Sunday, September 25, 2022

कीर्तिपुर नगरपालिका र कीर्तिपुर अस्पताल बीच भएको सम्झौता पत्र

 कीर्तिपुर नगरपालिका र कीर्तिपुर अस्पताल बीच भएको सम्झौता पत्र



कीर्तिपुर वडा नं.२ देवढोकामा संचालनमा रहेको कीर्तिपुर अस्पतालले विगतमा स्वास्थ्य विमा गराए वापत ५० प्रतिशत छुट पाउँथ्यो । जसको लागि विमा गर्नेले रु.११००÷राख्नुपर्छ त्यसमा कीर्तिपुर नगरपालिकाले जनही रु.२०० थपिदिने गर्दै आइरहेका छन ।

गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार दिएका नगर प्रमुख राजकुमार नकर्मीले कीर्तिपुरवासीलाई कीर्तिपुर अस्पतालमा स्वास्थ्य उपचार गराउँदा ५०% प्रतिशत छुट दिने प्रतिवद्धता दिएको थियो । सोही प्रतिवद्धता बमोजिम नै गत भाद्र ५ गते कीर्तिपुर अस्पतालसँग कीर्तिपुरवासीलाई ५०% प्रतिशत छुट दिने बारे एक कार्यक्रमका बीच लिखित सम्झौता भयो ।

उक्त सम्झौता आदान प्रदान कार्यक्रममा मेयर राजकुमार नकर्मीले कीर्तिपुरमा एउटा प्राविधिक विषय पढाउने कलेज स्थापना गर्ने उद्देश्य रहेको भएतापनि समयाभावको कारण यस वर्ष संचालनमा ल्याउन सकिएन । अर्को शैक्षिक सत्र सम्ममा संचालनमा ल्याउने प्रतिवद्धता जनाउनु भयो ।

सो सम्झौता बमोजिम कीर्तिपुर नगरपालिकाले कीर्तिपुर अस्पताललाई बार्षिक रु. ८० लाख दिनु पर्नेछ । सो दिए वापत कीर्तिपुर अस्पतालले रु.६० हजारसम्मको उपचारमा ५०% प्रतिशत छुट दिने त्यसपछि २५% प्रतिशत छुट दिने छ । उक्त सम्झौता पत्रमा कीर्तिपुर नगरपालिकाको तर्फबाट मेयर राजकुमार नकर्मी, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धर र कीर्तिपुर अस्पताल व्यवस्थापन समितिका तर्फबाट राम मान सिंह, केशरत्न बज्राचार्य र हिरा बहादुर महर्जनले हस्ताक्षर गर्नु भएको थियो ।

त्यस्तै कीर्तिपुर अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष भरतकुमार प्रधान, निर्देशक डा.पेरु प्रधान र प्रशासन तथा बित्त नियन्त्रक डा.बसन्त महर्जनले हस्ताक्षर गर्नु भएको थियो ।

सम्झौताको पूर्णपाठ यस प्रकार रहेका छन ।

लिखितम कीर्तिपुर नगर क्षेत्रमा स्वास्थ्य सेवा सहज र सुलभ बनाउनु पर्ने आवश्यकतालाई हृदयङ्गम गर्दै कीर्तिपुरमा सहुलियत प्रदान गर्न आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गर्ने, गराउने भन्ने भावना तथा प्रावधानलाई आधार मानेर जनसहभागितामा आधारित स्वास्थ्य सेवा कार्यक्रम, आधुनिक अस्पताल एवं भविष्यमा एक शिक्षण अस्पताल समेत स्थापना गर्ने उद्देश्यले अभिप्रेरित भई कीर्तिपुर नगरपालिका –जसलाई यसपछि प्रथम पक्ष भनिनेछ र जनस्वास्थ्य सरोकार ट्रष्ट, नेपाल –एजभअत ल्भउब)ि द्वारा संचालित कीर्तिपुर अस्पताल –जसलाई यसपछि दोश्रो पक्ष भनिनेछ । बीच कीर्तिपुर नगरवासीलाई स्वास्थ्य सेवा सहज र सुलभ बनाउन ५०% –पचास प्रतिशत) सम्म छुटमा उपचार सेवा संचालन गर्न मन्जुर रहेकोले कीर्तिपुर नगरपालिका नगरकार्यापालिकाको कार्यालयमा बसी तपशिल बमोजिमको शर्तहरुको अधिनमा रहने गरि यो सम्झौता पत्रमा हस्ताक्षर गरि एक एक प्रति लियौं दियौं ।

शर्तहरु ः

१)कीर्तिपुर नगरपालिकाका नगरवासीहरुलाई दोश्रो पक्षले कीर्तिपुर अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको उपचार प्रोटोकलमा रहि उल्लेखित छुटमा उपचार गर्नुपर्नेछ । तसर्थ, कीर्तिपुर अस्पतालले रोगको प्रकृतिको आधारमा सर्वमान्य प्रोटोकल अनुसार उपचार लगायतका सेवा प्रदान गर्नुपर्नेछ ।

२)कीर्तिपुर नगरपालिका भित्रका नगरवासीहरुको उपचार, रोगको प्रकृतिको आधारमा प्रोटोकल अनुसार उपचार लगायतका सेवा प्रदान गर्नु पर्नेछ । कीर्तिपुर नगरपालिका र कीर्तिपुर अस्पताल व्यवस्थापन समिति प्रतिनिधिहरुले कीर्तिपुर नगरपालिकाको निर्दिष्ट मापदण्ड र गुणस्तर मुताविक संचालन भए नभएको अनुगमन मुल्यांकन गर्नेछ र आवश्यक सुधारका निम्ति राय सुझाव दिन सक्नेछ ।

