Monday, September 11, 2023

पहिचान ,अस्तित्व र समानताको लड़ाई “ताली”

 पहिचान ,अस्तित्व र समानताको लड़ाई “ताली”



–सचिन्द्र श्रेष्ठ

     तँ के बन्न चाहन्छस् भनेर कक्षामा मेडमले गणेशलाई सोध्दा ‘म आमा बन्न चाहन्छु’ भनेर जवाफ दिने गणेश नन्दन (कृतिका देव)को आफूलाई म अरुभन्दा केहि फरक छु भनेर पहिचान चिनाउनुको संघर्षनै यस ‘ताली’ वेभ सिरीजको कथा हो । 

“पुरूष कहिल्यै आमा बन्न सक्दैन” भनेर कक्षा कोठामा मेडमको जवाफ पाए पछि कक्षा कोठा बाहिर उभिन भने पछि उपÞर्m श्री गौरी सावंतको बायोपिक कथा शुरू हुन्छ ।

   १५ अगस्त २०२३ मा ओटीटी मार्फत रिलीज गरिएको ‘ताली’मा गौरीको लड़ाईले सबैमा प्रेरणा, उत्साह, पहिचान एब अस्तित्वको कहानी दर्शाउन खोजेको छ । गणेशले बिगतको इतिहास सँगै उसले गरेका भोगाई र लडाईले सुप्रीम कोर्टले तेस्रो लिंगीको मान्यता दिलाउन सफल साथै सन् २०१९ मा महाराष्ट्र इलेक्शन कमीटीको ब्रांड एम्बैसेडर बन्न सकेको सकसनै गणेश हुदै गौरीको बायोपिक कहानी ‘ताली’ हो ।

     गौरी सावंत यौनिक लैंगिक समुदायमा परिचित नाम वा सामाजिक कार्यकर्ता, अभियन्ताका रुपमा परिचित छिन । सन् १९७९ जुलाई २ मा भारत महाराष्ट्रको पुणेमा गणेश नन्दनका नामले जन्म भएको हो । सन् २००० मा ‘सखी चार चौघी’ नामक संस्था मार्फत अल्पसंख्यक समुदायको सहायता तथा हितका लागी काम सुरु गरेकी थिइन् र सन् २००६ मा उनले यौन पेशामा काम गर्ने महिलाबाट जन्म लिएकी एक बालिकालाई ‘गायत्री’ नाम दिई पालेकी छिन । अहिले पनि धेरै यौन ब्यबसायमा लागेर जन्म भएका बच्चाको लालनपोषणमा लागेकी छिन ।

   बास्तबिकतामा गौरीलाई उनको समुदायले भगवानको नै दर्जा दिएको छ । परिवार, समुदायले गर्ने छिःछिः लाञ्छना, हेपाई, भेदभावको आन्दोलनले गणेशलाई गौरी बनाएको हो । जसका कारण अहिले यो समुदाय खुलेआम हिडन, बोल्न र आफ्नो पहिचान देखाउन सहज बनाएको छ र आम मानिसलाई उनीहरुले हेर्ने दृष्टीकोण नै अलग छ र सम्मान पुर्बक जिबन यापन गर्न सकेका छन ।

    जन्मदा पुरुष र बयस्क हुदै गए पछि बिस्तारै हाउ भाऊमा परिवर्तन, स्वर सुरिलो हुदै जानु, महिलाका श्रृंगारका सामान लगाऊन मन पर्नु, चुरा पोते, टिका लगाउनु, केटीको कपडा लगायत सामान प्रयोग गर्दै जानुले नै आफु बाहिर केटा देखिए पनि भित्री मन केटी जस्तो फरक सोच आउनु गणेशको दिनचर्या नै बन्न थाल्छ तर घरको रोकावटमा आमाको सहयोग हुने तर अन्यको सहयोग नपाउदा हुने दुःख, संघर्षनै यस सिरीजमा तेस्रो लिंगीको भूमिका निर्बाह गर्ने सुस्मिता सेनको चरित्र वा अभिनय गज्जब देखिन्छ ।

      माया, प्रेम, रोमान्स जस्ता चरित्रमा अभिनय गर्दै गरेकी सुस्मिता सेन अघिल्लो पटकको ‘आर्या’ सीरीज पछिको यो ‘ताली’ मा गरेको अभिनय ताली बजाउन लायकनै छ । महाराष्ट्रको मराठी परिवारमा हुर्केको गणेश १६ बर्षको कलिलो उमेरमा घरबाट मुम्बई भागेर हिडे पछि गौरी बन्न कस्तो समस्या, बाधा अड़चन आउन सक्ने उक्त सीरीजमा देखाइएको छ । घरबाट गएपछि आफ्नो सन्तान म¥यो भनेर पुलिस बुवाले अन्त्यष्टीसम्म गरेको दृश्य भाबबिह्वल बनाउछ ।

      न कहिले मागेर भीख माग्दै हिड्ने न त कहिले छक्का हिजडालाई काम नपाए पछि यौन पेशामा लाग्न प्रेरित गर्नेमा आफु अरुभन्दा कुरूप (सुन्दर देखिदा सबैले गलत नजरले हेर्नु) हुनुको फाइदा पनि भएको देख्न सकिन्छ । आफ्नै समुदायले गर्ने शत्रुता ब्यबहारलाई कसरी साथ सहयोग गरी आफु सँगै खिच्न सफल देखिएकी छिन र कहानी सँगै एच आई भी एड्स  रोगका बारेमा सचेतना कार्यक्रम गरेको देखिन्छ ।

