Saturday, February 26, 2022

परम्परागत खेल परिचय—अप्पा पँ चिना कासा (Game ball)

 परम्परागत खेल परिचय—अप्पा पँ चिना कासा  (Game ball) 




प्रस्तोता ः प्रदीप महर्जन

नेपालमा थुप्रै जातजातीहरु छन । प्रत्येकले आफ्नो समुदायमा रमाइलोका लागि आफ्नो समुदाय सुहाउँदो विभिनन खेलहरुको विकास  गरेको पाइन्छ । त्यस्तै प्रकारले साना केटाकेटीहरुको शारीरिक, मानसिक, संवेगात्मक एवं सामाजिक विकास र मनोरञ्जन प्रदान गर्न कीर्तिपुरका नेवार समुदायले विकास गरेको खेल हो अप्पा पँ चिनाः कासा । यस खेललाई काठमाडौं/ललितपुरका नेवारहरुले देगः दना कासा भन्ने गरेको पाइन्छ । 

त्यस्तै अरु समुदायमा यस खेललाई लक्कु धाल खेल भन्ने गरेको पाइन्छ । त्यस्तै नै कीर्तिपुर मै पनि यस खेललाई गेमबल भन्ने गरेको पनि पाइन्छ । यो खेल खेल्नको लागि ७ वटा ठूलो सानो भिन्न आकारको ईटा वा ढङ्गाका टुक्राहरु चाहिन्छ । ताकी एक माथी अर्को ढुङ्गा चाङ लगाएर मन्दिर जस्तो बनाउन सकियोस । यस्तो चाङ लगाउर मन्दिर जस्तोे बनाउन सकियोस । यस्तो चाङ लगाउँदा अलि कठिन हुने खालको ढुङ्गाको वा ईंटाको टुक्राहरु चाहिन्छ । खेल्नको लागि खुल्ला चउर वा चोक वा ननी वा बहालको आवश्यक पर्छ भने अर्को एउटा सानो बलको आवश्यकता पर्दछ ।

 खेलखेल्ने तरिका

अप्पा पँचिना कासा अथवा देगः दना कासा लक्कु धाल वा न्बलभ दबिि खेल खेल्नको लागि ४–७ जना सम्म खेलाडीहरु भएको दुईवटा टिमको आवश्यकता पर्दछ । दुई टिमहरु मध्ये सवै भन्दा पहिले बलले हानेर मैदानको बीचमा चाङ लगाएको ढुङ्गाको टुक्राहरु धाल्ने र उठाउने छुट्याउनु पर्छ । यो धान्ने टिमलाई रक्षात्मक पक्ष भनिन्छ भने अर्को पक्षलाई आक्रामक पक्ष भनिन्छ । यसरी छुट्याइ सके पछि त्यो ढुङ्गाको टुक्राहरु चाङ लगाएदेखि ७÷८ पाइला अगाडी बल हान्ने चिन्ह लगाएको तिर जानुपर्छ भने अर्को पक्ष त्यहीं बस्नु पर्छ । रक्षात्मक टोलीले पालै पालो बलले हानेर त्यो देगः अर्थात् ढुङ्गाको चाङ धान्न प्रयास गर्दछ । टिमका सबै सदस्यले हानेर पनि ढाल्न नसके पालो फेरिन्छ । यदि ढाल्न सकेमा खेल अगाडी बढ्छ । यसरी बलले हानेर देगः अर्थात् ढुङ्गाको चाङ लगाएको ढाले पछि जस्ले ढालेको हो सोही पक्षले उठाउने गर्नु पर्छ । 

यस क्रममा त्यो उठाउन नदिन अर्को प्षले बल भिटपेर ढाल्ने पक्षलाई बलले हान्ने गरिन्छ । यदि बलले लागेमा सो खेलाडी खेलबाट बाहिरिन्छ र बाँकीहरुले मात्र त्यो ढुङ्गा चाङ लगाउनु पर्ने हुन्छ । यसरी खेल्दै जाँदा ढुङ्गा चाङ लगाउनु अगाडी नै सबै खेलाडीलाई पालै पालो बलले हानेर आउट गर्न सकेमा सोही टिमको जित हुन्छ । यदि सबै ढुङ्गाको टुक्राहरु चाङ लगाउन सकेमा चाङ लगाउने टिमको जित भमएको मानिन्छ र पालो फेरिन्छ ।

खेलको क्रममा हानेको बल डिफेन्सिभ टिम अर्थात ढुङ्गाको चाङ लगाउने टिमले छल्नु पर्छ वा बल मुड्कीले हानेर पर फाल्नु पर्छ । यसरी हान्दा खुल्ला हातले हान्न पाउँदैन त्यस्तो गरेमा पनि आउट भएको मानिन्छ । खेलकै दौरानमा कोही साथीहरु ढुङ्गकोचाङ लगाउन कुदेका हुन्छन त कोही उसलाई बलले नलागोस भनेर छेकन वा सुरक्षा दिन लागेका हुन्छन । ढुङ्गाको चाङ लगाउने क्रममा हतार नगरी सुरक्षित हुँदै सहि ढुङ्गा सहि ठाउँमा राखेर चाङ लगाउने अर्थात् देगः (मन्दिर) बनाउनु पर्ने हुन्छ । कहिले काहिं हतारले गर्दा लगाएको चाङ पुनः ढल्न पनि सक्छ । 

त्यसैले बडो संयमित भएर उठाउनु पर्ने हुन्छ । चाङ लगाउँदै गरेको बेला हानेको बल छल्नु पर्ने पनि हुन्छ । त्यसैले विपक्षीले आपूmलाई पनि हान्छ कि भनेर त्यतातिर पनि ध्यान दिनु पर्ने हुन्छ । यदि बल नजिक छ भने दुवै हातको मुड्कीले च्यापेर उठाउने र परसम्म फाल्ने वा हान्ने गर्नु पर्छ । यदि सबै खेलाडी आउट हुनु भन्दा पहिले नै सबै ढुृङ्गा चाङ लगाउनस सकेमा त्यो टिमका सबै खेलाडीहरु गेम भनेर कराउने गर्दछ र जीतको खुशी मनाउने गरिन्छ । र पालो फेरेर अर्को गेम सुरु गर्दछ ।

यो खेलबाट हुने फाइदाहरु ः

यो गेम बल अर्थात् अप्पा पँचिना कासाबाट निम्न फाइहरु हुने अनुमान गर्न सकिन्छ ।

१.केटाकेटीहरुमा दौड्ने र छल्न सीपको विकास हुन्छ ।

२.केटाकेटीहरुमा निशाना लगाउने सीपको विकास हुन्छ ।

३.केटाकेटीहरुमा सन्तुलन ९द्यबबिलअभ० सीपको विकास हुन्छ ।

४.समूहमा मिलेर खेल्ने भएकोले सामाजिक गुणको विकास हुन्छ ।

५.साथीहरुको समूहमा मिलेर खेल्दा मनोरञ्जन प्राप्त हुनुको साथै समयको सदुपयोग हुन्छ ।

६.केटाकेटीहरुमा ध्यान केन्द्रित गर्ने क्षमताको विकास हुन्छ ।

७.दौड्ने कृयाकलापले गर्दा ऋबचमष्य(च्भकउष्चबतयचथ कथकतझ को विकास हुन जान्छ ।  


No comments:

Post a Comment