Sunday, August 14, 2022

Easy Hiking, ५० र्औ श्रृंखला कीर्तिपुर पांगादोबाटो देखि टौदह

Easy Hiking, ५० र्औ श्रृंखला कीर्तिपुर पांगादोबाटो देखि टौदह



हिराज्ञान महर्जन

Easy Hiking कीर्तिपुरको आयोजनामा भएको ५० औं श्रृंखला कीर्तिपुर पांगादोबाटोबाट २०७९ श्रावण १४ गते शनिवार विहान ८ बजे सुरु भएको थियो । 

५० औं भनेको आफैमा स्वर्ण उत्सव हो । पांगादोबाटोबाट सुरु भएको हाइकिंग यस पटक स्थानिय क्षेत्रलाई लक्षित गरि आयोजना भएको छ । पांगा दोबाटोबाट सुरु भएको यात्रा नगाउंदोबाटो भई नगाउंको लाक्षि अर्थात केन्द्र भई हिंडेको थियो । बस्तिका मानिसहरुले यस्लाई खुसिका साथ अवलोकन गरेको देखिन्थ्यो । प्राय सवै यात्रीहरुले लगाएका Easy Hike को लोगो भएको Hat, T-Shirt  बाट यात्रामा सुन्दरता थपेको थियो । 

  नगाउंबाट निस्केर पांगा देश तिर जान लाग्दा धेरै वर्ष पहिले जाडो याममा नगाउं र पांगाको बीचको खेतमा दिउंसो गहुं बारीको माटोको डल्लाले हिर्काएर लड्ने ठाउं हुंदै यात्रा अगाडी बढ्यो । अहिले काठमाडौंंं उपत्यका भरि नै सिमेन्टको घर बढ्ने तिब्रता संगै यहां पनि धेरै घर बढेको छ । पर्यावरण फरक भैसकेको छ । त्यसपछि पांगाको सिकुछे हुंदै पदयात्रा लाछि तर्फ अगाडी बढ्यो । पांगाको लाछिबाट दथल तर्फ लाग्दा विचमा रहेका टोलहरु महाब्व, लखु, ढोकाफल्चा खाचो हुंदै दथलसम्म लावालस्कर जोडिएको थियो । दथलबाट जाखा तर्फ पदयात्रा अगाडी लाग्दा कहिं घर कहिं धानबारी अल्टर हुंदै बस्ति बढेको थियो । अहिलेको दशकसम्म आउंदा यस्तो अवस्था छ भने अबको एकदशक पछि यहांको स्वरुप कस्तो होला भनि अन्दाज गरि नसक्नु छ । पदयात्रा अगाडी बढदै जांदा ञंच्वो भन्ने ठाउंमा पुग्यो । ञंच्वो भन्ने स्थान पहिले खेत र वारि थियो ञंच्वो भन्ने स्थान पहिले पहिले लाखेलसिं निस्कने ठाउं भनि प्रख्यात थियो । त्यसैले त्यो वरीपरीको ठाउंलाई लाखेबुं पनि भन्ने गथ्र्यो । विभिन्न कारणले विभिन्न नाम भए पनि उक्त स्थान लासाबुं नामले प्रसिद्ध छ । लासाबुंं पांगाको बस्तिबाट टाढा रहेको थियो तर अहिले घर घडेरिले जोडिएको छ । त्यसपछि पदयात्रा लनगोः भन्ने बस्तिमा पुग्यो । लनगोः भन्ने स्थानमा अहिले होमस्टे तथा रेष्टुरेन्टहरु रहेकोले पर्यटनको सम्भावना धेरै देखिन्छ । त्यसपछिको बस्ति क्वारः रहेको छ । क्वारःको लगतै टौदह आउंछ । टौदह त काठमाडौं उपत्यकाको एक प्रसिद्ध ताल हो । टौदहलाई नेवार भाषामा तदहं भनिन्छ । तदहंको अर्थ ठूलो तलाउ हो । तलाउलाई नेवार भाषामा दहं भनिन्छ । यसै ठूलो तलाउ तदहंबाट डेरिभेसन भै टौदह रहन गएको देखिन्छ । यस दह बारे धेरै वर्णन भैसकेको कुरा जगजाहेर नै छ । 

यसै तदहंको एउटा कर्नरमा काठमाडौंको दक्षिण भेगमा प्रसिद्धि कमाएको कीपू दरबार पार्टी प्यालेस रहेको छ । उक्त पार्टी प्यालेसमा यस पटकको हाइकिंगको स्वर्ण श्रृंखला मनाएको छ । कार्यक्रम भव्यताका साथ व्यवस्था गरिएको थियो । तेश्रो साधारण सभाको कार्यक्रममा बे्रकफास्ट तथा लन्च व्यवस्था गरिएको थियो । कार्यक्रममा मेयर राजकुमार नकर्मि पं्रमुख अतिथि र उपमेयर शुभलक्ष्मी  शाक्य (सुनिता)े विशेष अतिथिको रुपमा आमन्त्रण गरिएको भएता पनि प्रमुख अतिथिको व्यस्तताको कारणले उपस्थित हुन नसकेकोले विशेष अतिथि उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता)को वाहुल्यबाट सुकुन्दामा दीप प्रज्वलन गरि कार्यक्रमको संचालन अशोक भन्सारीको सभापतित्वमा भएको थियो । कार्यक्रममा जेष्ठ हाइकरहरु पुरुष तर्फ वीर बहादुर महर्जन तथा महिला तर्फ पूर्णलक्ष्मी श्रेष्ठलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । गीत, नृत्य तथा मुक्तक सहित कार्यक्रम उल्लासका साथ समापन  भएको थियो । 


No comments:

Post a Comment