Wednesday, January 16, 2013

यो सत्ताको लडाई

अंक ७६  ने. सं. ११३३ पोहेलाथ्व पञ्चमी बुधवाः २०६९ माघ ३ गते  बुधवार Jan 16, 2013

कविता

यो सत्ताको लडाई

रीदेन महर्जन, कीर्तिपुर

कुनै मुद्र्धा लाश जस्तै 
लम्पसारमा परेका हाम्रा 
ती नेताहरूको फोहोरी 
राजनीति खेल, 
होस हवासै उडेका झै
कुनै बौलाहा जस्ताहरूले 
दिएका ठूल(ठूला चर्काचर्का 
नाराका भाषणहरूमा 
मात्र सिमित भएका 
ती हाम्रा नेताहरूका बडो 
गजबको, बिचित्रको छ 
यो सत्ताको लडाई पनि !
सबै एउटै, उस्तै छन्  
एकमा एक सय छन् 
यी हाम्रा 
नेताहरूको चाला–वाला  
उही एउटै ड्याङगको मुला 
जस्तै छन् ठू–ठूला चर्का 
नाराका भाषण गर्ने तर 
गर्ने केही पनि होइनन् !
ब्वासो र स्यालको लडाई 
जस्तै निमुखा, सोझो, सिधासादा, 
जनताहरुलाई लडायो र भिडायो  
आफ्नो सत्तामा आफु 
मोज मस्ति गर्नका लागि 
मात्रै लडीरहेको लडाई हो यो
मुद्र्धा लास जस्ता नेताहरुले
चलाएको देश कस्तो हुन्छ र !
न बुद्धि छ न विबेक नै छ
यहाका मुद्र्धा लाशले जस्ता 
नेताहरुले चलाएको देश 
के नै हुन्छ र के नै गर्न 
सक्छ र यस्ता नेताहरुले !
मुद्र्धा लाश जस्तै आफु मुद्र्धा 
भईस(भईस देशलाई 
पनि मुद्र्धा लाश बनाउने 
अग्रशर छन् यी हाम्रा 
नेपाल बनाउने भनाउँदा 
महान् नेताहरु 
यहा यस्तै छ खाली 
कुर्सी कै मोह छ 
मात्र कुर्सी कै कुरा गर्ने 
गर्ने वेलामा केही पनि नगर्ने 
आफ्नै मात्र स्वार्थ पुर्ति गर्ने
आफ्नै मात्र एकाधिकार कायम गर्ने
खाली यो सत्ताकै मात्र 
लडाई हो यो । 

No comments:

Post a Comment