Sunday, November 14, 2021

एक प्रकारको भाषीक आन्दोलन —भाइराजा जोशी, जोशीननी, कीर्तिपुर

 एक प्रकारको भाषीक आन्दोलन —भाइराजा जोशी, जोशीननी, कीर्तिपुर



सामाजीक प्राणीहरुलाई अनुशासित गर्दै ज्योतिषी विद्यालाई अंगालेर विस्वासको बाटोमा मर्यादित तरिकाले आत्मसात गराउँदै सहज जीवन यापन कर्म हुने ज्योतिषी तथा कलाकार भाइराजा जोशीसँगको छोटो संवाद

१.हिजो आज के गर्दै हुनुहुन्छ ?

—धुँदेय् प्रोडक्सनबाट निर्माण गरिएका नेपालभाषा कथानक चलचित्र बसन्त ऋतुको विशेष शो प्रदर्शनमा लागी परेको छु ।

२.किन चलचित्र निर्माण गर्नु हुन्छ ?

—मातृभाषाको जगेर्णा गर्नुको साथै समाजमा रहेका विकृति र विसंगतीलाई उन्मुलन गर्नको निम्ति सन्देश प्रवाहका साथ एक प्रकारको भाषिक आन्दोलन स्वरुप चलचित्र निर्माण गर्छु ।

३.समाजमा रहेका जनताहरुको ग्रह गोचरलाई पन्छाउने कार्य छोडेर चलचित्रमा लागे पछि तपाईंप्रति समर्पित जनताहरुले दुःख पाउँदैन ?

—मैले ज्योतिषी कर्म छाडेर चलचित्र निर्माण र म्यूजिक भिडियो निर्माणमा लागेको होइन । फुर्सदको समयमा मातृभाषा अंगालेको हो ।

४.तपाई कसको प्रेरणाले अभिनय कर्म अगाल्नु भयो ?

—अभिनय कर्ममा इतिहास बोकेको मेरो जोशी परिवार मैले त परंपरात अभिनय धरोहरमा एउटा इट्टा मात्र थपेको थिएँ व। साँच्चै भन्नु पर्दा मेरो परिवारमा दर्जनौ कलाकारहरु हुनुहुन्छ । साथै चलचित्र लेखक निर्देशक र प्राविधिक पनि हाम्रै परिवारमा हुनुहुन्छ ।

५.तपाई दशाहरुलाई पन्छाउनु हुन्छ रे हो ?

—विभिन्न काल खण्डमा मनुष्यलाई लशालाग्नु स्वाभाविक प्रकृया हो त्यसलाई समयमै पन्छाउन सक्यौं भने दुःख निवारण हुन्छ । यो सब अंकगणीतीय ज्योतिषी विज्ञान हो ।

६.विज्ञानको यूगमा पनि अन्धविश्वास परम्परा यथार्थ छँदैछ हैन ?

—मान्छेहरुले विश्वासको आडमा आपूmलाई बलि चढाउँछ किन थाहा छ ? भविष्यमा आफ्नो सन्तानले सहज तरिकाले जीवन यापन गर्न सकोस, सत कर्म गर्न सक्यौँ भने भविष्य उज्यालो हुन्छ । यहि सत्य हो ।

७.तपाईले निर्माण गर्नु भएको गीत राजमती कुमतीले सर्वाधिक लोक प्रियता हासिल ग¥यो कस्तो लाग्यो ?

वास्तवमा भन्नु पर्दा आदरणिय दर्शकहरुले यथार्थ जीवनको भावनात्मक प्रतिविम्व पाउनु भयो होला त्यसैले माया गर्नुभयो । उदाहरण स्वरुप ११ महिनामा ४ लाख ८४ हजार दर्शक पाउन सफल भयो सबैलाई मनैदेखि धन्यवादका साथ आभार व्यक्त गर्दछु ।

८.म्यूजिक भिडियो निर्माण गरेर अर्थ आर्जन त हुँदैन होला नि ?

—पैसा कमाउने मात्र ठूलो काम होइन, भाषा, कला संस्कृति र संस्कार जगेर्ना गर्नु पनि एक प्रकारले ठूलो उपलब्धी मान्छु ।

९.अन्तमा ?

—नव वर्ष नेपाल संवत ११४२ को साथै शुभ दिपावली २०७८को उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुको मंगलमय शुभ कामना साथ कीर्तिपुर सन्देश साप्ताहिक परिवारप्रती हार्दिक आधार व्यक्त गर्दछु ।



प्रस्तोता ः पवन जोशी


No comments:

Post a Comment