Thursday, September 15, 2022

कीर्तिपुर न.पा.का उपप्रमुख शुभलक्ष्मी शाक्य (सुनिता)संगको कुराकानी

 कीर्तिपुर न.पा.का उपप्रमुख शुभलक्ष्मी शाक्य (सुनिता)संगको कुराकानी


कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित उपमेयर शुभलक्ष्मी शाक्य “सुनिता”सँग निर्वाचित भएर कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा नेवाः एफ एम १०६.६ को लागि चिनारी हामी महिलाको लागि अनिता महर्जनले लिइएको अन्तर्वार्ताको केही अंश 

१) तपाईं कीर्तिपुर नगरपालिकाको उपमेयरमा विजयी भएर कार्यभार सम्हाल्नु भएको १०० दिनको प्रगति विवरणहरु के के हुन् ?

– पहिला त सबै कीर्तिपुरबासीहरुका लागि शिक्षा स्वास्थ्यमा सहुलियत हुनुपर्छ । कोही पनि यसबाट बन्चित हुनुहुदै भन्ने हाम्रो धारणा छ । त्यसैले स्वास्थ्यका लागि कीर्तिपुर हस्पिटलसंग सहकार्य गरेर ५०% स्वास्थ्य उपचारमा छुट दिने निर्णय भैसकेको छ । शिक्षाका लागि भने कीर्तिपुर भित्रमा रहेको सामुदायिक कलेजहरुःसहिद स्मारक कलेज, जनाधार बहुमुखी क्याम्पस, मंगल बहुमुखी क्याम्पसमा पढ्न चाहने बिद्यार्थीले स्नातक पढाइ निःशुल्क पढ्न पाउने गरेका छौ । त्यसका लागि कलेजले ४०% र कीर्तिपुर न.पाले ६०% गरि पुरै निःशुल्क गर्ने भएको छ । यहाँ मास्टर, डिग्री गरे पश्चात् रोजगारका लागि विदेशिनु नपरोस र अन्यत्र भौतारिनु नपरोस भनि त्यसको लागि CTEVT बाट मान्यता लिई एउटा प्राविधिक शिक्षालय खोल्नका लागि पनि पहल गरेका छौ।कीर्तिपुर न.पा पहिला नै साँस्कृतिक क्षेत्र भनेर घोषणा भएको छ । तर पनि कार्यान्वयन नभएका कारण यहाँका जात्रा, संस्कृति, परम्परा सबै माझ पु¥याउने उद्देश्यले  यसका लागि चाहिने कार्यविधि बनाई भौतिक पुर्वाधार जोडिने आयआर्जनका बढाउन आन्तरिक तथा बाहिय पर्यटक ल्याउन सक्न टोल र नगर गठन गर्ने भएको छ । यसैगरी निःशुल्क एम्बुलेन्स र शववाहनको व्यवस्था भैसकेको छ । फोहरको विषयमा भन्नुपर्दा जैविक फोहर र अजैविक फोहर छुट्याएर कम्पोष्ट मल बनाउने र प्लास्टिक जन्य फोहरबाट कच्चा पदार्थ निकाल्ने भनी निर्णय भैसकेको छ । सोही अनुरुप आउने असोज १ गते देखि हरियो झण्डा बोकेको गाडीमा जैविक फोहर र निलो झण्डा बोकेको गाडीमा अजैविक फोहर उठाउने गरि लागू हुनेछ । अर्काे कीर्तिपुर न.पाका भित्रमा भएका गुनासाहरु प्रत्यक्ष सुन्ने गरि “हेल्ला मेयर“ भनेर संचालन गरेका छौ । जसमा आएका गुनासाहरु ५ मिनेट भित्रमा सुन्न सकिन्छ । त्यो शाखा, कर्मचारी, मेयर, उपमेयर कसको लागि आएको हो उसले सुनेर कार्यन्वयन गर्ने गरि संचालनमा ल्याएका छौ । साथै त्यसमा आएका केही गुनासाहरुलाई मध्यनजर गरेर यो वर्षको बजेट पनि हामीले छुट्याएका छौ । त्यसैगरि नगर स्तरीय खेलकूद कमिति गठन गरेर अब वडामा समेत खेलकूद कमिति गठन गर्ने अवधारणा बनाएका छौ । हामीले १०० दिन भित्रमा गरेका प्रगति विवरण यति नै हो र अरु धेरै प्रक्रियामा नै छन् त्यो पछि फेरि थाहा हुने नै छ ।

२) तपाईले गठबन्धन गरेर उपमेयरमै रुख चुनाव चिन्ह लिनु भएको कारण किन होला ?

