Thursday, March 16, 2017

शेयर बजार एक गहन अध्ययन र बिचार गर्नुपर्ने कुराहरू

शेयर बजार एक गहन अध्ययन र बिचार गर्नुपर्ने कुराहरू



दिनेश दर्शनधारी
शेयर तथा डेरिभेटिभ बजारका विश्लेषक

२०७२ सालको भुकम्प पश्चात नेप्से पनि अनिश्चित कालको लागि बन्द भयो । काठमाण्डौ उपत्यका अस्तब्यस्त बन्यो । ब्यापार ब्यवसाय अस्तब्यस्त अनि कसैले पनि अब के हुन्छ भनेर केही भन्ने अवस्था थिएन । अर्थब्यबस्था अस्तब्यस्त । केही दिन पछि जनजीवन सामान्य अवस्थामा फर्कन थाल्यो । तर सबैले नेप्से नराम्ररी तल झर्छ भन्ने अनुमान लगाएका थिए । हुनत अन्य देशको उदाहरण लिने हो भने यसरी प्राकृतिक बिपत्ति पछि त्यस देशको शेयर बजारमा नराम्ररी गिरावत आएको देखिन्छ । भुकम्प पछि शेयर बजार खुले पछि नेप्सेमा १०० अंक सम्म गिरावत आयो तर अचम्म  दिन दुई गुना रात चौगुना हुने गरी नेप्सेमा हरेक दिन बृद्धि हुन थाल्यो । यसरी प्राकृतिक बिपत्तिले नेपालको सबै क्षेत्रमा असर ग¥यो तर शेयर बजारमा कुनै असर गरेन । यस्तो बिषम परिस्थितिमा कुनै पनि ब्यापार ब्यबसाय प्रायः बन्द अवस्थामा साधारण लगानीकर्ता अन्यौलको अवस्थामा थियो । यही बेलाको शेयरमा भएको उछालमा सबैको मन उतैतिर धल्किन पुग्यो र हरेक दिन नयाँं र सोझा लगानीकर्ता शेयर बजारमा लगानी गर्न पुगे । ठुला र चलाख लगानीकर्तालाई कमाउने मौका यही थियो । हरेक दिन शेयरको भाउ बढाउँदै लैजाने र आफुले सस्तोमा उठाएका प्राय जसो शेयर महंगोमा बेच्दै जाने र अरबौं कमाउने काम भयो जसको भेउ पनि पाउन सकेन साना लगानी कर्ता । उनीहरू त झन आफुले किनेको शेयरको भाउ बढदैजाँदा खुसीले मख्ख थिए । साना लगानीकर्ता हरेक दिन आफ्नो फाईदा कागजमा हिसाब गर्न थाले आफ्नो साथमा रहेको मोबाईलको क्यालकुलेटर थिचेर नाफाको हिसाब हरेक घण्टा गर्ने अनि सपनाको महल बुन्न थाले । अनि लोभले लाभ, लाभले बिलाप भने जस्तै अझै बढी शेयर किन्न घर जग्गा तथा आफुसंग भएको शेयर प्रमाणपत्र बैंकमा धितो राखि धमाधम बजारमा जति रेटमा पनि शेयर खरिद गर्न थाले ।

 यही समयमा धेरै सहकारीहरू पनि शेयर बजारमा प्रवेश गरेको देखिन्छ एक अध्ययनले । हुनत
सहकारीलाई शेयरमा लगानी गर्न बन्देज छ तर सहकारीले आफुले चिनेजानेका र आफ्ना नजिकका आफन्तलाई प्रयोग गरी शेयरमा लगानी गर्न थाल्यो । सुरु सुरुमा त नाफा पनि कमाउन थालेको थियो । यसरी एउटा सामान्य मान्छेले पनि शेयरमा कम्तिमा एक करोडसम्म लगानी गरेको र १० लाख भन्दा माथि नाफा भईरहेको छ भनेको सुन्दा अचम्म मान्नु पर्ने थिएन ।

