Friday, July 8, 2022

४.दिमागको खेल ....सुनकुमार अवाल, चांगुनारायण–१, भक्तपुर

 दिमागको खेल ....सुनकुमार अवाल, चांगुनारायण–१, भक्तपुर



सेवा नै धर्म हो, निर्धा निमुखा जनताहरुको दुःखेसो सार्वजनिक गर्ने मानविय कर्म हो । बरिष्ठ मेकअप आर्टिष्ट सुनकुमार अवाल संगको छोटो संवाद —प्रस्तोता पवन जोशी

१. के छ तपाईंको नयां नौलो खवर ?

—२०४४ सालदेखि विभिन्न टेली चलचित्र र गीतहरुमा श्रृगार कर्मलाई आजको दिनसम्म निरन्तरता दिंदैछु । मैले सर्व प्रथम प्रहरि अनुरोध टेली श्रृखलाबाट श्रृगार विधालाई आत्मा गर्दै सुरुवाट गरेको थिएँ । भरखरै एउटा गीत गाजलू खाँखा गीतमा काम गरें, अहिले स्मृत न्यूज सर्भिस र संकल्प नेपाल टेली भिजनमा रिपोर्टर रुपमा काम गर्दै छु ।

२.श्रृगार र पत्र कारितामा के भिन्नता पाउनु भयो ?

—वास्तवमा दुवै विधालाई इमान्दारीका साथ सकारात्मक भुमिका निभाउँदै छु । कलाकारहरुलाई चरित्र अनुसारको श्रृगार र सत्य तथ्य घटनाहरु जनता सम्म उजागर गर्दै चेतना मुलक निष्पक्ष पत्रकारिता गर्दै छु ।

३.चलचित्र क्षेत्रमा विर्सिन नसक्ने कुनै घटना ?

—नेपालमा अहिलेसम्म कुने पनि मेकअप आर्टिष्टले नगरेको काम मैले गरेको छु । टेलिचलचित्र अठोटको द्वनद सुटिङ्ग गर्दैै थिएँ रगत सकियो त्यो बेला आफ्नै औला चिरेर स्व.बरिष्ठ अभिनेत्री सुशिला रायमाझी दिदीलाई छुरा रोपेको घाउमा मेरो रगत राखेर सुटिङ्ग सकाएँ ।

४.केटी कलाकारलाई घण्टी मेकअप गरिन्छ के यो सांचो हो ?

—चरित्र अनुसारको मेकअप गरिने हो ढिलो छिटो हुन सक्छ, मैले आजसम्म केटा र केटीमा विभेद गरेको छैन । सधै नाट्यस्वर सम्झेर मेकअप गर्छु वस ।

५.आइटम डान्सको नाउँमा अर्धनग्न अश्लील नृत्य देखाछ भन्ने जन गुनासो छ तपाईं के भन्नु हुन्छ ?

—दर्शकहरुको सोंचमा निर्भर हुने कुरा हो, फरिया चोलो लगाएर स्वीमिङ्ग पुलमा नुहाउँदैन । मात्र सिनलाई भन्दा कथा वस्तु बुझ्न जरुरी छ । त्यो सब दिमागको खेल हो, कल्पनाको सागर हो ।

६.कसको प्रेरणाले श्रृगार विधा तर्फ लाग्नु भयो ?

—श्रद्धय् गुरु सन्तु तामाङ्ग स्व.गुरु इन्द्र लामा र गुरु अशोक रोक्का वहांहरुले नै मलाई यो क्षेत्रमा आउन प्रेरणा दिनु भएको थियो । वहांहरु प्रति हार्दिक नमन ।

७.तपाईंको नौलो कार्य योजना ?

—बरिष्ठ नायक आदरणीय कृष्ण मल्लज्यूको निर्देशनमा निर्माणाधिन टेली चलचित्रमा मेकअप आर्टिष्टको रुपमा अनुबन्धित भैसकेको छ । २८ वर्षको अनुभवलाई उक्त टेली चलचित्रमा नयां नौलो प्रविधिबाट श्रगार कर्म गर्छु ।

८.तपाईंको लक्ष्य ?

— जनसेवा प्रहरीबाट अवकाश प्राप्त भयो । मैले जानेको समाजलाई सकारात्मक सन्देश दिने सबै काम गर्छु ।

९.पत्रकारीतामा कुन विषयलाई फोकोस गर्नु हुन्छ ?

—पिछडीएका जनताहरुको हकहित र अधिकारको निम्ति सकारात्मक भुमिका खेल्छु । जनसेवामा निरन्तर कर्म गर्दै अगाडी बढ्छु ।

१०.अन्तमा ?

—आदरणीय मिलनसार कलाकार दाजु रवि खड्का ज्यूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै मनका कुराहरु पाठकहरु सम्म पु¥याई दिनु भएकोमा कीर्तिपुर सन्देश साप्ताहिक परिवार प्रति न्यानो अभिवादन 



प्रस्तोता पवन जोशी 


No comments:

Post a Comment