Tuesday, April 30, 2024

थुनुवाको पत्र

 थुनुवाको पत्र 



प्यारी बहिनी नन्दकुमारी,

म जिउँदो लाश नजरराम दाइको मुर्दो सलाम !

हो म जिउँदो लाश हुँ । भद्रवन्दी गृहमा मिल्काइएको जिउँदो लाश हूँ । हाम्रो धर्म संस्कृतिअनुसार मानिस मरेपछि जलाइन्छ र काजक्रिया गरिन्छ । मेरो लाशलाई पोलेको छैन त्यसैले काजक्रिया पनि गरेको छैन । म जिउँदो छु किनकि मानिस जिउनको लागि चाहिने खानपिन गरिरहेकै छु । म लाश यस कारण कि फालिएको ठाउँबाट म बाहिर आउन सक्दिन । मानिस जबसम्म बाँचिरहन्छ तबसम्म उसमा चेतना हुन्छ, भावना हुन्छ । त्यो भावना व्यक्त गर्न सक्ने नसक्ने मात्र हुन्छ । आज म जिउँदो लाशको मुर्दो अभिव्यक्ति दिंदैछु । कृपया झर्को नमानी सुनी दिनु ।

बहिनी नन्दकुमारी, तिमी मेरो आमाको पेटबाट जन्म नलिएकी भए पनि तिम्रो र मेरो हाड–नाता छ । तिम्रो आमा र मेरो आमा मामाघरमा दिदी–बहिनी हुन् भने बाबुहरू पनि मामाचेला र फुपुचेला हुन् । बहिनी परिवन्दले मलाई आपूmले नगरेको अपराधमा जेल जीवन बिताइरहनु परेको छ । यस अवधिमा तिमीले जुन भूमिका निभाएर म र मेरो परिवारलाई हिम्मत बढाउन सहयोग ग¥यौँ त्यसबाट मैले भन्नै पर्छ तिमी साँच्चिकै मेरो आफ्नै बहिनी रहेछौँ । मेरो छोरा निरज र जीवन संगीनी कृष्णा भन्ने गर्छन् — हाम्रो लागि खटिरहेका र हामीलाई ढाडस दिनेहरू भन्नेनै नन्दकुमारी, रामकुमारी, नीलम, लक्ष्मी र ज्वाईं डा. शिवशरण त हो नि । तिमीले जति पटक मलाई भेट्न आयौँ तिम्रो आँखामा टल्पलाएका आँशु मैले महसुस गरेकै थिएँ । मलाई पीडावोध होला भनेर तिमीले आफ्नो पीडा लुकाएको मैले अनुभव गरेको थिएँ ।

बहिनी, भौतिक तथा लौकिक रूपमा भन्ने हो भने मलाई यहाँ कुनै किसिमको तकलिफ छैन । समयमा खान पाइरहेको छु । समयमा सुत्न पाइरहेको छु । आपूmले खाएको थालसम्म पनि धुनु परेको छैन । म रोगीलाई भनेर भान्साका मान्छेहरूले कोठासम्मै आएर तातो पानी दिन आउँछ । यहाँ सबै जनाले मलाई उमेरअनुसार सम्बोधन र मान सम्मान गर्छन् । यहाँ स्लोगन लेखिराखेको छ — तिमी त्यो व्यवहार अरूलाई कहिल्यै नगर जुन अरूले गरेको तिमीलाई मन पर्दैन । मैले यो स्लोगनलाई सँधै मनन गरेको छु ।

बहिनी, हामीले कल्पना गरेको समाजवाद त यहाँ जेलमा मैले भेट्टाएँ । यहाँ हामी वन्दीहरूको आफ्नै आन्तरिक प्रशासन छ । यहाँ दुई तहका मानिसहरू छन् स्टाफ र 

पब्लिक । यी दुई तह प्रशासन चलाउन र नियम पालना गर्नको लागि मात्र बनाइएका हुन् । व्यवहारमा यहाँ कोही ठूलो कोही सानो छैन । प्रशासकहरूमा पनि पदको कुनै अहङ्कार 

