Friday, November 12, 2021

कीर्तिपुर कम्यूनिटी होमस्टेद्वारा शुभकामना आदान प्रदान

 कीर्तिपुर कम्यूनिटी होमस्टेद्वारा शुभकामना आदान प्रदान



कीर्तिपुरमा पर्यटन विकास एवं प्रबद्र्धन गर्ने हेतुले २०७५ सालदेखि सञ्चालनमा ल्याएको कीर्तिपुर कम्यूनिटी होमस्टेले होमस्भटेकर्मी एवं शुभचिन्तकह बीच यही कार्तिक १७ गते नेपाल सम्वत ११४२, दिपावली, स्वन्तिनखः एवं छठ पर्वको अबसर पारेर शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रमको आयोजना ग¥यो । 

उक्त कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सांसद पुकार महर्जन, विशेष अतिथि काीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन अन्य अतिथिहरुमा वडा नं.१,२,३ र १० का अध्यक्षहरु हर्ष महर्जन, रमेशमान डंगोल, राजेन्द्र महर्जन र अमन महर्जनको उपस्थिति थियो । 

सोही अवसरमा प्रा.डा. शिवशरण महर्जन, प्रा.डा. धर्मराज डंगोल, कम्यूनिटी होमस्टे नेटवर्क प्रा.लि.का विकल खनालको उपस्थिति रहेको छ । 

शुभकामना मन्तव्यको क्रममा सांसद माननीय सांसद पुकार महर्जनले कीर्तिपुरको पर्यटन विकासमा यस होमस्टे स्थापना एक कोशे ढुङ्गा सावित हुने कुरा बताउनु भयो । त्यस्तै कीर्तिपुर कम्यूनिटी होमस्टेलाई प्रदेशबा सक्दो सहयोग गर्ने बताउनु भयो । विशेष अतिथि नगरप्रमुख रमेश महर्जनले वडा नं.१मा बन्न लागेको वडा भवनको सट्टा तलेजु मन्दिर बन्नु पर्ने भन्ने कुरा आन्दोलनको रुपमा अगाडि बढाएकोमा असन्तुष्टी व्यक्त गर्नुृए भयो । साथै आगामी जात्रा पर्वलाई मध्यनजर राखी कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

साथै उक्त कार्यक्रममा प्रा.डा. शिवशरण महर्जनले आपूm कोरिया जाँदा होमस्टेमै बसेर आएकोले होमस्टेमा बस्दा पारिवारिक सामिप्यता हुने बताउनु भयो । 

प्रा.डा. धर्मराज डंगोलले होमस्टेले नै गाउँको आर्थिक उन्नतीमा टेवा पु¥याउने बताउनु भयो । उक्त अवसरमा कीर्तिपुर नगरपालिका वडा नं.१० बाट कीर्तिपुर कम्युनिटी होमस्टेलाई पुरुष र महिलाको एक एक जोर नेवाः लुगा अध्यक्ष अमन महर्जनले होमस्टे अध्यक्ष प्रदिप महर्जनलाई हस्तान्तरण गर्नु भएको थियो । उहाँले शुभकामना मन्तव्यको क्रममा होमस्टेले समुदायमा रहेको साँस्कृतिक पक्षलाई पनि समेटेर जानु पर्ने बताउनु भयो ।

शुभकामना तथा चियापान कार्यक्रममा वडा नं.२का अध्यक्ष रमेशमान डंगोल, कुषि विकास बैंकका उप महाप्रबन्धक प्रताप सुबेदी, कम्यूनिटी होमस्टे नेटवर्क प्रा.लि.का विकल खनालले आ– आफ्नो मन्तव्य राख्नु भएको थियो  


No comments:

Post a Comment