाएको छैन । त्यो तलब तत्काल पाउनु पर्छ भन्ने माग हो । तेस्रो हिमाल सिमेन्ट कारखाना सञ्चालनमा हुँदा स्थानीय जनप्रतिनिधीको रोहवरमा तत्कालिन कारखानाले पु¥याएका मानवीय एवं भौतिक क्षतिको न्यायोचित क्षतिपुर्ति दिने लगायतका सम्झौता कार्यान्वयन गर्नु पर्ने
माग छ ।


भनेपछि तपाईहरुले राख्नुभएको माग सम्बोधन भयो भने सुख्खा बन्दरगाह बनाउन दिनु हुन्छ ?

—मैले अघि पनि भने हाम्रो माग, समस्या एउटा पक्ष हो । सुख्खा बन्दरगाह चोभारमा उपयुक्त होईन भन्ने अर्को पाटो हो । अतः हामीले राखेका माग त सम्बोधन हुनै पर्ने न्यायोचित र जायज माग हो । जनताको सरकारले जनताका यी समस्याको यथाशक्य चाँडो टुंगो लगाउनु पर्दछ । त्यस पछि सुख्खा बन्दरगाह जस्ता अनुपयुक्त योजना होइन बिकल्पका रुपमा चोभारको पहिचान सुहाउँदो सरकारकै प्राथमिकतामा रहेका अन्तराष्ट्रिय सम्मेलन केन्द्र, अन्तराष्ट्रिय प्रदर्शनी स्थल, सगरमाथा अध्ययन केन्द्र जस्ता वातावरण मैत्री, पर्यटन प्रवद्र्धनका योजनाहरुको बारेमा सोच्न सकिन्छ ।


प्रधानमन्त्रीले शिलान्यास गरि राख्दाको त्यहाँको बातावरणको बारेमा बताई दिनुस न ?

—माघ ३ गते शिलान्यासको दिन बिहानैदेखी हजारौं हजार सशस्त्र प्रहरी, जनपथ प्रहरी, सादा पोशाकका प्रहरी छ्यापछ्याप्ती खटाईएको थियो । स्थानीय घरबाट निस्कने बित्तिक्कै पक्राउ गरि रहेका थिए । घरबाट बाहिर ननिस्कन उर्दी नै जारी गरिएको थियो । जनताको घरको कौशी कौशीमा प्रहरी तैनाथ थियो । बातावरण निकै आतंकित थियो । बाटोमा गुड्ने गाडीलाई छिटो छिटो जान दवाव दिईरहेका थिए । अघोषित कफ्र्युको अवस्था थियो । हामी सयौंको संख्यामा कालो झण्डा सहित नारा जुलुस गरि लामो मुठभेड पछि जुलुसलाई तितर बितर पारिएको थियो । ५४ जनालाई गिरफ्तार गरि लगिएको थियो । अघोषित कफ्र्युका बिच स्थानीय जनप्रतिनिधी वडाध्यक्ष, मेयर, उपमेयर, प्रादेशिक सभासद, संघीय प्रतिनिधीसभाका सभासदहरुले बहिष्कार गरिएको शिलान्यास अत्यन्तै प्रहरीकै वीचमा गरिएको थियो । संक्षिप्तमा भन्नु पर्दा गणतान्त्रिक व्यवस्थामा राष्ट्रिय गौरवको योजनाको शिलान्यास यति लज्जाजनक भयो कि गणतन्त्रकै धज्जी समेत उडेको छ ।

प्रहरी सेना परिचालन गरेर जबरजस्त भए पनि शिलान्यास भयो अब काम अघि बढ्ला नी ?

—सरकारी रवैयाले नै यो योजना अगाडी नबढ्ने पुष्टी भएको छ । लोकतान्त्रिक व्यवस्थाको धज्जी उडाउने गरी भएको शिलान्यास कार्यक्रम पैसा सिध्याउने खेल मात्र हो । शिलान्यास भएन काम नभएका धेरै योजनाहरु छन् ति सुचीमा यो योजना पनि पर्नेछ ।

आगामी संघर्षको कार्यक्रम के लिएर जानु हुन्छ ?

—चाहे जतिसुकै दमन गरे पनि हाम्रा माग पुरा नहुञ्जेल हामी निरन्तर संघर्ष गर्ने छौं । सरकार जतिसुकै असंयमित र गैरजिम्मेवार भए पनि हामी सचेतता पुर्वक जिम्मेवार नागरिक भएर शान्तिपुर्ण ढंगले कार्यक्रम गरिरहने छौं ।

तत्काल मुर्त कार्यक्रम के छ ?

—आजको दिन सम्म हाम्रा चोभार संरक्षण समितिका सदस्य बिष्णु फुयाल शर्मालाई झुठो मुद्धा लगाएर प्रहरी हिरासतमा राखिरहेकोे छ । हामी उहाँको ससम्मान तत्काल रिहाइको माग गर्दै शान्तिपुर्ण धर्ना कार्यक्रम दिनेछौं  । हाम्रो माग उल्लेख गरि सम्बोधन गराउन स्मरण पत्र बुझाउन कीर्तिपुर नगरपालिका भरि हस्ताक्षर संकलन गर्ने, राष्ट्रिय विज्ञहरुको उपस्थितीमा बृहत अन्तक्रिया कार्यक्रम गर्ने जस्ता शान्तिपुर्ण, प्रभावकारी दवावमुलक कार्यक्रम गर्नेछौं ।

Sunday, January 20, 2019

के पढ्ने ? किन पढ्ने ?

के पढ्ने ? किन पढ्ने ?



डा. चन्द्रमान वज्राचार्य

If Wealth is lost, nothing is lost.
If health is lost, something is lost.
If Character is lost, everything is lost.

