Friday, July 8, 2022

कीर्तिपुर खेलमैदानमा रिटेनिङ वाल निर्माण बारे छानविन

 कीर्तिपुर खेलमैदानमा रिटेनिङ वाल निर्माण बारे छानविन




कीर्तिपुर नगरपालिका वडा नं.१० नयाँबजार खेलकुद मैदानलाई प्याराफिटसहितको फुटवल खेल मैदान बनाउन मैदानको दक्षिणतिर तलदेखि रिटेनिङ वाल निर्माण गरी खाली ठाउँमा माटोले पुर्ने योजना निवर्तमान मेयर रमेश महर्जनको अन्तिम समयमा काम थाल्नी भएको थियो । खेल मैदानको सतह अलि कम बनाउन खेल मैदानको विचमा खाल्डो पनि बनाए ।

यसपाली मनसुन अलि चाँडै सुरु भएका कारण काम पुरा नहुँदै पानी पर्न थाल्यो । खनिएको खाल्डोमा पानी भर्न थाल्यो । एक रात रातभर परेको पानीले तर आरसिसि रिटेनिङ वाल भत्क्यो अथवा विचमै चिरा प¥यो । 



एक ठाउँमा रिटेनिङ वालको बेसमेन्ट नै तलतिर घुस्क्यो । यस कुराले सारा कीर्तिपुरमा चर्चा भयो । यसो हुनुमा दोष कसको भन्ने सवाल उठन थालेपछि नव निर्वाचित मेयर राजकुमार नकर्मिले एउटा छानविन समिति बनाउनु भयो । 



वडा नं.९ का वडा अध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति बनायो । 

अन्य सदस्यहरुमा वडा नं.१० का वडा अध्यक्ष नरेश महर्जन, 

ई.बरुण के.सी, 

ई.विजय कुमार महर्जन, 

युजिना महर्जन, 

समन महर्जन 

सदस्य सचिव ब.ई.कृष्णभोला महर्जन रहनु भएको छ ।



छानविन समितिले छानविन प्रतिवेदन गत आषाढ २० गते कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मिको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की समक्ष हस्तान्तरण गरियो । 

प्रतिवेदन बुझन हुँदै प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले अब आउने नगर कार्यपालिकाको बैठकमा पेश गर्ने जानकारी दिनुभयो । मेयर रराजकुमार नकर्मीले आउने शुक्रवार कार्यपालिकाको बैठकमा राखेर छलफल पछि निर्णय र प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिइयो । 

छानविन आयोगले प्रतिवेदन बुझाएको समाचार सामाजिक सञ्जालमा आउने वितिकै निर्माण व्यवसायी प्रतिनिधिको रुपमा आयोग सामेल गरिएका समन महर्जनले आफनो असहमति व्यक्त गर्नु भयो । 

उहाँलाई आयोगमा नियुक्ति दिएको पत्र पाए पनि कहिल्यै बैठकमा बोलाइएन, आपूm उपस्थित हुन पाएन । त्यसैले यो आयोगको निर्णय र काम प्रति आपूm जिम्मेवार नरहेको जनाउनु भएको छ ।


No comments:

Post a Comment