Thursday, September 22, 2022

इन्द्रबहादुर बराल काठमाडौं क्षेत्र नं. १० बाट प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवार घोषणा

 इन्द्रबहादुर बराल काठमाडौं क्षेत्र नं. १० बाट प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवार घोषणा



चन्द्रागिरी नगरपालिका वडा नं. ८ का इन्द्रबहादुर बरालले काठमाडौं क्षेत्र नं.१० बाट प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्दै कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकामा इमेल पठाउनु भएको छ । 

    स्नातकसम्म अध्ययन गर्नु भएका सामाजिक अभियन्ता एवम राजनीतिमा नेपाली कांग्रेससँग आवद्ध रहनु भएका उहाँ अब पार्टी पोलिटिक्सबाट मोह भङ्ग भइ स्वतन्त्र रहने निर्णयमा पुग्नु भएको हो । उहाँका अनुसार बर्तमान राजनैतिक अवस्थालाई नजिकबाट नियालेर हेर्दा देशमा कथित ठुला दलहरुमा देखा परेको बिचलन, बिकृती, बेथिती र बिसङ्गतीले सिङ्गो राजनिति अत्यन्तै दुर्गन्धित हुन पुगेको तथ्य जगजाहेर नै छ । यसर्थ राजनितीको फोहोर, मैला र दुर्गन्धलाई बढारेर फाल्न पर्ने अबस्था टड्कारो रुपमा देखा परेको छ । यद्यपि दलहरुको बिकल्प अहिल्यै नै खोजी हाल्न हतार जस्तो देखिए पनि यिनिहरु ९दलहरु०लाई सहि बाटो डो¥याउन पनि खबरदारीको आबश्यकता छ । अहिले देशमा सुशासनको अभाब छ जताततै घुसखोरी र भ्रष्टाचार अनि अबस्थाले राजनितिक आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक क्षेत्र आदि पुरै क्षत बिक्षत अवस्थामा पु¥याइएको छ । सुधारका कुनै लक्षण देखिदैन । 

       सरकार र दलहरु निर्लज्ज ढङ्गले मनपरी गरि रहेका छन । न्यायलय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रशासन, निजामतीको त झन के कुरा गर्नु हर क्षेत्र तहस नहस भएका छन बनाइएका छन । यस्ता गतिबिधिलाई टुलुटुलु हेरेर बस्ने जनप्रतिनिधिको पनि औचित्य र आबश्यकता समाप्त भएको छ । यहि सन्दर्भमा नेपाली जनताले रचनात्मक सुधारका लागि, राष्टिूयता र लोकतन्त्रको सुदृढीकरण गर्दै स्वतन्त्रता, समानता, न्याय र भ्रातृत्व कायम गर्ने र गराउने कार्यमा नयाँ जोश, जागर, उत्साह र उमङ्ग बोकेका युबा पाका सबै खाले नेतृत्व चाहेका छन । माथी उल्लेखित कार्य गर्न र गराउनका लागि दृढ इच्छाशक्तिका साथ म यस काठमाडौ निर्बाचन क्षेत्र नं.१० बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवारि दिने निर्णयमा पुगेको छु । मेरो अपिल यथासमयमा आउने नै छ ।

No comments:

Post a Comment