Monday, January 14, 2019

कीर्तिपुरको छ्याकःल्वहंमा पृथ्वीनारायण शाहको नाममा किन थुक्ने ?

कीर्तिपुरको छ्याकःल्वहंमा पृथ्वीनारायण शाहको नाममा किन थुक्ने ?


श्रीकृष्ण महर्जन

कीर्तिपुरमा पृथ्वीनारायण शाहले नाकावन्दी गरेर मात्रै हैन छलकपट गर्दै एकपक्षिय रुपमा जितेको घोषणा गरि कीर्तिपुरवासीको नाक कान काटेको इतिहास छ । त्यो बेलi कीर्तिपुरका धनवन्त सिख्वालले पृथ्वीनारायण शाहको फौजलाई गढ पर्खालभित्र षडयन्त्र गरि ल्याएको कुरा पनि इतिहासमा उल्लेख छ । पृथ्वीनारायण शाहको फौजले युद्धको नियम विपरित कीर्तिपुर जितेको घोषणा मात्र गरेनन् कीर्तिपुरवासीको कान र नाक समेत काटेको कुरा इतिहासकारहरुले उल्लेख  गरिएको अवस्था छ ।

कीर्तिपुरवासीलाई पृथ्वी नारायण शाहले अत्यन्तै अन्याय गरेका कारण कीर्तिपुरवासीले त्यो बेलादेखि नै पृथ्वीनारायण शाह बसन्तपुर दरवारमा बसेको समयदेखि बसन्तपुर दरवार फर्केर पृथ्वीनारायण शाहको नाममा छ्याकःल्वहंमा थुक्दै आएको हो । पञ्चायतकालमा सो ढुंगामा थुकेको कारण केहि कीर्तिपुरवासीले थुकेका कारण भन्दै गिरफ्तारिमा समेत परेको र त्यो समयमा छ्याकःल्वहंलाई भुतको रुपमा आफूहरुले थुक्दै आएको भनी बयान दिन बाध्य बनाइएको कुरा कीर्तिपुरका जेष्ठ नागरिकहरुले बताएका छन् ।

कीर्तिपुरवासीले थुक्दै आएको छ्याकःल्वहं अर्थात छ्याके ढुंगामा प्रत्येक बर्ष पछिल्लो समयमा पुष २७ गतेको दिनमा सामुहिक रुपमा थुक्दै आएको अवस्था छ ।


कीर्तिपुरवासी मात्रै नभई नेपालका आदिवासी जनजाति, मधेसीदेखि उत्पीडित समुदाय जसले पृथ्वीनारायण शाहले आफ्नो समुदाय र जातीलाई अन्याय गरेको ठानेका छन् ती ब्यक्तिहरुले सामुहिक रुपमा थुक्दै आएको हो । मुलुकमा गणतन्त्र आइसकेको अवस्थामा एकातिर राज्यले पृथ्वीनारयाण शाहको जन्म दिन पुष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मान्दै आएका छन् भने नेपालका आदिवासी जनजातिहरुले भने त्यसको काउन्टरको रुपमा पृथ्वीनारायण शाहको नाममा छ्याकःल्वहंमा थुक्दै आएका छन् ।

थुक्ने काम हेर्दाखेरि सामान्य जस्तो लाग्न सक्छ । तर यो थुक्ने भनेको बन्दुकले गोली हानेको भन्दा पनि कडा छ । मानिसको मनोविज्ञान र भावना अनुसार भन्ने हो भने यो थुक्ने काम भनेको अत्यन्तै महत्वपूर्ण काम हो र अर्थपूर्ण ।


कीर्तिपुरको छ्याकःल्वहंलाई पछिल्लो समयमा व्यवस्थित गर्ने र आकर्षक रुपमा राख्ने काम समेत कीर्तिपुरवासीले गरेका छन् । विगतको तुलनामा अहिले छ्याकःल्वहंलाई आकर्षक रुपा राखिएको र सो स्थानको वातावरण बनाइएको अवस्था छ ।

यसबर्ष पनि नेपालका आदिवासी जनजातिहरुले छ्याकःल्वहंमा थुक्ने काम गर्ने तयारी गरेका छन् । यो बास्तवमा पृथ्वीजयन्ती मान्नेहरुको लागि अत्यन्तै ठूलो धक्का हो भन्न सकिन्छ ।


यस वर्ष पनि गत पुष २७ गते पृथ्वी जयन्तिको अवसरमा छ्याकःल्वहँमा थुक्न जाँदा छ्याकःल्वहँमा प्रहरी तैनाथ गरी छ्याकःल्वहँलाई संरक्षण गरेको थियो । यसबाट के बुझिन्छ भने गणतन्त्र नेपाल घोषणा गरिए पनि शासक वर्गमा राजतन्त्रको अवशेष बाँकी नै छ भन्न बाध्य पारेको छ ।

No comments:

Post a Comment