Wednesday, August 31, 2022

चुनावी चिया गफ —काठमाडौं क्षेत्र नं.१० मा एमालेले कांग्रेस किल्ला भत्काउन सक्छ

 चुनावी चिया गफ —काठमाडौं क्षेत्र नं.१० मा एमालेले कांग्रेस किल्ला भत्काउन सक्छ 


निवर्तमान मेयर रमेश महर्जन एमालेको तर्फबाट संभावित क्षेत्र नं.१० को उम्मेदवार

गत अंकमा कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकामा काठमाडौं क्षेत्र नं.१० मा कसको पलडा भारी छ ? शिर्षकको चिया गफले कीर्तिपुरवासीको मनमा चुनावी सरगर्मी बढाइ दिएको छ । धेरैजसो चिया पसल, रेष्टुरेन्टमा अलिकति राजनीतिमा चाख राख्ने मानिसहरुको गफको विषय नै यही भएको छ ।

क्षेत्र नं.१० मा रहेको तिन वटा दक्षिणकाली, कीर्तिपुर र चन्द्रागिरि नगरपालिका पर्छ । यी तिनै वटा नगरपालिकामा स्थानीय चुनावमा नेपाली कांग्रेसले मेयरको साथै बहुमत वडाहरु जितेका छन । पहिले माओवादी र एमालेको गठबन्धन हुँदा पनि गत संघ चुनावमा नेपाली कांग्रेसले जितेको कारण यो क्षेत्र कांग्रेसकै पोल्टामा जान्छ । नेपाली कांग्रेसका वर्तमान सांसद राजेन्द्र कुमार के.सि.ले नै टिकट पाउने पक्का पक्की देखिन्छ । त्यसैले उहाँको जित निश्चित छ भन्ने ने.काका कार्यकर्ताहरुको भनाई रहेका छन ।


निवर्तमान मेयर रमेश महर्जन एमालेको तर्फबाट संभावित क्षेत्र नं.१० को उम्मेदवार नेकपा एमालेका अध्यक्ष केपि ओलीको साथमा

नेकपा एमालेका कार्यकर्ताहरु पनि यसपालीको चुनावमा धेरै आशावादी देखिएका छन । गत स्थानीय चुनावमा एमालेभित्र भित्रै विग्रह हुँदा नरामर्री हार खानु परेकोले ठूलो चोट परेको छ । पार्टी हार्नु भनेको कुनै एक जना कार्यकर्ता या नेता हार्नु होइन । आपूmहरु पनि हार्नु हो भन्ने धेरैले महसुस गरेका छन । त्यसैले अहिले आपसी मतभेद बिर्सेर पार्टीलाई जिताउन सबै एक ढिक्का भएर लाग्ने भएका छन ।


नेकपा एमालेले क्षेत्रिय सन्तुलन मिलाएर उम्मेदवार दिने योजना बनाएका छन । यदि संघ कीर्तिपुरलाई दिने हो भने प्रदेशमा दक्षिणकाली नगरपालिका र चन्द्रागिरि नगरपालिकालाई दिने भएका छन । हुनत सुरुमा विनोद श्रेष्ठ जिफन्तको अध्यक्ष निर्वाचित हुँदा क्षेत्र नं.१० को संघको टिकट उहाँले पाउने हल्ला चलेको थियो । यसो हुँदा दक्षिणकालि या कीर्तिपुर खाली हुने भयो । त्यसैले अहिले आएर संघमा निवर्तमान मेयर रमेश महर्जनलाई टिकट दिनु पर्ने कार्यकर्ताहरुको मांग हुन थालेको छ । यदि स्थानीय निर्वाचनमा मेयर उपमेयर लगायत पुरानै टिमलाई टिकट दिएको भए नेपाली कांग्रेसले यति सजिलैसँग जित्न सक्ने थिएन भन्ने ठम्याई गरेका छन ।


निवर्तमान मेयर रमेश महर्जन रक्तदान गर्नुहुँदै

निवर्तमान मेयर रमेश महर्जनले नेवाः पहिचान र सम्पदाको लागि धेरै राम्रो काम गर्नु भएकोले हिजोका पहिचान पक्षधरहरु उहाँको पक्षमा दह्रो भएर उभिने आंकलन गरिएको छ । ज्येष्ठ नागरिकहरुलाई सुगर र प्रेसरको औषधि निशुल्क वितरण गर्दा मनमोहन अधिकारीले ज्येष्ठ नागरिकहरुलाई एक सय रुपैया भत्ता बाँडेर एमालेलाई सत्तामा पु¥याएझै रमेश महर्जनलाई भोट दिने आंकलन गरिएको छ । त्यस्तै उहाँले नेवाः समुदायको अमुर्त सम्पदाको रुपमा रहेको दाफा, धाः बाजाहरुको संरक्षणको साथै पुनरुत्थान गर्न गरेको प्रयासलाई पनि कीर्तिपुरवासीले बिर्सेका छैनन । त्यसैले स्थानीय चुनावको मतसंख्या उल्टिने धेरै सम्भावना रहेको छ ।


नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको भनाई अनुसार कीर्तिपुरको संसदिय चुनावको इतिहास हेर्दा कीर्तिपुरमा कसलाई जिताउने भन्दा कसलाई हराउने भन्नेतिर बढी ध्यान दिएको देखिन्छ । ७० सालको संसदीय चुनावमा कसलाई जिताउने भन्दा पनि प्रचण्डलाई कसरी हराउने भन्ने सोचका साथ राजेन्द्र कुमार के.सि.लाई जिताएका थिए । त्यस्तै २०७४ सालमा पनि कीर्तिपुर बाहिरका उम्मेदवार हितमान शाक्यलाई हराउनको लागि नै राजेन्द्र कुमार के.सि.लाई जिताएका हुन ।


स्थानीय चुनावमा निवर्तमान मेयर उपमेयर र दुई जना लोकप्रिय वडा अध्यक्षहरुलाई टिकट नदिंदा एमाले हराउ अभियान नै चलाएर नेकपा एमालेलाई क्लिन स्वीप गरेका हुन भन्ने आम जनमानसको धारणा छ । निवर्तमान मेयर रमेश महर्जनलाई स्थानीय चुनावमा टिकट नपाएको नोक्सानको बदला आउने चुनावमा जिताएर देखाउन जनता आतुररहेको एमालेका कार्यकर्ताहरुको भनाई रहेको छ ।


२०७४ सालमा बाम एकता हुँदा त राजेन्द्र कुमार के.सि.लाई हराउन नसकेको अहिले के हराउन सक्ला भन्ने पनि नरहेको होइन । अहिलेको स्थानीय निर्वाचनको आधार लिने हो भने नेपाली कांगेस २४६७५ मत, एमाले १८८३८ मत, माओवादी ४९४२, राप्रपा २४९६ र नेकपा एसको १३४२ मत आएको छ । स्थानीय चुनावमा माओवादी गठबन्धनबाट बाहिरिएको थियो । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले माओवादी र नेकपा एसलाई धोखा दिएको भन्ने उनीहरुको ठम्याइरहेका छन । त्यसबेलाको बदला लिन संसदिय चुनाव पर्खिरहेका छन । यदि यो कुरा सहि हो भने उनीहरुले संघमा आफनो उम्मेदवार उठाएन र एमालेलाई समर्थन ग¥यो भने नेपाली कांग्रेसलाई जित्न गाह्रो देखिन्छ । किनकी ने.का.र एमालेले स्थानीय चुनावमा पाएको फरक मत जम्मा ५८३७ छ । एमालेले पाएको १८८३८ र माओवादीको ४९४२ र नेकपा एसको १३४२ मत एकै ठाउँमा राख्दा २५,१२२ मत हुन्छ । जुन नेपाली काँग्रेसभन्दा बढी छ । ४९४२ र १३४२ जोड्दा ६२८४ मत हुनआउँछ । जुन नेपाली कांग्रेसभन्दा ४४७ मत बढी छ ।


यसपालीको संसदीय चुनावमा स्वतन्त्र उम्मेदवारहरुको पनि निकै चहलपहल हुनेछ । क्षेत्र नं.१० मा कसलाई जिताउने वा हराउने भन्ने कुरा स्वतन्त्र उम्मेदवारमा निर्भर रहने धेरै सम्भावना छ । राप्रपाले मत काट्ने भनेको नेपाली कांग्रेसको नै हो । स्वतन्त्र उम्मेदवारले कसको मत बढी काट्छ त्यो हार्नसक्छ । त्यसैले नेकपा एमालेले रमेश महर्जनलाई संघको टिकट दिएर प्रदेशमा दक्षिणकाली र चन्द्रागिरिकालाई टिकट दियो भने क्षेत्रिय सन्तुलनको आधारमा नेकपा एमालेले जित्ने सम्भावना छ । राजेन्द्र कुमार के.सि.लाई मात्र कति जिताउने भन्नेहरु पनि अहिले देखिन थालेका छन ।

कीर्तिपुर सन्देश साप्ताहिक अंक ५६१ मिति २०७९ भाद्र १५ गते प्रकाशित

Tuesday, August 30, 2022

चुनावी चिया गफ —काठमाडौं क्षेत्र नं.१० मा कसको पलडा भारी छ ?

 चुनावी चिया गफ —काठमाडौं क्षेत्र नं.१० मा कसको पलडा भारी छ ?

आउने मंसिर ४ गते संघ र प्रदेशको एकैचोटि संसदीय चुनावको घोषणा भएसँगै चुनावी गफ सुरु हुन थालेका छन । पाँच दलिय गठबन्धनको तर्फबाट वर्तमान सांसद राजेन्द्र कुमार के.सि.ले टिकट पाउने पक्का पक्की जस्तै छ । तर कसै कसैले माओवादीका अन्जना बिसंखेले पनि क्षेत्र नं.१० को टिकट दावी गरिरहेको बजारमा हल्ला छ ।  गठबन्धनमा २०७४ सालमा जसले जहाँबाट जितेको हो, उसलाई त्यही ठाउँमा टिकट दिने भन्ने नीति रहेको जानकारीमा आएको छ । त्यस अनुसार नेपाली कांग्रेसको टिकटमा राजेन्द्र कुमार के.सि.ले नै टिकट पाउने पक्का छ । अहिले बजारमा के उहाँले अब हुने चुनावमा जितेर ह्याट्रिक गर्न सक्छ कि सक्दैन भन्ने कुरा उठन थालेका छन । कोही भन्छ उहाँले अवश्य जित्ने छ । कोही भन्छ यसपाली उहाँले जित्न सक्नु हुन्न । अनि उहाँको विकल्पमा को हो त उम्मेदवार ?