के पढ्ने ? किन पढ्ने ? अत्यन्त साधारण प्रश्न हो यो । यसको उत्तर एक वाक्यमा पनि हुन सक्छ र एउटा पुस्तक पनि बन्न सक्तछ । तर हाम्रो समाजमा कि एउटा प्रमाणपत्र पाउन र त्यसपछि एउटा नोकरी पाउनु यसको धारणा यो बनेको छ  । यसरी अन्ततः पढ्नु भनेको एउटा नोकरी पाउनका लागि भएको छ । विद्यार्थीहरू गेस
पेपर, गाईड चीट बनाएर परीक्षा हलमा चोर्ने गरिन्छ । यो काममा उनीहरू सफल भएमा बढी नम्बरकासाथ राम्रो स्थान पनि हासिल गर्न सक्तछ । त्यसपछि राम्रो प्रमाणपत्र पाउँछ र आफ्नो पहुँचका मान्छे भएपछि राम्रो नोकरी पाइहाल्छ । अनि पढ्ने किन ? पढ्नै नपर्ने गरी प्रमाणपत्रमात्र खुसुक्क पाउने भए यी विद्यार्थीहरूले पढ्ने काम शायद गर्दैनथे अथवा  हरेकलाई एउटा एउटा नोकरीको व्यवस्था मिलाइदिएको भए पढ्ने काम पटक्कै गर्दैनथे होला । आमाबाबुले पनि आफ्ना बालबच्चाहरूलाई पढाउँदैनथे होलान् । के पढ्नु भनेको साँच्चै एउटा प्रमाणपत्र पाउन र एउटा नोकरी पाउनका लागि मात्रै हो  त ? आखिर यस्तो विचारको विकास किन भइरहेछ नेपालमा ? त्यस्तो वातावरणको निर्माण किन र कसरी भयो ? परीक्षा हलमा चोर्न नदिएको आरोपमा विद्यार्थीहरूले आ–आफ्नै कापी च्याटाच्याट गर्ने, क्याम्पसकै शिशाहरू तोडफोड गर्ने कामसम्म हुनुमा राज्यले चिन्ता लिनुपर्छ कि पर्दैन ? तर राज्यको यहाँनिर कुनै गुञ्जाइस देखिंदैन । नेपालको शैक्षिक अवस्था आजको सन्दर्भमा यही
छ ।

              पढ्ने किन ? आज भौतिक उन्नतिले शिखर चुम्दै गरेको २१ औं शताब्दीमा पुगेर पनि यो प्रश्नबारे चर्चा चलाउँदै छु । के यो अनावश्यक र वाहियात काम होला र ? हाम्रो समाज जतिसुकै बूढो भए पनि, जतिसुकै अनुभव अनूभुति भए पनि पढ्नुको अर्थ भने नबुझेका धेरै छन् । मैले ठाउँ ठाउँमा, व्यक्ति व्यक्तिमा सोध्ने गर्दछु– पढ्ने  किन ? जवाफमा सन्तुष्टि पाइँदैन । दुःख लाग्छ ।  हाम्रो समाजमा केही वर्षअघिसम्म अक्षराम्भ गर्दा सबभन्दा शुरुमा ‘न मो वा गी श्व रा य’ सातवटा अक्षरबाट शुरु हुन्थ्यो । शुरुमै यी सातवटा अक्षर किन पढाइन्थ्यो र यसको कारण र अर्थ भने उच्च शिक्षा हासिल गरिसक्दा पनि के हो के हो, कुन चरोको नाम हो बुभिंmदैन, थाहा हुँदैन । न गुरुले सिकाउने प्रयास गर्दछ, न विद्यार्थीले नै सिक्ने जिज्ञासा राख्दछ । कलिलो विद्यार्थीहरूको अवस्थामा प्रश्न गर्न जानिंदैन भनूँ, तर वयस्क भएपछि त अर्थ खोज्नुपर्दछ नि, होइन र ? जब ‘न मो वा गी श्व रा य’ कै अर्थ बूढो भएपछि पनि बुभिंmदैन भने किन पढ्ने ? भन्ने कुरोको ज्ञान हुन्छ भनेर ठोकुवा गर्न सकिन्छ र ?  पढ्नु भनेको के हो ? यो प्रश्नावली बनाएर सोधेमा उत्तर पाउँदछौं –पढ्नु भनेको पुस्तक पढ्नु हो, त्यो पनि विशेषगरी पाठ्यक्रममा आधारित पाठ्यपुस्तक । स्कुल र कलेजमा गएर शिक्षकहरूको कुरा सुन्नु हो । अहिलेका विद्यार्थीहरूलाई पढ्नु भनेकै पाठ्य पुस्तकमात्र भन्ने शिक्षा दिँदै आएकाले त्यसरी बुझ्नु स्वाभाविक छ । तसर्थ विद्यार्थीहरूमा ‘पढ्ने किन ?’ भन्ने बारेमा स्पष्ट जानकारी छैन । एउटा राष्ट्र चलाउनका लागि विभिन्न दक्ष जनशक्तिको आवश्यकता पर्ने भएकाले राज्यले राष्ट्रिय शिक्षाको व्यवस्था गरेको हुन्छ । यसमा  राज्यको स्वार्थ नै नेपालको लागि दक्ष जनशक्ति उत्पादन गरी समुन्नत राष्ट्रको निर्माणको लागि टेवा पु¥याउनु हो । यसको लागि राज्यले पर्याप्त लगानी समेत गरेको हुन्छ । तर एउटा प्रमाणपत्र र एउटा नोकरी पाउनका लागि पढिन्छ भने त्यो शिक्षाकै अपमान र उपेक्षा होइन र ? के एउटा नोकरी प्राप्त भएपछि पढ्नु पर्दैन त ? आर्थिक पछौटेपनको कारण उब्जिएको यो विचार धारणाको दोष राज्यको होइन र ?

         पाठ्यपुस्तक पढ्नु पनि निश्चितै रूपमा पढ्नु नै भए पनि यो पढ्नुको सीमित अर्थ हो । त्यसबाहेक अन्य पुस्तकहरू र पत्रपत्रिकाहरू पढ्नु पनि पढ्नु नै हो । नेपालभाषाका एक सुप्रसिद्ध जनकवि दुर्गालालले लेखेका छन् पढ्नु भनेको आपैmभित्र  गहिरी गहिरी पस्नु डिग्री धरीकन म उठें भन्नु सम्झ रसातल खस्नु  मान्छेलाई सबैभन्दा मनपर्ने के हुन्छ ? व्यक्ति व्यक्तिको उत्तर जति नै फरक भए पनि अन्ततः सबैको आशय एउटै हुन्छ –जीवन । सबैलाई आ–आफ्नो जीवन सबभन्दा मन पर्छन् । हामीले हरेक दिन, हरेक क्षण जे काम गर्दछौं, हाम्रै जीवनको लागि गर्दछौं । तसर्थ पढ्नु भनेको हाम्रो जीवन पढ्नु हुनुपर्छ । आफ्नो निजी जीवन, पारिवारिक जीवन, सामाजिक जीवन, राष्ट्रिय जीवन आदि इत्यादि पढ्नुका विस्तृत अर्थ हुन् । एस एल सीको परिक्षाफल प्रकाशित भएपछि अब कुन विषय पढ्ने भन्नेबारे विद्यार्थीहरूलाई समस्या आएको हुन्छ । पढ्ने  किन ? भन्ने प्रश्नको उत्तरमा कसैले भन्ने गर्दछन्– डाक्टर बन्न, इन्जिनियर, प्रोफेसर बन्न र पैसा कमाउन अनि धनाढ्य भएर सुख सयल गर्न । तर शिक्षक, साहित्यकार बनेर चेतनाको दियो बाल्छु भन्ने व्यक्ति पाउन मुश्किल छ । हाम्रो समाजको मान्यता रहेको छ जुन काम गर्दा पैसा धेरै कमाउन सक्छ त्यो काम सामाजिक प्रतिष्ठा भएको काम हुन्छ र आय आर्जन नहुने निन्दनीय काम हुन्छ । शिक्षक र कवि कलाकार हुँदा आय–आर्जनको व्यवस्था नहुँदा गरीब हुनुपर्ने हुन्छ । तसर्थ म शिक्षक हुन्छु वा म साहित्यकार वा कलाकार हुन्छु भन्ने भावना राखेर पढ्नेहरूको संख्या नगण्य मात्रामा देखिन्छ ।

