Friday, March 24, 2017

कीर्तिपुर नगरपालिकामा २०५४ सालमा कुन वडामा कसले जितेका थिए

कीर्तिपुर नगरपालिकामा २०५४ सालमा कुन वडामा कसले जितेका थिए




कीर्तिपुर सन्देश ÷

आगामी २०७४ साल बैशाख ३१ गते स्थानीय तहको चुनाव हुने भएको छ । २० वर्षपछि हुन लागेको यो निर्वाचनको बारेमा अब कीर्तिपुरमा पनि केही चहल पहल हुन थालेका छन । २० वर्ष पहिले १६ वर्ष उमेर पुगेका मानिस अहिले ३६ वर्षको उमेरमा मात्र भोट हाल्न पाउने भएका छन् । त्यतिबेला कुन पार्टीले कुन वडामा जितेका हुन जान्न उत्सुक छन । जुन उत्सुकता मेट्न यहाँ विवरण प्रस्तुत गरिएको छ ।
नगर प्रमुख ः हिराकाजी महर्जन (एमाले)
नगर उपप्रमुख ः रमेश मान महर्जन (एमाले)
वडा नं.१ स्व.रुद्रवहादुर प्रधान— नेपाली कांग्रेस
वडा नं.२ प्रकाश महर्जन— ने.क.पा.एमाले
वडा नं.३ लक्ष्मी कुमार महर्जन— ने.क.पा.एमाले
वडा नं.४ हिराबहादुर महर्जन— वाम एकता
वडा नं.५ स्व.गुरुंग महर्जन— नेपाली कांग्रेस
वडा नं.६ त्राय मान महर्जन— नेकपा एमाले
वडा नं.७ रामबाबु विष्ट— नेपाली कांग्रेस
वडा नं.८ राजु बस्नेत— राप्रपा
वडा नं.९ स्व.जोगलाल महर्जन— नेपाली कांग्रेस
वडा नं.१० सरव कुमार महर्जन— नेकपा एमाले
वडा नं.११ अरुण डंगोल— नेकपा एमाले
वडा नं.१२ हिमाल कार्की— नेपाली कांग्रेस
वडा नं.१३ अशोक के.सी.— नेकपा एमाले
वडा नं.१४ स्व.शिशिर धिताल— राप्रपा
वडा नं.१५ बसन्त नेपाल— नेकपा एमाले
वडा नं.१६ दिलवहादुर महर्जन— वाम एकता
वडा नं.१७ दान वहादुर श्रेष्ठ— नेकपा एमाले
वडा नं.१८ राजकुमार माली— नेकपा एमाले
वडा नं.१९ पुरुषोतम वास्कोटा— नेकपा एमाले
यसरी नेकपा एमालेले मेयर उपमेयरसहित १० वटा वडामा जितेका थिए । नेपाली कांग्रेसले ५ वटा वडा, राप्रपाले २ वटा वडा, वाममोर्चाले २ वटा वडा जितेका थिए । त्यतिबेला नेपाली कांग्रेस र एमालेको भिडन्त थियो । ती दुई पार्टीको भिडन्तमा एमालेले जितेको थियो । त्यतिबेला मनमोहन अधिकारीको राम्रो कामको ब्याज स्वरुप एमालेलाई देशव्यापी सफलता मिलेको थियो ।
तर अब समय फेरीसकेको छ । यो २० वर्षमा बागमतीमा धेरै फोहर पानी बगिसकेको छ । नेपाली कांग्रेस सबभन्दा ठूलो पार्टी बनेको छ । त्यतिबेला एमालेलाई भोट दिने कम्युनिष्टहरु अब माओवादी केन्द्रमा पनि लागेका छन । त्यसैले भिडन्त अब नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र बीच हुने देखिन्छ । हेरौं कसले जित्छ होला ?

No comments:

Post a Comment