Tuesday, August 30, 2022

चुनावी चिया गफ —काठमाडौं क्षेत्र नं.१० मा कसको पलडा भारी छ ?

 चुनावी चिया गफ —काठमाडौं क्षेत्र नं.१० मा कसको पलडा भारी छ ?

आउने मंसिर ४ गते संघ र प्रदेशको एकैचोटि संसदीय चुनावको घोषणा भएसँगै चुनावी गफ सुरु हुन थालेका छन । पाँच दलिय गठबन्धनको तर्फबाट वर्तमान सांसद राजेन्द्र कुमार के.सि.ले टिकट पाउने पक्का पक्की जस्तै छ । तर कसै कसैले माओवादीका अन्जना बिसंखेले पनि क्षेत्र नं.१० को टिकट दावी गरिरहेको बजारमा हल्ला छ ।  गठबन्धनमा २०७४ सालमा जसले जहाँबाट जितेको हो, उसलाई त्यही ठाउँमा टिकट दिने भन्ने नीति रहेको जानकारीमा आएको छ । त्यस अनुसार नेपाली कांग्रेसको टिकटमा राजेन्द्र कुमार के.सि.ले नै टिकट पाउने पक्का छ । अहिले बजारमा के उहाँले अब हुने चुनावमा जितेर ह्याट्रिक गर्न सक्छ कि सक्दैन भन्ने कुरा उठन थालेका छन । कोही भन्छ उहाँले अवश्य जित्ने छ । कोही भन्छ यसपाली उहाँले जित्न सक्नु हुन्न । अनि उहाँको विकल्पमा को हो त उम्मेदवार ?


कसैले भन्छ स्वतन्त्र उम्मेदवार आउँछ, कहाँबाट आउँछ ? त्यो भने कसैले भन्न सकेका छैनन् । अर्को तर्फ नेकपा एमालेको तर्फबाट सुरेन्द्र मानन्धरको नाम आउन थालेको छ । बालुवाटारले उहाँलाई टिकट दिन्छ कि दिंदैन सो भन्न सकिने अवस्था छैन । एमालेकै तर्फबाट फेरि निवर्तमान नगर प्रमुख रमेश महर्जनको नाम पनि आइरहेको छ । विपक्षीमा जसको नाम आए पनि अहिलेसम्म नेपाली कांग्रेसका राजेन्द्र कुमार के.सि.कै पलडा भारी देखिन्छ ।

२०७४ सालको संसदीय चुनावमा राजेन्द्र कुमार के.सि.ले २४१९०, वाम उम्मेदवार हितमान शाक्य २१९०७ पाउनु भएको थियो । जसमा जम्मा २२८३ मतको फरक थियो । त्यतिबेला तराजु छाप प्रदीप ढकालले २००३ मत कृष्ण कुमार श्रेष्ठ मालेबाट १७५७ मत पञ्चलाल महर्जन ११९५ र प्रणय सिंहले ९२७ मत पाएको थियो । तत्कालिन अवस्थामा नेकपा एमाले र माओवादी चुनावी गठबन्धन गरेर माओवादीलाई सिट दिएको थियो । त्यतिबेला त राजन के.सि.लाई हराउन सकेन भने अहिले के हराउन सक्ला र ? किनकी अहिले नेपाली कांग्रेस र माओवादी चुनावी गठबन्धनमा छ ।

अहिलेको स्थानीय निर्वाचनको आधार लिने हो भने काठमाडौं क्षेत्र नं.१० मा नेपाली कांग्रेस २४६७५ मत, एमाले १८८३८ मत फरक मत ५८३७ छ । माओवादी ४९४२, राप्रपा २४९६ र नेकपा एसको १३४२ मत आएको छ । माथिको तालिका अनुसार एमाले र माओवादी मिले पनि ने.कालाई हराउन सक्दैन । राप्रपा या एस मिले भने मात्र केही मुस्किल हुन सक्छ । गठबन्धनलाई एमाले र राप्रपा मिले पनि हराउन सक्दैन ।

वर्तमान सांसद राजन के.सि.ले विकास प्रेमी सांसदको नाममा प्रख्याती कमाई सकेका छन । कुनै क्षेत्र, वर्गको विभेद नगरी उहाँले सांसद भौतिक विकास कोषलाई समानुपातिक ढंगले विकास निर्माणमा सघाउनु भएको छ ।

कीर्तिपुर सन्देश संयुक्तांक ५६० भाद्र ८ गते बुधवार प्रकाशित


No comments:

Post a Comment