Saturday, July 15, 2023

अमूर्त सम्पदा संरक्षणको लागि पाँगामा बाजा वितरण समारोह तस्वीर सहित

 अमूर्त सम्पदा संरक्षणको लागि पाँगामा बाजा वितरण समारोह तस्वीर सहित

बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारी मन्त्री मा.पुकार महर्जनको पहलमा बागमती प्रदेशको आ.व. २०७९÷०८० को बजेटबाट अमूर्त सम्पदा संरक्षण एवं सम्बद्र्धनको लागि विभिन्न बाजा खलःहरुलाई बाजा वितरण कार्यक्रम सम्पन्न भयो ।

गणेश मान सिंह स्मृति अध्ययन केन्द्र कीर्तिपुरको आयोजनामा भएको उक्त कार्यक्रम अध्ययन केन्द्रका अध्यक्ष एवं काठमाडौं जिल्ला समन्वय समिति सदस्य नरेन्द्र श्रेष्ठको सभापतित्वमा भएको हो । प्रमुख अतिथि बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन हुनुहुन्थ्यो । विशिष्ट अतिथिमा कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिता, पर्यटन इकाई समिति बानेश्वरका प्रमुख द्रोण आचार्य, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि बद्रीलाल महर्जन, अध्ययन केन्द्रका सचिव जितेन्द्र महर्जन, नेपाली कांग्रेस जिल्ला सदस्य हिमाल कार्की, नेपाली कांग्रेस कीर्तिपुर नगरसमिति सभापति कृष्णमान डंगोल, कीर्तिपुर न.पा. वडा नं.५ का अध्यक्ष राजेन्द्र कुमार महर्जन, वडा नं.६ का अध्यक्ष खिरमान सिंह बस्नेत, वडा नं.८ का अध्यक्ष सानु मैंया महर्जन लगायत हुनुहुन्थ्यो ।

निरु महर्जनले संचालन गर्नु भएको कार्यक्रममा गणेशमान सिंह स्मृति अध्ययन केन्द्रका सचिव जितेन्द्र महर्जनले स्वागत मन्तव्य दिनु भएको थियो ।

प्रमुख अतिथि माननीय मन्त्री पुकार महर्जनले दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको उक्त बाजा वितरण कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री पुकार महर्जनले मन्तब्यको क्रममा बागमती प्रदेशको बजेट पर्यटन इकाई कार्यालयको सहयोगमा यो बाता वितरण कार्यक्रम भइरहेको बताउनु भयो । हाम्रो विभिन्न बाजाहरु अमूर्त सम्पदा र पर्यटनम मार्फत हाम्रो समाज सम्पन्न गर्न खोजेको, हाम्रा मूर्त र अमूर्त सम्पदाहरुलाई संरक्षण गर्न खोजेको बताउनु हुँदै महिलाहरुले सुमंगल धुन बजाएकोमा महिला र पुरुष संगसंगै हिंडेको भान भएको खुशियाली व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मूर्त र अमूर्त सम्पदाहरुको जगेरना गर्न सहयोग गरिरहने वाचा पनि गर्नु भयो ।

विशिष्ट पाहुना कीर्तिपुरका उपमेयर शुभलक्ष्मी शाक्य सुनिताले अहिले बाजा बजाउन महिलाहरुको सहभागीता बढ्दै गैरहेको साह्रै खुशीको कुरा हो । अब हाम्रा परम्परागत बाजाहरुलाई जिवित पार्दै हरेक विवाह, ब्रतबन्ध तथा खुशीयालीमा आफ्नै बाजा बजाउने गर्नु पर्छ । यसले बाजा बजाउनेहरुलाई पनि केहि आर्थिक लाभ हुन जान्छ । बजेटको अभावले सबैलाई पुग्ने गरी बाजा खरिद गर्न नसकेकोमा दुखेसो पोख्दै स्थानीय सरकार, प्रदेश र संघीय सरकार मिलेर यसको संरक्षण गर्न जरुरी रहेको बताउनु भयो ।





पर्यटन इकाईका प्रतिनिधि द्रोण आचार्यले यो बाजा वितरण गर्नको लागि बागमती प्रदेशले १० लाख रुपैया विनियोजन गरिएको थियो । गणेश मान सिंह स्मृति अध्ययन केन्द्रसँग मिलेर १३ थरिका बाजा १० वटा बाजा खलःहरुलाई वितरण गर्न लागेको बताउनु भयो ।




महाधिवेशन प्रतिनिधि बद्रीलाल महर्जनले गणेश मान सिंहको पाँगालीहरुसँग गहिरो सम्बन्ध रहेको बताउनु हुँदै २०४७ सालमा राजाले दिएको प्रधानमन्त्री पनि नलिइकन कृष्ण प्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएको स्मरण गर्नु भयो । पहिले एउटा बाजा किन्न चन्दा उठाउनु पर्ने अवस्था थियो अहिले तिन तहका सरकार मध्ये जहाँबाट आएको भए पनि अमूर्त सम्पदा संरक्षण गर्न मद्दत पुगेको बताउनु भयो ।











बाजा प्राप्त गर्ने बाजा खलःहरुको नामावली

१.पवित्र बाजा खलः भुजिन्दलाई बाँसुरी ४ वटा, खिं १ थान, 

२.दथल बाजा खलः खिं १ थान, 

३)सिकुछेँ धिमे खलः धिमे १ जोडा र  भुस्या १, 

४.लनगोल ब्याण्ड बाजा २ थान बाजा सेट, 

५.बाघभैरव भजन खलः बाघभैरवस्थान हारमोनियम र तबला एक सेट, 

६.दाफा धुकू कीर्तिपुर खिं २ थान, 

७.सामुदायिक भवन भत्क्यापाटी हारमोनिय, 

८. लाछि खलः पाँगा धिमे १ सेट, 

९.पवित्र विहार भुजिन्द हारमोनियम, 

१० दथल बाजा खलः दथल खिं १ थान 

११. भाजंगाल बाजा खलः खिं १ सेट 

१२.सन स्टार क्लब धा १ सेट, 

१३. फर्पिंगको लागि पनि ल्याएको थियो तर प्रतिनिधि नभएर पछि दिने भनिएको छ ।


प्रस्तोता ः नजरराम महर्जन


No comments:

Post a Comment