Saturday, February 26, 2022

काललाई दोष छैन ... रेवन्तलाल श्रेष्ठ, यंगाल, काठमाडौं

 काललाई दोष छैन ... रेवन्तलाल श्रेष्ठ, यंगाल, काठमाडौं


रेवन्तलाल श्रेष्ठ

एक चित भएर लागे पछि समयको ख्यालै नुहँदो रहेछ । चार दशक निरन्तर अभिनय र लेखन विधाता समर्पित लेखक, हाँस्य कलाकार र गायक रेवन्तलाल श्रेष्ठ संगको छोटो संवाद


पवन जोशी

१.रेवन्तलालजी पुनः लकडाउन सुरु भयो तपाईंको क्षेत्रलाई कस्तो प्रभाव पार्छ ?

—तेश्रो पटकको लकडाउन हुनु दुःखको कुरा हो । अभिनय क्षेत्रमा मात्र होइन समाजका सम्पूर्ण क्षेत्रलाईनै नकारात्मक प्रभाव पारेको छ । सबैभन्दा धेरै त देनिकी काम गरेर हात मुख जोडन बाध्य जन समुदायलाई परेको छ ।

२.फेसबुक टिकटकको उपलब्धी ?

—नयां नयां प्रतिभाहरुको उदय भएको छ । म पनि कलाकारीको अभ्यास टिकटक मार्फत प्रस्तुत गर्छु । दर्शकहरु टिकटकबाट मनोरञ्जन लिइ राख्नु भएको बुझिन्छ ।

३.काललाई कसैले रोक्न सकिन्न भन्छन् लकडाउनले रोक्न सक्ला र ?

—भनिन्छ काललाई दोष छैन, फेरि नयां कोविडको हल्लाले स्वास्थ्य सुरक्षाको निम्ति नियम पालना त गर्नै प¥यो ।

४.अभिनय क्षेत्रमा कति दशक पार गर्नु भयो ?

—मुनासः संस्थाबाट सुरु गरेको मेरो अभिनय यात्रा चार दशक पार गरेको चालै पाएन । अहिले समयबजी, नेवाः एचडी, नेपाल मण्डल र नेपाः च्यानलबाट कार्यक्रमहरु प्रस्तुत गर्दै आइराखेका छौं ।

५.हांस्य विधाको परिभाषा ?

—हांस्य विधा एउटा अनौठो विधा हो आत्मा भित्र जती दुःख कष्ट भए पनि दर्शकहरुलाई हंसाउनै पथ्र्यो ।

६.तपाईं गीत पनि गाउनु हुन्छ, अभिनय विधाले मन भरेन ?

—शरीरमा ५ ज्ञानेन्द्रीय अंग छन, म कुन अंगलाई महत्व दिउँ हा...हा...हा... हांस्न मन लाग्यो ।

७.म्युजिक भिडियो निर्माणको अर्थ 

----आपूmलाई प्रचार प्रसार गर्न आज भोली अडियो गीत सुन्ने चलन हराउँदै छ । गीतको भावार्थ अभिव्यक्त दर्शक सम्म लैजान म्युजिक भिडियोको साहारा विना लगभग असम्भव भैसक्यो त्यसैले होला । म्युजिक भिडियो निर्माणले धेरैका रोजगारीका साथ मनोरञ्जन प्रदान गरेको छ । सामाजीक संजालमा आए पछि हेर्नेनै भयो ।

८.कला क्षेत्रमा पनि आ–आफनो समुह छ ?

—समुह बनाएर काम गर्दै सहज हुन्छ । बरिष्ठ लेखक, निर्देशक सुरेन्द्र मानन्धरज्यूको नेतृत्वमा समयबजी पुचः छ । यस संस्थाले नव कलाकारहरुलाई प्रोत्साहन स्वरुप प्रस्तुत गर्ने जमर्को कसेका छौ ।

९.बहु चर्चित टेलिचलचित्र समयबजीको खम्बा भनिन्छ हो र ?

—म मात्र होइन समयबजीका सम्पूर्ण सदस्यहरुनै हाम्रो टीमका खम्बा हुन इमेज च्यानलबाभट प्रसारण हुने मेरो सदस्यता रहेको हलिमय कार्यक्रमबाट समयबजी पुचःको जन्म भएको हो ।

१२.अन्तमा ?

—अन्तरर्वार्ताको लागि कीर्तिपुर सन्द्ेश साप्ताहिक परिवारलाई मुरिका मुरी टनका टन धन्यवाद ।


1 comment: