Sunday, December 30, 2018

विघटन गरेको एक वर्षमा पनि कीर्तिपुर न.पाले विद्यालय व्यवस्थापन समिति पूर्णता दिन सकिएन

विघटन गरेको एक वर्षमा पनि कीर्तिपुर न.पाले विद्यालय व्यवस्थापन समिति पूर्णता दिन सकिएन

कीर्तिपुर सन्देश÷

सामुदायिक विद्यालय स्थानीय निकायको जिम्मामा आए लगतै कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिकामा संचालित १० वटा सामुदायिक माध्यमिक विद्यालयको व्यवस्थापन समिति एकसाथ विघटन गरिएको थियो । २०७३ साल माघ महिनामा दुई वर्षको लागि गठन भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिलाई कीर्तिपुर नगरपालिकाले एक वर्षमै अर्थात २०७४ साल पौष महिनामा विघटन गरेको थियो ।

विघटन गरेको एक वर्षसम्ममा पनि नगरपालिकाले नयाँ व्यवस्थापन समिति गठन गर्न सकिएको छैन । १० वटा माध्यमिक विद्यालयमध्ये अझै ६ वटा विद्यालयमा व्यवस्थापन समितिले पूर्णता पाएको छैन । यो पूर्णता पाउन नसक्नाका कारण विद्यालय व्यवस्थापन समितिमा की.न.पा.ले राजनीति सुरु गर्न खोज्नाको कारण हो अथवा न.पा.ले आफ्नो अधिकार क्षेत्र बुझन नसक्नाको कारणले हो ।

विद्यालय व्यवस्थापन समितिको लागि अभिभावक भेला बोलाएर अभिभावक प्रतिनिधि ३ जना, विद्यालय निरीक्षक, शिक्षक प्रतिनिधि, सम्बन्धित वडा कार्यालय प्रतिनिधि र विद्यालय संस्थापक, सहयोगी, बुद्धिजिवी, समाजसेवी मध्येबाट ३ जना प्रतिनिधि छानी ३ जनाको नामसहित विद्यालय व्यवस्थापन समितिको अध्यक्षको लागि नगरपालिकामा नाम पठाउनु पर्ने प्रावधान अनुसार विद्यालयबाट न.पा.मा नाम पठाएको लामो समय भैसक्दा पनि न.पा.ले अध्यक्ष छान्न सकिएको छैन ।

विद्यालयबाट नाम सिफारिस गरि पठाएको नाममध्ये नगरपालिकाले आफ्नो मानिस नपरेको खण्डमा नाम नै हताएर आपूmखुसी नाम थपेर पठाउने गरेको छ । कीर्तिपुर मा.वि.बाट पठाएको नाममा ने.का.समर्थक भएका कारण २ जनाको नाम हटाएर नेकपा समर्थक २ जनाको नाम थपेर पठाएको जानकारी आएको छ । त्यस्तै गोरखनाथ मा.वि. र विश्व रा.मा.वि.ले पठाएको नाममा पनि नाम हटाएर अर्के नाम सिफारिस गरेर पठाएको जानकारी प्राप्त भएको छ ।

मङ्गल मा.वि. वडा नं.१० मा पर्छ, मङ्गल मा.वि.को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सम्बन्धित वडाध्यक्षले नै चासो राखेको कारण, त्यस्तै वडा नं.९ मा पर्ने कीर्तिपुर मा.वि.मा पनि सम्बन्धित वडाध्यक्षले व्यवस्थापन समितिको अध्यक्ष बन्न चासो राख्नु भएको छ । त्यस्तै वडा नं.९ मै पर्ने गोरखनाथ मा.वि.मा महिला नससलाई अध्यक्ष बनाउने तयारी भइरहेको जानकारीमा आएको छ । त्यस्तै वडा नं.३ मा पर्ने विश्व रा.मा.वि.मा पनि नसस नै व्यवस्थापन समितिको अध्यक्ष हुने भएको छ । यो निर्णय जायज छ कि नाजायज छ भन्ने निकै चर्चा परिचर्चा चल्न थालेकाले की.न.पा.ले तुरुन्तै कुनै पनि निर्णय लिन नसकेको कुरा जानकारीमा आएको छ ।

No comments:

Post a Comment