     प्रकृतिले हामीलाई विचार गर्न मस्तिष्क प्रदान गरेको छ । तर हामी मस्तिष्क प्रयोग गर्दैनौं र मस्तिष्कमा खिया लाग्छ । अनि ‘पढ्ने किन ?’ भन्ने कुराको उत्तरसमेतमा सन्तुष्टि पाउन सत्तैmनौं । नयाँ नौलो विचारको उद्गमस्थल मस्तिष्कमा नै खिया परेपछि हामीमा नयाँ र सही विचार कहाँबाट  आउँछ ? नयाँ कार्यशैलीको निर्माण कसरी हुन्छ ? अनि हिजोकै मान्छे, हिजोकै रीतिरिवाज, हिजोकै समाज व्यवस्था हिजोकै सबै । खोई  परिवर्तन ? कहाँ छ परिवर्तन ? 

       राजतन्त्रको अन्त्यको घोषणा हुँदैमा सहज र सरल ढङ्गमा परिवर्तन संभव हुँदैन । नयाँ विचार, नयाँ नेतृत्व, नयाँ नीति, नयाँ  वातावरणमा मात्र देशमा युग  परिवर्तन भएको सार्थक अनुभूति गर्न सकिन्छ ।
कैयौं रकम लगानी गरी विदेशसम्म गई कम्प्युटर इन्जिनियर पढेर आएको नेपालीले नेपालमा त्यही कम्प्युटरलाई देउताको रूपमा पूजाआजा गरेको हुन्छ । के कम्प्युटर पनि नयाँ देउता हुनसक्छ ? कम्प्युटर निर्माण गर्ने व्यक्तिको धारणामा के देउताको पनि श्रृष्टि गरेको हुन्छ ? नेपालीहरूमा यस्ता वेमेलका विचारहरू आउनका कारण हाम्रो संस्कृति संस्कार हो । जहाँ पनि जुनैलाई पनि देउता ठानेर पूजा गर्ने हाम्रो संस्कृति संस्कारअनुसार नै कम्प्युटरलाई पनि पूजा गर्न थाले । हामीमा पढ्ने किन ? भन्ने धारणा नभएकैले अहिलेसम्म नेपालमा सियोसम्म पनि बन्न नसकेको र विदेशीको भरमा बाँच्नुपर्ने बाध्यता रहिआएको छ । तसर्थ नेपाललाई हिजोकै नेपालकै अवस्थामा राख्ने हो भने पुरानै ढङ्गले सुगाको रटाई भैंm रटाई रहौं अन्यथा पाश्चात्य मुलुकभैंm नेपाललाई पनि बनाउने हो भने त हाम्रो ‘पढ्ने किन ?’को स्पष्ट धारणा आउनुप¥यो । कि लाग यता कि लाग उता । दुबै डुङ्गामा खुट्टा राखेर यात्रा गर्न सकिंदैन ।

       डुङ्गामा प्वाल पर्न गएमा डुङ्गा नै डुब्छ र यात्रुहरूको जीवन  मरणकै सवाल उठ्न थाल्दछ । त्यस्तैगरी देश डुबेमा सबै देशवासीहरूको अस्तित्वको प्रश्न उठ्दछ । तसर्थ हामीले हाम्रो देश ठीक ढङ्गले चलिरहेको छ छैन
हर क्षण चिन्ता लिनैपर्छ ।

           यसबारे हामीहरूले पढ्नै पर्छ र पढाउनै पर्छ । आज हाम्रो देश लथालिङ्ग भई भताभुङ्ग भइरहेको छ । यसका खास खास कारणहरू के के हुन्, हामीले पढ्नै पर्छ । गरिब असहाय नेपालीहरूलाई बाँच्न धौधौ परेको छ तर नेताहरू कसैलाई वास्ता छैन, किन ? देशको राष्ट्रियता खतरामा परिसकेको छ, यसबारे एक शब्द नबोल्नुको
कारण के हो ? संसार असीमित विषय भएको खुला पुस्तक हो, जुन विषय मनपर्छ, पढ्न सकिन्छ । तर आवश्यक छ मनभित्रको आँखा खोल्न । हाम्रो बाहिरको आँखाले बाह्य संसारमात्र देख्छ भने भित्री आँखाले भित्री संसार नै देख्छ । वास्तवमा बाह्य संसारभन्दा भित्री संसार निर्णायक र महत्वपूर्ण हुन्छ । तसर्थ जब मनभित्रको आँखा खुल्छ तब मात्रै ‘पढ्ने किन ?’ भन्ने प्रश्नको पूर्ण जवाफ प्राप्त हुन्छ । भित्री आँखा नखुलेकै कारण पढ्नु भनेको केवल प्रमाणपत्र र नोकरी पाउनुमात्र  धारणा रहेको हो । आजको शिक्षामा भित्री आँखा छैन, केवल बाहिरी आँखामात्र छ विशेष गरी प्लस टु का विद्यार्थीहरूमा  । उनीहरूको लागि पढ्नु भनेको आमाबाबुको सेवा गर्नको लागि होइन, आफ्नो समाज र मातृभूमिको लागि होइन, केवल पैसाको लागि हो । पैसामा यति रमाएका छन् कि पैसाको अगाडि न आमाबाबु न आफ्नो मातृभूमि नै उनीहरूको लागि आवश्यकता पर्दछ । तसर्थ आजका विद्यार्थीहरूमा सामाजिक चेतना, दायित्वहीनता, अनुशासनहीनता, उच्छृङ्खलताको सीमा नाघिंदै छ । उच्च शिक्षा हासिल गरेर उच्च स्तरको तलब खाने एक छोराले आफ्नी वृढा अशक्त आमालाई घरमा एक्लो छोडेर विदेशमा पैसाको प्यासमा जाँदा त्यस आमाको हालत के भयो होला ? त्यस्तो अशक्त अवस्थामा पनि आपूmलाई हेरचाह गर्ने कुनै सन्तान आपूmसित नहुँदा उनको कुन मनोदशा भयो होला ? के छोरा भएर आमाको यो मनोदशा पढ्नु पर्दैन ? के निज छोराले आफ्नी आमाबाट साँच्चै स्याबासी पाउने छ कि धिक्कार पाउने छ ? एउटा छोराले आमाबाट स्याबासी पाउने हो कि धिक्कार पाउने हो ? के पढ्ने किन पढ्ने ? आमालाई रूवाउनका लागि हो ? मातृभूमिको बेवास्ता गर्नको लागि हो ? आफ्नै आमाको दुःख, पीडा र छटपटी नै नबुझ्ने छोरोले जिन्दगीको
बारेमा के नै पो बुझेको हुन्छ र ? आमाबाबु र मातृभूमिप्रति  छोराछोरीले सेवा गर्नुपर्ने शिक्षा दिन नसकिने त्यस्तो शैक्षिक व्यवस्था देशकै लागि घातक हो र त्यस्तो शिक्षा व्यवस्था तुरून्त परिवर्तन गर्नुपर्छ ।

