Wednesday, January 16, 2013

पाँगा महिला वचतको पाँचौं साधारण सभा सम्पन्न


पाँगा महिला वचतको पाँचौं साधारण सभा सम्पन्न


एकका लागि सबै, सबैका लागि एक भन्ने नारालाई आत्मसात गर्दै पाँगामा रहेका विभिन्न ११ वटा महिला समूहहरूमा आवद्ध ६७५ जना महिलाहरूको साझा सहकारी संस्था पाँगा महिला बचत तथा ऋण सहकारी संस्था लि.को पाँचौं साधारण सभा गत पुस २८ गते पाँगा माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न भयो ।
प्रमुख अतिथि राष्ट्रिय सहकारी विभाग बोर्डका विशेषज्ञ संचालक ओमदेवी मल्ल जोशीले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको उक्त सभाको सभापतित्व संस्थाका अध्यक्ष मेनूका महर्जनले गर्नु भएको थियो । संचालन संस्थाका सचिव चन्द्रमाया महर्जनले गर्नु भएको थियो ।

उपाध्यक्ष रोशनी महर्जनले स्वागत मन्तव्य दिनुभएको थियो भने शुभकामना मन्तव्य कीर्तिपुर नगरपालिकाका लेखा अधिकृत सानुवाबु परियार, सामुदायिक मञ्चका सुदर्शना दर्शनधारी, झीगु तिबः वचतका श्रीकृष्ण महर्जन, सल्लाहकार नजरराम महर्जन, शरव कुमार महर्जनले दिनु भएको थियो । संस्थाका अध्यक्ष मेनूका महर्जनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु हुँदै एक वर्षमा संस्थाले गर्नु भएको प्रगति विवरण दिनु हुँदै आगामी वर्षमा गरिने लक्ष्य पनि प्रस्तुत गर्नुभयो । जुन यस प्रकार छन ।

१. गरिवी न्यूनिकरणका लागि सम्बन्धित निकायहरूमा समन्वय गरी कार्यान्वयन गर्ने, 

२. महिला आय आर्जन कार्य सुरु गर्ने, 

३. लघुवित्त सम्बन्धी कार्य सुरु गर्ने, 

४. लुमन्तिसँग सहकार्य गरी हाउजिङ्ग(घर निर्माण) गर्न पहल गर्ने, 

५. वचत तथा ऋण नीति संशोधन गरेको हुँदा सो संशोधित भए अनुरुप काम गर्ने, 

कोषाध्यक्ष श्रीमती विना महर्जनले आर्थिक प्रतिवेदन पेश गर्नु हुँदै नियमित वचत, ऐच्छिक वचत, र खुत्रुके वचत गरी रु. ६३,६१,८९१। संकलन भएको र रु.७४,२९,९७९ ऋण लगानि भएको जानकारी दिनुभयो ।

साथै उहाँले आगामी वर्षको योजना र लक्ष्य प्राप्तिको लागि गरिने प्रयासको बारेमा पनि जानकारी दिनुभयो । जस अनुसार– 

१. हाल ६७५ जना शेयरधनी सदस्य रहेकोमा अबको वर्षमा ८०० जना पु-याउने, 

२. हाल रु.५००। मात्र शेयर संकलन भइरहेकोमा अब प्रति व्यक्ति रु.२०००। शेयर पुंजी संकलन गर्ने, 

३. वचत संकलन रु.८२,८१,८९१ गर्ने लक्ष्य राखिएको छ । 

कार्यक्रमको अन्तमा सभापति मेनूका महर्जनले सहभागी सबैलाई धन्यवाद दिनु हुँदै सभा सभा विसर्जन गर्नुभयो । 

No comments:

Post a Comment