Friday, November 12, 2021

कीर्तिपुर नगरपालिकाद्वारा नेपाल संवत्को क्यालेण्डर प्रकाशित

कीर्तिपुर नगरपालिकाद्वारा नेपाल संवत्को क्यालेण्डर प्रकाशित




२०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएर आएपछिको पहिलो बैठकमा नै कीर्तिपुर नगरपालिकाले नगरपालिका कार्यालयमा कामकाजी भाषाको रुपमा नेपालभाषालाई मान्यता दिएको थियो । 



  त्यसपछि नेपालभाषा र नेवाः संस्कृति सम्पदा बचाउन मेयर रमेश महर्जनले विभिन्न कदम चाल्नु भएको छ । जस्तो कि दाफा सस्कृतिलाई जिवीत पार्न विभिन्न कार्यक्रम ल्याइ संचालन गर्नु भएको छ । कीर्तिपुरका स्कुलहरुमा नेपालभाषा पढाउन अनिवार्य गर्नु भइ १८ जना शिक्षक नियुक्त गर्नु भएको छ । सो को लागि पाठ्यक्रम पनि तयार गरी सक्नु भएको छ । कीर्तिपुर नगरपालिका भित्र रहेका जिर्ण पाटी पौवाहरु पुरानै शैलीमा जिर्णोद्वार गर्नु भएको छ ।



      त्यस्तै नेपालको मौलिक संवत नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन ४ दशकदेखि विभिन्न संघसंस्थाहरुले आन्दोलन गर्दै आइरहेका छन । नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाःलाई सरकारले राष्ट्रि विभुतिको मान्यता पनि दिइसकेको छ । यस संवतले राष्ट्रीय मान्यता पनि पाइसकेको छ । तर व्यवहारमा अहिलेसम्म खासै प्रयोगमा आएको देखिंदैन । यो संवत सम्बन्धी ज्ञान नभएर प्रयोग नगरिएको हो कि,  



नेपाल संवत्लाई व्यवहारमा लागु गर्न अझै सजिलो होस् भनेर कीर्तिपुर नगरपालिकाले यो वर्ष नेपालभाषा मै नेपाल संवत्को भित्ते पात्रो प्रकाशित गरेको हो ।



नेपाल सरकारले केन्द्रीय स्तरमै प्रकाशित गर्नु पर्ने आवाज उठिरहेको बेलामा कीर्तिपुर नगरपालिकाले स्थानीय सरकारको दायित्व महसुस गर्दै यस वर्षदेखि नेपाल संवत्को नयाँ भित्ते पात्रो (क्यालेण्डर) प्रकाशन गरेको हो । यस प्रकाशनले स्थानीय सरकारले नेपाल संवत्लाई राष्टिूय मान्यता दिएको नगर प्रमुख रमेश महर्जनको भनाइ छ । नेपाल संवत् ११४२ नयाँ वर्षको उपलक्ष्यमा आयोजित एक भिंतुना ¥यालीको उद्घाटनका


 क्रममा यस भित्ते पात्रोको पनि नगर प्रमुख सहित उप(प्रमुख सरस्वती खड्का, वडा नं. ६ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन, वडा नं. ६ का सदस्य सुुनिल डंगोल, प्रगतिशील युवा समूहका अध्यक्ष केशव महर्जनले नेपाल संवत्को नयाँ वर्षको भित्ते पात्रो क्यालेण्डर को सार्वजनिक गर्नुभयो । कीर्तिपुर नगरपालिका वडा नं. ६, टकर्चामा स्थानीय प्रगतिशील युवा समूहको आयोजनामा भएको भिंतुना ¥यालीको उद्घाटन कार्यक्रममा यस भित्ते पात्रोको पनि सार्वजनिकीकरण गरिएको हो ।




No comments:

Post a Comment