         क्रान्तिपूर्व चीनका एकजना विद्यार्थी जापानमा डाक्टर पढ्न जाँदा त्यहाँ उनले जापानीहरूले चिनियाँहरूलाई बेइज्जति र अपमान गरेको र चिनियाहरू मजा मानेर हेरिरहेको फिल्म देखेपछि उनको मन परिवर्तन भयो र सर्वप्रथम देशको स्वतन्त्रता र स्वाधीनताको लागि लड्नुपर्ने र तमाम चिनियाँ जनतालाई जाग्रत गराउनुपर्ने आवश्यकता बोध  गरी जापान छोडेर चीनमा नै बसेर साहित्य लेख्न थाले । चीनको क्रान्तिमा उनले साहित्यमार्पmत ठूलो योगदान गरे र उनी सांस्कृतिक आन्दोलनका कमान्डरको रूपमा विश्वमा प्रसिद्ध भए । उनी थिए चीनका विश्वविख्यात साहित्यकार लु स्युन ।

        नेपालमा पनि डा. बाबुराम भट्टराईको यस्तै उदाहरण पाइन्छ । उनी परीक्षामा जहिले पनि पहिलो स्थानमा पर्ने मेघावी छात्र हुन् र उनीलाई अमेरिकाले सम्मानका साथ अमेरिकामा नै बस्न अनुरोध गर्दा पनि त्यहाँ नबसेर नेपाली जनवादी क्रान्तिको लागि ज्यान हत्केलामा राखेर १० वर्ष जनयुद्ध समेत गर्दै आएका छन् । आज देशमा उनको जुन इज्जत  गौरवको स्थान छ, यदि उनी आर्किटेक्टमात्र भएको भए यो स्थान उनलाई प्राप्य हुने थिएन । तसर्थ हामी पैसाको मान्छे बन्ने कि देशको मान्छे बन्ने ? आपूm र आफ्नो परिवारको लागि मात्र बाँच्ने कि देशको लागि बाँच्ने ? आफ्नो परिवारको मात्र सम्मान पाउने कि देशकै सम्मान पाउने ? छनौट गर्ने पूर्ण अधिकार हामी आपैmमा छ । जसले तुच्छ विचार लिन्छ ऊ तुच्छ नै हुन्छ, तर जसले महान् विचार लिन्छ, ऊ महान् नै बन्छ । तसर्थ पढ्नु भनेको मनको आँखा खोल्नु हो । अन्धपरम्परा अन्ध रीतिरिवाजबाट मुक्त भई  जागरणतर्पm उन्मुख हुनु हो । जीवनको सार्थकता बुझ्नु हो । जीवनको बाटो पहिल्याउनु हो । मान्छे पूर्ण रूपमा मान्छे भएर बाँच्नुको लागि हो । न्याय, समानता, स्वतन्त्रता र स्वाधीनताको लागि संघर्ष लागि हो । समग्रमा समाजमा अँध्यारो नष्ट गरेर उज्यालो ल्याउनको लागि हो ।

             समाज र देशको अँध्यारो पक्षको बारेमा चिन्तित भएर पढ्ने व्यक्ति महान् हुन्छ । जुन देशमा महान् व्यक्तिहरूको जन्म हुन्छ, त्यो देशको महानताको उचाई पनि बढ्दछ । हामी नेपालीहरूले पनि यस विषयमा चिन्तित भएर केवल आफ्नो लागि होइन, समाज र देशको लागि पढ्नु पर्दछ ।

Monday, January 14, 2019

कीर्तिपुरको छ्याकःल्वहंमा पृथ्वीनारायण शाहको नाममा किन थुक्ने ?

कीर्तिपुरको छ्याकःल्वहंमा पृथ्वीनारायण शाहको नाममा किन थुक्ने ?


श्रीकृष्ण महर्जन

कीर्तिपुरमा पृथ्वीनारायण शाहले नाकावन्दी गरेर मात्रै हैन छलकपट गर्दै एकपक्षिय रुपमा जितेको घोषणा गरि कीर्तिपुरवासीको नाक कान काटेको इतिहास छ । त्यो बेलi कीर्तिपुरका धनवन्त सिख्वालले पृथ्वीनारायण शाहको फौजलाई गढ पर्खालभित्र षडयन्त्र गरि ल्याएको कुरा पनि इतिहासमा उल्लेख छ । पृथ्वीनारायण शाहको फौजले युद्धको नियम विपरित कीर्तिपुर जितेको घोषणा मात्र गरेनन् कीर्तिपुरवासीको कान र नाक समेत काटेको कुरा इतिहासकारहरुले उल्लेख  गरिएको अवस्था छ ।

कीर्तिपुरवासीलाई पृथ्वी नारायण शाहले अत्यन्तै अन्याय गरेका कारण कीर्तिपुरवासीले त्यो बेलादेखि नै पृथ्वीनारायण शाह बसन्तपुर दरवारमा बसेको समयदेखि बसन्तपुर दरवार फर्केर पृथ्वीनारायण शाहको नाममा छ्याकःल्वहंमा थुक्दै आएको हो । पञ्चायतकालमा सो ढुंगामा थुकेको कारण केहि कीर्तिपुरवासीले थुकेका कारण भन्दै गिरफ्तारिमा समेत परेको र त्यो समयमा छ्याकःल्वहंलाई भुतको रुपमा आफूहरुले थुक्दै आएको भनी बयान दिन बाध्य बनाइएको कुरा कीर्तिपुरका जेष्ठ नागरिकहरुले बताएका छन् ।