कसैले भन्छ स्वतन्त्र उम्मेदवार आउँछ, कहाँबाट आउँछ ? त्यो भने कसैले भन्न सकेका छैनन् । अर्को तर्फ नेकपा एमालेको तर्फबाट सुरेन्द्र मानन्धरको नाम आउन थालेको छ । बालुवाटारले उहाँलाई टिकट दिन्छ कि दिंदैन सो भन्न सकिने अवस्था छैन । एमालेकै तर्फबाट फेरि निवर्तमान नगर प्रमुख रमेश महर्जनको नाम पनि आइरहेको छ । विपक्षीमा जसको नाम आए पनि अहिलेसम्म नेपाली कांग्रेसका राजेन्द्र कुमार के.सि.कै पलडा भारी देखिन्छ ।

२०७४ सालको संसदीय चुनावमा राजेन्द्र कुमार के.सि.ले २४१९०, वाम उम्मेदवार हितमान शाक्य २१९०७ पाउनु भएको थियो । जसमा जम्मा २२८३ मतको फरक थियो । त्यतिबेला तराजु छाप प्रदीप ढकालले २००३ मत कृष्ण कुमार श्रेष्ठ मालेबाट १७५७ मत पञ्चलाल महर्जन ११९५ र प्रणय सिंहले ९२७ मत पाएको थियो । तत्कालिन अवस्थामा नेकपा एमाले र माओवादी चुनावी गठबन्धन गरेर माओवादीलाई सिट दिएको थियो । त्यतिबेला त राजन के.सि.लाई हराउन सकेन भने अहिले के हराउन सक्ला र ? किनकी अहिले नेपाली कांग्रेस र माओवादी चुनावी गठबन्धनमा छ ।

अहिलेको स्थानीय निर्वाचनको आधार लिने हो भने काठमाडौं क्षेत्र नं.१० मा नेपाली कांग्रेस २४६७५ मत, एमाले १८८३८ मत फरक मत ५८३७ छ । माओवादी ४९४२, राप्रपा २४९६ र नेकपा एसको १३४२ मत आएको छ । माथिको तालिका अनुसार एमाले र माओवादी मिले पनि ने.कालाई हराउन सक्दैन । राप्रपा या एस मिले भने मात्र केही मुस्किल हुन सक्छ । गठबन्धनलाई एमाले र राप्रपा मिले पनि हराउन सक्दैन ।

वर्तमान सांसद राजन के.सि.ले विकास प्रेमी सांसदको नाममा प्रख्याती कमाई सकेका छन । कुनै क्षेत्र, वर्गको विभेद नगरी उहाँले सांसद भौतिक विकास कोषलाई समानुपातिक ढंगले विकास निर्माणमा सघाउनु भएको छ ।

कीर्तिपुर सन्देश संयुक्तांक ५६० भाद्र ८ गते बुधवार प्रकाशित


Monday, August 29, 2022

भुतसिगाः र नेपाः गाः

 भुतसिगाः र नेपाः गाः

निरज मान सिंह महर्जन

काठमाडौको बसन्तपुर दरबार स्क्वायरमा काष्ठमण्डपको ठिक अगाडी  रहेको यस सानो चार कुने खाल्टो प्रायःले याद गर्दैनन् । यदि याद गरे पनि केका लागी र के हो भन्ने बुझ्ने चासो कसैले गर्दैनन् । कुनै बेला फुटपाथमा तरकारी बेच्ने घुँइचोले घेरिने र छोपिने भएको यस भुतसिगाःलाई हाल चारैतिरबाट बार लगाई संरक्षित गरिएको छ । यस भुतसिगाःको ठिक पारिपट्टि  रहेको भुतेश्वर महादेवसँग सम्बन्धित रहेको छ । काष्ठमण्डपको पारिपट्टि ठूलो गरुडको मुर्ति छ । त्यहीसँगै रहेको ढुंगाबाट निर्मित गुम्बज शैलीको मन्दिर नै भुतेश्वर महादेवको मन्दिर  हो ।

यस भुतसिगाः सँगै अर्काे खाल्टो पनि रहेको छ, जहाँ आकृती नभएको प्रस्तर रहेको छ, जुन काष्ठमण्डपलाई घेरेका अष्टभैरवहरु मध्ये एक मानिन्छ । भुतसिगाः अथवा भुतसितःको नामले चिनिने यसै स्थानमा प्रत्येक १२ वर्षमा नचाइने श्री पचली भैरवको नाच बेला राजा र पचली भैरव बीच खड्ग साटासाट गरि खड्ग सिद्धि गर्ने गरिन्छ । देशलाई चलाउने प्रमुख व्यक्ती अर्थात् राजाले यसरी खड्ग साटेकोलाई श्री पचली भैरवले शक्ति प्रदान गरेको मानिन्छ भने यसै कारण यस स्थानलाई नेपाः गाः पनि भन्ने गरेको छ ।

भुतसिगाः बारे कथा किंवदन्ती --एक प्रचलित किंवदन्ती अनुसार, पाटनका  राजा सिद्धिनरसिंह मल्लले कृष्ण मन्दिर निर्माण सम्पन्न भएपछी भव्य कोटीहोमको आयोजना गरे तर, मधुर सम्बन्ध नरहेकोले उनले काठमाडौका  राजा प्रताप मल्ललाई निमन्त्रणा दिएनन् ।

शेषशायी नारायणको मूर्ति भएको भण्डारखाल बगैचाको पोखरीको उत्तर दिलमा बसेका राजा प्रताप मल्ल र जामान गुभाजु यसै कोटीहोम बारे बिचार विमर्श गर्दै थिए । यतिकैमा उडिरहेको पुतलीलाई अचानक रुखबाट स्वाट्ट ओर्लेर  धोबीचराले एकैगाँस पारेर उडेको दृश्य ती दुबैले देखे । राजा सिद्धिनरसिंह मल्लले  गरेको कोटीहोम विध्वंस पार्न त्यति सजिलो छैन, त्यो उडीरहेको पुतलीलाई धोवीचरीले टिपे जस्तो होइन । जहाँ तेत्तिस कोटी देवदेवीहरुलाई आह्वान गरेको हुन्छ । जहाँ विश्वनाथ जस्ता महान तान्त्रिक पनि सामेल छन् । त्यस्तो स्थितीमा हामीबाट विरोध होइन, सहयोग हुनुपर्छ ।” जामान गुभाजुले राजा प्रताप मल्ललाई आफ्नो बिचार सुनाउछ ।

“हेर गुभाजु ! त्यस होमलाई सखाप पार्नै पर्छ, त्यसपछी त्यो भन्दा विशाल कोटीहोम कान्तिपुरमा हुन्छ ।” भन्दै कडकिए प्रताप मल्ल ।

“म त कुनै पनि हालतमा त्यो कोटीहोम बिगार्न त्यहाँ जान्न, स्वयं सरकार सवारी हुन्छ भने मलाई केहि भन्नु छैन,” भन्दै हात जोडेर निहुरिन्छन जामान गुभाजु ।

“म आफै अजिङ्गरको रुप लिएर जान्छु, तपाई जानुपर्दैन । फेरी कृष्ण मन्दिर कस्तो बनेको छ हेर्नु पनि त प¥यो । पछी त्यस्तै कृष्ण मन्दिर कान्तिपुरमा पनि बनाउनु पर्छ । तपाईले बागमती पुलसम्म मसँग गएर तान्त्रिक मन्त्र प्रयोग गरिदिए पुग्छ,” भन्दै जुरुक्क उठी जामान गुभाजुलाई आफुसंगै लिई हिंडे प्रताप मल्ल । बागमती पारी पुगे पछी केहि अछेता झिकी फुकफाक गरेर प्रताप मल्ल माथी अछेता छर्की दिए । तुरुन्तै राजा प्रताप मल्ल भयानक अजिङ्गरको रुपमा देखा परे । त्यो अजिङ्गर सलबलाउँदै जिब्रो निकाल्दै स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दै पाटनको कृष्ण मन्दिर र त्यहाँको माहोल नियाल्न गए ।

अजिङ्गर भएर प्रताप मल्ल गएपछी “जसलाई जेसुकै होस्” भन्दै जामान गुभाजु बागमती पारीबाट लुसुक्क निस्किएर घर गएर बसे ।

कोटीहोम भइरहेको ठाउँमा एक्कासी भयानक अजिङ्गर देखेपछी यज्ञशाला अगाडी यज्ञ गरि बसिरहेका सिद्धिनरसिंह र अन्य सबै ब्यक्तिहरु डराएर यज्ञशाला छाडेर भाग्न लाग्दा “पख–पख” !! उठ्नुपर्दैन” भन्दै आफ्नो धोती स्याहार्दै तान्त्रिक विश्वनाथले थालीबाट एकमुठी अक्षता झिकेर त्यस अजिङ्गरतर्फ गई आफ्नो मन्त्र प्रयोग गरी त्यसको ढाडमा अक्षता  छर्कीदिए । हेर्दाहेर्दै त्यो भयानक अजिङ्गर सानो गड्यौलामा परिणत भयो । गड्यौलालाई आफ्नै हातले टपक्कै टिपेर आफू बस्ने आसन मुन्तिर घुसारी त्यसमाथि बसेर विश्वनाथले होम यथावत गरे । यसै क्रममा ूअब के  गर्ने ? भनी राजा सिद्धिनरसिंहले सोध्दा, “यहि गड्यौलालाई यज्ञको अन्तिम दिनमा यज्ञमा आहुती दिने” भनेर भने महान तान्त्रिक विश्वनाथले । 

यता काठमाडौ दरबारमा राजा प्रताप मल्ल तान्त्रिक प्रयोगमा लाग्दा कहिलेकाहिँ एक-दुई दिन दरवारमा देखा पर्दैनथे । यसपालि त चार-पाँच दिनसम्म पनि राजा हराएरपछी एकातिर दरवारमा रानीहरुको रुवाबसी चल्यो भने सहरतर्फ राजा प्रताप मल्ल भूतप्रेतसंगको युद्धमा समाप्त भए भन्ने हल्ला पनि चल्न थाल्यो । यत्रतत्र राजा प्रताप मल्लको खोजी भयो । तर उनी कतै पनि देखा परेनन् । यता प्रख्यात तान्त्रिक गुरु जामन गुभाजुले आफ्नो मन थाम्न सकेनन् । पुजा कोठामा बसेर उनले ध्यानदृष्टि लगाएर हेर्दा उनले देखे -प्रताप मल्ल त गड्यौला भएर विश्वनाथले आसनमुनी चेप्टिएर माटो चपाउँदै पो रहेछन ।

