Monday, January 7, 2019

नेपाल शिक्षक संघको सम्मान तथा अभिनन्दन कार्यक्रम

नेपाल शिक्षक संघको सम्मान तथा अभिनन्दन कार्यक्रम







कीर्तिपुर सन्देश साप्ताहिक÷
कीर्तिपुर नगरपालिकाको ऐतिहासिक विद्यालय तथा स्रोतकेन्द्र कीर्तिपुर मा.वि.का सेवा निवृत्त प्रधानाध्यापक बद्रीप्रसाद खनालको सम्मानार्थ नेपाल शिक्षक संघ कीर्तिपुर नगर कार्य समितिले गत पौष ११ गते नगाउँस्थित बाघभैरव बैंक्वेटमा भव्य कार्यक्रम गरी सम्पन्न गरियो । लामो समय शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गरे वापत उहाँको कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मान तथा अभिनन्दन कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको सभापतित्व नेपाल शिक्षक संघ कीर्तिपुर नगर कार्य समितिका अध्यक्ष कुमार बजगाईंले गर्नु भएको थियो । कार्यक्रम संचालन सो समितिका सचिव रुद्रप्रसाद खनालले गर्नु भएको थियो । कार्यक्रमको संयोजक बाघभैरव मा.वि.का प्रधानाध्यापक शिवहरि गिरी हुनुहुन्थ्यो ।

कार्यक्रमको प्रमुख अतिथिमा नेपाल शिक्षक संघ संघीय कार्य समितिका अध्यक्ष राजेन्द्रराज पौडेल हुनुहुन्थ्यो । सो कार्यक्रममा विशेष अतिथिको रुपमा संघीय कार्य समितिका उपाध्यक्ष एम.पि. भुषाल, विशेष अतिथि महासंघ संघीय कार्य समितिका महासचिव लक्ष्मीकिशोर सुवेदी, संघीय कार्यसमितिका महासचिव सोमनाथ गिरी, संघीय कार्यसमितिका उपमहासचिव सुन्दर पन्त, प्रदेश नं.३ का अध्यक्ष नारायण प्रसाद तिमिल्सिना, प्रदेश सदस्य राजेन महर्जन, जिल्ला कार्यसमिति अध्यक्ष रविन महर्जन, सचिव ऋषि तिमिल्सिना, काठमाडौं महानगर अध्यक्ष नारायण गौतम, जनसेवा मा.वि.का प्रधानाध्यापक नन्द कुमारी महर्जनले वद्रीप्रसाद खनाललाई शुभकामना सहित शिक्षा क्षेत्रमा अझ उदाहरणीय योगदान दिनको लागि आग्रह गर्दै मन्तव्य दिनु भएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य नेपाल शिक्षक संघ कीर्तिपुर नगर कार्यसमितिको सहसचिव शकुन्तला त्रिपाठीले दिनु भएको थियो भने कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्ने काम कार्यक्रम संयोजक शिवहरि गिरीले गर्नु भएको थियो । सो कार्यक्रममा अतिथिको रुपमा स्रोत व्यक्ति खगराज जोशी, नेपाल शिक्षक संघ प्रदेश कार्यसमिति महिला प्रतिनिधि सरला प्रधान, ने.शि.संघ तारकेश्वर नगर अध्यक्ष रामप्रसाद अर्याल, बुढानिलकण्ठ नगर अध्यक्ष शरद चन्द्र के.सी. कागेश्वरी मनोहरा नगरअध्यक्ष रबिन्द्र कुईंकेल, शंखरापुर नगर अध्यक्ष अनुप श्रेष्ठ, चन्द्रागिरी नगरअध्यक्ष विकास महर्जन, नागार्जुन नगर अध्यक्ष शिव कुमार खनाल, मंगलोदय मा.वि.का प्र.अ. कविन्द्र गोपाली, गोरखनाथ मा.वि.का प्र.अ. मखमल श्रेष्ठ, वैष्णवी मा.वि.का प्र.अ. सुनिल कुमार कर्ण लगायत शिक्षक संघका विभिन्न तह र तप्काका पदाधिकारीहरु, विभिन्न विद्यालयका सहायक प्र.अ., शिक्षकहरु र विद्यालय कर्मचारीहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरुले सेवा निवृत्त कीर्तिपुर मा.वि.का निवर्तमान प्र.अ. बद्रीप्रसाद खनाललाई शुभकामना दिंदै दीर्घ जीवन उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना सहित भव्य सम्मान गरेका थिए ।