कीर्तिपुरवासीले थुक्दै आएको छ्याकःल्वहं अर्थात छ्याके ढुंगामा प्रत्येक बर्ष पछिल्लो समयमा पुष २७ गतेको दिनमा सामुहिक रुपमा थुक्दै आएको अवस्था छ ।


कीर्तिपुरवासी मात्रै नभई नेपालका आदिवासी जनजाति, मधेसीदेखि उत्पीडित समुदाय जसले पृथ्वीनारायण शाहले आफ्नो समुदाय र जातीलाई अन्याय गरेको ठानेका छन् ती ब्यक्तिहरुले सामुहिक रुपमा थुक्दै आएको हो । मुलुकमा गणतन्त्र आइसकेको अवस्थामा एकातिर राज्यले पृथ्वीनारयाण शाहको जन्म दिन पुष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मान्दै आएका छन् भने नेपालका आदिवासी जनजातिहरुले भने त्यसको काउन्टरको रुपमा पृथ्वीनारायण शाहको नाममा छ्याकःल्वहंमा थुक्दै आएका छन् ।

थुक्ने काम हेर्दाखेरि सामान्य जस्तो लाग्न सक्छ । तर यो थुक्ने भनेको बन्दुकले गोली हानेको भन्दा पनि कडा छ । मानिसको मनोविज्ञान र भावना अनुसार भन्ने हो भने यो थुक्ने काम भनेको अत्यन्तै महत्वपूर्ण काम हो र अर्थपूर्ण ।


कीर्तिपुरको छ्याकःल्वहंलाई पछिल्लो समयमा व्यवस्थित गर्ने र आकर्षक रुपमा राख्ने काम समेत कीर्तिपुरवासीले गरेका छन् । विगतको तुलनामा अहिले छ्याकःल्वहंलाई आकर्षक रुपा राखिएको र सो स्थानको वातावरण बनाइएको अवस्था छ ।

यसबर्ष पनि नेपालका आदिवासी जनजातिहरुले छ्याकःल्वहंमा थुक्ने काम गर्ने तयारी गरेका छन् । यो बास्तवमा पृथ्वीजयन्ती मान्नेहरुको लागि अत्यन्तै ठूलो धक्का हो भन्न सकिन्छ ।


यस वर्ष पनि गत पुष २७ गते पृथ्वी जयन्तिको अवसरमा छ्याकःल्वहँमा थुक्न जाँदा छ्याकःल्वहँमा प्रहरी तैनाथ गरी छ्याकःल्वहँलाई संरक्षण गरेको थियो । यसबाट के बुझिन्छ भने गणतन्त्र नेपाल घोषणा गरिए पनि शासक वर्गमा राजतन्त्रको अवशेष बाँकी नै छ भन्न बाध्य पारेको छ ।

Darshan Multi Investment अध्यक्ष दिनेश दर्शनधारीसंग भलाकुसारी

Darshan Multi Investment  अध्यक्ष दिनेश दर्शनधारीसंग भलाकुसारी



आजकल कीर्तिपुरमा चर्चामा रहेको दर्शन मल्टि—इन्भेष्टमेन्ट लि.को अध्यक्ष दूरगामी सोच र बहुप्रतिभाका धनी दिनेश  दर्शनधारी जो एक कुशल व्यवसायी हुनुहुन्छ । जसले आफ्नो कार्यक्षमता र दक्षताका कारण छोटो समयमा नै आफ्नो नामलाई “ब्राण्ड”को रुपमा स्थापित गर्न सफल हुनु भएका व्यक्तिसँग त्यस कम्पनीको बारेमा गरिएको भलाकुसारीको संक्षिप्त यहाँ प्रस्तुत गर्न गइरहेको छु ।





आजकल कीर्तिपुरको सहकारी बजारमा इन्भेस्टमेन्ट कम्पनीहरु खोल्नेक्रम जारी छ । यो दर्शन मल्टि इन्भेस्टमेन्ट लि. अर्थात Damil पनि दर्शन बचत अन्तर्गतको इन्भेस्टमेन्ट कम्पनी हो कि ? अथवा यसको छुट्टै अस्तित्व छ ? खास यो कस्तो किसिमको कम्पनी हो ?

--प्राइभेट कम्पनीहरु त जसले पनि खोल्न पाउछन् । हामीसँग  पहिलेबाट मोविल्याण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.ली., मुक्तीनाथ इन्भेष्टमेन्ट कम्पनी प्रा.ली हरु ८/१० वर्ष अगाडी देखी नै छन् । दर्शन साकोशका शेयर सदस्यहरु दर्शन मल्टि इन्भेष्टमेन्टमा पनि भएको कारणले एउटै होकी वा अन्तरगतको होकी भन्ने भ्रम परेको हुन सक्छ । दर्शन मल्टि इन्भेष्टमेन्ट कम्पनी म्ब्ःक्ष्ी एउटा नितान्त पब्लिक लि. कम्पनी हो । यो कीर्तिपुर क्षेत्रमा मात्र होइन नेपाल र विदेशमा रहेका नेपाली समेतको शेयर लगानी गरी सोबाट देश भरी विभिन्न लगानीको क्षेत्रहरुमा लगानी गरी मुनाफा कमाउन स्थापना भएको नाफा मुलक पब्लिक लि. कम्पनी हो ।

यो कम्पनीको खास उद्देश्य के  हो ?

-हामीले आफ्ना शेयर धनीहरुलाई सुरक्षित लगानी के हो र कसरी गर्न सकिन्छ भन्न सिकाउनु नै हाम्रो मुख्य उद्देश्य हो । हाम्रो अर्काे उद्देश्य भनेको नेपाली युवाहरुलाई परिश्रम बेच्न विदेश जानबाट
रोक्नु हो । आज सही ठाउँमा लगानी गर्ने आफ्नो मात्र नभई भाबी सन्तती समेतको भविष्य उज्जवल बनाउन सकिन्छ भन्ने नमुना देखाउनु पनि हाम्रो उद्देश्य हो । एक जना चिनीया लेखकले भनेका छन् नेपालीहरु सुनको कचौरा बोकेर भिख माग्दै हिड्छन् । तसर्थ उहांले जस्तै भिख माग्दै हिड्न नपरोस् र नेपालमा सुन मात्र होइन हिरा नै फलाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने पनि हाम्रो उद्देश्य हो । अहिले सहकारीहरु बैंक तथा अन्य क्षेत्रको प्रवाहमा परेकोले तिनीहरुलाई बचाउन सहयोगी भुमिका खेल्नु पनि यसको उद्देश्य रहेको छ ।

सहकारीहरु बैंक तथा अन्य क्षेत्रबाट प्रवाहमा परेको  भन्नु भयो खुलेर भनि दिनुस त ?