“अब भएन ! अनर्थै हुन लाग्या” भन्ने सोच्दै पूजाको व्यवस्था मिलाएर जुरुक्क उठी पुजा कोठाकै झ्यालबाट भूतप्रेतलाई आव्हान गरे अनि ठुलो स्वरमा “ए मयजु ! ए भाजु” भनि बोलाए जामान गुभाजुले ।

“हजुर गुरुबा !” भन्ने आवाज मुनी आगनबाट आयो ।

“तिमी तुरुन्तै यहाँ आउ !” भनेपछी लामो दौरा र सुरुवाल लगाएकी केवल दश वर्ष उमेरको मयजु र भाजु जामन गुभाजुका पुजाकोठा बाहिर अईपुगिन ।

“तिमीहरु र म ललितपुर जानुप¥यो, अहिले नै हिंड” भन्दै मयजु र भाजुलाई साथै लिई आफुले जहाँबाट राजा प्रताप मल्ललाई अजिङ्गर रुप धारण गरि पठाएका थिए, त्यहि पुगे । कोटीहोम अगाडी नै उभिएर भिक्षा माग्नु, यसोयसो गर्नु, कुनै वस्तु पनि स्वीकार नगर्नु, नाई-नाई मात्र भन्नू । गड्यौला दिएपछी मात्र दौराको फेरमा थापेर नखसाली यहाँ लिएर आउनु । गड्यौलालाई फिर्ता लिएर आयौ भने, तिमीहरुलाई भनेको कुरा खान दिने वचन दिए । तिमीहरु नआएसम्म म यहि बसि–रहन्छु ।”  भनी सबै तरिका सिकाई मयजु र भाजुलाई “जाउ” भनी जामान गुभाजुले अह्राए ।

त्यसपछी दौरा फरफर उदाउँदै मयजु र भाजु हुरुरुर उडेझैँ दगुर्दै कोटीहोम भएको स्थानमा अगाडी गइ “भिक्षा-भिक्षा !” भन्दै दौरा थापेर दुवै उभिन्छ । कोटीहोम भित्रबाट चामल ल्याएर दिए पनि “नाई !”  फलफुल र रोटीहरु ल्याएर दिए पनि “नाई !” जे दिए पनि आफ्नो दौरा हल्लाउँदै” “नाई-नाई !” मात्र भनि मयजु र भाजुले । यो सब कुरा विश्वनाथ कहाँ पुगे । “मलाई चिन्ने जामान गुभाजु हुन्, त्यो कलिली केटी र केटा चाही जामनले पठाएको पिशाच हुन् । तर केहि छैन, त्यसलाई चाहिएको कुरा मलाई थाहा छ ।” भन्दै विश्वनाथ उठेर आसनमुनी थिचेको गड्यौला हातले टिपेर त्यस केटीको नजिक पुगी “लौ थाप” भनि मयजुको दौराको फेरमा गड्यौला खसालीदिए ।

“अब आईन्दा यहाँ भैरहेको कोटीहोम विध्वंस पार्ने प्रयास गरेमा बाँच्नेछैन,” भनि विश्वनाथ त्यहाँबाट फर्के । आफ्नो दौराभित्र जतनसाथ गड्यौला राखी त्यहाँबाट रमाउंदै आएर गुरुआगाडी “ल ल्याएँ”, भनि दौरा खोली देखाउछे मयजुले ।

“बिस्तारी भुइँमा राख” भनि जामन गुभाजुले भने पछी बिस्तारै निहुरिन्दै मयजुले बागमतीको बालुवामा गड्यौला राखे । जामन गुभाजुले चारैतर्फ हेर्दै, आफ्नो पोल्टाबाट केहि अक्षता झिकी फुकफाक गर्दै छर्किएपछी गड्यौला पुनः राजा प्रताप मल्लको रुपमा देखा प¥यो ।

“कुदीन लागेपछी जस्तै बुद्धीमानको पनि बुद्धी बिग्रिन्छ” जामान गुभाजुको वचनले राजा प्रताप मल्लको मुटुमा चस्स घोच्यो ।

त्यस पछी प्रताप मल्लले  “गुरुब्रह्मा, गुरुविष्णूगुरुर्देवो महेश्वर” भन्दै जामान गुभाजुलाई श्रद्धापुर्वक हात जोर्दै पछीलागे । झण्डै मृत्युको मुखमा पुगेका राजा प्रताप मल्ल दरबारमा पुगेपछी चयनको सास फेरे र जामन गुभाजुले आफ्नो वचन अनुसार ती मयजु र भाजुलाई भने झैं खुवाए । तर, उनीहरु भूत प्रेत न परे, के अघाउँथे र ! अति नै भएपछी राजासँग सल्लाह गरि यसको उपाय खोजे र भूतप्रेतहरुको स्वामी भगवान शिवको स्थापना गर्ने निर्णय गरे । यसै अनुरुप भुतेश्वर महादेवको आव्हान गरि स्थापना गरि, त्यसैको अगाडि मण्डप बनाएर त्यहाँ होमपूजा गरि सोही स्थानमा ती भूतप्रेतहरुलाई स्थान दिएर गाडिदिए । हरेक वर्ष यो स्थानमा पूजा गरि भोजन चढाउँछु भनी भूतप्रेतहरुलाई फकाएर आफ्नो वशमा पारी यो स्थानमा गाडेको मानिन्छ । यसरी भुतप्रेतहरुलाई दिइएको स्थान भएकोले यस स्थानलाई भुतसिगाः भनिएको हो ।

भुतप्रेतहरु त्यहाँबाट उठेर जागेर आउँलान् भनी त्यहाँ सिद्धि गरि नजिकै रहेको भैरवलाई सो स्थानको रेखदेखको जिम्मा दिएको पनि कथा सुन्न पाइन्छ । हाल पनि यस स्थानमा हरेक वर्ष पुजा गर्ने परम्परा रहेको पाइन्छ भने यहाँ पुजा गर्दा नजिकैको भैरवलाई पनि पुज्ने प्रचलन छ । आफ्नो घरपरिवारमा धेरै कलह भइ शान्त नभएमा, भुतप्रेत तथा पिशाचहरुले धेरै सताएमा वा नराम्रो शक्ति तथा कुविद्याहरुले दुःख दियो भने, यहाँ पुजा गरेमा सबै राम्रो हुने जनविश्वास अहिले पनि रहेको पाइन्छ ।

(काठमाण्डौ र यहाँको संस्कृति जति विविधता युक्त छ, त्यति नै विविधता युक्त छ यहाँका किंवदन्तीहरु”


बाघचाल

 बाघचाल


प्रशान्त महासागर

कुनै पनि अवस्था कसैको पनि स्थिर हुन्न । जीवन स्थिर र व्यवस्थित बनाउनु पर्छ । तर परिवेश सदा चलायमान तरल हुने हुँदा कुनै केही अपुगता महसुस भईरहने गर्छ । जस्को सिधा असर समाजमा पर्न जाने गर्छ । एक हिसाबले समाजलाई दुर्घटनाको बाटोमा धकेल्न सक्छ ।  अपराध उत्पादन गर्न सक्छ । “सघाउ नेपाल” ले त्यस्ता विसंगति, बेथितिलाई निर्मूल पार्ने लक्ष्य लगायत उद्देश्य लिएको छ । समग्रमा भेदभावरहित समाजको समानान्तर उन्नतिको लागि उत्पादनलाई विकास भन्न काम, कर्तव्य र दायित्वलाई निष्ठापुर्वक निरन्तर निर्वाह गर्न स्थापित संस्थाको नाउ हो “सघाउ नेपाल” । यसमा वर्गलाई समावेश गरेर समानता सृजना गर्ने उद्देश्यलाई अहमताका साथ आत्मासात गरिनेछ । यसको धर्म हुन्न । जात पनि हुन्न । काममा निष्ठा र निरन्तरता हुन्छ नै । त्यही निरन्तरताको एउटा लोपोन्मुन्ख भएको खेल “बाघ(चाल” लाई सघाउ नेपालले संरक्षण र प्रवद्र्धन गनुपर्छ आवश्यकताको रुपमा मनन गरेको छ । 

बाघचालको आवश्यकता ः

नेपालको राष्ट्रिय मौलिक खेल लोप हुनु समाज सभ्यताहिन हुँदै जानु हो ।  यो हाम्रो जीवनमाथि लागेको धब्बा हो । मनुष्य जातलार्ई आफ्नै कर्मले व्यङ्ग गर्नु हो । त्यस्ता व्यङ्गहरु सहन गर्नु  पापी हुनु हो । त्यस्ता पापबाट मनुष्य जात सर्तक हुनुपर्छ । सर्तकता मनसष्य जातको सभ्यता पनि हो । सभ्यताले हामीलाई सक्रियता प्रदान गर्छ, स्वस्थ बनाउँछ । हामी जब सक्रिय र स्वस्थ हुन्छौं तब पूर्खाको नासो जगेर्ना गनुपर्छ सोचमा पुग्छौं । पुर्खाको नासो जगेर्ना गरि त्यसको सुरक्षित तवरले हस्तान्तरण गर्नु आजको हाम्रो दायित्व हो, मान्छौं पनि । त्यहीँ दायित्वलाई सम्वर्धन र प्रर्वद्धन गर्नु आवश्यकता भित्रको गहन कर्तव्य ठान्छौं । त्यो हामीले निर्वाह गर्नु पर्दछ । राष्टिूयता बोकेको खेललाई अन्तराष्टिूय रुपमा स्थापित गर्नुपर्छ । स्थापित एवम् व्यवस्थित गर्दा आईपर्ने चुनौतिलाई सामना गर्ने लक्ष्य सघाउ नेपालले आफ्नो ठानेको छ । बाघचाल नेपालको पहिचान बनाउनु पर्छ मान्यताका साथ सघाउ नेपाल अघि सरेको छ । एक किसिमको पुस्ता हस्तान्तरण, लोकप्रियता यथास्थानमा रहि रहोस त्यो भन्न पनि यसको निरन्तरता आवश्यकताको रुपमा देखा परेको छ । यो सघाउ नेपालले बुझेको छ ।


