Monday, January 14, 2019

Darshan Multi Investment अध्यक्ष दिनेश दर्शनधारीसंग भलाकुसारी

Darshan Multi Investment  अध्यक्ष दिनेश दर्शनधारीसंग भलाकुसारी



आजकल कीर्तिपुरमा चर्चामा रहेको दर्शन मल्टि—इन्भेष्टमेन्ट लि.को अध्यक्ष दूरगामी सोच र बहुप्रतिभाका धनी दिनेश  दर्शनधारी जो एक कुशल व्यवसायी हुनुहुन्छ । जसले आफ्नो कार्यक्षमता र दक्षताका कारण छोटो समयमा नै आफ्नो नामलाई “ब्राण्ड”को रुपमा स्थापित गर्न सफल हुनु भएका व्यक्तिसँग त्यस कम्पनीको बारेमा गरिएको भलाकुसारीको संक्षिप्त यहाँ प्रस्तुत गर्न गइरहेको छु ।





आजकल कीर्तिपुरको सहकारी बजारमा इन्भेस्टमेन्ट कम्पनीहरु खोल्नेक्रम जारी छ । यो दर्शन मल्टि इन्भेस्टमेन्ट लि. अर्थात Damil पनि दर्शन बचत अन्तर्गतको इन्भेस्टमेन्ट कम्पनी हो कि ? अथवा यसको छुट्टै अस्तित्व छ ? खास यो कस्तो किसिमको कम्पनी हो ?

--प्राइभेट कम्पनीहरु त जसले पनि खोल्न पाउछन् । हामीसँग  पहिलेबाट मोविल्याण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.ली., मुक्तीनाथ इन्भेष्टमेन्ट कम्पनी प्रा.ली हरु ८/१० वर्ष अगाडी देखी नै छन् । दर्शन साकोशका शेयर सदस्यहरु दर्शन मल्टि इन्भेष्टमेन्टमा पनि भएको कारणले एउटै होकी वा अन्तरगतको होकी भन्ने भ्रम परेको हुन सक्छ । दर्शन मल्टि इन्भेष्टमेन्ट कम्पनी म्ब्ःक्ष्ी एउटा नितान्त पब्लिक लि. कम्पनी हो । यो कीर्तिपुर क्षेत्रमा मात्र होइन नेपाल र विदेशमा रहेका नेपाली समेतको शेयर लगानी गरी सोबाट देश भरी विभिन्न लगानीको क्षेत्रहरुमा लगानी गरी मुनाफा कमाउन स्थापना भएको नाफा मुलक पब्लिक लि. कम्पनी हो ।

यो कम्पनीको खास उद्देश्य के  हो ?

-हामीले आफ्ना शेयर धनीहरुलाई सुरक्षित लगानी के हो र कसरी गर्न सकिन्छ भन्न सिकाउनु नै हाम्रो मुख्य उद्देश्य हो । हाम्रो अर्काे उद्देश्य भनेको नेपाली युवाहरुलाई परिश्रम बेच्न विदेश जानबाट
रोक्नु हो । आज सही ठाउँमा लगानी गर्ने आफ्नो मात्र नभई भाबी सन्तती समेतको भविष्य उज्जवल बनाउन सकिन्छ भन्ने नमुना देखाउनु पनि हाम्रो उद्देश्य हो । एक जना चिनीया लेखकले भनेका छन् नेपालीहरु सुनको कचौरा बोकेर भिख माग्दै हिड्छन् । तसर्थ उहांले जस्तै भिख माग्दै हिड्न नपरोस् र नेपालमा सुन मात्र होइन हिरा नै फलाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने पनि हाम्रो उद्देश्य हो । अहिले सहकारीहरु बैंक तथा अन्य क्षेत्रको प्रवाहमा परेकोले तिनीहरुलाई बचाउन सहयोगी भुमिका खेल्नु पनि यसको उद्देश्य रहेको छ ।

सहकारीहरु बैंक तथा अन्य क्षेत्रबाट प्रवाहमा परेको  भन्नु भयो खुलेर भनि दिनुस त ?

-तपाई हामीले देखेकै कुरा हो हिजो अस्ती सम्म बैँकहरुले समेत १३/१४% ब्याज दिई ग्राहकको घर घरमा पुगेको अब बैँकहरु नै यति धेरै ब्याज दिएर घर घर पुग्छ भने सहकारीहलाई अवश्य पनि असर गर्छ नै । अर्को कुरा सहकारी ऐन २०७४ र यसको कार्यान्वयन पक्षले गर्दा पनि सहकारी क्षेत्रलाई ठूलो असर पर्ने देखिन्छ । सो ऐन अनुसार कुनै व्यक्ति एउटा सहकारीमा सदस्य छ भने उ अर्र्काे  सहकारीमा सदस्य बन्न पाउने छैन । जबकी अहिले एक जना सदस्य कम्तिमा पनि दश ओटा सहकारीमा सदस्य रहेको  पाइन्छ । तसर्थ यो ऐन लागु भएपछि कि त धेरै सहकारीहरु मर्ज गर्नुपर्ने हुन्छ । अहिलेको ऐन पढ्ने हो भने ८०% भन्दा बढी सहकारीहरु कारवाहीमा पर्ने देखिन्छ । सहकारीकर्मीहरुलाई सहकारी निल्नु न ओकल्नु जस्तै भएको छ । सहकारी चलाउदा कारबाही र
जरीवानामा पर्ने डर नचलाउँदा पब्लिकको विश्वास गुम्ने डर अहिले सहकारी कर्मीहरु बिच  रहेको छ ।

