Wednesday, January 16, 2013

महिना समयको एकाई Part 2

अंक ७६  ने. सं. ११३३ पोहेलाथ्व पञ्चमी बुधवाः २०६९ माघ ३ गते  बुधवार Jan 16, 2013

महिना समयको एकाई Part 2

लब लाल प्रधान

जनवरी  ३१  क्रिश्चियन  दुई मुखे सूर्य देबता यानसको नाममा छ । फरवरी   २८, २९  Leap Year मा  अन्तिम, चोख्याउँने महिना ।

यो बिश्वभरि फैलिएको छ । आफ्नो सम्बतहुनेहरुले पनि पत्रोचार गर्नको लागि यो सम्बतको मिति राख्न बाध्य भईराखेको छ । यो युरोप, अमेरिका भरि फैलिएको र कार्यालयहरुमा प्रयोग गरिन्छ । 

बिक्रम सम्बत राजा बिक्रमादित्यबाट शुरु गरिएको हो । यसको दुई भाग छ । एक लुनार क्यालेण्डर, जसमा पुर्णिमाको भोलीपल्ट सूर्योदय बेला  प्रतिपदादेखि पुर्णिमासम्म एक महिना हुन्छ । त्यसैले यो २९अथबा ३० को दिन हुन सक्छ (Variable days month) । अर्को भाग सोलार क्यालेण्डर, जुन सूर्य मेष राशी पसेको दिनलाई बैशाख १ गते मान्दछ, जुन अहिले चैत्र ४ गते सरिसकेको छ र मेष राशीमा बसेसम्म बैशाख महिना हुन्छ । यी महिनाहरु २९,३०, ३१, ३२ दिनको हुन सक्छ । (Variable days month)। महिनाका नामहरु यस प्रकार गरिएका छन् । 

बैशाख :–  बिशाखा नक्षत्र बाट बनाएको छ । 

जेष्ठः–   जेष्ठा नक्षत्र बाट बनिएको छ । 

आषाढः–  पुर्बी आषाढा नक्षत्र बाट बनिएको छ ।  

श्रावणः– श्रवण नक्षत्र बाट बनिएको छ । 

भाद्रः–   पुर्बी भाद्रपदा नक्षत्र बाट बनिएको छ ।   

आश्वीनः–  अश्विनी नक्षत्र बाट बनिएको । 

कार्तिकः–   कृतिका नक्षत्र बाट बनिएको छ।     

मसिंरः– मृगसिरा नक्षत्र बाट बनिएको छ । 

पौषः–    पुनर्बसु नक्षत्र बाट बनिएको छ।       

माघः–   मघा नक्षत्र बाट बनिएको छ । 

फाल्गुनः–  पुर्ब फाल्गुनी नक्षत्र बाट बनिएको छ ।  

चैत्रः–    चित्रा नक्षत्र बाट बनिएको छ। 

यो भारतको उत्तर प्रदेशमा प्रचलनमा थियो । अहिले सम्पुर्ण भारतमा ईस्वी सम्बत प्रयोग गरिन्छ । बिक्रम सम्बत नेपालमा मात्र प्रयोगमा छ । प्रयोगमा ल्याईएको सय बर्ष भएको छैन । 

हालसाल राष्ट्रिय सम्बत घोषणा गरिएको नेपाल सम्बत, ११३३ बर्ष पहिले शखंधर साख्वाले तत्कालिन राजा राघब देबको आज्ञा अनुसार सरकारी कार्यालयहरुमा चलाई नेपालभरि प्रचलनमा ल्याएको थियो । यो लुनार क्यालेण्डर हो । यसमा सूर्योदय बेलाको तिथी लाई नै गते, तारिख जस्तो दिनको रुपमा प्रचलनमा ल्याएको थियो । जस्तै पञ्चमीको दिन,एकादशीको दिन, औंसीको दिन, पुर्णिमाको दिन ईत्यादी । औंसीको भोली पल्ट सूर्योदय बेला प्रतिपदा भएको दिन कुनै महिनाको शूरुवात मानिन्छ र अर्को औंसी नआएसम्म सो महिना कायम हुन्छ । 

