Friday, March 24, 2017

एशिया चाईल्ड सपोर्ट, जापान द्वारा भुकम्प पिडितलाई सहयोग

एशिया चाईल्ड सपोर्ट, जापान द्वारा भुकम्प पिडितलाई सहयोग

लायन्स क्लब अफ मात्सुयामा टीसुबाकी जापानले एशिया चाईल्ड सपोर्ट, जापान मार्फत कीर्तिपुर नगरपालिका वडा नं. ९, १०, ११ र १२ (पांगा क्षेत्र)का भुकम्प पिडीत तथा हालसम्म जस्ताको टहरामा वस्नु हुने ५० परिवारहरूलाई खाद्यान्न सामग्रीहरू गत फागुण २८ गते शनिवार वितरण गरिएको थियो ।
गत वर्षको भुकुम्पमा पूर्णरुपमा घर क्षति भएर टहरामा बस्नु परेकोमा हालसम्म टहरामा वस्नुहुने परिवारहरू करिव झण्डै एक शयको हाराहरीमा भए पनि जापानका साथीहरूले ५० परिवारहरूको लागी मात्र सहयोग दिनुभएको छ । उक्त सहयोग सामाग्रीमा २५ के.जी.को चामल एक बोरा, पिठो ५ के.जी. दाल २ किलो खाने तेल एक लिटर र नून दिइएको थियो । ज्येष्ठ नागरिक र एकल महिलालाई हर्लिक्स पनि दिइएको थियो । उक्त संस्थाको प्रतिनिधित्व गर्दै काठमाडौं बुद्ध नगर निवासी राजिव शाक्यले प्रतिनिधित्व गर्दै समाजिक विकास समाज पाँगाका सचिव गुजय सिंहको संयोजकत्वमा वितरण भएको थियो ।

उक्त संस्थाले गत २०७२ वैशाख १२ गतेको महा भुकम्प पश्चात पांगामा करिव ९० परिवारहरूलाई राहत प्याकेजहरू पनि प्रदान गर्नुभएको थियो । त्यस्तै पुर्ण रुपमा क्षति भएका घरहरूको फोहरहरू हटाउन डोजर र ट्रिपर लगाएर सफा गरिएको थियो । कार्यक्रममा संस्थाले आर्थिक सहयोग गर्नु भएको थियो । उक्त काम वालकुमारी दिउखेल विचाः गुठी, सिकुछें विचाः गुठी, महाबो–लखु विचाः गुठी, र दथल विचा गुठी एरियामा सफा गरिएको थियो । आगामी दिनहरुमा पनि उक्त संस्थाले अझ वडी सहयोग गर्नु हुने आशा लिएका छन् ।
Published on Kirtipur Sandesh Issue 287 on March 15 2017

No comments:

Post a Comment