Saturday, July 9, 2022

ओझेलमा परेको ख्यालि द्यः फल्चा पुनः निर्माण गर्न क्षमा पुजा

 ओझेलमा परेको  ख्यालि द्यः फल्चा पुनः निर्माण गर्न क्षमा पुजा


कीर्तिपुर नगरपालिका वडा नं.२ क्वाच्वमा उमा महेश्वर मन्दिर जाँदा बीच बाटोमा रहेको सानो मन्दिर लक्ष्मी नारायणको मुर्ति रहेको मन्दिर हो । उक्त मूर्तिलाई ख्याली द्यः भन्ने मान्यता रहेको थियो । उक्त मन्दिरलाई बीच भागमा राखेर नेवाः परम्परागत फल्चा (पाटी) पुनः निर्माण गर्न लागेको छ । नेवाः परम्परामा कुनै पुनःनिर्माण गर्दा क्षमा पुजा गर्ने चलन रहेको छ । उक्त फल्चा पुनःनिर्माण गर्न अमेरिकन राजदूतावासले रविन्द्र पुरि फाउण्डेशन मार्फत १ करोड ४४ लाख सहयोग गरेको छ ।

गत आषाढ १६ गते बिहिबार आयोजना गरिएको क्षमा पुजामा सरिक हुन अमेरिकन राजदूत राण्डि बेरी कीर्तिपुर आउँदा चिथूमा स्वागत सत्कार गरी विभिन्न सांस्कृति बाजागाजासहित ¥यालीको रुपमै क्वाःच्व ल्याएको थियो । अमेरिकन राजदूत क्रिश्चियन भएकोले उहाँले टीका लगाउनु हुन्छ कि हुन्न भन्ने मानिसहरुको कौतुहलता थियो । बज्राचार्य गुरु विजय बज्राचार्यले मन्त्रोच्चारण गर्दै पहिले कालो मोहनि टिका अनि रातो टिका लगाई दिनु भयो । राजदूत राण्डि बैरीले इन्कार नगरीकन हाँसी खुसी स्विकार्नु भयो । पूजा पछि भएको औपचारिक कार्यक्रममा ख्याली द्यः संरक्षण गुथिको अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको थियो । 

उक्त कार्यक्रमको प्रमुख अतिथिमा मेयर राजकुमार नकर्मी, विशेष अतिथि अमेरिकन राजदूत राण्डी बैरी, उपमेयर शुभलक्ष्मी शाक्य, पुरातत्व विभागका निर्देशक दामोदर गौतम, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश श्रेष्ठ, आर पी फाउण्डेशनका रबिन्द्र पुरी हुनुहुन्थ्यो । 

रबिन्द्र पुरीले स्वागत मन्तव्य दिने क्रममा कीर्तिपुरको ऐतिहासिक सांस्कृतिक पक्षको बारे उजागर गर्नु हुँदै सन् २००८ मा नै कीर्तिपुरलाई विश्व सम्पदा सुचीमा सुचिकरण गर्न प्रयास गरिएको थियो तर हालसम्म पनि सो पुरा भएको छैन । यो ख्याली द्यः फल्चाले त्यसमा एउटा कोसे ढुंगा थप्ने आशा व्यक्त गर्नुभयो । 

मेयर राजकुमार नकर्मीले पृथ्वी नारायण शाहले कीर्तिपुर युद्धमा आपूmले व्यहोर्नु परेको क्षतिको बदला लिन कीर्तिपुरेहरुको नाक कान काटियो । कीर्तिपुरका लायकू दरवार पनि ध्वस्त बनायो । त्यसैले कीर्तिपुरमा लायकु छ तर दरवार छैन, दरबारभित्र हुनुपर्ने केही पनि छैन । अहिले कीर्तिपुरलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरी कानुन पनि बनिसकेको छ । त्यसलाई पूर्ण रुपमा पालना गर्नेतिर लाग्छौं । कीर्तिपुरलाई विश्व सम्पदा सूचिमा राख्न त्यतिकै त गाहै्र होला । लबिंग गर्नु पर्छ । कीर्तिपुरलाई विश्व सम्पदा सूचिमा राख्नको लागि लबिंग गरिदिनुहुन अमेरिकन राजदूतसँग अनुरोध गर्नुभयो । 

अमेरिकन राजदूत राण्डी बैरीले नेपाल अमेरिकाको दौत्य सम्बन्ध भएको ७० वर्षको इतिहासमा थुपै्र सम्पदाहरुको पुनःनिर्माण या जिर्णोद्धार गरिसकेका छौं । ख्याली द्यः पुनः निर्माणको लागि सहयोग गर्न पाउँदा हामी खुशी भएका छौं । 

कार्यक्रमका सभापति नारायण महर्जनले ख्याली द्यः बारे जानकारी दिने क्रममा सन् १८५५ मा यमिाष्भमि ले लेखिराखेको एउटा चित्रमा उमामहेश्वर मन्दिरको मुनि ख्याली द्यः भएको प्रष्टै देखिन्छ । यो ख्याली द्यः फल्चा पुनः निर्माण गर्नको लागि RP Foundation को माध्यमबाट अमेरिकन राजदूतवासबाट १ करोड ४४ लाख सहयोग गरेको बताउनु भयो । कार्यक्रम पछि समयबजिको आयोजना गरिएको थियो । जुन अमेरिकन राजदूतले बडो स्वाद मानी मानी खानु भयो ।