औंसीदेखि पुर्णिमा सम्म, पुर्णिमा देखि औंसी सम्म १५ १५ बराबरमा बाँढी, तिथी नाम गरिएको थियो । त्यसैले यी महिनाहरु पनि २९ र ३० दिनमा बदली   राख्छ । महिनाको दिनहरु खबचष्बदभि छन् । यो ३५४ दिनको यानी १२ औंसी बीचको समयलाई एक बर्ष मानिन्छ । ३६५ दिनको एक बर्ष मिलाउँन हरेक तीन बर्षमा ते¥हृौ महिना अनला महिना (पुरुषोतम महिना) बन्दछ । यो हिसाब बाट तोकिने हूँदा यहि बेला हुने ठोस छैन । तर नेपाल सम्बतका महिनाहरुमा केही बिशेषता छन । हरेक पछिल्लो अक्षर ला भनेको महिना हो, र छला भनेको कूनै सम्बतको पहिलो महिना जनाउँछ । र हरेक महिनाको पहिलो अक्षरले सो महिनाको प्राकृतिक हावापानी अथबा सांस्कृति बताउँछ । यस सम्बतको पहिलो महिना, औंसीको भोली पल्ट सूर्योदय बेला प्रतिपदा परेको दिन, सूर्य तुला राशीमा छ भने कछलाथ्व प्रतिपदा शुरु हुन्छ । यी महिनाहरु तल उल्लेखित छन। 

कछला :–  करुणामयला । 

थिंलाः– सर्गथिगुला, आकाशमा धेरै ताराहरु देखिने, छर्लङ्ग आकाशलाई लिईन्छ । 

पोंहेलाः–  पों (असिना) र हिउँ पर्ने महिना । 

सिल्लाः–  पहिला बिफरले धेरै सताउँदथ्यो,र सितला माईको पूजा गर्दथै र यो महिनामा सरस्वतिको पूजा पनि गर्दछ। यसबाट सिल्ला बन्यो । सायद श्रीपञ्चमी बाट  श्रील्ला,  श्रील्ला बाट सिल्ला भएको होकी ? 

चिल्लाः– चिरस्वायगुला, फागु महिना, बसन्त ऋतुको आगमन । 

च्वलाः–  जामाच्वला, च्वलापुन्ही, बालाजु मेलामा बर्षको एक दिन मात्र नागार्जुन टुप्पामा रहेको जामाच्व बुद्ध स्टुपा देखाउँन पठाउँदथ्यो । च्व भनेको पहाडको टुप्पा हो । 

बछलाः– बिक्रमछला, बिक्रम सम्बतको पहिलो महिना।     

तछलाः– तथागतछला, तथागत बुद्ध हो, बुद्ध सम्बतको पहिलो महिना। यसले बुद्ध जेष्ठ महिनामा जन्मेको बुझाउँछ ।

देला :–  देयागुला, देशको आर्थीक द्रिष्टीकोणले महत्वपुर्ण महिना। अहिले दिल्ला भनिन्छ।

गुँलाः– हाकुगुँला, सुनसान ठाउँ , जहाँ पुरुखाहरुको बास स्थान मानिन्छ, यो महिनामा पुरुखा सम्बन्धी गाईजात्रा, जनैपुर्णिमा, बापूजा जस्तो चोख्याउँने गर्दछ । 

ञँलाः–  ञँसीथनिगुला, ञँसी भनेको लिङ्ग ठडयाउँने, ञँसी ईन्द्रको चिन्ह, ईन्द्र जात्रा । 

कौलाः–  मोनिला, कौला भनेको केही खाने, अथबा भोज खाने जनाउँछ, दशै महिना । 

अब कुन चाहीं राम्रो, किन, कसरी,के को आधारमा अब पछि के गर्नु पर्लाको जवाफ पाउँन सब भन्दा पहिला एकाई कहिले स्टानडार्ट हुन्छ तिर लागुँ।

क्रमशः 

No comments:

Post a Comment