 तेसो भए सबै सहकारी बन्द  गरी नयाँ नयाँ इन्भेष्टमेन्ट कम्पनी खोल्छन् त ?

-नयाँ इन्भेष्टमेन्ट कम्पनी खोल्छन् की खोल्दैनन् त्यो त थाहा भएन तर यो चाही पक्का हो की नेपालमा हाल ३४ हजार सहकारी छन् भने त्यो घटेर १०/१५ हजारमा सिमित हुन्छन् । त्यस्तै कीर्तिपुरमा पनि भविष्यमा सहकारीको संख्या १०० बाट घटेर १० देखि २० वटा सम्म मात्र  हुने अवस्था देखिन्छ । अबको कम्पिटिसन भनेको  बैंक र सहकारीबिच हुने देखिन्छ । कीर्तिपुर मात्र होइन नेपालमा नै भएका   प्राय इन्भेष्टमेन्ट कम्पनीहरु खोलिनुको कारण घुमाउरो पाराले लगानी गर्नु हो ।

घुमाउरो पारा भनेको के हो ?

-जुनसुकै सहकारीहरुले पनि सुरक्षित लगानी नै खोज्छन् सुरक्षित लगानी भनेको आफुले चिनेको जानेको नजिकको र धितो हाल्न सक्ने भन्ने बुझिन्छ । तसर्थ जति पनि इन्भेष्टमेन्ट कम्पनीहरु देख्नु हुन्छ ती सबै प्राय कुनै न कुनै सहकारी नजिकका मान्छेहरुले खोलेको देखिन्छ । यसलाई नकारात्मक भन्दा सकारात्मक मान्नु पर्छ ।
दर्शन मल्टि इन्भेष्टमेन्ट कम्पनी पनि दर्शन सहकारीको समुह मिलेर खोलेको भएर दर्शन साकोसको जस्तो सोच्नु स्वाभाविक नै हो दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले बचत तथा ऋण मात्रको काम गर्छ भने Damil ले शेयर धनी बाट शेयर उठाएर लगानी गर्ने काम गर्दछ ।

सुरक्षित र सुनिश्चित लगानी भन्नु भो कसरी ग्यारेन्टी गर्नु हुन्छ ?

-हामीले यो प्रोजेक्ट कम्पनीले आफ्नै खरिद गरेको जग्गामा गरीने भएकोले सुरक्षित छ भन्न खोजेको हो । यस्तो प्रोजेक्ट  अन्य ठाउँमा समेत हामीले पहिले नै गरिसकेको हुनाले सुनिश्चत भन्न खोजेको हो । फेरी हाम्रो समुहको यो क्षेत्रमा १५ वर्षको अध्ययन  तथा अनुसन्धान र विज्ञहरु समेतको संलग्नतामा प्रोजेक्ट गर्ने भएकोले पनि प्रतिफलको सुनिश्चितता गर्न सकेको हो ।

युवाहरुलाई विदेश जान रोक्ने भन्ने कुरा गर्नु भएको रहेछ कसरी ?

-अहिले सरकारले  समेत नेपाली युवाहरुलाई certificate धितो राखेर ऋण दिइरहेको अवस्था छ । त्यस्तै विदेशबाट फर्केका युवाहरुलाई पनि सरकारले ऋण दिई रहेको छ । एक जना युवा विदेश गएर वर्षमा बढिमा ५ लाख कमाउँछ त्यही युवाले हामीसंग आई ब्यावसाय गरेमा धेरै मेहेनत नै नगरीकन १० वर्षमा ५० लाख कमाउन सक्छन् । सरकारले २.५  मा ब्याजमा ऋण दिइरहेको अवस्थामा सम्पुर्ण युवाहरुलाई नै यस्तो व्यवसाय सिकाइ नेपालमा नै रोक्न सक्ने हामीसंग क्षमता छ ।

दर्शन मल्टि इन्भेष्टमेन्टले सहकारी बन्द गरी  इन्भेष्टमेन्ट कम्पनी खोल्न प्रोत्साहन गरेको भन्ने आरोप  छ । यो बारे पनि प्रस्ट गरिदिनु होला । 

