Wednesday, January 16, 2013

संघीयसमाजवादी पार्टी निकट बौद्धिक पेशाकर्मीको महासंघ

अंक ७६  ने. सं. ११३३ पोहेलाथ्व पञ्चमी बुधवाः २०६९ माघ ३ गते  बुधवार Jan 16, 2013

संघीयसमाजवादी पार्टी निकट बौद्धिक पेशाकर्मीको महासंघ

काठमाडौं, २७ पुष । संघीय समाजवादी पार्टी निकट बौद्धिक पेसाकर्मीको नेपाः ब्याङ्केट पुष्पलालपथमा भएको एक भेलाले प्राध्यापक बसन्तलाल श्रेष्ठको अध्यक्षतामा नेपाल बौद्धिक पेसाकर्मी महासंघ केन्द्रीय तदर्थ समिति गठन गरेको छ । 

समितिको उपाध्यक्षमा बसन्त कुरुम्बाङ, मोहिनी महर्जन, महावीर मल्ली, महासचिवमा मुक्ति ब्लोन, उपमहासचिवमा अञ्जनकुमार चालिसे, बलबहादुर गुरुङ, तिमिला रञ्जित र कोषाध्यक्षमा राजकुमार राई चयन हुनुभएको छ । 

भेलाको उद्घाटन गर्दै संघीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले नेपालका प्रमुख राजनीतिक दलहरूले देशलाई राजनीतिक दुर्घटनाको दिशामा लगेको आरोप लगाउँदै बौद्धिक पेसाकर्मीले पार्टीका लागि मस्तिष्कको भूमिका खेल्नुपर्ने बताउनु भयो । 

कार्यक्रममा पार्टीका उपाध्यक्षहरू रिजवान अन्सारी, गोपाल ठाकुर, महासचिव राजेन्द्र श्रेष्ठ, उपमहासचिव अजम्वर काङमाङ र पार्टीका सल्लाहकार समितिका सभापति डा.मंगलसिद्धि मानन्धर लगायतले भेलामा शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रम संचालन नहेन्द्र प्रधानले गर्नुभएको थियो भने प्राध्यापक बसन्तलाल श्रेष्ठले पेसाकर्मी महासंघको अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । 

भेलाले बौद्धिक पेसाकर्मीको माझ नेपाली समाज परिवर्तनको सिद्धान्तका रुपमा संघीय समाजवादको पक्षमा प्रचारप्रसार र जनमत सिर्जना गर्ने, बौद्धिक पेसाकर्मीको अस्तित्व, स्वतन्त्रता र हकहितको संरक्षण तथा सम्बर्धन गर्ने, जनहित र कल्याणकारी कार्यलाई अभियानका रुपमा सञ्चालन गर्ने लगायतका उद्देश्य सहितको अवधारणा पत्र पारित गरेको छ । 

नेपाल बौद्धिक पेसाकर्मी महासङ्घ, केन्द्रीय तदर्थ समिति 

अध्यक्ष बसन्तलाल श्रेष्ठ, उपाध्यक्ष बसन्त कुरूम्बाङ, उपाध्यक्ष मोहिनी महर्जन, उपाध्यक्ष महावीर मल्ली, महासचिव मुक्ति ब्लोन, उपमहासचिव अञ्जनकुमार चालिसे, उपमहासचिव वलबहादुर गुरुङ, उपमहासचिव तिमिला रञ्जित, कोषाध्यक्ष राजकुमार राई सदस्यहरू योगेन्द्र साह, डम्वर चेम्जोङ, योगेन्द्र गुरुङ, होम प्रधान, श्याम श्रेष्ठ, टुकबहादुर रानामगर, नन्दकाजी श्रेष्ठ, डि.डि.गोपाल, हेम लम्साल, युवराज राई, राज श्रेष्ठ, मानवहादुर मगर, श्रीराम श्रेष्ठ, थिनल्हामु शेर्पा, हरि मुस्याङ, केवल पाल्पाली कुमाल, भक्त आङ्दम्वे, गोपालराज राई, मदनगोपाल श्रेष्ठ, डा.आशालाल तामाङ, भिमानन्द श्रेष्ठ, सविना महर्जन, नवराज कालाथोकी, नेत्रलाल हमाल, वरुणप्रसाद वैद्य, कायवहादुर नेपाली, ज्ञानकाजी महर्जन, राजेश्वरमान सिंह, राधा वैठा, रामायणप्रसाद यादव, मन्सीव शाहतेली दीपक कपाली, वि.जि.रत्न, टोनील महर्जन, अर्थ तुलाधर, ओमकृष्ण श्रेष्ठ, सन्तोषकुमार लिम्वु, नरेशकुमार लामा, हरिगोविन्द महर्जन, लक्ष्मी नकर्मी, जितेन्द्र वैद्य, किरण वज्राचार्य, गिता लिम्वु, डा.युवराज लिम्वु, डा.योगेन्द्रमान शाक्य, डा.मनोजमान श्रेष्ठ, इनु शर्मा, सानुकाजी महर्जन, जुनाकुमारी गुरुङ, उदय श्रेष्ठ, सत्यनारायण डंगोल, शोभना अधिकारी, महालक्ष्मी चालिसे, सजनी जोशी, रामानन्द कार्की, ओमकारनिधि तिवारी, रवि तामाङ, धनराज राई, रमेश तामाङ, गण जिरेल, सुनिलमान शाक्य, श्रीकृष्ण महर्जन, उदेन न्हूसायमि, टीका अर्याल, हरिवहादुर श्रेष्ठ, डि.पि.यादव, हेमन्त ब्रम्ह, धिरेन्द्र सुव्वा, चन्द्र गुरुङ, कुशुमावती वज्राचार्य, अमला महर्जन, एस.वि.श्रेष्ठ, कुष्णभक्त श्रेष्ठ, इन्द्रमणी याम्फु, टि.आर.राइ, चन्द्रवहादुर शाक्य, दानप्रसाद चेम्जोङ, शारदामणी वज्राचार्य, राजेश वज्राचार्य, वसन्तराम नकर्मी ।

भेलाले प्राध्यापक वसन्तलाल श्रेष्ठद्वारा प्रस्तुत नेपाल बौद्धिक पेसाकर्मी महासंघको अवधारणा पत्र पारित गर्नुको साथै देशका सबै वौद्धिक पेसाकर्मीहरूलाई यस महासंघमा आवद्ध गराई पार्टीको नीति, सिद्धान्त अनुसार घटक संगठनहरू विस्तार गर्ने समेत निर्णय ग¥यो ।

No comments:

Post a Comment