Sunday, February 27, 2022

‘भवन निमार्णमा वास्तु शास्त्रको महत्व’

 ‘भवन निमार्णमा वास्तु शास्त्रको महत्व’



—ई.शरद मंगल जोशी

परम्परागत ज्ञान र विद्याका अनुसार हामी वरिपरीको यो सारा ब्रह्माण्ड पाँच आधारभूत तत्वहरु मिलेर बनेको हुन्छ, जसलाई ‘पञ्चभूत’ पनि भनिन्छ । मानवलगायत अन्य जीवित प्राणीहरु पनि पञ्चभूतको समन्वयबाट बनेको हुन्छ । पाँचतत्वहरुमा जल, वायु, अग्नी, धर्ती र आकाश हुन । यी पाँचतत्वको कारणले प्राणी र प्रकृतिको सम्बन्ध प्रगाढ हुन्छ । वास्तु शास्त्रमा यी पाँच तत्वहरु सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

वास्तु शास्त्र भवन, मन्दिर तथा दरबारको निर्माण गर्न निर्देश गर्ने एक प्राचीन विज्ञान हो जसलाई आधुनिक समयको विज्ञान आर्किटेक्चरको प्राचीन स्वरुप हो । वास्तु शास्त्र निकै प्राचीन विद्या हो । यो मूख्यतः वास्तु विज्ञानमा आधारित शास्त्र हो जसले मानब जीवनमा सकारात्मक उर्जा ल्याउनको लागी घर (भवन)लाई कसरी निर्माण गर्ने भन्ने कुराको ज्ञान दिन्छ । वास्तु शास्त्रको उचित कार्यान्वयनले शताब्दीऔं देखि मानिसको जीवनमा शान्ति र संवृद्घि ल्याउँदै आएको छ भन्दा अनुचित नहोला ।



वास्तुकलाको प्रादुर्भाव गर्ने व्यक्ति ठाँउ अनुसार फरक छ । दक्षिण भारतमा महान साधु मायनलाई जिम्मेदार मान्दछन् भने उत्तर भारतमा विश्वकर्मालाई जिम्मेदार मान्दछन् । त्यसैले पनि वास्तुकला एक प्राचीन विद्या हो । यो एक प्राचीन विद्या भएकोले प्राचीन कालमा वास्तु शास्त्रको उपयोग हिन्दु मन्दिर तथा दरवारको निर्माणको लागि गरिन्थ्यो र आधुनिक युगमा आएर भवन निर्माण, हिन्दु मन्दिर, कलकारखाना तथा दरबार लगायत अन्य कुराहरुमा पनि यो विद्याको उपयोग गर्न थाले ।

वास्तु शास्त्रमा मूख्यत १० दिशा र भवन निर्माणको लागि प्रयोग गरिएका सामाग्रीहरुमा आधारित रहेको हुन्छ भन्ने पृथ्वीको गुरुत्वाकर्षण बल, चुम्बकीय क्षेत्र, पृथ्वीको गति –चाल, हावाको गति–चाल जस्ता तथ्यहरुमा पनि आधारित छ । त्यसैले यहि तथ्यहरुको बैज्ञानिक तथा आध्यात्मिक सदुपयोग भनेकै वास्तु शास्त्र हो ।

वास्तु शास्त्रमा १० दिशामा उत्तर, दक्षिण, पूर्व र पश्चिमलाई मूख्यचार दिशाहरु हुनभने मूख्य दिशाहरुको बीच भागलाई पनि यसमा समावेश गरिएको छ जसलाई इेशान, आग्नेय, नैऋत्य र बायव्य त्यस्तै आकाश र पाटाललाई समावेश गरेको छ । यसरी यस विज्ञानमा दशदिशा समावेश गरिएको छ ।



कतिलाई वास्तुशास्त्र वाहियात जस्तो लाग्न पनि सक्छ । कतिले आडम्बर र अन्धविश्वास पनि ठान्छन् । धेरै कुरा वास्तु शास्त्रले निर्देश गरेको विज्ञान संगत पनि छ । यति हुंदा पनि भवन निर्माण गर्दा १०० प्रतिशत नै मिलाएर घर निर्माण गर्दछु भन्दा पनि मिलाउन गाह्रो हुन्छ । मुख्य मुख्य कुराहरुलाई भने मिलाएर नै निर्माण गर्नु पर्दछ र कति वास्तु शास्त्र अनुसार नमिलेका कुराहरु पनि वास्तु शास्त्रले उपाय दिएको छ । यस अंकमा केही वास्तु शास्त्रले निर्देश गरेका ठाउँहरु र दिशाहरुको बारेमा चर्चा गर्दछौं । हामी मानव सकारात्मकलाई भन्दा नकारात्मकलाई बढि महत्व दिन्छौं त्यसैले यस लेख अंकमा बढि सकारात्मकलाई नै बढि महत्व दिएको छ । घर निर्माण अघि भू–धरातल देखि हावाको वहकाव सम्मको ख्याल गर्न सक्यो भने त्यसले प्रत्यक्ष फाइदा गर्छ । वास्तु शास्त्रमा आवशीय निर्माण गर्दा कोठाको दिशा र कोणहरुबारे सविस्तार उल्लेख गरेको छ । घरको मूख्य प्रवेश द्वार वास्तुको हिसाबले विशेष मानिन्छ । किनभने यसैले घरमा सकारात्मक र नकारात्मक उर्जा दिने हो । यदि घरको मूख्य ढोका सहि दिशामा छ भने त्यस्ले सुख, समृद्घि कायम राख्ने विश्वास गरिन्छ । प्रमूख प्रवेश द्वार अन्य ढोकाभन्दा अग्लो र ठूलो हुनुपर्छ । ढोका राम्रोसंग खुल्ने र आवाज नआउने हुनुपर्छ । घरको कुनै पनि ढोका घरातल भन्दा तल हुनुहुँदैन ।