– मेरो पृष्ठभूमि बारे भन्नू पर्दा मैले माओवादीबाट राजनिति शुरु गरेकी थिएँ । पछि २०७४ सालको निर्वाचनमा नयाँ शक्ति पार्टीबाट उपमेयरमा उम्मेदवारी दिएकी थिएँ । त्यो समयमा हाम्रो पार्टीले छनोट गरेको चुनाव चिन्ह आँखा थियो । तर हामीलाई त्यो चिन्ह दिएन । त्यसैले संघिय समाजवादी फोरमको मसाल चुनाव चिन्ह लिएर उठें । विपक्ष दलहरुले भ्रम फैलाएर त्यो चिन्ह मधेसी हो भनेको कारण त्यो समयमा यहाँका आम नागरिकले मलाई चिने तापनि चुनाव चिन्ह नचिनेर म तेस्रो स्थानमा पुगें । त्यो समयमा मैले ४ हजार मत पाएँ । तर सबैलाई लाग्थ्यो कि त्यो मत खेर गयो । तर मलाई त्यही मतले अझ हौसला दियो कि मैले त्यो मतको कदर गर्नुपर्छ । उनीहरुले म प्रति गरेको विश्वासलाई चुकाउनुपर्छ भन्ने जहिले नि मलाई लाग्थ्यो । त्यो समयमा मैले एउटा शिक्षा पनि पाएकी थिएँ कि चुनावमा चिन्हको पनि धेरै महत्व हुने रहेछ त्यसैले यो २०७९ सालको निर्वाचनमा कीर्तिपुर भित्रमा ४ वटा दलको गठबन्धन गर्ने कुरा भएको थियो । तर केही कुराहरु नमिलेका कारण अरु दलहरु बाहिरियो र  म जनता समाजवादी पार्टी (जसपा)बाट लिएको चुनाव चिन्ह छाता थियो । चुनाव आउन १५/२० दिन अगाडि मात्र म उपमेयरको लागि मनोनित भएँ । पहिला पनि चुनाव चिन्हकै कारण धोकामा परेर पछि परेको थियो । यो समयमा कामलाई महत्व दिने हो चिन्हको महत्व होईन भन्ने सोचेर नै नेपाली काँग्रेसको चुनाव चिन्ह रुख लिएर उठेकी हुँ । जुन आज सोच्दा मैले ठिक गरेछु र म प्रति विश्वास गरेकाहरुको मतलाई कदर गरे जस्तो अनुभूति गरेकी छु ।

३) राजनितिमा लागेर भूमिगत भएर जिउनु पर्दाको समय देखि अहिलेको अवस्था सम्मको संधर्षबारे केही बताई दिनुस् न ?

– म राजनितिमा लागेको कुनै पद पाउन र अहिले यसरी उपमेयर बन्छु भनेर होईन । त्यो समयमा देशमा पार्टी सिस्टम नै दामाडोल थियो । देश एकदमै दलदलमा फसेको थियो । त्यसबेला जातियता, दलित उत्थान, धर्म निरिपेक्षिता यस्तै धेरै कुराको विषयमा नयाँ सोच र विचार लिएर देशको अवधारणा फेरेर देश उठाउनका लागि म राजनितिमा लागेकी थिएँ । यसरी हिड्दा कति देखका सपूतहरु सहिद बने । अझै कति मानिसहरु जिउदै छ कि छैन भन्ने पनि थाहा छैन । अहिले आफू जिवितै भएको पनि ठूलो कुरा हो । अरुहरु जस्तै देशको लागि सहिद नै बन्न नसके पनि पार्टीको लागि समर्थन गरेकी मात्र हो । त्यति बेला सुराकी लागेर भूमिगत जस्तै हुनुप¥यो । घरमै बस्ने अवस्था भएन । म बसेको ठाउँ चोभारलाई रेड एरिया भनेर घोषणा गरि सेनाहरुले घेरे । साथिहरु केही विदेशिए, कोही मारिए, कोही वेपत्ता बनाए, कोही कता तर म भने बाच्न सफल भएँ । साधे २ वर्ष सम्म भूमिगत भएर ६२÷६३ सालको जनआन्दोलनको समय देखि बाहिरियौ र आज यो ठाउँमा छु ।

४)यसरी बाहिरिए लगत्तै तपाईंले कीर्तिपुरमा महिला संजाल गठन पनि गर्नुभयो यो कसरी भयो ?

– यो कीर्तिपुर महिला संजाल २०६४ सालमा स्थापना भएको हो । त्यो बेला म अ.ने.म संघका सचिव थिएँ । कीर्तिपुर न.पामा जनप्रतिनिधि नहुदा सर्वदलिय समिति भनेर थियो । त्यसको बैठक हुदा म पनि जान्थें । बैठकमा बजेटको बारे कुरा हुदा महिलाहरुका लागि भनेर छुत्याएको बजेट बाटो, पाईप, ढल, धारा बनाउनेहरुमा खर्च गरेको थाहा भयो । महिलाहरुका लागि भनी आएको बजेट किन अन्यत्र खर्च गरेको भनेर सोध्दा चित्त बुझ्दो उत्तर पाएकी थिईन । त्यसैले महिलाको लागि आएको बजेट महिलाकै लागि खर्च गरिनु पर्छ भनेर त्यो बजेट लिनका लागि कीर्तिपुर भित्रका बचत समूह, महिला समूह, आमा समूहहरुलाई आवह्रान ग¥यौं । कीर्तिपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाउनका लागि हाल वडा नं.२ मा रहेको कभर्डहलमा धर्ना दिन गयौ । त्यो बेला जम्माजम्मी ८० वटा समूहहरुको सहभागिता रहेको 

