Thursday, March 3, 2022

सत कर्मको गन्तब्य .. नरेन्द्रमान महर्जन, खासीबजार, कीर्तिपुर

 सत कर्मको गन्तब्य .. 

नरेन्द्रमान महर्जन, खासीबजार, कीर्तिपुर

लक्ष्य प्राप्तिको निम्ति कठोर तपस्या पश्चात मोक्ष प्राप्त गर्छ, यहि मानविय कर्म हो । बहुप्रतिभाशाली रचनाकार, संगीतकार तथा गायक नरेन्द्रमान महर्जनसंगको छोटो संवाद 

प्रस्तोता ः पवन जोशी

१.नरेन्द्रजी नयां नौलो हाल खबर के छ ?

—माहामारीको बेला छ, सचेत भएर स्वास्थ्यको ख्वाल त राख्नै प¥यो । सरकारी जागीर पछि घरायसी काम र नयां गीत रचना श्रृजना, संगीत श्रृजना गर्दै रियाजमै दिन चर्या वित्दै छ ।

२.नेवाः आइडल प्रतियोगिताको पहिलो चरण लाइभ अडिसनमा छनोट हुनुभयो कस्तो महसुस गर्नुभयो ?

—नेवाः आइडलका सम्पूर्ण आयोजकहरु प्रति आभार व्यक्त गर्दछु । अडिसन राउण्डमा छनोट हुन पाउँदा म र मेरो परिवार धेरै खुसि भएका छौं । मैले रचेका गीत, संगीत नेवाः आइडल मार्फत नेवाः पहिचान देखाउने सुअवसर मिलेकोमा जीवनकै महत्वपूर्या उपलब्धीको रुपमा लिएको छु ।

३.पुनः लकडाउन सुरु भयो मानवीय जीवनमा कस्तो प्रभाव पर्न जान्छ ?

—विगत २ वर्ष देखिन कोभिडको चपेतामाा मानव जीवन अस्टव्यस्ट भएको सर्वविदितै छ । हाम्रो जस्तो निम्नवर्गको जीवन कष्टकर हुन्छ ।

४.सानै देखि संगीत कला मैदानमा आवद्ध हुनु भयो उपलब्धी ?

—म कीर्तिपुर कुटुझो आखाछेँको सन्तान मेरो बुबा, बाजे उक्त आखाछेँ भजनको आदरणीय संगीत गुरु हुनुहुन्छ । म सानैदेखि सुन्दै सिक्दै आज संगीत कला क्षेत्रमा पाइला टेक्न सफल भएको छु । गुरुहरुको आशिर्वादले नेवाः आइडल पहिलो चरणमा छनोट हुन पाएँ ।

५.संगीतको परिभाषा ?

शब्दको भावनात्मक अभिव्यक्तनै संगीत हो ।

६.यहांले हिजोसम्म के कतिवटा संगीतकला श्रृजना गर्नुभयो ?

—आजसम्म आफ्नै रचना, संगीत र स्वरमा ३ वटा गीतको रेकर्ड गरें । गीतहरु धेरै श्रृजना गरें । Short Movie वनाउने क्रममा मैले कवितात्मक लघु सिनेमा निर्माण गरेको छु सायद नेपालको इतिहासमा Poem Base Short Movie हुनु पर्छ ।

७.म्युजिक भिडियो निर्माण गर्नुको अर्थ ?

—पहिले प्रायः श्रोताहरु गीत सुन्ने गर्नुहुन्छ समय परिवर्तन भयो गीतको भावनात्मक अभिव्यक्त हेर्ने दर्शकहरुको चाहना बढ्यो । प्रचार प्रसारको निम्ति म्यूजिक भिडियो निर्माण गर्न बाध्य भयो । 

८.भाषिक आन्दोलन भन्नाले ?

—सिगो नेपालमा बोलिने सबै मातृभाषालाई समान राष्ट्रिय भाषा हुनुपर्छ विभेद गर्न पाईंदैन त्यसैले सबै स्कुलमा मातृभाषाको अध्ययन अध्यापनको थालनी भएको छ, यो पनि एक प्रकारको भाषिक आन्दोलन हो ।

९.अन्तमा ?

—कीर्तिपुर सन्देश साप्ताहिक मार्फत मनका कुराहरु राख्ने मौका दिनु भएकोमा कीर्तिपुर सन्देश साप्ताहि पत्रिका परिवार प्रति आभार व्यक्त गर्दछु ।


No comments:

Post a Comment