घरमुलीको कोठा दक्षिण–पश्चिम दिशामा हुनुपर्छ । यदि त्यस दिशामा सम्भव भएन भने उत्तर–पश्चिम दिशा दोस्रो सर्बश्रेष्ठ विकल्प हो । उत्तर–पूर्वमा कुनै बेडरुम हुनु राम्रो मानिदैन । शौचालय एवं स्नानघर दक्षिण–पश्चिम दिशामा सर्वश्रेष्ठ मानिन्छ । घरको सीढी प्रवेशद्वारको सामुन्नेमा हुनुपर्छ र सिढीको संख्या विषम १७, १९, २१, २३, २५ हुनुपर्छ ।

घरको अधिकांश ढोका र झ्याल उत्तर–पूर्वी दिशामा खुल्नुपर्छ । दक्षिण पश्चिममा खुल्ने ढोका वास्तुको हिसाबले सहि मानिदैन किनभने यस दिशा  मा नकारात्मक उर्जा प्रवाह हुन्छ । त्यस्तै दक्षिण–पूर्वी दिशामा खुल्ने ढोकाले पनि नकारात्मक उर्जा प्रवाह हुन्छ । जुन घरको ढोका दक्षिण तर्फ खुल्छ, त्यसमा राम्रो उर्जा प्रवाह हुन्छ । 

वस्तु शास्त्रमा भवन निर्माण गर्दा भान्छा कोठाको पनि वास्तु मिलाउनु पर्दछ । भान्छा कोठामा कुन दिशा फर्किएर पकाउने भनेर धेरै सोध्दछन् तर कुन दिशा फर्किएर पकाउने भन्दा पनि भान्छा कोठा वास्तु अनुसार ठीक छ छैन, यसको प्रवाह धेरै रहन्छ । 

वास्तु अनुसार भान्छा कोठा ठीक दिशामा भए पूर्व भन्दा वाहेक अन्य दिशातर्फ फर्किएर पकाउनु हुन्छ भने पनि दोष नै चाहि रहदैन तर स्वादमा फरक पर्न सक्छ । जस्तै उत्तर तर्फ फर्किएर पकाउनु हुन्छ भने नूनको मात्रा धेरै प्रयोग हुन्छ, दक्षिण–पश्चिमतर्फ भए गुलियो खाने कुरा पाकी राख्छ । समग्रमा पूर्व तर्फ फर्किएर पकाउनुलाई राम्रो मानिन्छ । भान्छा कोठा पूर्व–दक्षिणमा हुनु पर्दछ । त्यस्तै उत्तर पश्चिममा पनि बनाउन सकिन्छ । उत्तर–पूर्वमा दोष धेरै रहन्छ ।

वस्तु शास्त्रका अनुसार भान्छाका आगो घरको दक्षिण पूर्व दिशा अर्थात् आग्नेय कोण सर्वश्रेष्ठ मानिएको छ । यस दिशामा अग्नि अर्थात् उर्जाको वास हुने गर्दछ । यस दिशाका स्वामी ग्रह शुक्र हुन् । भान्छा सही दिशामा नहुँदा भान्छामा लामो समय बिताउने मानिसमा नकारात्मक असर पर्छ । तसर्थ वास्तु अनुसार भूलेर पनि दक्षिण पश्चिम दिशामा भान्छा बनाउनु हुदैन । दक्षिण पश्चिम दिशामा भान्छा हुनु ठूलो वास्तु दोष मानिन्छ ।

किचनमा ग्याँस वा चुल्हो राख्ने स्ल्याब पूर्व तथा उत्तर दिशातर्फ हुनुपर्छ । जसका कारण खाना बनाउनेको मुख उत्तर पश्चिम दिशामा हुनु पर्छ । भान्छाका खाद्य पदार्थ पिठो, चामल, दाल लगायतका सामग्री पश्चिम अथवा दक्षिण दिशामा हुनु शुभ मानिन्छ । भान्छामा मन्दिर बनाउनु हुँदैन । साथै भान्छा र पूजाकोठा आमने सामने पनि पार्नु हुँदैन । 

शौचालयको वास्तु – घरको पूर्व – उत्तर सधै सफा राख्नु पर्दछ । यदि कुनै भारी वास्तु पूर्व–उत्तरमा राखिएको छ भने हटाउनु पर्दछ । शौचालय पूर्व–उत्तरमा बनाउनु हुँदैन । यदि शौचालय पूवर््ृा–उत्तरमा छ भने घरमूलीको स्वास्थ्यमा समस्या आइ रहन्छ र घरको आर्थिक अवस्थामा पनि नकारात्मक प्रभाव पर्दछ । शौचालय बनाउने ठाउँमा वास्तु दोष भए वास्तु दोष हटाउने उपाय पनि छ । यसको विषयमा पछिल्लो अकंमा चर्चा गरौँला । 

लेखक ः बि. बि. डिजाइन कन्सल्ट प्रा. लि., 

कार्यकारी अध्यक्ष

No comments:

Post a Comment