थियो । किनकी त्यो नै कीर्तिपुरमा महिलाहरुका बजेटका लागि पहिलो चोटी धर्ना दिएका थियौ । जबकी त्यति बेला संजालको नाम समेत राखेका थिएनौ । पछि कीर्तिपुरका विभिन्न ठाउँहरुबाट नेतृ महिलाहरुलाई समेतेर ७ जनाको बअतष्यल कमिति बनायौ । यसरी संघर्ष गरेर कीर्तिपुर नगरपालिकाबाट पहिलो चोटी महिलाका लागि भनेर २ लाख ४० हजार बजेट विनियोजित भयो । त्यही बजेटले महिलाका लागि ६ वटा टूेनिङहरु संचालन ग¥यौं । टूेनिङ सकेपछि प्रमाणपत्र दिनलाई संस्था दर्ता गर्नुपर्ने भएर हामीले २ दिनमा नै ऋम्इ मा दर्ता गरें । अब ट्रेनिङ मात्र नभएर उत्पादन मुलक कामहरु गर्नुपर्ने र बजार अनुगमन गरि आर्थिक रुपमा विकास हुनुपर्छ भनेर अरु कामहरु पनि गर्दै आएका थियौ ।

५) अब महिलाका लागि भनेर छुत्याएको बजेटहरु लिएर काम गर्न के गर्नुपर्छ ?

– सबै वडा, नगर, जिल्ला, प्रदेशमा पनि महिलाका लागि बजेट छुट्याएको हुन्छ । त्यो लिएर काम गर्नका लागि पहिला त उपभोक्ता समिति गठन गर्नुपर्छ । ७ जनाको कमिति गठन गरि केका लागि बजेट प्रयोग गर्ने हो त्यसको एउटा प्रोपजल तयार गरि वडा वा नगरमा निवेदन दिन सकिन्छ । यसरी बजेट लिएर देश विकास साथै महिला हक हितका लागि प्रयोग हुने गरि संचालन गर्न सकिन्छ ।

६)महिला दिदीबहिनीहरुलाई के सल्लाह सुझाब दिन चाहनुहुन्छ ?

– म जनप्रतिनिधि भैसके पछि कति ठाउँहरुमा तालिमको उद्घाटन र समापनहरुमा गएँ, त्यो ठाउँमा प्राय जसो एउटै अनुहार नै धेरै देखे । त्यसैले कुनै काममा आफूलाई आवश्यक परेकै छैन र पछि आफूले त्यो काम गर्ने नै होईन भने ठाउँ मात्र किन ओगट्ने र ? एक जना आवश्यक परेको ब्यक्तिलाई तालिम दिन सके भने र त्यसलाई व्यासायि रुपमा अगाडि बढ्न केही सहयोग गर्न सकिन्छ भने गरौ भन्न चाहन्छौ । आगामी दिनहरुमा पनि महिलाका बजेटहरु सही ठाउमा सदुपयोग होस भन्न चाहन्छु । महिला समूह लगायत महिलाहरुलाई नेतृत्व गर्नेहरुले पनि आवश्यक ब्यक्तिको पहिचान गरेर उत्पादन मुलक काममा लगानी गर्ने सक्ने होस ।

७) अन्तमा केही भन्न चाहनुहुन्छ की ?

– मलाई र मेरो कामलाई मन पराई आफ्नो अमुल्य मत दिएर यो ठाउँ सम्म आउन सहयोग गरिदिनु हुने सबै आम नागरिकहरुलाई स(हृदय देखि नै धन्यबाद । आगामी दिनहरुमा पनि कीर्तिपुर ठाउँ र यहाँका महिला दिदीबहिनीहरुको हक अधिकारका लागि र आर्थिक स्तरमा विकास गर्नका लागि चाहिने आवश्यक सरसल्लाह दिनुहोला । हामी सधै हजुरहरुकै साथमा छौ भन्न चाहन्छु । साथै अहिले सम्म कीर्तिपुर नगरपालिकाले गरेका कामको प्रगति विवरण बारे थाहा दिने र मेरो मनमा लागेका केही कुरा राख्ने मौका दिनु भएकोमा नेवाःएफएम १०६.६ मेगाहर्ज र साप्ताहिक पत्रिका कीर्तिपुर सन्देशलाई हृदय देखि धन्यवाद छ ।


No comments:

Post a Comment