यही बीचमा मधेस आन्दोलन र भारतले नेपालमा नाकाबन्दि शुरु भयो । नाकाबन्दि पछि लगानीकर्ता हरूमा केही अन्यौलताले गर्दा केही दिन शेयर बजारमा गिरावत आए पनि त्यो टिकेन । देशमा नाकाबन्दिले आर्थिक क्षेत्र फेरी तहसनहस हुन पुग्यो जसको असर शेयर बजारमा पनि हुनु पर्नेमा कुनै असर नै देखिएन । अचम्म नै भयो कि फेरी पनि शेयर बजार उकालो नै लाग्यो ।

 फाईदा त कसलाई मन पर्दैन तर पुँंजी बजारमा यसरी एकोहोरो उकालो पनि अति घातक हुन सक्छ भन्ने धेरै लगानीकर्ताले बिचार सम्म गर्न सकेन । धेरै लगानीकर्तालाई चक्रब्यूहमा प्रवेश गर्ने कसरी सिकायो तर त्याहाँंबाट निस्कन भने कसैले सिकाएन । पुँंजी बजारमा पनि यदि नाफा कमाउनु छ भने अनेक कुरा जस्तै आर्बित्राज, स्पेकुलेसन, हेजिङ्ग, सर्ट टर्म ईन्भेष्टमेन्ट, लङ्ग टर्म ईन्भेष्टमेन्ट आदिको बारेमा पनि सामान्य भए पनि जानकारी हुनु पर्ने कसैले भनेन सोझा लगानीकर्ताहरूलाई । अनि मुख्य कुरा त के भने अर्थशास्त्रको सिद्घान्त नाफा र घाटा एक अर्काका परिपुरक हुन । यदि तपाई नाफामा हो भने कोही अरुले घाटा ब्यहोरिरहेको छ भन्ने बुझ्नु अति नै जरुरी छ ।

जे भए पनि त्यस बेला जसरी शेयर बजारमा उछाल आयो त्यसलाई पुंँजी बजारमा यस्तो बजारलाई बबल अर्थात फोका बनेको भनिन्छ जुन जतिबेला पनि फुट्न सक्न । यदि फुट्यो भने धेरैलाई डुवाएर जान सक्छ । धितोपत्र बोर्डलाई यो कुराको महसुस भईसकेको थियो र त्यो बेला पटक पटक लगानीकर्ताहरूलाई लगानी बिचार पुर्वक गर्न सचेत समेत गराएको थियो । तर बुल मार्केटमा यस्तो कुरा कस्ले सुन्ने । त्यो बेला यदि कसैले मार्केट घट्छ भन्यो भने त्यो पागल घोषित हुन्थ्यो । बैंकहरूमा अत्याधिक तरलताले गर्दा यही बेला अन्धा धुन्दा र अति सस्तो ३ प्रतिशत सम्ममा ऋण लगानी गर्न थालेका थिए । बैंकले गाडी, घर जग्गामा मात्र होईन शेयर धितोमा पनि अत्याधिक लगानी गरे । यसरी शेयर बजारका खेलाडी मात्र नभई सोझा लगानी कर्ता, सहकारी तथा सहकारीका सदस्यहरू अनि बैंक समेत शेयर बजारमा ओईरिंदा शेयर बजारका खेलाडीहरूले खर्बौं कमाए भने शेयर बजारमा नेप्सेले ऐतिहासिक उचाई १८८१ बिन्दुमा चुम्न पुग्यो । यो बेला सम्म पनि नेप्से केही दिनमा २५०० को बिन्दु सम्म जाने हल्ला खुबै नचलेको पनि होईन । आखिर जे नहुनु थियो त्यो भएर छोड्यो । आज यो लेख लेख्दाको दिन सम्म आउदा नेप्से ५५० अंकले गिरावत आई लगानी कर्ताहरूको खर्बाैं रकम गुमिसकेको छ । त्यसैले आज हजारौ लगानीकर्ता पिडामा छन् र एक पल्ट मेरो साँवा मात्र उठे पनि म यो बजारबाट निस्कन्छु भन्ने मनस्थितिमा छन् ।