छैन । सबैलाई समान व्यवहार गर्नुहुन्छ । यहाँ सबभन्दा ठूलो कुरा हो अनुशासनमा बस्ने । जुन कुरा जेल प्रवेश गर्ने बेलामा नै सम्झाइन्छ । यहाँ कसैले कसैलाई हेप्ने गर्दैनन् । सबैले सबैलाई सम्मान गर्छन् । यहाँ चार वटा भान्साहरू छन् । आपूmलाई जहा खाना खान मन लाग्छ, त्यहा खान पाइन्छ । महिना महिनामा भान्सा फेरे पनि हुन्छ । यहाँ दाल, भात, तरकारी, अचार निशुल्क खान पाइन्छ । प्रत्येक महिनाको १ गते र १५ गते भान्सामा मासु खान पाइन्छ । त्योभन्दा बढी अरू खानु परे मात्र आफ्नो पैसा खर्च गर्नुपर्छ । यहाँ ब्याडमिन्टन, वास्केटवल, भलिबल कोर्टहरू पनि छन् । टेविलटेनिस खेल्ने हल छ । चेस पनि खेल्न पाइन्छ । यहाँ राष्ट्रिय दैनिक र साप्ताहिक पत्रिकाहरू पुस्तकालयमा गएर पढ्न 

पाइन्छ । मनोरञ्जनको लागि टी.भी. हेर्न केबुल लाइन जोडेको टी.भी. हल छ । हामी सबै मिल्यौ भने देश बनाउन सकिन्छ भन्ने उदाहरण यहाँको जेल प्रशासनले प्रमाणित गरि दिएका छन् । अहिले देशमा लोडसेडिङ्गको मार परेको छ । त्यसको प्रभाव यहाँ पनि परेको छ । यो समस्या समाधान गर्न जेनेरेटर किन्नु प¥यो सबैले सक्दो सहयोग गर्न अनुरोध गर्नुभयो । सबैले सक्दो सहयोग गर्नुभयो । पेट्रोलबाट चल्ने जेनेरेटर किनेर ल्यायौं । सबै ठाउँमा बत्ती बल्यो । हामीलाई त लोडसेडिङ्ग छ जस्तो पनि लागेको छैन । यसबाट हामीले के पाठ सिक्नुपर्छ भने अर्काको मुखमात्र ताक्ने होइन आपूmले पनि प्रयास गर्नुपर्छ । सुन्छु नेपालको जेल मध्ये सबैभन्दा राम्रो र व्यवस्थित यही हो ।

बहिनी, जहाँसम्म ममाथि लगाईएको आरोपका कुराहरू छन् ती सबै भूmटा र षडयन्त्र हुन् भन्ने प्रमाणित भइसकेको छ । तैपनि म छुट्न सकेको छैन । १७ नंं पुनरावेदनबाट छुट्ने झिनो आशा थियो । त्यो पनि जिल्ला सदर भयो । अब जिल्लाबाटै सफाइ पाउने आशा गरेको छु । मेरो काम र ख्यातिमा ईष्र्या गर्नेहरूले नै मलाई फसाईएको हो । यस काण्डले मलाई तहस–नहस पारी दियो । “ज्वजलपा पत्रिका” सरकारी वर्गिकरणमा ग वर्गमा पर्ने निश्चित थियो त्यो हुन सकेन । नेपाल टुहुरा कल्याण संघको वार्षिक कार्यक्रम नजिक आउँदै थियो । जसबाट छ सात लाख रुपैयाँ पाउँथेँ । एमाले पार्टीको कीर्तिपुर नगर अधिवेशन हुनेवाला थियो । म अध्यक्ष पदमा उठ्ने पक्का थियो । त्यसैले मलाई फसाउन पहिलो प्रयास कीर्तिपुर दर्पणका सम्पादक नरेश बटाला हुन भने मलजल हालेर टेवा दिने सुरेन्द्र मानन्धर हुन् । भ्वाइस अफ चिल्ड्रेनका अध्यक्ष कृष्णकुमार थापा पनि एमाले नै हुन् । उसले पार्टीको सहमतिमै कारवाही गरेको भनेर जुजुभाइको अगाडि नै भनेको छ । कृष्णकुमार थापालाई सहयोग गरिरहेका एन.जि.ओ.हरू अधिकांश एमाले पार्टीका सदस्यहरू नै हुन् । यति मात्र होइन मेरो परिवारलाई पनि तहस नहस गरि दिएको छ । अहिलेसम्म बुहारीले घर हेर्नु परेकोले अफिस जान छोडिन् । छोराले पसल खोल्नै पाएको छैन । मेरो कारण नातिको मानसिकस्थिति गोलमाल भयो । विशिष्ट श्रेणीमा पास हुने नाति त्रैमासिक परीक्षामा फेल भयो ।