परिचय ः

बाघचाल बोर्डमा खेलिने र नेपालको पुरानो खेल हो । यो खेल दुई खेलाडि बिच खेलिन्छन् । एउटा बाघ र अर्काे बाख्रा बनि खेलिने गर्छन् । खेल जित्नको लागि बाघले चार बाख्रा खानु पर्छ भने बाख्राले जित्न बाघलाई पासोमा पार्न सक्नु पर्छ । बाघचाल नेपालको मौलिक विवेकता बोकेको राष्ट्रिय खेल हो । जीवन जन्मलाई मृत्युले बाधेको कथा झै हामी बिच बाघचाल खेल परिचित छ । तर हराउँदै लोप हुने क्रम तीब्र गतिमा दौडेको पाईन्छ । समय अभावले समाजमा संकुचित भए झै बाघचाल विलय हुने क्रम यथमजत युद्ध झै जारी छ । त्यो रोक्नुपर्छ सघाउ नेपाल सोच्दछ ।

उत्पत्ति

मानवको युगको सबैभन्दा स्वर्णिम युग भनी चिनिने युग कृषि युग नै हो । उत्पादनलाई जीवनसँग जोड्नु पर्छ, जीवन त्यही हो । समाज उत्पत्ति पनि त्यहीबाट भएको मान्न सकिन्छ । विकासको दृष्टिले हेर्न जानेको सिकेको धरातल पनि त्यही हो । त्यही युगलाई सहज र प्रभावकारी ढंगले अगाडि लानुपर्छ, लग्न सकिन्छ सोचेर मानव समाजले बस्तुभाउ पाल्न थाले । बस्तुभाउ पालेर त्यसबाट फाइदा लिई जीवन सहजिकरण गरि व्यवस्थित पार्ने निधो लिन मानवले सिके । तसर्थ बस्तुभाउ पाल्न थाले । घर भन्दा अलिक पर चराउदा प्रशस्तै मात्रामा घाँसपात (आहारा) पाउने सोचमा मानव जीवन अनुबन्धित हुँदै गए । घर जङ्गल जान आउने क्रम यावत रुपमा चल्दै गए । यसैक्रममा बस्तुभाउ घट्ने लगायत बाघबाट शिकार हुने अनेक घटनाहरु परिघटनाहरुले गोठालाहरु चिन्चित हुन थाले । आफुलाई पायक पर्ने हिसाबले गरिएका व्यवस्थाहरु आफु संगत नहुँदा चिन्चित भई बाघ(चालको उत्पत्ति भएको मान्न सकिन्छ । बाघबाट कसरी बाख्रालाई जोगाउन सकिन्छ, सोचमुख्य हुन गएको कारण बाघचाल खेल उत्पत्ति भएको निक्यौल निकाल्न सकिन्छ । झुण्डमा बाघले आक्रमण नगर्ने तर एक्लै पाए नछोड्ने विश्लेषणले बाघचालको जन्मभएको मान्न सकिन्छ । खेलको प्रक्रियाले त्यहि कुरालाई अंकित गर्छ ।

इतिहासः

यो खेल सैयौँ वर्ष पुरानो मानिएको छ । बच्चा बुढपाखा जो कोहीलाई पनि रहर पुर्वक खेल्न मन लाग्ने खेल बाघचाल हो । यो खेल गोठालाहरु बिच मात्र सिमित रहेको सोध अध्ययनले देखाएको छ । कसैले यो खेल हिमालबाट उत्पत्ति भएको भन्छन भने कसैले यो खेल भारतको दक्षिणी भेगबाट आएको हो भन्छन । कुरा जे सुकै भएपनि आफ्नो वस्तुभाउ बचाउने कसरी जुक्ति लगाएर विवेकता पुर्वक युक्ति लगाउन उत्पत्ति भएको इतिहास छ । इतिहास वर्तमानको ऐना अनि भविष्यको खोज हो ।

उद्देश्य ः

बाघचालको मृुख्य उद्देश्य भनेकै दिमाग लाई स्वस्त र चुस्त बनाउनु हो । आफु बाघ भएको अवस्थामा बाख्राको झुण्डलाई कसरी तोड्ने । शिकारी दाउपेज सिकाउने आफु बाख्रा भएको अवस्थामा शक्तिशाली बाघलाई पनि शक्तिहीन कसरी बनाउने । जीवन समाजमा कसरी समर्पित हुने । मेरो शक्ति समाज अघि केही होईन् ज्ञान दिने । पुस्ता हस्तान्तरण गर्ने । व्यक्तित्व विकास गर्ने ।

निष्कर्ष ः

जीवनसँग सिधै सम्बन्ध भएको खेल बाघचाल हो । समाजबाट उत्पन्न भएको खेल समाजकै हिलका लागि हुनुपर्दछ । हाम्रो विचार तेतातिर हुनुपर्छ । समाज किन समाज भए भन्ने बाघचालले बताउँछ । एक्लै एक्लै जिउँदा जस्ले पनि हमला गर्ने कुरा छ भने अर्काे जति नै कमजोर प्राणी भएतापनि समुुहमा चल्न सके, सिके जिवनमा आइपर्ने अप्ठ्यराहरु स्वतः नाश हुन्छ । बाघ जस्तो शक्तिशाली प्राणीले हमला  गरेता पनि एक दुईको बलिदान दिई पुरै समाजलाई बचाउन सकिन्छ । समाजमा ठुलाले सानालाई एक्लै पाए लुछाचुडी गर्छ भन्ने सानो सन्देश बाघचाल नै हो । आफुहरु सभ्य र व्यवस्थित हुन सकेको खण्डमा कुनै पनि शक्तिले समय अगावै जिवनमा मृत्यु बर्साउन सक्दैनन् । सासक जतिनै बलियो डरलाग्दो भएपनि उसलाई पनि लोभमा फसाएर आफुहरु सुरक्षित हुन सकिन्छ । शक्तिका खुट्टाहरु एक एक गरी भाच्न  सकिन्छ । चार दिशा ओगटेको चार बलिया खुट्टा भएका बाघलाई पनि थुन्न सकिन्छ । कमजोरको अर्थ सहन मात्र शक्ति होइन बाघचालले त्यही बताउछ । 

राजनैतिक कुरासँग बाघचाललाई जोड्ने हो भने सामान्ती शासकले शक्ति टुक्राउन सक्छ बाघको जितले त्यहीँ बताउछ भने बाख्राको जितले आफुहरु जति निमुखा बर्गका भएता पनि एक जुटमा शक्ति हुन्छ त्यही बताउँछ । 

चारदिशाबाट आउने आँधि जस्तो शक्ति रुपी बाघलाई पनि आपसि मतभेद नरहेको खण्डमा थुन्न सकिन्छ । कमजोर एक हुनसक्छ तर दुईबाट तीन हुँदै जोडिदै जाने क्रममा त्यो इतिहास बदल्न सक्ने सोच बन्छ । त्यो सोचमा जस्तोसुकै शक्तिले पनि आत्मा समर्पण गर्नुपर्छ । जीवन समर्पणकै लागि हो समाजकै व्यवस्थापनको लागि बाघचाल त्यही अर्थको जन्म हो, उत्पत्ति हो ।


Thursday, August 25, 2022

स्वास्थ्य र शिक्षामा कीर्तिपुर नगरपालिकाको ऐतिहासिक कदम

 स्वास्थ्य र शिक्षामा कीर्तिपुर नगरपालिकाको ऐतिहासिक कदम


कीर्तिपुरका मेयर राजकुमार नकर्मी र कीर्तिपुर अस्पतालका डाइरेक्टर भरतकुमार प्रधान बीच सम्झौता पत्र आदान प्रदान गर्दै 

कीर्तिपुर अस्पतालमा कीर्तिपुरवासीलाई ५० प्रतिशत छुट, शिक्षाका लागि तीन वटा सामुदायिक क्याम्पससंग सम्झौता

कीर्तिपुर सन्देश साप्ताहिक

कीर्तिपुर वडा नं.२ देवढोकामा संचालनमा रहेको कीर्तिपुर अस्पतालले विगतमा स्वास्थ्य विमा गराए वापत ५० प्रतिशत छुट पाउँथ्यो । जसको लागि विमा गर्नेले रु.११००/राख्नुपर्छ त्यसमा कीर्तिपुर नगरपालिकाले जनही रु.२०० थपिदिने गर्दै आइरहेका छन ।

गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार दिएका नगर प्रमुख राजकुमार नकर्मीले कीर्तिपुरवासीलाई कीर्तिपुर अस्पतालमा स्वास्थ्य उपचार गराउँदा ५०% प्रतिशत छुट दिने प्रतिवद्धता दिएको थियो । सोही प्रतिवद्धता बमोजिम नै गत भाद्र ५ गते कीर्तिपुर अस्पतालसँग कीर्तिपुरवासीलाई ५०% प्रतिशत छुट दिने बारे एक कार्यक्रमका बीच लिखित सम्झौता भयो । उक्त सम्झौता आदान प्रदान कार्यक्रममा मेयर राजकुमार नकर्मीले कीर्तिपुरमा एउटा प्राविधिक विषय पढाउने कलेज स्थापना गर्ने उद्देश्य रहेको भएतापनि समयाभावको कारण यस वर्ष संचालनमा ल्याउन सकिएन । अर्को शैक्षिक सत्र सम्ममा संचालनमा ल्याउने प्रतिवद्धता जनाउनु भयो ।

सो सम्झौता बमोजिम कीर्तिपुर नगरपालिकाले कीर्तिपुर अस्पताललाई बार्षिक रु. ८० लाख दिनु पर्नेछ । सो दिए वापत कीर्तिपुर अस्पतालले रु.६० हजारसम्मको उपचारमा ५०% प्रतिशत छुट दिने त्यसपछि २५% प्रतिशत छुट दिने छ । 

उक्त सम्झौता पत्रमा कीर्तिपुर नगरपालिकाको तर्फबाट मेयर राजकुमार नकर्मी, प्रमुख प्रशासकीय अधिकृत  राजेन्द्र कार्की स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धर र कीर्तिपुर अस्पताल व्यवस्थापन समितिका तर्फबाट राम मान सिंह, केशरत्न बज्राचार्य र हिरा बहादुर महर्जनले हस्ताक्षर गर्नु भएको थियो । त्यस्तै कीर्तिपुर अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष भरतकुमार प्रधान, निर्देशक डा.पेरु प्रधान र प्रशासन तथा बित्त नियन्त्रक डा.बसन्त महर्जनले हस्ताक्षर गर्नु भएको थियो ।

