Sunday, March 12, 2017

पुष्पसदन स्कुलमा पुरस्कार वितरण तथा अभिभावक दिवस सम्पन्न

पुष्पसदन स्कुलमा पुरस्कार वितरण तथा अभिभावक दिवस सम्पन्न





शैक्षिक सत्र २०७४ देखि पुष्पसदनमा कक्षा ११ संचालन हुने ।

कीर्तिपुर सन्देश÷
        कीर्तिपुरको एक प्रतिष्ठित संस्थागत विद्यालय पुष्प सदन आवासीय माध्यमिक विद्यालयले गत फागुण २१ गते शनिवार एक आफ्नै प्रागणमा भव्य कार्यक्रमका वीच पुरस्कार वितरण तथा अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यालयका संस्थापक अध्यक्ष एवं निर्देशक महेश श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि शिक्षा मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल हुनुहुन्थ्यो । राष्ट्रिय गान र अर्केष्ट्राको धुनबाट सुरु भएको उक्त कार्यक्रममा कक्षा १० की विद्यार्थी सुप्रिया सिंहले स्वागत मन्तव्य दिनु भएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कायर्बक्रम अन्तर्गत ग्रुप डान्स, टालेन्ट शो पनि गरिएका थिए । विद्यालयमा वर्षभरिमा भए गरिएका खेलकुद लगायत विभिन्न कार्यक्रमहरुमा प्रथम द्वितिय र तेश्रो हुने विद्यार्थीहरुलाई प्रमुख अतिथिले मेडल, प्रमाण पत्र र पुरस्कार वितरण गरिएको थियो ।

       कार्यक्रमको आकर्षक पक्ष भनेको डान्स पछि एसएलसी परीक्षा २०७२ मा ए प्लस नतिजा ल्याउने १८ जना विद्यार्थीहरुलाई जनही दस हजारका दरले नगद पुरस्कार दिइएको थियो ।

       अभिभावकको तर्फबाट मन्तव्य राख्ने क्रममा डा. केशव प्रसाद अधिकारीले पुष्पसदन स्कुलमा आफ्नो बच्चा पढाउन पाएकोमा गर्व महसुस गर्नुभयो । विद्यालय भनेको त्यो हो जहाँ बालबालिकामा रहेको टालेन्टलाई उजागर गर्नु हो । विद्यार्थी भनेको एउटा सादा ढुंगा हो । त्यसलाई कुन रुप दिने हो त्यो विद्यालयका शिक्षक शिक्षिकाहरुको क्षमतामा निर्भर गर्छ । आज यहाँ प्रस्तुत गरिएका विभिन्न कार्यक्रमहरुको अवलोकन गर्दा यस अभियानमा पुष्प सदन आवासीय माध्यमिक विद्यालय सफल भएको मान्नुपर्छ । यस विद्यालयले सुरुदेखि नै एसएलसीमा उत्कृष्ट ल्याउन सफल भएको र उत्कृष्ट ल्याउनेहरुलाई पुरस्कार वितरण गर्दा अन्य विद्यार्थीहरुलाई पढ्ने हौसला प्रदान हुने बताउनु भयो । प्रमुख अतिथि बैकुण्ठ अर्यालले कुनै बेला आपूm पनि यस विद्यालयको अभिभावक भएकोले यो स्कुलसंग नजिकको सम्बन्ध रहेको बताउनु हुँदै राम्रो विद्यालय त्यो हो जहाँ हाम्रा बालबालिकाले उत्कृष्ट नतिजा ल्याउन सक्छ । सबै बालबालिकाहरु समान रुपले हरेक क्रियाकलापमा सहभागि भएका छन् । राम्रा विद्यालय त्यो हो जहाँ सबै बालबालिकाले विना भेदभावले शिक्षा हासिल गर्न सक्छन,  उनीहरुभित्र लुकेर रहेको प्रतिभा उजागर गर्न सक्छन, विद्यालयको हरेक कृयाकलापमा अभिभावकहरुलाई जानकारी दिने विद्यालय राम्रो विद्यालय हो यस्ता विद्यालयहरु मात्र राम्रो विद्यालय मान्न सकिन्छ जुन पुष्पसदन स्कुलमा विद्यमान छ भन्नुभयो ।

      प्रिन्सिपल यशोदा श्रेष्ठले आफ्नो मन्तव्य दिनेक्रममा विद्यालयको संक्षिप्त परिचय दिने क्रममा भन्नुभयो, “२०४० सालमा स्थापना भई २०४८ सालदेखि एसएलसी परीक्षामा सामेल भएको थियो । विगत वर्षहरुमा झै उत्कृष्ट हुने विद्यार्थीहरुलाई दिंदै आइरहेको नगद पुरस्कार कायमै राखेको छ । गत वर्षदेखि एसएलसीमा ग्रेडिंग प्रणाली सुरु भएकोले ए प्लस अंक ल्याउने १८ जनालाई जनही रु दश हजार दिने निर्णय भए अनुसार वितरण गरिएको बताउनु भयो । अबदेखि एसएलसी परीक्षा कक्षा १२ मा हुने भएकोले २०७२ सालको एसएलसी परीक्षा नै अन्तिम परीक्षा भएको छ । कक्षा ५ देखि १० कक्षासम्मका लागि दिइने मृदुला छात्रवृति २०७३ सालको परीक्षाको नतिजा हेरेर आगामी २०७४ सालमा दिइने बताउनु भयो । त्यस्तै आगामी शैक्षिक सत्रदेखि कक्षा ११ संचालन गरिने, विद्यालयलाई डिजिटल प्रणालीमा लैजानको लागि भौतिक सुधार अन्तर्गत कक्षा ३देखि १० कक्षासम्मको लागि प्रोजेक्टर राख्ने काम भइसकेको, हरेक कक्षा र मैदानमा समेत सीसीटिभी जडान भैसकेको जानकारी पनि दिनुभयो ।

       प्रिन्सिपल यशोदा राईले पुष्पसदन स्कुलका शिक्षकहरुलाई नेपाल सरकारले तोके बमोजिम पारिश्रमिक दिंदै आइरहेकोमा शिक्षकहरुको तलब बढाउनको लागि नेपाल सरकारले तोकेको सिमामा रही विद्यार्थीहरुको शुल्क बढ्ने जाकारी दिनुहुँदै विद्यार्थीहरुको शुल्कको भरमा नै स्कुल चलिरहेकोले शुल्क बढाउनु परेको विवशता पनि जनाउनु भएको थियो । अन्तमा अभिभावकहरु बाट सहयोग पाउने आशा राख्दै उपस्थित सबै अभिभावक र अतिथिहरुलाई धन्यवाद दिनुभयो ।

No comments:

Post a Comment