ख्याली द्यः संरक्षण गुठीका अध्यक्ष नारायण महर्जनको ख्याली द्यः सम्बन्धि धारणा यस प्रकार छ ।

कीर्तिपुर एक सांस्कृतिक, सम्पदाले भरिपूर्ण एक सुन्दर नगर हो । यहाँ धेरै प्रख्यात मन्दिर, पाटीपौवा, पोखरी, बाहा बही, दरबार आदि व्यवस्थित बस्ती रहेको स्थान हो । सन १७६७ ताका तथा आजभन्दा २५५ वर्ष पहिला पृथ्वीनारायण शाहले आक्रमण गरे पश्चात यहाँका धेरै सम्पदाहरु ध्वस्त गरेको तथा प्राकृतिक विपतिले पनि नष्ट भएको कुरा उल्लेख भएको पाईन्छ । 

त्यस्तै Oldfield ले सन १८५५ मा लेखेको एक चित्रमा यसै उमामहेश्वर मन्दिरको मुनिको ख्यालि द्यो रहेको प्रष्ट देखिन्छ । तर विभिन्न काल खण्डमा यो मन्दिरको भुईंतल्ला र लक्ष्मीनारायणको मूर्ति मात्र बाँकी रहेको देखिन्छ । यो मन्दिरको विशेषता भनेकै ख्यालि अथवा युवाले युवती र युवतीले युवालाई पे्रम गर्नु परेमा यो मन्दिरको दर्शन, पूजा गरेमा आत्मबल बलियो भई प्रेमको प्रस्ताव राख्न सकिने आँट आउने गर्छ अथवा आफुले चिताएको पति या पत्नी प्राप्त हुन्छ । साथै पहिला पहिला ख्यालि रातको समयमा जाने गर्दथ्यो । 

त्यसबेला बिजुली बत्ती नहुँदा भूतप्रेत ख्याक लगायत विभिन्न दोबाटोमा तर्साउने गरेको कुरा बुढापाकाहरुबाट सुन्न पाईन्छ । तर यो देवताको दर्शन गरेपछि त्यस्तो भत, प्रेतले सताउन सक्दैन भन्ने जनविश्वास छ । 

कहिलेकाहिं घरमा विवाह गर्न योग्य भइसकेका छोराछोरीहरु हुन्छन तर जीवनसाथी खोज्न नसकिरहेका हुन्छन् त्यस्तो बेला घरबाट किसलिं (माटोको भाँडो जस्मा चामल, सुपारी, पैसा राखेको हुन्छ) चढाएमा तुरुन्तै योग्य वर बधु पाइने कथन पनि सुन्न पाईन्छ । यस्तै चाखलाग्दा प्रेम सम्बन्धी कुराहरु सुन्न पाइन्छ । त्यसकारण यस मन्दिरलाई ख्यालि द्यो अथवा Love God भनिएको हो । 

यस्तो महत्व बोकेको हाम्रो गौरवको सम्पदालाई पुनरुत्थान गर्न सहयोगको भूमिका खेल्ने RP Foundation तथा आर्थिक सहयोग गर्नु हुने अमेरिकी राजदूतावास तथा प्रशासनिक हिसावले सहज भूमिका खेली दिनुहुने कीर्तिपुर नगरपालिकालाई हामी टोलवासीको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौं ।

यो देवताको अर्को महत्वपूर्ण पक्ष भनेको हाथु हायकेगु हो । यो भनेको समयवजी पूर्णिमाको दिन यस मन्दिरमा सम्पूर्ण टोलबासीहरु आई हाथु द्योको मुखबाट जाँड प्रसादको रुपमा खसाल्ने चलन पनि छ । यो एउटा अमूर्त Intangible सम्पदा हो जसलाई हामी यसै गुथिबाट यो परम्परालाई पुनः जिवित गर्ने प्रयासमा जानेछौं । यो मन्दिर निर्माण पश्चात कीर्तिपुरको गौरवपूर्ण इतिहासको अर्को एक मुर्त, अमूर्त सम्पदा थपी यहाँको आन्तरीक तथा बाह्य पर्यटन गतिविधिमा थप टेवा पुग्ने नै छ । 

यस्तै अन्य सम्पदाहरु पनि निर्माण गरेर काठमाडौंमा आउनु हुने आन्तरिक तथा बाह्य पर्यटकलाई कीर्तिपुर एक पटक घुम्नै पर्ने ठाउँ रहेको भन्ने अनुभूति दिलाउने पनि हो । यो कीर्तिपुर डाँडा वि.सं.२०७२ सालको भुकम्पले कम मात्र क्षति भएको एउटै चटानले बनेको काठमाडौंको उच्च स्थानमा रहेको प्रदुषणरहित अति मिलनसार मानिसहरु बसोबास गरेको ठाउँ हो । 

अतः यस क्षेत्रलाई हरेक हिसाबले एक नमूना वस्ती बनाउने हाम्रो सोंच रहेको कुरा पनि यहाँ व्यक्त गर्न चाहन्छु । आजको यो क्षमा पुजा तथा पुनः निर्माण कार्यलाई सुरु गर्न पहिले पहल गर्नु हुने पूर्व मेयर तथा उपमेयर र सिंगो कीर्तिपुर नगरपालिका परिवारलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु ।

आषाढ १६ गते बिहिबार कीर्तिपुर 


No comments:

Post a Comment