Monday, March 13, 2017

ज्येष्ठ नागरिक समाज लुभुका ज्येष्ठ नागरिकहरु ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगामा

ज्येष्ठ नागरिक समाज लुभुका ज्येष्ठ नागरिकहरु ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगामा



कीर्तिपुर सन्देश ÷
     ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगाले ज्येष्ठ नागरिकहरुको लागि संचालन गरिंदै आएको दिवा सेवाले ख्याति प्राप्त गरिरहेको कीर्तिपुर क्षेत्रमा मात्र नभई काठमाडौं, ललितपुरमा समेत पुगेको छ ।

     ज्येष्ठ नागरिक सेवा केन्द्रले कसरी दिवासेवा संचालन गरिरहेको छ हेर्न र बुझ्नका लागि ज्येष्ठ नागरिक समाज लुभुका पदाधिकारीहरु सहित ५० जना ज्येष्ठ नागरिकहरु गत शनिवार पाँगा लाछीस्थित केन्द्रमा आइपुगे ।

   लुभु ज्येष्ठ नागरिक समाजका अध्यक्ष पद्मलाल श्रेष्ठ, रामलाल श्रेष्ठ र भगत कुमारी अधिकारीलाई ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगाले पूmलमाला र खादा ओढाई सम्मान गरिएको थियो । सम्मानीत पछि आफ्नो मन्तव्य राख्नेक्रममा पद्मलाल श्रेष्ठले ज्येष्ठ नागरिक सेवा केन्द्रको निस्वार्थ सेवाको सह्राना गर्दै ज्येष्ठ नागरिकहरुको सेवा गर्नु भनेको मन्दिरमा पूजा थाली लिएर पूजा गर्नुभन्दा ठूलो धर्मको कुरा हो । हामीले ज्येष्ठ नागरिकको सेवा गर्दा हाम्रा बालबालिकाले पनि आमा बुबालाई सेवा गर्नु पर्छ भन्ने भावना विकास भएर हाम्रो समाजमा परिवर्तन आउन सक्छ भन्नु भयो ।

   ज्येष्ठ नागरिक समाज लुभुले ज्येष्ठ नागरिक सेवा केन्द्रका ज्येष्ठ नागरिकहरु न्हुच्छेमाया महर्जन—९७ वर्ष, सन्तमाया महर्जन–९६ वर्षको साथै सल्लाहकार इन्द्रमान महर्जन, अध्यक्ष दुर्गा कुमारी महर्जन, उपाध्यक्ष सत्तुराम महर्जन र सचिव हरिदेवी महर्जनलाई पनि सम्मान गरिएको थियो । दिनभरि भजन किर्तन गर्दै रमाइलोसित दिन बिताएर फर्किए ।

    कुनै दिन फुर्सद मिलाएर लुभुमा भ्रमण गर्नको लागि पनि निमन्त्रणा दिएर जानु भयो ।

No comments:

Post a Comment