Thursday, September 15, 2022

गौतम बुद्ध विहार पाँगामा मोविल्याण्ड ग्रुप अफ कम्पनीद्वारा कोठा दान (फोटो सहित)

 गौतम बुद्ध विहार पाँगामा मोविल्याण्ड ग्रुप अफ कम्पनीद्वारा कोठा दान (फोटो सहित)

कीर्तिपुर न.पा.वडा नं.५ धुसि पाँगामा रहेको गौतम बुद्ध विहार पुनःनिर्माणको लागि बागमति प्रदेश सांसद पुकार महर्जनको सांसद कोषबाट चार तल्ला ढलानको काम भएको थियो । 

विहारको भुई तल्ला र पहिलो तल्ला केही केही सिंगारी सकेको थियो । दोस्रो तल्लादेखि माथि अस्थिपंजरजस्तै ढलान मात्र गरिएको थियो । यस्तो अवस्थामा मोबिल्याण्ड ग्रुप अफ कम्पनीका अध्यक्ष दिनेश दर्शनधारीले दोस्रो तल्लामा जति काम गर्न बाँकी रहेको थियो सम्पूर्ण काम गरिदिने बचन दिनु भयो । 


सोही बचन अनुसार उहाँले विहारको दोस्रो तल्ला पुरै सिंगारि दिनुभयो । भाद्र २८ गते मंगलवार उक्त विहारको कोठाको उद्घाटन गरियो । बागमती प्रदेश सांसद पुकार महर्जनले कोठा प्रवेश गर्ने ढोकामा रिवन काटी उद्घाटन गर्नु भयो, त्यस्तै विशेष अतिथि की.न.पा.का उपमेयर शुभलक्ष्मी शाक्य सुनिता र दाता दिनेश दर्शनधारीले शिलापत्र उद्घाटन गर्नुभयो । शिलापत्रमा यसरी लेखिएको छ । 

गौतम बुद्ध विहार धुसि की.न.पा. ५ मा पुनः निर्माण भएको विहार भवनको सबै भ¥यांग प्लास्टर, तलदेखि रेलिंग हाल्ने, शौचालय निर्माण र दोश्रो तल्लामा झ्याल ढोका हालेर प्लास्टरदेखि सिंगार्ने सम्पूर्ण काम मोविल्याण्ड ग्रुप अफ कम्पनीका अध्यक्ष दिनेश दर्शनधारी र समूहले सहयोग गर्नु भै आज बागमति प्रदेश सांसद पुकार महर्जन, कीर्तिपुर न.पा.का उपमेयर शुभलक्ष्मी शाक्य र दिनेश दर्शनधारीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।


ने.सं.११४२ ञंलागा तृतिया २०७९ भाद्र २८ गते मंगलवार

प्रमुख अतिथिको मन्तव्य राख्नेक्रममा पुकार महर्जनले यस विहार पुनःनिर्माणको लागि नजरराम दाइले बजेट माग्नु भयो । बजेट राखी दिएँ । एकैचोटि पुग्ने गरीकन बजेट राख्दा काम नसकिएर फिर्ता जाने डर त्यसैले अलि अलि बजेट राखेर काम भइरहेको छ । यहाँ सबै कामको पारदर्शिता भएको हुँदा खुसि लाग्यो । तेस्रो तल्ला फिनिसिंगको लागि यो आ.व.मा पनि १५ लाख रुपैया छुट्याई दिएको छु भन्नुभयो । उपमेयर शुभलक्ष्मी शाक्यले विहार बनाउन पाउनु साह्रै खुशिको कुरा हो । विहान बुद्धको दर्शन गरी बुद्ध वचन स्मरण गर्दा दिनभरि मन आनन्द हुन्छ । विहारको बाहिर प्लास्टर गर्न मिल्दैन, डाँचि ईट्टा राख्ने भए नगरपालिकामा निवेदन दिन आव्हान गर्दै नगरपालिकाले सहयोग गर्ने बचन दिनुभयो । आफ्नो मन्तव्य राख्नेक्रममा दाता दिनेश दर्शनधारीले गौतम बुद्ध विहारमा कोठा दान जस्तो पुण्य कार्य गर्न पाउँदा मोविल्याण्ड ग्रुप अफ कम्पनीका सम्पूर्ण सदस्यहरु हर्षित भएका छौं । बिहार बनाउनु भनेको बौद्ध धर्मावलम्बीहरुको लागि ठूलो गर्वको कुरा हो । हाम्रो कम्पनी मोबिल्याण्ड ग्रुप अफ कम्पनीको सामाजिक उतरदायित्व वहन गर्नेक्रममा हामीले कमाएको केही प्रतिशत यहाँ कोठा सजाउन सहयोग गरेको हुँ । सहयोग गर्न अवसर दिनु हुने यस विहार संचालक सबैलाई धन्यवाद दिन चाहन्छु भन्नुभयो । 


उक्त कार्यक्रममा मोविल्याण्ड ग्रुप अफ कम्पनीजका पदाधिकारीहरु, विहार संचालक समितिका पदाधिकारीहरु लगायत उपासक उपासिकाहरुको उपस्थिति रहेका थिए ।










No comments:

Post a Comment