      आफु जस्तै साथी सँगतमा किशोर देखि मुंबईमा बसेर बयस्क बन्दछ साथसाथै आफ्नो पहिचान थाहा नदिन लुकाएर राख्न थाल्दछ र आफु जस्तै तेस्रो लिंगी साथीहरुको खोजी समस्या सुधार्न लागी पर्दछ । ट्रांसजेंडर कम्युनिटी सँग आबद्ध रहे पश्चात त्यही समयमा एउटा अपरेशनबाट लिङ्ग परिवर्तन गर्ने मनसाय लिए पश्चात गणेशबाट गौरी (सुष्मिता सेन) बन्न थाल्दछ ।

       गौरीले ट्रांसजेंडर समुदायका लागि लडेको कानूनी लड़ाई, समुदायको अधिकार हासिल गर्न गरेको संघर्ष देखाई रहदा बेला बेला ‘फ्लैश बेक’मा कहानी मोडीएको हुन्छ, बिगत र बर्तमानलाई सँगसँगै देखाउदा कता कता कहानी धेरै सुस्त गतिमा बगेको भान हुन्छ । जसका कारण दर्शकलाई कहानी अगाडि बढाउन सके हुन्थ्यो भन्ने पनि हुन्छ । आफ्नो भारतीय नागरिकता, चुनाबमा भोट दिने स्वतन्त्रता, पासपोर्ट, चुनाब लड़ने अधिकारमा सफलता मिल्ने, समुदायका मुद्दा देखाउदा शरीरका रौ नै ठाडो हुने र इमोशनल दृश्य उम्दा लाग्छ ।

       सीरीजमा कही पटकथामा केहि कमी महसूस हुन्छ तेस्रो लिंगीका बारेमा देखाए पनि बास्तबिक उनिहरुको पीडा कस्तो खालको हुन्छ त्यहाँसम्मको गहिराई नपुग्या हो की या देखाउन नसकेको भन्ने पनि लाग्दछ । सतही रुपमा प्रस्तुत भए जस्तो लाग्छ र केहि सुस्त गतिको प्रस्तुतिले सिरीज लामो भन्दा चलचित्र बनाऊदा उपयुक्त ठहर ठानिन्छ ।

    निर्देशकिय क्षमतालाई मान्नै पर्दछ । नेशनल अवार्ड प्राप्त रबी जाधवका पछिल्ला मराठी चलचित्र न्यूड, बाल गन्धर्व, नटरंग जस्ता चलचित्रभन्दा यस सामाजिक बिषय बस्तुलाई गहिरो अध्ययन अनुसन्धान गरी बायोपिक रुपमा ‘सोसियल इश्यु’ मार्फत कलाकारलाई न्याय दिलाउन सफल छन । अंकुर भाटिया, ऐश्वर्य नरकार, सुभ्रत जोशी लगायतका कलाकारको अभिनय गज्जबनै छ । निर्देशकले वेभ सीरीज ‘ताली’लाई ट्रांसजेंडर समुदायको समस्या र उत्थानलाई केही गहराईसम्म पेश गर्ने क्षमता गरेका छन साथै यौनिक समुदायका जीबनमा हुने उतार चढ़ाव, मन मष्तिस्कले सोच्ने मनोसामाजिक चिन्तन र उनीहरूका सवालमा वकालत गर्न यस सिरीजले सहज तुल्याएको छ ।

        मुख्य पात्र गणेशको कृतिका देव र गौरीको सुष्मिता सेनको अभिनयमा बोल्ने लवज, बोलचाल, लुक्स, गौरीको जस्तो मराठी र अंग्रेजी प्रस्तुति शैलीमा उनको बोल्ड आवाजलाई मोडुलेशन गरी पुरुषको जस्तो आवाजले दर्शकलाई मज्जाले बाध्न सकेको छ । हल्का मोटो शरीर र अनुहारमा केहि छुस्स दारी देखाउने बनाएर प्रस्तुति गर्नु सुस्मितालाई ठुलो चुनौती थियो । डायलग डेलीभरी भरपूर रुपमा देख्न सकिन्छ जसलाई क्षतिज पतबर्धनले लेखेका छन ।

        पहिले पहिले नाच्ने गाउने ताली बजाउदै रेल र गल्लीहरुमा हिड्ने, हेला र होचोको दृष्टीले हेर्ने हिजड़ा, छक्काको पद दिने अहिले उनीहरु ताली बजाऊँने होइन अरुलाई ताली बजाऊँन बाध्य पार्ने खालको काम र आत्मसम्मान बृद्धि गर्न मद्दत पु¥याउन सक्ने यस ६ श्रृंखलामा ३ घण्टासम्मको सीरीजले गौरीको सम्पुर्ण जीबनी देखाउनका लागि यसको सिनेमेटोग्राफी राम्रो छ तर सम्पादन केहि कम लाग्छ । गीत संगित ठिकै छ । सबै घटनालाई हूबहू देखाउन नसके पनि समुदायको आवाज र पहिचान देखाऊन सीरीज केहि हद सम्म सफल छ ।


No comments:

Post a Comment