-तपाई हामीले देखेकै कुरा हो हिजो अस्ती सम्म बैँकहरुले समेत १३/१४% ब्याज दिई ग्राहकको घर घरमा पुगेको अब बैँकहरु नै यति धेरै ब्याज दिएर घर घर पुग्छ भने सहकारीहलाई अवश्य पनि असर गर्छ नै । अर्को कुरा सहकारी ऐन २०७४ र यसको कार्यान्वयन पक्षले गर्दा पनि सहकारी क्षेत्रलाई ठूलो असर पर्ने देखिन्छ । सो ऐन अनुसार कुनै व्यक्ति एउटा सहकारीमा सदस्य छ भने उ अर्र्काे  सहकारीमा सदस्य बन्न पाउने छैन । जबकी अहिले एक जना सदस्य कम्तिमा पनि दश ओटा सहकारीमा सदस्य रहेको  पाइन्छ । तसर्थ यो ऐन लागु भएपछि कि त धेरै सहकारीहरु मर्ज गर्नुपर्ने हुन्छ । अहिलेको ऐन पढ्ने हो भने ८०% भन्दा बढी सहकारीहरु कारवाहीमा पर्ने देखिन्छ । सहकारीकर्मीहरुलाई सहकारी निल्नु न ओकल्नु जस्तै भएको छ । सहकारी चलाउदा कारबाही र
जरीवानामा पर्ने डर नचलाउँदा पब्लिकको विश्वास गुम्ने डर अहिले सहकारी कर्मीहरु बिच  रहेको छ ।

 तेसो भए सबै सहकारी बन्द  गरी नयाँ नयाँ इन्भेष्टमेन्ट कम्पनी खोल्छन् त ?

-नयाँ इन्भेष्टमेन्ट कम्पनी खोल्छन् की खोल्दैनन् त्यो त थाहा भएन तर यो चाही पक्का हो की नेपालमा हाल ३४ हजार सहकारी छन् भने त्यो घटेर १०/१५ हजारमा सिमित हुन्छन् । त्यस्तै कीर्तिपुरमा पनि भविष्यमा सहकारीको संख्या १०० बाट घटेर १० देखि २० वटा सम्म मात्र  हुने अवस्था देखिन्छ । अबको कम्पिटिसन भनेको  बैंक र सहकारीबिच हुने देखिन्छ । कीर्तिपुर मात्र होइन नेपालमा नै भएका   प्राय इन्भेष्टमेन्ट कम्पनीहरु खोलिनुको कारण घुमाउरो पाराले लगानी गर्नु हो ।

घुमाउरो पारा भनेको के हो ?

-जुनसुकै सहकारीहरुले पनि सुरक्षित लगानी नै खोज्छन् सुरक्षित लगानी भनेको आफुले चिनेको जानेको नजिकको र धितो हाल्न सक्ने भन्ने बुझिन्छ । तसर्थ जति पनि इन्भेष्टमेन्ट कम्पनीहरु देख्नु हुन्छ ती सबै प्राय कुनै न कुनै सहकारी नजिकका मान्छेहरुले खोलेको देखिन्छ । यसलाई नकारात्मक भन्दा सकारात्मक मान्नु पर्छ ।
दर्शन मल्टि इन्भेष्टमेन्ट कम्पनी पनि दर्शन सहकारीको समुह मिलेर खोलेको भएर दर्शन साकोसको जस्तो सोच्नु स्वाभाविक नै हो दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले बचत तथा ऋण मात्रको काम गर्छ भने Damil ले शेयर धनी बाट शेयर उठाएर लगानी गर्ने काम गर्दछ ।

सुरक्षित र सुनिश्चित लगानी भन्नु भो कसरी ग्यारेन्टी गर्नु हुन्छ ?

-हामीले यो प्रोजेक्ट कम्पनीले आफ्नै खरिद गरेको जग्गामा गरीने भएकोले सुरक्षित छ भन्न खोजेको हो । यस्तो प्रोजेक्ट  अन्य ठाउँमा समेत हामीले पहिले नै गरिसकेको हुनाले सुनिश्चत भन्न खोजेको हो । फेरी हाम्रो समुहको यो क्षेत्रमा १५ वर्षको अध्ययन  तथा अनुसन्धान र विज्ञहरु समेतको संलग्नतामा प्रोजेक्ट गर्ने भएकोले पनि प्रतिफलको सुनिश्चितता गर्न सकेको हो ।

युवाहरुलाई विदेश जान रोक्ने भन्ने कुरा गर्नु भएको रहेछ कसरी ?

-अहिले सरकारले  समेत नेपाली युवाहरुलाई certificate धितो राखेर ऋण दिइरहेको अवस्था छ । त्यस्तै विदेशबाट फर्केका युवाहरुलाई पनि सरकारले ऋण दिई रहेको छ । एक जना युवा विदेश गएर वर्षमा बढिमा ५ लाख कमाउँछ त्यही युवाले हामीसंग आई ब्यावसाय गरेमा धेरै मेहेनत नै नगरीकन १० वर्षमा ५० लाख कमाउन सक्छन् । सरकारले २.५  मा ब्याजमा ऋण दिइरहेको अवस्थामा सम्पुर्ण युवाहरुलाई नै यस्तो व्यवसाय सिकाइ नेपालमा नै रोक्न सक्ने हामीसंग क्षमता छ ।

दर्शन मल्टि इन्भेष्टमेन्टले सहकारी बन्द गरी  इन्भेष्टमेन्ट कम्पनी खोल्न प्रोत्साहन गरेको भन्ने आरोप  छ । यो बारे पनि प्रस्ट गरिदिनु होला । 

-दर्शन मल्टि इन्भेष्टमेन्ट कम्पनी नयां नयां लगानीका क्षेत्रहरु पहिचान गरी लगानी गर्ने कम्पनी मात्र हो । एउटा  कुरा के हो भने हरेक सहकारीका शेयर धनीहरुले 100/100 ओटा रुख रोपे पनि आफु र आफनो सन्ततीको भबिष्य शुनिश्चित हुने पक्का हो । यसको मतलव हामीले इन्भेष्टमेन्ट कम्पनी खोल्नु भनेको चांही होइन तर आर्थिक समृद्ध्रीको लागि निजी क्षेत्रबाट पनि ब्याबसायिक रुख रोप्नु भनेको चाही पक्कै हो । सहकारीका शेयर धनीहरु आर्थिक रुपमा समृद्ध्र्र हुनु भनेको नै त्यो सहकरी पनि आर्थिक रुपमा समृद्ध्र्र हुनु  हो ।

यो कम्पनीको शेयर वितरण भइसकेको छ कि ? शेयर विक्री आव्हान गर्न बाँकी छ ?