कार्यक्रमका संयोजक बाघभैरव मा.वि.का प्रधानाध्यापक शिव हरि गिरीले सम्मानित व्यक्तित्व कीर्तिपुर मा.वि.का सेवा निवृत्त प्रधानाध्यापक बद्री प्रसाद खनालको संक्षिप्त चिनारी दिनुभयो ।

शैक्षिक क्षेत्रमा करिव साढे तीन दशक अविरल सक्रिय भएर मिति २०७५ मंसिर २२ गते अनिवार्य अवकाश हुनु भएका कीर्तिपुर मा.वि.का निवर्तमान प्रधानाध्यापक बद्रीप्रसाद खनालको जन्म वि.सं.२०१५ मंसिर २२ गते कीर्तिपुरको सल्यानस्थान गाउँमा चर्चित ज्योतिषी मुक्तिनाथ खनाल र सुभद्रा खनालको चौथो सन्तानको रुपमा भएको थियो । वहाँको दुई जना दाजु, एक जना दिदी, एक जना भाइ र एक जना बहिनी गरी ६ जना भाइ बहिनी हुनुहुन्थ्यो । कुलीन ब्राम्हण ज्योतिषी घरानामा जन्मनु भएका वद्रीप्रसाद खनालको अक्षर आरम्भदेखि कक्षा तीन सम्मको सिकाइ घरमा बुवा मुक्तिनाथ खनालले गर्नु भएको थियो । तीक्ष्ण दिमागका बद्रीप्रसादको औपचारिक शिक्षा पाँगाको जनसेवा मा.वि.मा कक्षा ४ बाट भएको हो । कक्षा ४देखि ६ सम्म जनसेवामा पढेपछि कक्षा ७ देखि १० सम्म की.मा.वि.मा पढ्नु भएका खनालले वि.सं.२०३४ सालमा की.मा.वि.बाट एस.एल.सी. उत्तीर्ण, वि.सं.२०३८ सालमा महेन्द्र रत्न क्याम्पस ताहाचालबाट गणित विज्ञानमा प्रविणता प्रमाण(पत्र र वि.सं.२०४६ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गर्नु भएको थियो । वि.सं.२०४० फागुण १ गते कीर्तिपुर मा.वि.मा अस्थायी शिक्षकको रुपमा शिक्षण सेवा शुरु गर्नु भएका खनालले २०४३ माघ मसान्तसम्म की.मा.वि.मा शिक्षण गर्नु भएको थियो । वि.सं.२०४३ फाल्गुण १ बाट बाघभैरव मा.वि.मा अस्थायी शिक्षकको रुपमा शिक्षण गर्नु भएका खनाल १ महिनापछि २०४३ चैत्र १ मा शिक्षक सेवाबाट नि.मा.वि. तहको गणित, विज्ञानमा स्थायी नियुक्त हुनु भएको थियो । वि.सं.२०४७ साल माघ महिनाबाट बाघभैरव मा.वि.को प्रधानाध्यापक बन्नु भएका खनाल २०४८ बैशाख १ गतेबाट मा.वि.स्थायी हुँदै २०६२कार्तिक ६ सम्म करीव १५ वर्ष बाघभैरव मा.वि.को प्रधानाध्यापक भएर काम गर्नुभयो । २०६२ कार्तिक ७ गतेबाट स्रोत व्यक्ति नियुक्ति भई २०६३÷६÷३ सम्म सक्रिय स्रोत व्यक्तिको भूमिका निर्वाह गर्नुभयो । २०६३÷६÷४ बाट पुनः बाघभैरव मा.वि.को प्रधानाध्यापक बन्नु भएको खनाल वि.सं.२०६५÷५÷१०मा माध्यमिक द्वितिय श्रेणीमा वढुवा हुनुभयो । २०७१÷१२÷१३ गते बाट कीर्तिपुर मा.वि. सरुवा हुनुभयो र कीर्तिपुर मा.वि.को पनि प्रधानाध्यापक भएर २०७५ मंसिर २२ गते सेवाबाट अनिवार्य अवकाश हुनुभयो । करीव ७ वर्ष लगनशील शिक्षक २७ वर्ष कुशल प्रधानाध्यापक र १ वर्ष सक्रिय स्रोतव्यक्ति बनेर शिक्षण सेवाबाट अवकाश हुनु भएका खनाल सामाजिक विषयको बरिष्ठ रोष्टर प्रशिक्षक समेत हुनुहुन्थ्यो । शिक्षक संघको विभिन्न तह र तप्काबाट पेशागत संगठनमा आवद्ध खनाल शिक्षक संघको काठमाडौं जिल्ला सदस्य, कोषाध्यक्ष हुँदै काठमाडौं जिल्ला उपाध्यक्ष बन्नु भएको थियो ।

No comments:

Post a Comment