Sunday, October 31, 2021

अहंकार मानवियता हैन—विमला महर्जन मानन्धर

 अहंकार मानवियता हैन—विमला महर्जन मानन्धर 

रबी भवन, काठमाडौ



१.हिजो आज के गर्दै हुनुहुन्छ ?

—लोकप्रिय नेपालभाषा टेलि चलचित्र खोताबजी र नेपाली कथानक टेलि चलचित्र बज्र संकल्पमा निरन्तर अभिनय गरी रहेकी छु ।

२.तपाईं किन अभिनय कला क्षेत्रमा प्रवेश गर्नु भो ?

—समाजमा व्याप्त विकृती र विसंगतीलाई जनमानसमा सोंच र प्रवृती परिवर्तन गरी शोषणरहित समाजको श्रृजना गर्न सन्देश मुलक भुमिका निर्वाह गर्न यो क्षेत्रमा प्रवेश गरेकी ।

३.अभिनयलाई तपाईं कसरी ब्याख्या गर्नु हुन्छ ?

—अभिनय समाजको यथार्थ ऐना हो । जुन ऐनाले समाजको वास्तविक रुपलाई चित्रण गर्छ ।

४.कस्को देखासिखीमा कलाकार बन्नु भो ?

—सातै देखिन कलाकार बन्ने रहर थियो । भाग्यले साथ दियो बरिष्ठ कलाकार निर्देशक सुरेन्द्र तुलाधरसँग भेटभयो । वहांकै हाँस्य टेलि चलचित्र खोटावजीबाट मेरो अभिनय यात्रा शुभारम्भ भयो । वास्तवमै भन्नु पर्दा वहांकै टेलि चलचित्रबाट अभिनय क्षेत्रमा अभिप्रेरित भएकी थिएँ ।

५.कलाकारीतामा लाग्ने केटीहरु बिग्रिन्छ तपाईं के भन्नु हुन्छ ?

—विग्रीने मान्छेहरु जुन कुनै क्षेत्रमा लागे पनि बिग्रीन्छनै । कलाकारीताजस्तो पवित्र चेतना मुलक क्षेत्रलाई लाञ्छना लगाउनु गलत सोंचको प्रतिविम्ब हो ।

६.तपाईले कला क्षेत्र अंगालेर के हासिल गर्नु भो ?

—मैले कला क्षेत्रमा मान, सम्मान र कलाकारको परिचय पाएं । अग्रज कलाकारहरुसंग उठवस गर्ने मौकाको साथै कलाकारीतामा हुनु पर्ने ज्ञानहरु सिक्ने शुभ अवसर पाएँ, खुसि लाग्छ वस ।

७.अहंकारको रुपान्तरण गर्न तपाईं कस्तो उपाय लगाउनु हुन्छ ?

—खाली आयौं खालीनै जानु पर्छ बुद्ध शिक्षानै मेरो मार्ग दर्शन हो । चार दिनको जिन्दगीमा सतकर्मसाथ जिउनु नै मानविय धर्म र कर्म हो ।

८.यहांलाई चलचित्रमा कस्तो भूमिका मन पर्छ ?

—र्सिगो समाजलाई सतकर्मको अग्रगमन दिशा तर्फ उन्मुख गराउन सक्ने भुमिकामा अभिनय गर्ने इच्छ थियो र त्यस्तै भुमिका मन पर्छ ।

९.यथार्थ जीवन र चलचित्र जीवनमा के भिन्नता पाउनु भो ?

—वास्तवमा भन्नु पर्दा यथार्थ जीवनको प्रतिविम्वनै चलचित्र जीवन हो । सामाजिक कालखण्डलाई अभिनयबाट प्रस्तुत गर्ने हो मैले खासै भिन्नता देखिएन फरक चलचित्रमा अभिनय देखाउने र सांचैको जीवन यापन ।

१०.टेली चलचित्रमा काम गरेर अर्थ आर्जन त हुँदैन होला नि ?

—पैसा कमाउने मात्र ठूलो काम होइन, सामाजिक प्राणीहरुको हित कार्य पनि एक प्रकारले ठूलो उपलब्धी मान्छु । यहि मानविय कर्म हो । मनुष्य जातीको धर्म पनि हो । धनले भौतिक आवश्यकता प्राप्त होला संस्कार, संस्कृतिबाट अछुटो नहोला भन्न सकिन्न ।

११.अन्तमा ?

—नव वर्ष नेपाल संवत ११४२ को साथै माहान चाड शुभ दिपावली २०७८ को उपलक्षमा सम्पुर्ण नेपालीहरुको मंगलमय शुभ कामना दिंदै मनको भावलाई आदरणीय पाठकहरु सम्म पु¥याई दिनु भएकोमा कीर्तिपुर सन्देश साप्ताहिक परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछु । धन्यवाद 



प्रस्तोता ः पवन जोशी


No comments:

Post a Comment