यसैवीच गत २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भारी मतले निर्वाचित मेयर राजकुमार नकर्मी र उपमेयर शुभलक्ष्मी शाक्य सुनिताले चुनावको बेला प्रतिवद्धता जनाएका मध्ये दुईवटा प्रतिवद्धता पुरा गरेका छन । 


कीर्तिपुरका मेयर राजकुमार नकर्मी र मंगल बहुमुखि क्याम्पसका क्याम्पस चीफ प्रदिप महर्जन बीच सम्झौता पत्र आदान प्रदान गर्दै 

जसमा एक घर एक स्नातक कार्यक्रमको प्रतिवद्धता जनाएको १०० दिन पनि नपुग्दै कीर्तिपुरवासीहरुलाई स्नातक निशुल्क पढाउने जनाएको थियो ।  


कीर्तिपुरका मेयर राजकुमार नकर्मी र सहिद स्मारक क्याम्पसका क्याम्पस चीफ मिलन महर्जन बीच सम्झौता पत्र आदान प्रदान गर्दै 

सो प्रतिवद्धता पुरा गर्दै कीर्तिपुर नगरपालिकाभित्र रहेका ३ वटा सामुदायिक क्याम्पसहरु मङ्गल बहुमुखि क्याम्पस, जनाधार सामुदायिक क्याम्पस र शहिद स्मारक कलेज बीच निम्न बमोजिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


कीर्तिपुरका मेयर राजकुमार नकर्मी र जनाधार बहुमुखी क्याम्पसका क्याम्पस चीफ शिवराम श्रेष्ठ बीच सम्झौता पत्र आदान प्रदान गर्दै 

उक्त सम्झौता पत्रमा कीर्तिपुर नगरपालिकाको तर्फबाट मेयर राजकुमार नकर्मी, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की र शिक्षा शाखा प्रमुख टंकलाल गैरे, मंगल बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्रदीप महर्जन, सहिद स्मारक कलेजका प्रिन्सिपल मिलन महर्जन र जनाधार क्याम्पसका प्रिन्सिपल शिवराम श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो ।



Sunday, August 21, 2022

खेलमैदानमा बनाएको रिटेनिङ्ग वालको बारेमा के निर्णय गरेको छ ?

 खेलमैदानमा बनाएको रिटेनिङ्ग वालको बारेमा के निर्णय गरेको छ ?

फोटो ः दुर्गालाल शाही

कीर्तिपुर नगरपालिकाका निवर्तमान जनप्रतिनिहरुले कीर्तिपुर न.पा. वडा नं.१० नयाँबजारमा रहेको खेलमैदानलाई प्याराफिटसहित फुटवल ग्राउण्ड बनाउन खेलमैदानलाई खाल्डो बनाइयो । खेलमैदानलाई उत्तर दक्षिण लम्बाई लामो बनाउन मैदानको दक्षिणतिर आरसिसि रिटेनिङ्गवाल बनाएको थियो । तर वाल बनाउन नसकिंदै यसपालीको झरीमा सो वाल क्षत विक्षत भएको छ । सो वाल के कसरी भत्कियो भन्ने बुझनका लागि की.न.पा.वडा नं.९ का वडा अध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्वमा एउटा छानविन समिति बनाइयो । जसको आधारमा कारवाही गर्न निम्नलिखित निर्णय भएको छ ।


फोटो ः निशान्त मान सिंह

कीर्तिपुर न.पा. वडा नं.१० स्थित खेलमैदान आरसिसि रिटेनिङ्ग वाल निर्माण योजना अन्तर्गत भएको आरसिसि रिटेनिङ्ग वाल भत्केको विषयमा सत्यतथ्य छानविन गर्नका लागि गठित समितिले पेश गरेको प्रतिवेदनका आधारमा उक्त निर्माण कार्यमा संलग्न भएका निर्माण व्यवसायी, उपभोक्ता समितिहरुका पदाधिकारीहरु, अनुगमन समितिका पदाधिकारी र संलग्न प्राविधिक कर्मचारीहरुसँग छलफल समेत भईसकेको सन्दर्भमा उक्त भत्किएको रिटेनिङ्ग वाल यथास्थितिमा दुरुस्त बनाउन निर्माण व्यवसायी र उपभोक्ता समितिलाई पत्राचार गर्ने निर्णय गरियो ।

कीर्तिपुर नगरपालिकाको सल्लाहकार समितिमा को को मनोनित भएका छन ?

 कीर्तिपुर नगरपालिकाको सल्लाहकार समितिमा को को मनोनित भएका छन ?

कीर्तिपुर नगरपालिकाको साउन ३० गते बसेको नगरकार्यपालिकाको बेठकले केही महत्वपूर्ण निर्णयहरु गरेका छन ।

१.नगरपालिकाको काम कारवाहीलाई प्रभावकारी बनाउन विभिन्न विधाका विज्ञहरुलाई सल्लाहकार मनोनित गरेको छ 

क) बाबुकृष्ण महर्जन वडा नं.१ 

ख) श्रीराम महर्जन वडा नं.९ 

ग) डा.हरिशंकर श्रेष्ठ, वडा नं.९, 

घ) इन्द्रबहादुर शाक्य वडा नं.६, 

ङ) दिलबहादुर महर्जन वडा नं.९, 

च) दुर्कमान महर्जन वडा नं. ५, 

छ) प्रल्हाद थापा वडा नं.५ 

ज) ई.विजय महर्जन वडा नं.१० 

झ) बद्रीलाल महर्जन


२.नगर खेलकुद समिति पनि गठन गरिएको छ । जसमा

१) संयोजक नगर प्रमुख

२.सदस्य : उपप्रमुख

३.सदस्य : प्रमुख प्रशासकीय अधिकृत

४.विजय प्रकाश महर्जन वडा नं.३, 

५.कृष्ण चन्द्र बानिया, वडा नं.४ 

६.दिनेश चन्द्र नकर्मी वडा नं.९

७.गुजे सिंह, वडा नं.५, 

८.दिलन श्रेष्ठ वडा नं.१, 

९.ज्ञानेन्द्र महर्जन वडा नं.६, 

१०.रविन्द्र महर्जन वडा नं.१० 

११.जनक अधिकारी वडा नं.५, 

१२.पुरुषोतम बुढाथोकी, वडा नं.४, 

१३.संग्रेस महर्जन, वडा नं.८, 

१४.दिपा खत्री, वडा नं.६, 

१५.कबिन महर्जन वडा नं.१०, 

१६.रोजित महर्जन वडा नं.७, 

१७.बिकीराज महर्जन, वडा नं.२, 

१८.ननिता शाक्य वडा नं.९, 

१९.इच्छा महर्जन 

२०.ज्ञान रत्न महर्जन वडा नं.३, 

२१. सामाजिक विकास शाखा प्रमुख सदस्य सचिव

Thursday, August 18, 2022

बाघभैरव जात्रा, किंबदन्तीदेखि ऐतिहासिक पक्ष र बाघभैरवका मूर्ति

 बाघभैरव जात्रा, किंबदन्तीदेखि ऐतिहासिक पक्ष र बाघभैरवका मूर्ति

-----श्रीकृष्ण महर्जन 

काठमाडौँबाट सात किलो मिटर दक्षिण पश्चिममा रहेको बाघभैरवको मन्दिर समुद्री सतहबाट एक हजार ४ सय ५ मिटर उचाइमा लम्बाइ ५० मिटर र चौडाइ ३० मिटर क्षेत्रफलमा रहेको चोकभित्र छ । पूर्व–पश्चिम भागमा लाम्चो आकारमा फैलिएको कीर्तिपुर डाँडाको बीच भागमा फैलिएको बाघभैरव मन्दिर यस क्षेत्रमै सर्वाधिक ठूलो र महत्ववपूर्ण मन्दिर हो । मन्दिरको सबैभन्दा माथि ११, बीचमा छ र सबैभन्दा तल एक गरी १८ वटा गजुर छन् । मन्दिरको भुँइतलामा प्राचीन महाभारत र रामायणका दृश्यहरू देख्न सकिन्छ ।

कीर्तिपुरको स्थापना राजा शिवदेव तृतीयले नेपाल संवत् २१९–२४६ (ई सं १०९९–११२६)को बीचमा गरेको गोपाल राज वंशावलीमा उल्लेख छ । कीर्तिपुर नगरको स्थापनासँगै निर्माण भएको मानिने बाघभैरवको मन्दिरको करिब ९०० वर्षको इतिहास रहेको मानिन्छ । बाघभैरव मन्दिरका सम्बन्धमा नेपाल संवत् ६२३ सम्म कुनै अभिलेख पाइँदैन । नेपाल संवत् ६३५ कात्तिक महिनामा पाटनका महापात्र जगतपाल वर्माले उक्त मन्दिरको भव्य जीर्णोद्धार गरिएको पाइन्छ । तत्पश्चात पृथ्वीनारायण शाहले नेपाल उपत्यका जितेको ४३ वर्षपछि नेपाल संवत् ९२३मा रणबहादुर शाहकी धाइआमा हस्तीकलाले बाघभैरवको जीर्णोद्धार गरेको उल्लेख पाइन्छ ।

किंवदन्ती

बाघभैरवको उत्पत्ति सम्बन्धमा कुनै खास प्रमाण फेला नपरे पनि पौराणिक लोककथा एवम् जनश्रुतीअनुसार परापूर्वकालमा हाल मन्दिर भएको ठाउँमा जङ्गल थियो । उत्तरको भिरालो जङ्गलमा भेडाबाख्रा चराउन गएका गोठाला केटाकेटी माटाका विभिन्न मूर्ति बनाउने क्रममा बाघको मूर्ति निर्माण गरे । बाघको मूर्ति बनेपछि त्यलाई सुहाउने जिब्रो बनाउनका लागि पात खोज्न गए । त्यस क्रममा बाघको मूर्तिमा भैरव उत्पन्न भई त्यहाँ भएका भेडाबाख्रा खाइदिएको र पात लिएर फर्कदा आफ्ना भेडाबाख्रा नदेखेपछि उनीहरू रुन कराउन थाले पछि आफूहरूले बनाएको बाघको मूर्तिको मुखमा रगत लतपतिएको देखेपछि त्यही बाघले नै आफ्ना भेडाबाख्रा खाएको भन्दै रिसले मूर्तिमा जिब्रो राखेनन् । पछि मूर्तिमा भगवानको उत्पत्ति भएको भन्दै मन्दिर बनाएर मूर्ति राखे भन्ने किंवदन्ती छ । त्यही किंवदन्तीका आधारमा आजसम्म पनि बाघभैरवको मूर्तिमा जीब्रो नरहेको मानिदै आएको छ ।