२०७३ साउन १ गते ऐतिहासिक उचाई भेटेको नेप्सेले आठ महिना पुरा नहुँदै लगभग ५ सय ५० अंक गुमाएको छ । १ हजार ८ सय ८७ मा रहेको नेप्से त्यस यता २०७३ फाल्गुन २६ गते बिहिवार सम्म घटेर १ हजार ३ सय ४७ बिन्दुमा आइपुगेको छ । बियरिश टे«ण्डमा देखिएको नेप्सेमा स्लोपिङ डाउन फल (तीव्र गिरावट ) देखियो । बजारमा पछिल्लो एक्कासी एकोहारो गिरावट आउँनुमा यी मुख्य कारण रहेका छन् ।

मनोवैज्ञानिक असर ः
 लगानीकर्ताले शेयरमूल्य घटेपछि कागजी रुपमै भए पनि खर्बौ रुपैंया गुमाएका छन् । पहिला क्यालकुलेटरमा नाफा हिसाब गर्ने लगानीकर्ता आजभोली घाटा हिसाब गर्न थालेका छन् । यसले लगानीकर्ताको मनोबिज्ञान घटाएको छ । बजारले ५ सय ५० बराबर अंक गुमाएपछि केहि समय पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ता पनि शेयर बिक्री गरेर केही समय आराम गर्ने पक्षमा छन् । निरन्तर ओरालो लागिरहेको शेयर बजारमा यतिबेला त्रास नै फैलिएको छ बजारको भविष्य के हुने भनेर ।

बैंकको निक्षेपको व्याजदरमा वृद्घि ः
  बैंकले हरेक महिना नै व्याज दर भुक्तानी गर्ने गरेर १२ प्रतिशतसम्म व्याज दिइरहेकाले पनि कम जोखिम चाहने लगानीकर्ता आफ्नो सेयर घाटामा भए पनि बिक्री गर्दै बैंकतिर मोडिएका छन् ।

बैंकबाट मार्जिन कल र मार्जिन लोनमा कडाई  ःयस
 वर्षको मौद्रिक नितिबाट शेयर धितोको ५० प्रतिशत मात्र कर्जा प्रवाह गर्न दिएको निर्देशनपछि पनि केही समय यसलाई कडाई नगरेका बैंकहरूले बजारमा लगानी योग्य रकम अभाव भएपछि यो कर्जा दिन नै छाडे । बजार ओरालो लाग्न थालेपछि लगानीकर्ता हरूलाई राखेको शेयरको धितो मूल्यांकन पनि घट्ने भएपछि धितो बढाउन बैंकहरूबाट मार्जिन कल आउन थालिरहेको छ । यसले या त शेयर बिक्री गरेर कर्जा भुक्तानी गर्न वा धितो बढाउन लगानीकर्ताहरूलाई दबाब पर्न थालेको छ ।

कर्जाको व्याजदर बढ्दो ः
बैंकहरूले निक्षेपको व्याज दर बढाएपछि कर्जाको व्याज दरमा पनि वृद्घि गरिरहेको छन् । केही महिनाअघिसम्म ६ प्रतिशत व्याजदरमा कर्जाको सुविधा पाइरहेकाहरूलाई हाल व्याज दर १३ प्रतिशत बढेको एस.एम.एस बैंकहरूले पठाइरहेकोले शेयर लगानी महंगिएको छ ।

बीमा कम्पनीहरूको चुक्ता पुँजी ः
बीमा कम्पनीहरूको चुक्ता पुँजी प्रस्तावित बीमा योजनामा नतोक्नेमा नियामक बीमा समिति र अर्थमन्त्रालय सहमत भएको खबरहरू आएपछि पनि बजार ओरालो लाग्न थालेको छ ।