-१६ जना प्रोमोटर शेयर धनीबाट स्थापना भएको यो कम्पनीमा  २०० जना भन्दा बढीले शेयर खरिदको लागी आवेदन दिइसक्नु भएको छ । पब्लिक शेयरको लागी आहवान भविष्यमा गर्ने छौ । भविष्यमा यो कम्पनीलाई IPO मा समेत लैजाने सोच र लक्षका साथ काम गरिरहेका छांै ।  यस्तो प्रोजेक्ट अरु कसैले गर्न चाहेमा समेत consulting दिइरहेका छौ ।

यसले कुन कुन क्षेत्रमा लगानी गरेको छ ?

- नामै मल्टि इन्भेष्टमेन्ट कम्पनी भएकोले नेपाल सरकारको विभिन्न निकायसँग स्वीकृति लिई विभिन्न क्षेत्रमा लगानी गर्न सक्छ तर कम्पनीले बजारमा चलेको लगानी क्षेत्र भन्दा फरक किसिमको क्षेत्र पहिचान गरि लगानी गरेको छ । जसमा पहिलो एग्रो फरेष्ट्री र दोस्रो एग्रो टुरिजम यो दुबै क्षेत्र नेपालको लागि नयाँ भएतापनि यो क्षेत्रको लगानी यति सुरक्षित र भने जस्तै आम्दानी हुने भएकोले नै हामी आकर्षित भएका हौे । हरियो बन नेपालको धन भन्ने पुरानो उखान नै छ । साच्चै पनि निजी क्षेत्रबाट बन विकास गर्न सकियो भने यसले व्यक्तिलाई मात्र होइन देशलाई नै समृद्ध बनाउन सक्छ भन्ने उदाहरण छिमेकी देशहरु वर्मा, मलेसियाबाट समेत लिन सक्छौँ ।  एक रोपनी जग्गामा १०० वटा रुख रोप्न सक्छौ र एउटा  रुखले १० बर्षमा एक लाखको आम्दानी दिन सक्छ । एक रोपनीमा नै एक करोडको आम्दानी हुन्छ । रुख ठूलो नहुन्जेल सम्म त्यो जग्गामा खेती गरेर समेत कमाउन सकिन्छ । यसरी दोहोरो आम्दानी हुने भएको हुनाले नै हामीले ५ बर्ष अगाडीबाट यो क्षेत्रमा लगानी गरी सफलता हात पारेको हो । अहिल दर्शन मल्टि इन्भेष्टमेन्ट लि.  (Damilले समेत नेपालको विभिन्न क्षेत्रहरुमा आफ्नो जग्गामा यस्तै प्रोजेक्टहरुमा लगानी गर्न सुरु गरेका छौ ।

अरु केही भन्नु छ की ?

-अहिलेको समसामयिक परिस्थितीलाई हेर्ने हो भने बजारमा लगानीकर्ताहरु  निराश भएको अवस्था छ ।
सरकारले जग्गाको कित्ताकाट बन्द गर्नु ,कृषी योग्य जमिनलाई प्लटीङ बन्द गर्नु ,कर निती कडा गर्नु आदी कारणहरुले गर्दा प्लटीङ जग्गामा गरिएका लगानीहरु के हुने हो भन्ने अन्योलमा छन् । त्यस्तै शेयर बजारमा गरिएका लगानीहरुको स्थिती झन बिकराल छ लगानीकर्ताले १३०० मा किनेकोSBI BANK को रेट आज २९८ छ । ३६७० मा किनेको Everest Bank को शेयर अहिलेको रेट ५४० मा छ । २५०० सयमा किनेको Nabil ८५० मा छ । यी त केही उदाहरण मात्र हुन । ईन्स्योरेन्स र माईक्रो फाईनान्सहरुको स्थिति झन भयावह  छ । धेरै लगानी कर्ताहरुले आफ्नो पिडा समेत कसैलाई भन्न सक्ने अवस्था छैन । यस्तो पिडाको अवस्थामा DAMIL ले  गरिरहेको प्रोजेक्टमा लगानी गर्दा  औषधी र मलम साबित हुनेमा बिश्वस्त छौं । अरु त के भनौ ।।।

Monday, January 7, 2019

नेपाल शिक्षक संघको सम्मान तथा अभिनन्दन कार्यक्रम

नेपाल शिक्षक संघको सम्मान तथा अभिनन्दन कार्यक्रम







कीर्तिपुर सन्देश साप्ताहिक÷
कीर्तिपुर नगरपालिकाको ऐतिहासिक विद्यालय तथा स्रोतकेन्द्र कीर्तिपुर मा.वि.का सेवा निवृत्त प्रधानाध्यापक बद्रीप्रसाद खनालको सम्मानार्थ नेपाल शिक्षक संघ कीर्तिपुर नगर कार्य समितिले गत पौष ११ गते नगाउँस्थित बाघभैरव बैंक्वेटमा भव्य कार्यक्रम गरी सम्पन्न गरियो । लामो समय शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गरे वापत उहाँको कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मान तथा अभिनन्दन कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको सभापतित्व नेपाल शिक्षक संघ कीर्तिपुर नगर कार्य समितिका अध्यक्ष कुमार बजगाईंले गर्नु भएको थियो । कार्यक्रम संचालन सो समितिका सचिव रुद्रप्रसाद खनालले गर्नु भएको थियो । कार्यक्रमको संयोजक बाघभैरव मा.वि.का प्रधानाध्यापक शिवहरि गिरी हुनुहुन्थ्यो ।