ऐतिहासिक एवं सांस्कृतिक रुपमा महत्वपूर्ण मानिएको कीर्तिपुर शहरका वासिन्दा अर्थात कीर्तिपुरवासीको आराध्यदेव वाघभैरबलाई हालसम्म पनि आजु द्यः भन्दै आएका छन् । बाघभैरव क्षेत्र अर्थात चोकलाई स्थानीय दाफा गीतमा धुनी बहि भनी पनि उल्लेख भएको पाइन्छ । 

स्थानीयवासीले अहिलेसम्म पनि गुने र आइथाय् भन्दै आएको सो चोकलाई हाल आएर बाघभैरव क्षेत्रको रुपमा प्रसिद्ध हुँदै आएको छ । बाघभैरबलाई आफ्नो पूर्खाको प्रतिक मान्दै आजु द्यः भन्ने गरिन्छ । नेवार समुदायभित्र हिन्दू र बौद्ध मार्गीहरुले पनि त्यतिकै मान्दै आएको आजु द्यः भनेको नेवार समुदायको पुरुष अर्थात बुबाको प्रतिकको देवता हो । नेवार समुदायले बुबा आमा र गुरुलाई प्रमुख देवताको रुपमा मान्दै आएको पाइन्छ । बुबा अर्थात पुरुष देवताको रुपमा आजु द्यः आमा अर्थात स्त्री देवताको रुपमा अजिमा द्यः र गुरुको रुपमा नासः द्यः अर्थात नाटेश्वरलाई मान्दै आएको पाइन्छ ।

नेपाल भाषामा द्यः भनेको देवता हो । विगतमा आजु द्यःको रुपमा मान्दै आएतापनि पछि आएर आजु द्यःलाई भैरव मान्दै सो मूर्ति बाघको जस्तो देखिएका कारण बाघभैरव भन्न गएको अनुमान गर्न सकिन्छ । बाघभैरव भनेपछि हिन्दू धर्म अनुसार भैरब भनेको महादेवको अर्को रुप भएका कारण महादेवको रुप नै बाघभैरव हो भन्नेहरु पनि नभएको हैन । तैपनि कीर्तिपुरवासीले परम्परादेखि बाघभैरवको विशेष पूजाआजा भाद्र १ गते गर्दै आएतापनि नेपाल संवत् १०७६ विक्रम संवत् २०१३ देखि मात्र खट् जात्रा सुरु गरेको हो । अहिले आएर बाघभैरवको सो जात्रा अत्यन्तै भब्य रुपमा हुन थालेको छ । बाघभैरव जात्राको क्रममा विभिन्न सांस्कृतिक बाजा बजाउदै नगर परिक्रमा गर्ने चलन रहेको छ । पछिल्लो समयमा आएर कीर्तिपुरवासीले बाघभैरव जात्राको समयमा आफन्तहरुलाई बोलाउने समेत गर्न थालेका छन् साथै भोज बनाई आ–आफ्नो परिवारमा खाने समेत गर्न थालेका छन् ।

कीर्तिपुरवासीका लागि मात्र हैन कीर्तिपुर भन्दा बाहिरका समुदायलाई पनि कीर्तिपुरको बाघभैरव जात्रा आकर्षक जात्रको रुपमा परिणत भएको छ । विशेष गरि बाघभैरवको मूर्ति राखी खट जात्रा भन्दा पनि बाघभैरव परिषद्मा एक किसिमको मेला जस्तै लाग्ने र बाघभैरव मन्दिर परिक्रमा गर्ने कार्यलाई भक्तजनहरुले प्राथमिकता दिन थालेका छन् । त्यसेले बाघभैरव जात्राको दिनमा सबै भन्दा रामाइलो क्षेत्र नै बाघभैरव मन्दिर क्षेत्र गुने क्षेत्र हो । जात्राको क्रममा अपरान्हदेखि बाघभैरवको रथ जात्रा सम्पन्न नभए सम्म नै सो क्षेत्रमा भक्तजनहरुको भीड लाग्ने गरिन्छ । अरु दिनको तुलनामा सो दिनमा बाघभैरव परिषद् आकर्षक हुने गरिन्छ ।

जे होस कीर्तिपुरवासीले करिव आधा शताब्दीमा नै 

बाघभैरव जात्रालाई भब्य रुप दिन सफल भएको छ । कीर्तिपुरवासीको आराध्यदेव बाघभैरवको एउटै मात्र नभई तीन वटा छुट्टा छुट्टै मूर्ति रहेका छन् । बाघभैरव मन्दिरमा रहेको भब्य मूर्ति माटोले बनाई र फलाम तामा पितल चाँदी र सुन गरी पाँच धातुबाट बाहिरी स्वरुप दिइएको छ । सो मूर्ति बाघको आकारमा रहेको छ । धर्मावलम्वीहरुले सो मूर्तिलाई नै पूजाआजा गर्ने गरिन्छ ।

बाघभैरव मन्दिरको भुई तल्लामा उत्तर दिशातिर फर्केको सो भब्य मूर्तिलाई दिनदिनै बज्राचार्यहरुले विशेष पूजा गरिसकेपछि मात्र अन्य भक्तजनहरुले पूजा गर्ने गरिन्छ । त्यस्तैगरि बाघभैरव जात्राका लागि बाघभैरव मन्दिरमा रहेको मूर्तिकै आकारमा मुखुन्दो मात्र बनाइएको छ । प्रत्येक वर्षको बाघभैरव जात्रामा सोही मूर्तिलाई खट्मा राखी जात्रा गर्ने प्रचलन रहेको छ । त्यसै गरी बाघभैरवको अर्को मूर्ति किंबदन्ति अनुसार गोठालोले बनाइएको मानिन्छ । सो मूर्ति माटोको र सानो आकारको रहेको छ । केहि दशक अगाडिसम्म पनि कीर्तिपुरवासीले बाघभैरवलाई विशेष पूजा चा पूजा राती गर्ने पूजा गर्ने दिनमा दर्शन गराउने चलन रहेतापनि हाल आएर सुरक्षाका कारण सो मूर्तिलाई अहिले भने दर्शन गर्ने दिइएको छैन ।

सो मूर्तिलाई नै कीर्तिपुरवासीले बाघभैरको बास्तविक मूर्तिको रुपमा लिने गरिन्छ । किंबदन्ती अनुसार बाघभैरवको मूर्ति बनाउने क्रममा गोठालोले बनाएको मूर्तिले भेडा बाख्रा खाएको र जिब्रो राख्न गएको समयमा भएको सो घटनाका कारण गोठालाले माटोको बाघमा पातको जिब्रो समेत नराखेको कारण बाघभैरवको जिब्रो नभएको हो । अहिले कीर्तिपुरको आकर्षक र महत्वपूर्ण जात्राको रुपमा बाघभैरवको जात्रा भएको छ ।


Sunday, August 14, 2022

Easy Hiking, ५० र्औ श्रृंखला कीर्तिपुर पांगादोबाटो देखि टौदह

Easy Hiking, ५० र्औ श्रृंखला कीर्तिपुर पांगादोबाटो देखि टौदह



हिराज्ञान महर्जन

Easy Hiking कीर्तिपुरको आयोजनामा भएको ५० औं श्रृंखला कीर्तिपुर पांगादोबाटोबाट २०७९ श्रावण १४ गते शनिवार विहान ८ बजे सुरु भएको थियो । 

५० औं भनेको आफैमा स्वर्ण उत्सव हो । पांगादोबाटोबाट सुरु भएको हाइकिंग यस पटक स्थानिय क्षेत्रलाई लक्षित गरि आयोजना भएको छ । पांगा दोबाटोबाट सुरु भएको यात्रा नगाउंदोबाटो भई नगाउंको लाक्षि अर्थात केन्द्र भई हिंडेको थियो । बस्तिका मानिसहरुले यस्लाई खुसिका साथ अवलोकन गरेको देखिन्थ्यो । प्राय सवै यात्रीहरुले लगाएका Easy Hike को लोगो भएको Hat, T-Shirt  बाट यात्रामा सुन्दरता थपेको थियो । 

  नगाउंबाट निस्केर पांगा देश तिर जान लाग्दा धेरै वर्ष पहिले जाडो याममा नगाउं र पांगाको बीचको खेतमा दिउंसो गहुं बारीको माटोको डल्लाले हिर्काएर लड्ने ठाउं हुंदै यात्रा अगाडी बढ्यो । अहिले काठमाडौंंं उपत्यका भरि नै सिमेन्टको घर बढ्ने तिब्रता संगै यहां पनि धेरै घर बढेको छ । पर्यावरण फरक भैसकेको छ । त्यसपछि पांगाको सिकुछे हुंदै पदयात्रा लाछि तर्फ अगाडी बढ्यो । पांगाको लाछिबाट दथल तर्फ लाग्दा विचमा रहेका टोलहरु महाब्व, लखु, ढोकाफल्चा खाचो हुंदै दथलसम्म लावालस्कर जोडिएको थियो । दथलबाट जाखा तर्फ पदयात्रा अगाडी लाग्दा कहिं घर कहिं धानबारी अल्टर हुंदै बस्ति बढेको थियो । अहिलेको दशकसम्म आउंदा यस्तो अवस्था छ भने अबको एकदशक पछि यहांको स्वरुप कस्तो होला भनि अन्दाज गरि नसक्नु छ । पदयात्रा अगाडी बढदै जांदा ञंच्वो भन्ने ठाउंमा पुग्यो । ञंच्वो भन्ने स्थान पहिले खेत र वारि थियो ञंच्वो भन्ने स्थान पहिले पहिले लाखेलसिं निस्कने ठाउं भनि प्रख्यात थियो । त्यसैले त्यो वरीपरीको ठाउंलाई लाखेबुं पनि भन्ने गथ्र्यो । विभिन्न कारणले विभिन्न नाम भए पनि उक्त स्थान लासाबुं नामले प्रसिद्ध छ । लासाबुंं पांगाको बस्तिबाट टाढा रहेको थियो तर अहिले घर घडेरिले जोडिएको छ । त्यसपछि पदयात्रा लनगोः भन्ने बस्तिमा पुग्यो । लनगोः भन्ने स्थानमा अहिले होमस्टे तथा रेष्टुरेन्टहरु रहेकोले पर्यटनको सम्भावना धेरै देखिन्छ । त्यसपछिको बस्ति क्वारः रहेको छ । क्वारःको लगतै टौदह आउंछ । टौदह त काठमाडौं उपत्यकाको एक प्रसिद्ध ताल हो । टौदहलाई नेवार भाषामा तदहं भनिन्छ । तदहंको अर्थ ठूलो तलाउ हो । तलाउलाई नेवार भाषामा दहं भनिन्छ । यसै ठूलो तलाउ तदहंबाट डेरिभेसन भै टौदह रहन गएको देखिन्छ । यस दह बारे धेरै वर्णन भैसकेको कुरा जगजाहेर नै छ । 

