Thursday, September 22, 2022

चिया गफ ः राजन के.सि.लाई टक्कर दिन शरब महर्जनको सम्भावना बढदैछ

 चिया गफ ः 

राजन के.सि.लाई टक्कर दिन शरब महर्जनको सम्भावना बढदैछ  

आउने मंसिर ४ गते हुने संसदीय निर्वाचनको लागि उम्मेदवार हुनेको नाम धमाधम बाहिर आउन लागेको छ । काठमाडौं क्षेत्र नं. १० संघमा नेपाली कांग्रेसको तर्फबाट राजेन्द्र कुमार के.सि. एक्लैको नाम सिफारिस गरेर पठाएको र गठबन्धनमा पनि २०७४ मा जसले जहाँबाट जितेको हो उसैलाई टिकट दिने आधार बनाएकोले ने.का.को तर्फबाट १० नं.क्षेत्रमा राजेन्द्र कुमार के.सि. पक्का पक्कीजस्तो छ ।

ने.क.पा. एमालेबाट काठमाडौं १० नं.क्षेत्रबाट संघीय सांसदको लागि ५ जनाको नाम सिफारिस भएको छ । जसमा विनोद श्रेष्ठ, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन र शरब महर्जन हुनुहुन्छ । निवर्तमान मेयर रमेश महर्जनले गत स्थानीय चुनावमा मेयर पदको आकांक्षा जनाएर नाम सिफारिस गरेर पठाएको थियो । त्यतिबेला टिकट नपाउनेले अहिले टिकट पाउने सम्भावना कम छ । शम्भुराम महर्जन संघीय समानुपातिक पदमा नाम गैसकेको छ । त्यसैले उहाँ त यो जोडघटाउबाट बाहिर गैसक्यो भने पनि हुन्छ । जहाँसम्म सुरेन्द्र मानन्धरको सवाल छ, ऊ हिजो १० भाईको पछि लागेर के.पि.ओलीको कदमको विरोध गर्दै मशाल जुलुस निकालेको के.पि.ओली पक्षधरले बिर्सेको छैन । त्यसैले उहाँले टिकट पाउने सम्भावना न्यून छ ।

अब बाँकी रह्यो विनोद श्रेष्ठ र शरबको कुरा हो । दुवै जना कृष्ण गोपालको प्रिय र विश्वासिलो पात्र हुन । कृष्ण गोपालले क्षेत्र नं.९ बाट टिकट पाउँदै छ । उहाँको श्रीमती बिना श्रेष्ठ समानुपातिकमा सिफारिस भैसकेको होला । यस्तो अवस्थामा विनोद श्रेष्ठलाई टिकट दिनु भनेको कृष्ण गोपाल श्रेष्ठमाथि पारिवारिक राजनीति गरेको आरोप लाग्न सक्छ । जसले कृष्ण गोपाललाई हानी पु¥याउन सक्छ । त्यसैले सरब महर्जनले टिकट पाउने निश्चित जस्तै भएको छ ।

शरब महर्जन विद्यार्थीकालदेखि नै अनेरास्ववियुको राजनीति गर्दै आइरहनु भएको छ । उहाँले अंग्रेजी विषय लिएर स्नातक पास गर्नु भएको छ । २०५४ सालमा कीर्तिपुर नगरपालिकाको पहिलो चुनावमा नेकपा एमालेले मेयर उपमेयर सहित १९ वडामध्ये १० वटा वडामा विजय हासिल गरेका थिए । त्यसबेला शरब पनि वार्ड नं.१० बाट वडा अध्यक्षमा विजयी हुनु भएको थियो । त्यतिबेला नेकपा एमाले विभाजन भएर एमाले र माले बन्यो । उहाँ त्यतिबेला एमालेमै रहनु भयो । मालेहरुसँग टक्कर लिंदै पार्टी कामलाई अगाडि बढाईरहनु भयो । दुई वर्षपछि फेरि पार्टी एकीकरण 

भयो । उहाँ २०५४ सालदेखि नै नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको सदस्य हुनुभयो । पार्टीको तेस्रो र चौथो जिल्ला अधिवेशनले उहाँलाई जिल्ला कमिटीको सदस्य भएर काम गर्ने अवसर प्राप्त भयो ।

बागमति प्रदेश सांसद पुकार महर्जन हुनुहुन्छ । यसपाली उहाँले टिकट पाउने सम्भावना कम हुँदै गैरहेको छ । नेवारहरुको जातिय संगठन मिलाउन पनि शरब महर्जनलाई जिताउनु पर्छ भन्ने पनि गाईगुईं चल्न थालेका छन । पुकार महर्जनलाई पार्टीले टिकट नदिए प्रदेशमा स्वतन्त्रबाट उम्मेदवारी दिन मतदाताहरुले दवाव दिन थालेका छन । पुकार महर्जनले पार्टीमा विद्रोह गर्ने हिम्मत गर्छ कि गर्दैन हेर्न बाँकी छ ।

चिया गफका अनुसार यदि पुकार महर्जनलाई नेपाली कांग्रेसले प्रदेशको टिकट दिएन भने संघमा राजेन्द्र कुमार के.सि.लाई पनि अप्ठ्यारो पर्न सक्ने आंकलन गरिंदै छ ।

बागमति प्रदेश क्षेत्र नं.१० क मा गठबन्धनबाट टिकट पाउने दौडमा माओवादीका तर्फबाट पूर्व राज्यमन्त्री दिलिप महर्जन र जसपाबाट पंचलाल महर्जनले दावी गरिरहेका छन । जसपाले नेपाली कांग्रेसको लागि मधेश प्रदेशमा एक्लै चुनाव लडदा पनि जित्न सक्ने क्षेत्रमा पनि ने.का.लाई छाडि दिएको छ । काठमाडौंमा जसपाले क्षेत्र नं.७ र प्रदेशमा क्षेत्र नं.१० क मागिरहेका छन । काठमाडौंमा २ वटा सिट पनि नपाए मधेश प्रदेशमा कांग्रेसलाई पनि नछाड्न सक्छ । 

आजकल चिया पसलमा यस्तै यस्तै गफ भैरहेका छन । राजनीति हो यस्तै हुन्छ भनेर कसैले ठोकेर भन्न सकिरहेको छैन ।


No comments:

Post a Comment