Wednesday, January 16, 2013

अन्तराष्ट्रिय आमन्त्रित महिला भलिबल जित्न ज्ञानुबाबा सफल

अंक ७६  ने. सं. ११३३ पोहेलाथ्व पञ्चमी बुधवाः २०६९ माघ ३ गते  बुधवार Jan 16, 2013

अन्तराष्ट्रिय आमन्त्रित महिला भलिबल जित्न ज्ञानुबाबा सफल

नवीन महर्जन

पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघद्वारा आयोजित तथा नोङसिम सिनराम्योन चाउचाउ द्वारा प्रायोजित नोङसीम सिनराम्योन अन्तर्राष्ट्रिय आमन्त्रित महिला भलिबल प्रतियोगिता पोखराको चर्चित टिम ज्ञानुबाबा आवासीय उच्च मा.वि.ले सोझो ३–० सेटले    हराउँदै उपाधि जित्न सफल भएको छ । 

ज्ञानुबाबाले एपीएफ टिमलाई २९–१९, २५–१७ र २५–१९को सेटले हराउँदै उपाधि माथि कब्जा जनाउँदै नगद रु. १ लाख ११ हजार १ सय ११ रुपैया हात पारेको थियो । ढोरपाटन भलिबल ट्रेनिङ्ग  सेन्टरद्वारा सञ्चालित डबल लिग भलिबलमा आयोजकले गतवर्ष राम्रो निर्णय नदिएकोले सहभागिता नजाएको यस ज्ञानुबाबा आ.उ.मा.विले यस प्रतियोगितामा आफ्नो उच्च कोटीको खेल देखाएको थियो ।  आफ्नो गृहभूमि पोखरामा आयोजित लिगकम नकआउटको आधारमा सञ्चालन यस प्रतियोगितामा ज्ञानुबाबाले आफ्नो छवि कायम राखेको  थियो ।  स्मरणरहोस् सेमि फाइनलमा न्यू डाइमण्ड टिमलाई हराउँदै ज्ञानुबाबा फाइनल पुगेको थियो । उता ढोरपाटन ब्लू स्काई कप विजेता विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सेमिफाइनल खेलमा अर्को विभागीय टिम नेपाल प्रहरीलाई ३–२ सेटले हराउँदै फाइनलमा पुगेको थियो तर फाइनल खेलमा पराजित भई उपविजेतामा चित्त बुझाई ५०,५५५ रुपैयाँ हात  पारेको थियो । गत पुस २८ गते शनिवार नै सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा नेपाल   प्रहरी टिमले न्यू डायमण्ड एकेडेमीलाई २५–१८, २०–२५, २५–१७ र २५–१८ को ३–१ सेटले हराउँदै तृतिय भई नगद पुरस्कार रु.२०,२२२ जितेका थिए भने न्यू डायमण्ड एकेडेमीले सान्त्वना स्वरुप रु. १० हजार पुरस्कार प्राप्त गरेको थियो । यस प्रतियोगितामा ज्ञानुबाबाका क्याप्टेन मञ्जु गुरुङ सर्वोत्कृष्ट स्वरुप “वुमन अफ दि म्याच” घोषित भएकी थिइन भने स्पाइकरमा न्यू डायमण्डकी रमिला तन्डुकार, सेटरमा एपीएफकी विनिता बुढाथोकी,  क्वीकरमा न्यू डायमण्डकी मनीषा गुरुङ, ब्लकरमा कोपिला उप्रेती एपीएफकी, डिफेन्समा ज्ञानुबाबाकी माल्ती आले,    सर्भरमा नेपाल पुलिसकी सुशीला थापा तथा उदयीमान खेलाडीमा न्यू डायमण्डकी प्रतिभा माली घोषित भएकी थिइन् । यसरी महिला भलिबलमा निरन्तर रुपमा प्रतियोगिता भई राख्नु निकै राम्रो भैराखेको छ जसले गर्दा यस खेलमा सम्मिलित खेलाडिहरूले व्यक्तिगत रुपमा र आफ्नो टिमको तर्फबाट विभिन्न क्लब संघ संस्थाले नियमित लागि पर्न प्रेरणा पाएको छ । यसरी खेलकुद क्षेत्रले नियमित गति पाएको खण्डमा यस क्षेत्रको विकास हुन धेरैसमय लाग्ने छैन । विचको पहिलो एक दिवशीय खेल १८ फेब्रुअरी सन १९८७ मा इडन गार्डेनमा भएको थियो । 

कीर्तिपुरमा फुटवल मैदान निर्माण गर्दै


कीर्तिपुरको नयाँबजार बास्कटवल कोर्टसंगै रहेको खाली मैदानलाई व्यवस्थित रुपले फटबल मैदान बनाउने भएको छ । अहिले सो मैदानमा रहेको माटोलाई किरव एक फिट झिकेर उत्तरतिरको केही भिरालो जमिन परेर चौडाइ बढाउन लागेको छ । सो काम गर्न डोजरले माटो खनी ट्रिपरले खाली ठाउँमा राख्ने काम धमाधम भइरहेको छ । 
सो कामका लागि राष्ट्रिय खेलकुद परिषद्वाट काठमाण्डौं जिल्ला खेलकुद विकास समितिकले आर्थिक सहयोग प्रदान गरेको कुरा खेलकूद समाजले जनाएको छ । जि. वि. सको फुटबल मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा परिणत गरेपछि कीर्तिपुरको फुटबल विकासमा ठूलो धक्का लागेको थियो । यस फुटबल मैदानको निर्माणले कीर्तिपुरको फुटबल खेलमा टेवा पु¥याउने आशा गरिएको छ । हाल कीर्तिपुरमा बि डिभिजनको मान्यता प्राप्त ब्वाईज स्पोर्टस टिम पनि रहेको अवस्थामा सो टिमका खेलाडिहरुले आफ्नै घर आंगनमा अभ्यास गर्न पाउने भएको छ । 

No comments:

Post a Comment