कार्यक्रमको प्रमुख अतिथिमा नेपाल शिक्षक संघ संघीय कार्य समितिका अध्यक्ष राजेन्द्रराज पौडेल हुनुहुन्थ्यो । सो कार्यक्रममा विशेष अतिथिको रुपमा संघीय कार्य समितिका उपाध्यक्ष एम.पि. भुषाल, विशेष अतिथि महासंघ संघीय कार्य समितिका महासचिव लक्ष्मीकिशोर सुवेदी, संघीय कार्यसमितिका महासचिव सोमनाथ गिरी, संघीय कार्यसमितिका उपमहासचिव सुन्दर पन्त, प्रदेश नं.३ का अध्यक्ष नारायण प्रसाद तिमिल्सिना, प्रदेश सदस्य राजेन महर्जन, जिल्ला कार्यसमिति अध्यक्ष रविन महर्जन, सचिव ऋषि तिमिल्सिना, काठमाडौं महानगर अध्यक्ष नारायण गौतम, जनसेवा मा.वि.का प्रधानाध्यापक नन्द कुमारी महर्जनले वद्रीप्रसाद खनाललाई शुभकामना सहित शिक्षा क्षेत्रमा अझ उदाहरणीय योगदान दिनको लागि आग्रह गर्दै मन्तव्य दिनु भएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य नेपाल शिक्षक संघ कीर्तिपुर नगर कार्यसमितिको सहसचिव शकुन्तला त्रिपाठीले दिनु भएको थियो भने कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्ने काम कार्यक्रम संयोजक शिवहरि गिरीले गर्नु भएको थियो । सो कार्यक्रममा अतिथिको रुपमा स्रोत व्यक्ति खगराज जोशी, नेपाल शिक्षक संघ प्रदेश कार्यसमिति महिला प्रतिनिधि सरला प्रधान, ने.शि.संघ तारकेश्वर नगर अध्यक्ष रामप्रसाद अर्याल, बुढानिलकण्ठ नगर अध्यक्ष शरद चन्द्र के.सी. कागेश्वरी मनोहरा नगरअध्यक्ष रबिन्द्र कुईंकेल, शंखरापुर नगर अध्यक्ष अनुप श्रेष्ठ, चन्द्रागिरी नगरअध्यक्ष विकास महर्जन, नागार्जुन नगर अध्यक्ष शिव कुमार खनाल, मंगलोदय मा.वि.का प्र.अ. कविन्द्र गोपाली, गोरखनाथ मा.वि.का प्र.अ. मखमल श्रेष्ठ, वैष्णवी मा.वि.का प्र.अ. सुनिल कुमार कर्ण लगायत शिक्षक संघका विभिन्न तह र तप्काका पदाधिकारीहरु, विभिन्न विद्यालयका सहायक प्र.अ., शिक्षकहरु र विद्यालय कर्मचारीहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरुले सेवा निवृत्त कीर्तिपुर मा.वि.का निवर्तमान प्र.अ. बद्रीप्रसाद खनाललाई शुभकामना दिंदै दीर्घ जीवन उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना सहित भव्य सम्मान गरेका थिए ।

कार्यक्रमका संयोजक बाघभैरव मा.वि.का प्रधानाध्यापक शिव हरि गिरीले सम्मानित व्यक्तित्व कीर्तिपुर मा.वि.का सेवा निवृत्त प्रधानाध्यापक बद्री प्रसाद खनालको संक्षिप्त चिनारी दिनुभयो ।

शैक्षिक क्षेत्रमा करिव साढे तीन दशक अविरल सक्रिय भएर मिति २०७५ मंसिर २२ गते अनिवार्य अवकाश हुनु भएका कीर्तिपुर मा.वि.का निवर्तमान प्रधानाध्यापक बद्रीप्रसाद खनालको जन्म वि.सं.२०१५ मंसिर २२ गते कीर्तिपुरको सल्यानस्थान गाउँमा चर्चित ज्योतिषी मुक्तिनाथ खनाल र सुभद्रा खनालको चौथो सन्तानको रुपमा भएको थियो । वहाँको दुई जना दाजु, एक जना दिदी, एक जना भाइ र एक जना बहिनी गरी ६ जना भाइ बहिनी हुनुहुन्थ्यो । कुलीन ब्राम्हण ज्योतिषी घरानामा जन्मनु भएका वद्रीप्रसाद खनालको अक्षर आरम्भदेखि कक्षा तीन सम्मको सिकाइ घरमा बुवा मुक्तिनाथ खनालले गर्नु भएको थियो । तीक्ष्ण दिमागका बद्रीप्रसादको औपचारिक शिक्षा पाँगाको जनसेवा मा.वि.मा कक्षा ४ बाट भएको हो । कक्षा ४देखि ६ सम्म जनसेवामा पढेपछि कक्षा ७ देखि १० सम्म की.मा.वि.मा पढ्नु भएका खनालले वि.सं.२०३४ सालमा की.मा.वि.बाट एस.एल.सी. उत्तीर्ण, वि.सं.२०३८ सालमा महेन्द्र रत्न क्याम्पस ताहाचालबाट गणित विज्ञानमा प्रविणता प्रमाण(पत्र र वि.सं.२०४६ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गर्नु भएको थियो । वि.सं.२०४० फागुण १ गते कीर्तिपुर मा.वि.मा अस्थायी शिक्षकको रुपमा शिक्षण सेवा शुरु गर्नु भएका खनालले २०४३ माघ मसान्तसम्म की.मा.वि.मा शिक्षण गर्नु भएको थियो । वि.सं.२०४३ फाल्गुण १ बाट बाघभैरव मा.वि.मा अस्थायी शिक्षकको रुपमा शिक्षण गर्नु भएका खनाल १ महिनापछि २०४३ चैत्र १ मा शिक्षक सेवाबाट नि.मा.वि. तहको गणित, विज्ञानमा स्थायी नियुक्त हुनु भएको थियो । वि.सं.२०४७ साल माघ महिनाबाट बाघभैरव मा.वि.को प्रधानाध्यापक बन्नु भएका खनाल २०४८ बैशाख १ गतेबाट मा.वि.स्थायी हुँदै २०६२कार्तिक ६ सम्म करीव १५ वर्ष बाघभैरव मा.वि.को प्रधानाध्यापक भएर काम गर्नुभयो । २०६२ कार्तिक ७ गतेबाट स्रोत व्यक्ति नियुक्ति भई २०६३÷६÷३ सम्म सक्रिय स्रोत व्यक्तिको भूमिका निर्वाह गर्नुभयो । २०६३÷६÷४ बाट पुनः बाघभैरव मा.वि.को प्रधानाध्यापक बन्नु भएको खनाल वि.सं.२०६५÷५÷१०मा माध्यमिक द्वितिय श्रेणीमा वढुवा हुनुभयो । २०७१÷१२÷१३ गते बाट कीर्तिपुर मा.वि. सरुवा हुनुभयो र कीर्तिपुर मा.वि.को पनि प्रधानाध्यापक भएर २०७५ मंसिर २२ गते सेवाबाट अनिवार्य अवकाश हुनुभयो । करीव ७ वर्ष लगनशील शिक्षक २७ वर्ष कुशल प्रधानाध्यापक र १ वर्ष सक्रिय स्रोतव्यक्ति बनेर शिक्षण सेवाबाट अवकाश हुनु भएका खनाल सामाजिक विषयको बरिष्ठ रोष्टर प्रशिक्षक समेत हुनुहुन्थ्यो । शिक्षक संघको विभिन्न तह र तप्काबाट पेशागत संगठनमा आवद्ध खनाल शिक्षक संघको काठमाडौं जिल्ला सदस्य, कोषाध्यक्ष हुँदै काठमाडौं जिल्ला उपाध्यक्ष बन्नु भएको थियो ।