३)कीर्तिपुर नगरपालिका भित्रका नगरवासी बिरामीहरुको उपचार गरे वापत अस्पताल व्यवस्थापनको लागि कार्यक्रमगत रुपमा आर्थिक वर्ष २०७९÷०८० को लागि रु.८०,००,०००÷(अक्षेरेपि असी लाख मात्र) नगरपालिकाको तर्फबाट उपलब्ध गराउनेछ । कार्यक्रम स्विकृत पश्चात उल्लेखित रकमको ५० प्रतिशत पेश्की यस कार्यक्रमको शुरुमा नै अस्पताललाई उपलब्ध गराउनेछ । साथैै भौतिक पुर्वाधार विकासको निम्ति नगरपालिकाले आवश्यकता अनुसार सहयोग उपलब्ध गराउन सक्नेछ ।

४) कीर्तिपुर अस्पतालले यस कीर्तिपुर नगरवासीहरुको उपचारको सम्पुर्ण विवरण कीर्तिपुर नगरपालिकाको स्वास्थ्य शाखामा आवधिक रुपमा प्रत्येक महिनामा पेश गर्नु पर्नेछ ।

५)दुवै पक्षका प्रतिनिधिहरु बिच प्रत्येक तीन महिनामा कार्यक्रमको समिक्षा बैठक बस्नेछ ।

६)कीर्तिपुर नगरपालिका भित्रका नगरबासी विरामीको उपचारको लागि पहिलो पक्षले परिवारका सबै सदस्यहरुको विवरण सहितको सहुलियत स्वास्थ्य उपचार कार्डको सम्पुर्ण व्यवस्था गर्नेछ ।

७) कीर्तिपुर नगरपालिका भित्रका नगरबासी बिरामीको उपचारको लागि अस्पतालले उल्लेखित छुट सेवा प्रतिव्यक्ति प्रतिवर्ष अधिकतम रु.६०,०००÷ (साठी हजार मात्र) बहन गर्नेछ । साथै सो भन्दा बढी रकम उपचारको क्रममा खर्च हुन गएमा दोश्रो पक्षको तर्फबाट क्याबिनको सेवा वाहेकमा साविक बमोजिम २५% छुट रकम प्रदान गर्नु पर्नेछ । अस्पतालद्वारा प्रदत उल्लेखित छुट सेवा प्रदान गर्नाका कारण आर्थिक संकट हुन गएको अवस्थामा नगरपालिकाले समिक्षा गरी थप सहयोग गर्न सक्नेछ ।

८) कीर्तिपुर नगरपालिका भित्रका नगरबासी भन्नाले नगरपालिकाका स्थायी बासिन्दा नागरिक र मतदाता हुन भन्ने जनाउँछ । कीर्तिपुर अस्पतालबाट छुटमा उपचार सेवा लिन जाँदा नगरपालिकाले प्रदत्त गरेको उपचार सहुलियत कार्ड पेश गर्नु पर्ने छ । यसैगरी उपरोक्त कार्ड प्रयोग गरी सेवाग्राहीहरुले काठमाडौं मोडेल अस्पतालबाट पनि २५% छुट प्रदान गर्ने व्यवस्था गरिने छ । यस कार्यक्रमको प्रचार प्रसार गर्ने दुवै पक्षको जिम्मेवारी हुनेछ ।

९.यस सम्झौतामा द्विविधा उत्पन्न भएमा आपसी समझदारीबाट समस्या समाधान गरिनेछ ।

१०) यस सम्झौतामा उल्लेख भएका कुरा यसै बमोजिम र यस सम्झौतामा उल्लेख नभएका कुरा प्रचलित कानून बमोजिम हुनेछ ।

११.माथि उल्लेखित बुँदाहरुको अधिनमा रहि तपशिल अनुसारको सेवाहरु तपशिल बमोजिम हुने र यसमा उल्लेख नभएको नयाँ तथा पुराना सेवाहरुको विषयमा कीर्तिपुर नगरपालिका र कीर्तिपुर अस्पताल विचमा थप सहमतिद्वारा निर्णय गरिनेछ ।

छुटका दररेतहरु ः

क) सबै बहिरंग सेवाहरु ५०%

ख) सबै वार्ड सेवाहरु अन्तरंग ५०%

ग) सबै परामर्श सेवाहरु ५०%

घ)सबै प्रेसिडुयल सेवाहरु ५०%

ङ)इमरजेन्सी सेवाहरु ५०%

च)ल्याब सेवाहरु ५०%

छ)फिजियोथेरापि सेवाहरु ५०%

ज)डेण्टल सेवाहरु ५०%

(जनरल चेकअप र एक्स रे मात्र)

झ) क्याबिन सेवाहरु २५%

ञ) आई.सि.यु.सेवामा २५%

ट) सि.टि.स्क्यान सेवाहरु २५% 

ठ) अल्ट्रासाउण्ड सेवाहरु २५%

ड) फार्मेसी सेवाहरुमा १०%

ढ) डायलासिस सेवाहरु सरकारी निति अनुसार

ण) नेपाल सरकारबाट उपलब्ध खोप सेवाहरु निःशुल्क

त) नेपाल सरकारबाट उलब्ध सेवाहरु नेपाल सरकारको नियमानुसार हुनेछ ।

१२) यस सम्झौतामा दुवै पक्षको औपचारिक रुपमा हस्ताक्षर भए पछि २०७९ भाद्र ७ बाट लागु हुनेछ ।

१३) यो सम्झौता ५ वर्षको लागि हुनेछ र आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा कुनै पनि समयमा कुनै पनि बँुदा परिवर्तन गर्न सकिनेछ ।. 

छुट कार्ड धमाधम बनाईरहेका छन ।

No comments:

Post a Comment