ीयखभ ष्क दष्लिम भन्छन् साँच्चिकै रहेछ । उनीहरू प्रेममा फसेकोले नै मैले घरबाट निकालेको थिएँ सवितालाई । निर्मलालाई दशैँमा घर पठाउने नफर्कनु भनेकोले यो षड्यन्त्र गरेको हो । यो षड्यन्त्र हो भन्ने कुरो त बकपत्रबाटै प्रमाणीत भइसकेको छ । बकपत्रमा निर्मलाले भनिन्, “सरले सुरुवाल खोल्न भन्नुभयो पिशाब गरेर आउँछु भनेर म भागेर आएँ ।”

अब यसलाई कसरी बलात्कार उद्योग भन्ने ? बलात्कार गर्नेले त आफै सुरुवाल पेन्टी खोल्ने प्रयत्न गर्छ । देखी जान्ने साक्षीको रूपमा नीरूलाई पेश गरेको थियो । मलाई अगाडि देख्ने बित्तिक्कै उनको बोली लर्वरायो । मैले बलात्कार गर्न खोजेको उनकै आँखाले देखेको हो भनेर सोध्दा उनले जवाफ दिइन, “मैले देखेको होइन । म माथि भान्सामा थिएँ । बहिनीहरूले भनेपछि मात्र थाहा पाएकी हूँ ।” ढाँटेको कुरो काटे पनि मिल्दैन । भएको घटना पो देख्छिन् । हुँदै नभएको घटना कसरी देख्छिन् ?

अर्को सुनी जान्ने साक्षी मध्येमा रामकुमार पहाडी, दिपेन्द्र चौलागाईले त्यो घटना भएको हामीलाई थाहा छैन । नजरराम महर्जन समाजसेवी मान्छे उहाँले त्यसो गर्नु भयो होला भन्नेमा हाम्रो विश्वास छैन भनेर जवाफ दिनुभयो । त्यसपछि अरू पाँच जनालाई साक्षी बकाउनै ल्याइएन । कवितालाई पनि फकाइ फुलाइ अदालतमा हाजिर गराउन ल्याइरहेको थियो । उनको आमालाई पनि मेरो विरुद्ध भडकाउन जाँदा संस्थाका मान्छेसँग झगडा गरिन् र भनिन्, “हाम्रो देवता जस्तो नजरराम सरलाई फसाउन खोज्ने हिँड, उहाँको विरुद्ध बोल्ने होइन उहाँलाई फसाएको भन्छु भन्दा संस्थाका मान्छेहरू कवितालाई नलिइकन ट्याक्सीमा बसेर भाग्यो रे । हाम्रा बच्चाहरूका आमाहरू मलाई भेट्न यहाँ आइरहेका छन् । सबैजना आफ्ना बच्चाहरूको भविष्यप्रति चिन्तित छन् । दुई जनाले गरेर एक सय जना बच्चाहरू साँच्चिकै टुहुरा भए ।

तर बहिनी मलाई एउटा अचम्म के लागेको छ भने मान्छेहरू भन्छन् रे, “मैले नगरेको भए बच्चाहरूले ग¥यो भन्ला र ?” म भन्छु मैले केही गरेकै छैन । म बुढो समाजसेवी मान्छेको बोलीमा विश्वास नगर्ने । ती आलाकाँचा बच्चीहरूले कुन स्वार्थ र कुन परिस्थितिमा यस्तो कुरा ग¥यो भन्नेतिर विचारै गरेको छैन । उनीहरूको कुरामा मात्र विश्वास गर्छन् ।

बहिनी निर्मलाको नरेश बटालासँग प्रेम थियो भन्ने प्रमाण उनको डायरीमा छ त्यस्तै नीरूको पनि दिपक भन्ने केटासँग प्रेम थियो भन्ने सबै प्रमाण घरमा निरजसँग छ । हेरे पनि हुन्छ । त्यसैले मलाई विश्वास छ अबको पेसीमा म छुट्ने छु । तिमी मेरो घरमा गएर तिम्रो भाउजूलाई सम्झाउनु, नरुनु भन्नु । आजलाई यति अरू पछि ।

तिमीलाई धेरै धेरै माया गर्ने दाइ

साभार ः थुनुवाको डायरीबाट


No comments:

Post a Comment