यसै तदहंको एउटा कर्नरमा काठमाडौंको दक्षिण भेगमा प्रसिद्धि कमाएको कीपू दरबार पार्टी प्यालेस रहेको छ । उक्त पार्टी प्यालेसमा यस पटकको हाइकिंगको स्वर्ण श्रृंखला मनाएको छ । कार्यक्रम भव्यताका साथ व्यवस्था गरिएको थियो । तेश्रो साधारण सभाको कार्यक्रममा बे्रकफास्ट तथा लन्च व्यवस्था गरिएको थियो । कार्यक्रममा मेयर राजकुमार नकर्मि पं्रमुख अतिथि र उपमेयर शुभलक्ष्मी  शाक्य (सुनिता)े विशेष अतिथिको रुपमा आमन्त्रण गरिएको भएता पनि प्रमुख अतिथिको व्यस्तताको कारणले उपस्थित हुन नसकेकोले विशेष अतिथि उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता)को वाहुल्यबाट सुकुन्दामा दीप प्रज्वलन गरि कार्यक्रमको संचालन अशोक भन्सारीको सभापतित्वमा भएको थियो । कार्यक्रममा जेष्ठ हाइकरहरु पुरुष तर्फ वीर बहादुर महर्जन तथा महिला तर्फ पूर्णलक्ष्मी श्रेष्ठलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । गीत, नृत्य तथा मुक्तक सहित कार्यक्रम उल्लासका साथ समापन  भएको थियो । 


Thursday, August 11, 2022

प्रवासका नेपालीहरु आगामी निर्वाचनमा कस्तो परिवर्तन चाहन्छन ?

 प्रवासका नेपालीहरु आगामी निर्वाचनमा कस्तो परिवर्तन चाहन्छन ?


स्थानीय चुनावको समाप्ति सँगै अर्को संसदीय चुनाव प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै चरणमा आगामी मंसिर ४ मा गर्दै गर्दा चर्चित संचारकर्मिहरु, उच्च पदस्थ व्यक्ति नयाँ दल खोल्ने होडवाजी वा चाहना साथै पुराना पार्टीमा बैचारिक सैद्धान्तिक असमानता, पदीय बाँडफाँड, लोभका कारण पछिल्लो समय प¥mन्टलाईनमा आउने मनसाय तिब्र देखिन्छ । नेपालमा विभिन्न राजनीतिक सामाजिक परिवर्तन सँगसँगै विभिन्न चरित्र र चित्रका नेताहरुको आगमन र बहिर्गमनले ठूलो फड्को मा¥यो । समयको माग सँगै देश विकास हुनलाई शिक्षित व्यक्तिलाई राजनीतिमा आउनै पर्छ र नेपाली राजनीतीमा पुस्तान्तरण हस्तान्तरणको बहस पनि नदेखिएको पक्कै होइन ।

तसर्थ अहिलेको वर्तमान राजनीतिक परिवेशलाई हेर्दा यहाँका राजनीतिक दलका प्रायः सबैका अलग अलग एजेण्डा, मुद्दा एवं सत्ता मोहको गंभीर चपेटा रहेका बेला प्रवासमा रहेका नेपालीहरु अब आउने निर्वाचनलाई लिएर के खालको अभिव्यक्ति दिइरहेका छन त ? हामीले उनीहरुको जवाफ खोज्ने प्रयास गरेका छा्

प्रस्तुति ः सचिन्द्र श्रेष्ठ

यो मुख्यःत पुराना राजनीतिक पार्टीप्रतिको वितृष्णा र घृणा हो जनताको ! आपूmले पाँच वर्षका लागि पठाएका जनप्रतिनिधि गरिव जनताको करबाट आफ्नै सेवा सुविधा बृद्धि गर्न उद्दत छन् । यीनीहरु यतिमा मात्र सिमित छैनन पदिय मर्यादाको ख्याल नगरी नीतिगत भ्रष्टाचार, कालो बजारी, ठेक्कापट्टा, तस्करी, बलात्कार जस्ता कानुन हातमा लिई अपराध गरिराखेका छन । 

यसको विकल्पमा अहिलेका हज्जारौं युवापुस्ता देश परिवर्तनको संवाहक बनेर देश दौडाहामा छन् । यसको उदाहरण भर्खरै भएको स्थानिय निकायको चुनावमा काठमाडौं महानगर, धनगढी र धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार भारी मतले विजयी भएर कार्यसम्पादन गरिराखेका छन । मंसिरमा हुने संघिय निर्वाचनमा पनि छुट्टै दल दर्ता वा स्वतन्त्र उम्मेदवार घोषणा गर्ने ट्रेन्डनै चलेको छ । 

देशमा बढेको बेथिति विरुद्ध आवाज उठ्न थालेको छ अहिले सिंहदरवारमा भएको कालो कर्तुत (बेथिति) नागरिकले मोबाईलबाटै विरोध गर्छ र सजक पनि गराउँछ । केहि नेता र उसका टुकडी आफ्नै पार्टीबाट भागबन्डामा चित्त नबुझेर जनता झुक्याउन पुरानो बोतलमा नयाँ बिर्को लगाएझै गरेर केहि जिल्ला दौडाहामा रहेका छन । तिनीहरुलाई हामी जनताले मंसिरमा हुने निर्वाचनमा कहिल्यै उठ्न नसक्ने गरी पल्टाउनुपर्छ । 

आउने संघिय निर्वाचनमा एक निडर, राष्ट्र, राष्ट्रियता र कानुनलाई कार्यान्वयन गर्दै जनतालाई सर्बोपरि ठानी देशलाई समृद्धिको बाटोमा डो¥याउने निडर नेता छान्न जनताले आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्नेछन ।


सजन के.सि. हाल दुबई

     स्थानीय चुनावको समाप्तिसँगै अर्को संसदीय चुनाव आगामी मंसिर ४ मा गर्दै गर्दा चर्चित संचारकर्मिहरु, उच्च पदस्थ व्यक्ति साथ साथै अन्य कैयौं व्यक्तिबाट उमेदवारी घोषणालाई मुख्य त असफल राजनीति, भ्रस्टाचार, कानुन विपरितको काम, नाताबादु कृपाबाद देश विकास नहुनु, बेरोजगार लगायतका धेरै कुरा छन ।

अर्को तर्फ हेर्ने हो भने स्थानीय चुनावमा स्वतन्त्र उमेदवारलाई जनताले गरेको विश्वासले अब जनतामा पनि स्वतन्त्र चेत पसेको बुझ्न गाह्रो छैन यस्ले गर्दा केही गर्न सक्छु भन्ने व्यक्तिलाई हौसला बढेको हुनसक्छ ।

यो हाम्रो जस्तो पिछडिएको समाजको लागि खुशीको कुरा पनि हो नयाँ व्यक्ति वा पार्टी आउनुले पक्कै पनि सकारात्मक प्रभाव राख्ने छ । पुरानोलाई साँच्चिनै दबाब हुने छ भने नयाँले अबसर पाएको खण्डमा केहि गरेर देखाउनु पर्ने भएकोले समाजलाई एक कदम भए पनि अगाडि जान सहयोग हुने अपेक्षा छ ।

अर्जुन आचार्य,  हाल द.कोरिया 

पचास वर्ष भन्दा बढी भइसक्यो यिनीहरुले राजनीतिक गरेको कति पटकसम्म यिनीहरु सत्तामा गए गनेर सकिंदैन अब कति वर्षसम्म एउटै पार्टी उही अनुहारलाई अवसर दिने ? हाम्रो देशमा परिवर्तन परिवर्तन हाम्रै पालामा पालामा सम्भव छ । 

अब यस्ता भ्रष्टाचार, बिचौलिया, बेथिति, विसंगति, विबृति, कुकृति, लाजनीति, कुसंस्कृति, कुरीति, कुशासन, ठगबन्धन, गर्ने यी नेतालाई पत्ता साफ गर्नुको निम्ती... काममा पनि आपूmलाई सक्षम प्रमाणित गर्न सफल हुनुभएको उम्मेदवारलाई जनताले राष्ट्रको सत्तामा पु¥याउनै पर्छ । 

पार्टीको सिद्धान्तर र विचार बोकेर भाषणा गर्दै हिंड्ने रत र व्यवहारमा प्रयोग गर्न नसक्ने, पद र कुर्सीमा बढीनै लिप्त हुने बहुसंख्यक भएका कारण अझै पनि देशले चाहेजति गति लिन सकिरहेको अवस्था छैन । 

त्यसैले सोच बदलौं, भोट बदलौं, भाग्य बदलौं, देशका नेता बदलौं, भ्रष्टलाई फ्याली राम्रोलाई छानौं र भोट दिऔं । होईन भने जीवन भर रुदै  बसौं ।  जय नेपाल जय देश । 


समिर दाहाल हाल फुजिरा 

देशमा हरेक व्यवस्था परिवर्तन हुदैगर्दा , आम सर्वसाधारण नागरिकमा छुट्टै पूकारको आशा जाग्ने गर्दछ । तर, विभिन्न समयमा देशमा विभिनन परिवर्तन हुदै, लोकतन्त्र र गणतन्त्र जस्ता व्यवस्थाले सम्पूर्ण नागरिकलाई लोभ्याउने स्थिति त बनायो । तर, जुन जोगी आएपनि कानै चिरेको जस्तौ अझ हात्ति आयो हात्ति आयो फुस्स जस्ता बनाउँदै आईरहका, राजनीतिक दल लगायत नितका नेताहरुसंग आमजनता वाक्क छन् । 