-दर्शन मल्टि इन्भेष्टमेन्ट कम्पनी नयां नयां लगानीका क्षेत्रहरु पहिचान गरी लगानी गर्ने कम्पनी मात्र हो । एउटा  कुरा के हो भने हरेक सहकारीका शेयर धनीहरुले 100/100 ओटा रुख रोपे पनि आफु र आफनो सन्ततीको भबिष्य शुनिश्चित हुने पक्का हो । यसको मतलव हामीले इन्भेष्टमेन्ट कम्पनी खोल्नु भनेको चांही होइन तर आर्थिक समृद्ध्रीको लागि निजी क्षेत्रबाट पनि ब्याबसायिक रुख रोप्नु भनेको चाही पक्कै हो । सहकारीका शेयर धनीहरु आर्थिक रुपमा समृद्ध्र्र हुनु भनेको नै त्यो सहकरी पनि आर्थिक रुपमा समृद्ध्र्र हुनु  हो ।

यो कम्पनीको शेयर वितरण भइसकेको छ कि ? शेयर विक्री आव्हान गर्न बाँकी छ ?

-१६ जना प्रोमोटर शेयर धनीबाट स्थापना भएको यो कम्पनीमा  २०० जना भन्दा बढीले शेयर खरिदको लागी आवेदन दिइसक्नु भएको छ । पब्लिक शेयरको लागी आहवान भविष्यमा गर्ने छौ । भविष्यमा यो कम्पनीलाई IPO मा समेत लैजाने सोच र लक्षका साथ काम गरिरहेका छांै ।  यस्तो प्रोजेक्ट अरु कसैले गर्न चाहेमा समेत consulting दिइरहेका छौ ।

यसले कुन कुन क्षेत्रमा लगानी गरेको छ ?

- नामै मल्टि इन्भेष्टमेन्ट कम्पनी भएकोले नेपाल सरकारको विभिन्न निकायसँग स्वीकृति लिई विभिन्न क्षेत्रमा लगानी गर्न सक्छ तर कम्पनीले बजारमा चलेको लगानी क्षेत्र भन्दा फरक किसिमको क्षेत्र पहिचान गरि लगानी गरेको छ । जसमा पहिलो एग्रो फरेष्ट्री र दोस्रो एग्रो टुरिजम यो दुबै क्षेत्र नेपालको लागि नयाँ भएतापनि यो क्षेत्रको लगानी यति सुरक्षित र भने जस्तै आम्दानी हुने भएकोले नै हामी आकर्षित भएका हौे । हरियो बन नेपालको धन भन्ने पुरानो उखान नै छ । साच्चै पनि निजी क्षेत्रबाट बन विकास गर्न सकियो भने यसले व्यक्तिलाई मात्र होइन देशलाई नै समृद्ध बनाउन सक्छ भन्ने उदाहरण छिमेकी देशहरु वर्मा, मलेसियाबाट समेत लिन सक्छौँ ।  एक रोपनी जग्गामा १०० वटा रुख रोप्न सक्छौ र एउटा  रुखले १० बर्षमा एक लाखको आम्दानी दिन सक्छ । एक रोपनीमा नै एक करोडको आम्दानी हुन्छ । रुख ठूलो नहुन्जेल सम्म त्यो जग्गामा खेती गरेर समेत कमाउन सकिन्छ । यसरी दोहोरो आम्दानी हुने भएको हुनाले नै हामीले ५ बर्ष अगाडीबाट यो क्षेत्रमा लगानी गरी सफलता हात पारेको हो । अहिल दर्शन मल्टि इन्भेष्टमेन्ट लि.  (Damilले समेत नेपालको विभिन्न क्षेत्रहरुमा आफ्नो जग्गामा यस्तै प्रोजेक्टहरुमा लगानी गर्न सुरु गरेका छौ ।

अरु केही भन्नु छ की ?

-अहिलेको समसामयिक परिस्थितीलाई हेर्ने हो भने बजारमा लगानीकर्ताहरु  निराश भएको अवस्था छ ।
सरकारले जग्गाको कित्ताकाट बन्द गर्नु ,कृषी योग्य जमिनलाई प्लटीङ बन्द गर्नु ,कर निती कडा गर्नु आदी कारणहरुले गर्दा प्लटीङ जग्गामा गरिएका लगानीहरु के हुने हो भन्ने अन्योलमा छन् । त्यस्तै शेयर बजारमा गरिएका लगानीहरुको स्थिती झन बिकराल छ लगानीकर्ताले १३०० मा किनेकोSBI BANK को रेट आज २९८ छ । ३६७० मा किनेको Everest Bank को शेयर अहिलेको रेट ५४० मा छ । २५०० सयमा किनेको Nabil ८५० मा छ । यी त केही उदाहरण मात्र हुन । ईन्स्योरेन्स र माईक्रो फाईनान्सहरुको स्थिति झन भयावह  छ । धेरै लगानी कर्ताहरुले आफ्नो पिडा समेत कसैलाई भन्न सक्ने अवस्था छैन । यस्तो पिडाको अवस्थामा DAMIL ले  गरिरहेको प्रोजेक्टमा लगानी गर्दा  औषधी र मलम साबित हुनेमा बिश्वस्त छौं । अरु त के भनौ ।।।

No comments:

Post a Comment