सम्पत्ती शुद्घिकरणको हल्ला ः
 सही लगानीकर्ता डराउन नपर्ने भए पनि ठुला लगानीकर्ताहरूले यही सम्पत्ती शुद्धिकरणको हल्लाको कारण बिक्री बढाउने आशंका गर्दै अन्य लगानीकर्ता पनि शेयर बिक्रीमा लागेका छन् । लामो समयदेखि बढ्न नसकेको बजारमा यो कारण पनि बजार थप घटाउन कारकको रुपमा देखिएको छ । हालै मात्र धितोपत्र  बोर्डले बजारमा एउटै व्यक्तिले २० वटासम्म संस्थामा रहेर शेयर लगानी गरिरहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । सामुहिक लगानी कोषभन्दा धेरै पुँजी लिएर बसेका यस्ता लगानी कम्पनीसम्बन्धि प्रतिवेदन आएपछि ती संस्था लगानी गर्न  निरुत्साहित हुन सक्ने र बजारमा थप बिक्री चाप बढ्ने अपेक्षाले पनि लगानीकर्ताहरू डराइरहेका छन् ।
तल उल्लेखित केही कारणले पनि बजारलाई ओरालो धकेल्न मद्दत गरिरहेका छन् ।

१.बैंकको पुँजी अत्याधिक बढी हुनु
२.कमजोर कम्पनीले पनि FPO निकाल्नु,
४. देशको विकास खर्च नहुनु ,
५. ठूला वा चलाख खेलाडीले शेयर विक्री गरी, उदाशीन बस्नु,
६. म्युच्युअल फण्डले पैसा होल्ड गर्नु ,
७. अनुत्पादक क्षेत्रमा कर्जा जानु (एक महिनामा ५० हजार गाडी भित्रनु, आदी)
८. लगानीकर्ताहरूमा बजार सधै बढ्छ भन्ने भ्रम फैलनु,
९. १००० र ५०० को आइसी नोट साटिन नसक्नु

जे सुकै भए पनि साधारण लगानीकर्ताहरू अहिले प्रायः सबै हतास मनस्थितिमा छन् । अव के हुन्छ र अव के गर्ने केही सोच्न सकेका छैनन् । आज कसैले चिलिमेको शेयर २७०० हुंँदा किनेको छ भने अहिले चिलिमेको शेयरको भाउ ७०० को हाराहारीमा छ । एक कित्ता शेयरमा २००० घाटा हुन्छ । यदि १००० कित्ता मात्र होल्ड गरेर बसेको छ भने पनि २०,००,०००(बीस लाख)घाटा छ । यो त एउटा कम्पनीको उदाहरण हो यस्तो सयौं कम्पनीमा यस्तै हालत छ । शेयरको भाउ बढ्ने कहिले थाहा छैन । अझ बैंकबाट शेयर धितोमा ऋण लिएर लगानी
गरेको भए बैंकको मार्जिन कलले अर्काे टेन्सन । यो आम लगानी कर्ताको समस्या हो । यस्तो बेला कुनै पनि निर्णय लिन धेरै गाह्रो कुरा हो । अव भविष्यमा लगानी गर्दा कुनै पनि क्षेत्रमा बिषेशज्ञको सल्लाहमा मात्र गर्नु होला । म त भन्छु सेकेन्डरी सेयर बजार साधारण लगानीकर्ताको लागि होईन । प्राईमरी सेयरमा मात्र लगानी गरौं जसले प्राय नाफा नै  दिन्छ । सेकेन्डरी सेयर बजारमा लगानी गर्नै हो भने पहिलो कुरा मुटु दह्रो हुनु पर्छ । दोस्रो कुरा घाटा भए पनि ब्यहोर्ने शक्ति हुनु पर्छ । नेपालको शेयर बजार कुनै पनि टेक्निकल र फन्डामेन्टल एनालाईसिसले नचल्ने हुनाले भगवान भरोसा भन्दै लगानी गर्नु पर्ने हुन्छ । तसर्थ नेप्से बढेर २५०० पनि जान सक्छ भने घटेर ८०० भन्दा तल पनि नजाला भन्न सकिन्न । किनकी नेपालको नेप्से ईतिहासमा यस भन्दा पहिला पनि यस्तो घटना भईसकेको छ । फेरी पनि मेरो तर्फबाट एउटा सुझाव नेप्से बढ्ने र घट्नेसँग मतलब नगर्ने हो भने प्राईमरी शेयर मात्र खरिद गरौं कुनै टेन्सन झेल्न पर्दैन ।


No comments:

Post a Comment