तसर्थ, जस्ले नयाँ स्वरुपमा आफ्नो दलसंगै केहि खास एजेण्डा जनता समाु पु¥याउने गरेका छन् । त्यस्तै नेताहरुलाई अम जनताले पछ्याउन थालेको परिणामाहरु विगतको स्थानीय तहको निर्वाचनले देखाएको छ । 

जस्तै उदाहरणको लागि बालेन शाह, गोपाल हामाल र हर्क साम्पाङ राई आदि हुन । त्यसैले पनि आगामि मंसिर ४ को संसदीय चुनामा राष्ट्रिमा केहि गरेर देखाउने हुटहुटि हुने साथै चर्चित पत्रकार लगायत उच्च पदस्थ ब्यक्तिहरुकाले नयाँ दल र नयाँ एजेण्डाहरु लिएर जनतासामु पुग्ने होडबाजि वा चाहाना भएको देखिन्छ । 


कृष्ण विक्रम भण्डारी,  हाल साउदी अरब

१२ बर्ष झोला भरि बोकेको किताबले नबुझेको जिन्दगी १२ पानाको पासपोर्टले पुरै जिन्दगी के हो भनेर बुझाएको बेलामा हामी आफ्नो जन्मभूमि छाडेर पराई देशमा दस नंङग्रा खिाउनुको पीडा तितो छ तर अहिलेको चुनावमा दल गत खिचातानि, अहम पनले आजकाल मलाई लाग्छ यो हुटहुटी, चाहाना र होडबाजी आम सचेत नागरिमा हुन स्वाभाविक नै  हो । 

किनकी नेपालमा हाल सम्मको राजनीतिक स्थिरता परम्परागत राजनीतिक शैली, कुनै पनि व्यक्तिमा नेतृत्वदायी भूमिका, असमान विधि र पद्धति, हैकमवादी शासन प्रणाली आदि जस्ता कुराहरुले गर्दा अहिले युवा पुस्तामा यी धारणा र बिचारहरु आउनु स्वभाविक हो जस्तो लाग्छ मलाई । त्यसैले अव आउने नेतृत्व तहले बिचार पु¥याएर र जनताले पनि सही व्यक्ति छानेर नीतिगत तहमा पु¥याउन सके देशकै कोल्टै फेर्नैछ । 


लेखनाथ शर्मा, हाल बेलायत 

दुनियाँमा कुनै पनि देशको राज्यसत्ता उस देशको एकमात्र चाबी हो जस्ले देशलाई कुनै गतिमा, कुनै देशमा अग्रसर गराउने हो भन्ने कुराको एकिन गर्नै पर्छ । हाम्रो देशको परिप्रेक्षमा राज्यसत्ताको संचालन भनेको जनताले आफ्नो मताधिकार प्रयोग गरि पठाएका जनप्रतिनिधिहरुबाट हुने गरेको छ । यस सन्दर्भमा अहिले नेपालमा देखिएको अराजकता, भ्रष्टाचार अनि जनताद्धारा छानिएर गएका जनप्रतिनिधहरुको लाचारीपनले कसैमाथि विश्वास गर्ने ठाउँ नरेहकोले र पार्टी भन्दा ब्यक्ती ठूलो हो भन्ने कुराको एकिन दिलाउन आफ्नो अमुल्य मताधिकार प्रयोग गरि देशलाई नयाँ विकासको मार्गमा अग्रसर गराउन सक्ने नेतृत्वको खोजिमा चर्चित संचारकर्मी, उच्च पदस्थ व्यक्ति अनि सैद्धान्तिक र वैचारिक मतभेद राख्ने ब्यक्तिहरुप्रति जनताको आकर्षक बढेको र पुराना पार्टी प्रतिको वितृष्णालाई समाप्त पार्नका लागि यो होटबाजी चलेको देखिन्छ । 

अर्जुन शर्मा पौडेल, हाल भारत

आजित भएर दलहरुसंग आक्रोशित जनताले भर्खर मात्र सकिएको स्थानीय निर्वाचमा राम्रो आक्रस पोखेको देख्न सकिन्छ । जसको उदाहरण हुन काठमाण्डौ महानगरपालिकामा मेयर बालेन्द्र साह र धरान उपमहागनरपालिकाका हर्क साम्पाङ राई लगायतका विभिन्न स्वतन्त्र उम्मेदवारहरुको विजयी यात्रा, जनतामा राजनीतिक दलप्रति वितृष्णा लागेको सहजै महसुस गर्न पाइन्छ । अव आउदै गरको मंसीर ४ गतेको संसदीय चुनावमा चर्चित संचारर्मि, उच्च पदस्थ ब्यक्ति र आफ्नो पार्टीमा भागबण्डा नमिलेर नयाँ दल गठन गरी निर्वाचनमा होमिनेको लामो लर्को छ । जनताले नेपालमा प्रत्येक बहुदलीय नेताहरुलाई निर्वाचित गरेर हेरी सके अव नयाँ जोश जागर र दलीय पद्धति बाहिरका भ्रष्टाचार विरोधी राष्ट्रलाई निस्वार्थ माया गरी विकास गर्ने खालका ब्यक्तिहरुको चुनावी एजेण्डा हेरी मतदान गर्नेछन् भन्ने लागेको छ । अझ पनि पार्टीका झोला र पार्टीलाई सहयोग गर्ने गुण्डाहरुलाई खान दिई अव पनि भष्टाचार गर्नेहरुलाई मतदान दिन भनेको आफ्नो घर खेत अनि रगत पसिना दिए सरह हो तसर्थ यसपालीको निर्वाचन देशप्रेमी युवालाई मतदान । समय आएको छ बेलैमा होस पु¥याउ र देश विकास मद्दत गरौं । 

प्रेम खडका,  हाल जापान 

Thursday, August 4, 2022

कीर्तिपुर नगरपालिकामा गठीत विभिन्न समितिहरु

 कीर्तिपुर नगरपालिकामा गठीत विभिन्न समितिहरु

कीर्तिपुर नगर खेलकुद समिति
क) नगर प्रमुख–संयोजक, 

ख) उप प्रमुख–सदस्य, 

ग) प्रमुख प्रशासकीय अधिकृत–सदस्य, 

घ) नगर प्रमुखद्वारा मनोनित खेलक्षेत्र सम्बद्ध क्लब, संघ, संस्थाका व्यक्तिहरु मध्येबाट प्रत्येक वडाबाट १/१ जना–सदस्य 

ङ) नगर प्रमुखद्वारा मनोनित नगरभित्रका खेलक्षेत्र सम्बद्ध व्यक्तिहरु मध्येबाट ५ जना–सदस्य, 

च) नगर प्रमुखद्वारा मनोनित सामाजिक एवं शैक्षिक क्षेत्रका व्यक्तिहरु मध्येबाट २ जना–सदस्य, 

छ) सामाजिक विकास शाखा प्रमुख–सदस्य सचिव

 संस्कृति तथा पर्यटन समिति

संयोजक ः नरेश महर्जन (१० नं.वडा अध्यक्ष), 

सदस्य ः सिजन महर्जन, 

दिल कुमार शाही, 

सहनशिला महर्जन, 

सदस्य सचिव ः सामाजिक विकास शाखा प्रमुख

संस्थागत तथा सुशासन समिति

संयोजक ः दिनेश श्रेष्ठ (९ नं. वडा अध्यक्ष 

सदस्यः रजित महर्जन, 

दुर्गालाल माली, 

मन्जु परियार, 

सदस्य सचिव प्रशासन शाखा प्रमुख

भौतिक पुर्वाधार समिति

संयोजक ः राजेन्द्र महर्जन (५ नं. वडा अध्यक्ष) 

सदस्य ः कान्छा महर्जन, 

सदस्य ः अनिल बास्कोटा, 

सदस्यः प्रमिला सुनाम, 

सदस्य सचिव ः योजना तथा प्राविधिक शाखा प्रमुख

विधायन समिति ः

संयोजक ः दिवाकर अधिकारी (७ नं वडा अध्यक्ष) 

सदस्यः दिनेश चन्द्र दाहाल, 

सुदन महर्जन, 

रामदेवी महर्जन, 

सदस्य सचिव ः कानुन शाखा प्रमुख

लेखा समिति

संयोजक ः श्याम कुमार अधिकारी ( ४ नं.वडा अध्यक्ष), 

सदस्य ः सुनिल सुवाल, 

अशोक महर्जन, 

दुर्गा रम्तेल, 

सदस्य सचिव ः आन्तरिक लेखा परीक्षण शाखा प्रमुख

आर्थिक विकास समिति

संयोजक ः सुबिन्द्र महर्जन (३ नं.वडा अध्यक्ष, 

सदस्यः दिल बहादुर महर्जन, 

राम कुमार महर्जन, 

सरस्वती ज्ञवाली, 

सदस्य सचिव ः राजश्व शाखा प्रमुख

सामाजिक विकास समिति

संयोजक ः सानुमैंया महर्जन (८ नं.वडा अध्यक्ष) 

सदस्यः हरेराम महर्जन, 

विनोद के.सि., 

उमा महर्जन, 

सदस्य सचिव ः स्वास्थ्य शाखा प्रमुख

वन वातावरण, विपद व्यवस्थापन समिति

संयोजक ः हिरालाल महर्जन (१ नं.वडा अध्यक्ष) 

सदस्यः नन्दलाल महर्जन, 

नेत्र बहादुर भट्टराई, 

मानदेवी महर्जन, 

सदस्य सचिव ः विपद् व्यवस्थापन शाखा प्रमुख

कीर्तिपुर नगर शिक्षा समितिमा को को छन ?

 कीर्तिपुर नगर शिक्षा समितिमा को को छन ?

नगर शिक्षा समिति ः

संयोजक ः नगर प्रमुख राजकुमार नकर्मी, 

सदस्य ः प्रा. डा. राम कृष्ण महर्जन, 

प्रा. डा. धर्मराज डंगोल, 

शान्त भक्त महर्जन (वि.व्य.अ.) 

दिनेश श्रेष्ठ (९ नं. वडा अध्यक्ष), 

सुजाता सुनाम (कार्यपालिका सदस्य) 

बद्री खनाल, 

पुष्प सिं थापामगर (सा.वि.प्र.अ), 

श्याम सुन्दर महर्जन (सा.शै.गु.प्र.अ), 

रबि भण्डारी (प्याब्सन नगर अध्यक्ष), 

राजेन महर्जन, 

सरला प्रधान, 

सदस्य सचिव ः शिक्षा शाखा प्रमुुख