Tuesday, November 16, 2021

दोश्रो कीर्तिपुर नगरव्यापी टे.टे.–२०७८ मा जयरामको ह्याट्रिक

 दोश्रो कीर्तिपुर नगरव्यापी टे.टे.–२०७८ मा जयरामको ह्याट्रिक






कीर्तिपुर नगरव्यापी टेबल टेनिस प्रतियोगिता २०७८ गत विहिबार लक्ष्मी पुजाको दिन सम्पन्न भयो । सोहि दिन भएको फाइनल खेलमा कीर्तिपुर न.पा. वडा नं.६ का जयराम महर्जनले ४० वर्ष माथिको वडास्तरीय र ४० वर्ष माथिको खुल्ला भेट्रान इभेण्ट, वडास्तरीय खुल्ला इभेण्टमा गरी ३ इभेण्टमा जीत निकाल्दै ह्याट्रिक गर्नु भएको छ ।



१४ वर्ष मुनी जुनियर प्रदर्शन खेलमा सफल महर्जन प्रथम, सुरुसा महर्जन द्वितिय, विभुति महर्जन र मिचुली महर्जन तृतिय हुन सफल हुनु भएका छन । ५० वर्ष माथि भेट्रान खुल्लामा राजेन्द्र बज्राचार्य प्रथम, प्रकाश धाख्वा द्वितिय तथा कपुर शर्मा पौडेल र राजन सुब्बाले तृतिय स्थान हात पारे ।



४० वर्ष माथिको खुल्ला प्रतियोगितामा राजन सुब्बा द्वितिय तथा निकेश प्रसाद जोशी र विकेन मान प्रधान तृतिय हुनुभयो । वडास्तरीय ४० भन्दा माथि उमेर समूहमा सुधिर महर्जन द्वितिय तथा शान्त महर्जन र रबिन्द्र महर्जन तृतिय हुनु भयो ।



त्यस्तै वडास्तरीय खुुल्ला प्रतियोगितामा प्रशान्त महर्जन द्वितिय तथा दिलोन श्रेष्ठ र सुधिर महर्जन तृतिय हुन सफल भएका छन । मेन्स टिम इभेण्टमा वडा नं.३ (देबरत्न महर्जन,मुकेश महर्जन र सिकेस महर्जन) प्रथम, वडा नं.१ का दिलन श्रेष्ठ, सरोज महर्जन र जेनिस महर्जन) द्वितिय तथा वडा नं ६ का उदिप महर्जन, कुशल महर्जन र गंगा बहादुर महर्जन र वडा नं.९ का (प्रशान्त महर्जन, सुधिर महर्जन, मन्देश क्रमशः तृतिय हुन सफल भए ।



विजेता खेलाडीहरुलाई कीर्तिपुर न.पा. प्रमुख रमेश महर्जन, उप प्रमुख सरस्वती खड्का, शारीरिक शिक्षा विद् प्रा.डा. रामकृष्ण महर्जन, टेवल टेनिस संघका अध्यक्ष चतुरानन्द बैद्य, टेबल टेनिस खेलका  राष्ट्रिय प्रशिक्षक राजेन्द्र कपाली ले प्रमाण पत्र, ट्रफि र नगद पुरस्कार वितरण गर्नुभयो ।



आयोजकका अनुसार गत वर्षको तुलनामा यस वर्ष नगद पुरस्कार राशी बढाएको जनाएको छ । जस अनुसार एकल इभेण्टहरुमा प्रथम हुनेले रु.८ हजार द्वितिय हुनेले रु. ५ हजार र तृतीय हुनेले रु.२÷२ हजार प्राप्त गेर भने टिम इभेण्ट तर्फ प्रथम हुनेले रु.१० हजार, द्वितिय हुने टिमले रु. ५ हजार र तृतिय हुने टिमले रु.२५÷२५ सय रुपैया हात पारेका थिए ।



पुरस्कार वितरण पूर्व मन्तव्यको क्रममा सहआयोजक कीर्तिपुर नगरपालिका वडा नं.९ का अध्यक्ष गंगा राम महर्जनले प्रतियोगिता सफल सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुका साथै आगामी वर्ष आफ्नै हलमा प्रतियोगिता सञ्चालन गर्न हल निर्माण गर्ने बताउनु भयो । प्रतियोगितामा आयोजक नगाउँ स्पोर्टस क्लबबाट सम्मानित हुनु भएका प्रा.डा. रामकृष्ण महर्जनले खेलाडीहरुको खेलस्तर उकास्न नियमित प्रतियोगिता हुनु आवश्यक भएको बताउनु भयो । त्यस्तै आफ्नो संस्थाबाट आगामी समय सक्दो सहयोग गर्ने कुरा पनि बताउनु भयो ।

मन्तव्यकै क्रममा प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले एक वडा एक खेलको नारा दिए अनुसार सबै वडाहरुमा खेल मैदान निर्माण गरिसकेको बताउनु भयो । त्यस्तै कीर्तिपुर नगरपालिकाले ४ ठाउँमा ब्याडमिन्टन नै खेल्न मिल्ने गरी कभर्ड हल निर्माण गरिसकेको बताउनु भयो । सिमित रुपमै भए पनि खेल क्षेत्रका प्रशिक्षकहरुलाई रोजगारी दिएको बताउनु  भयो । खेलाडीहरुलाई नियमित रुपमा अभ्यास गर्ने स्थल निर्माणको कीििर्तपुर नयाँबजारस्थित खेल मैदान परिसरमा आगामि दिनमा ठूलो कभर्ड हलको सिलान्यास गर्ने योजना भएको बताउनु भयो । उक्त कार्यक्रममा प्रशिक्षक प्रशान्त महर्जनले नगाउँ स्पोर्टस  क्लबद्वारा सञ्चालित टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिइरहनु भएका १४ वर्ष मुनिका सफल महर्जन, सुरसा महर्जन, विभुती महर्जन र मिच्युली महर्जनले खेल प्रदर्शन गरेका थिए । आयोजकका अनुसार उक्त तालिम केन्द्रमा हाल सुधिर महर्जन र प्रशान्त महर्जनले निःशुल्क रुपमा प्रशिक्षण गर्दै आउनु भएको छ । प्रतियोगितामा राजेन्द्र कपाली र चतुरानन्द बैद्यले पनि मन्तव्य राख्नु भएको थियो । 

उक्त अवसरमा प्रा.डा. रामकृष्ण महर्जन र सुबिन्द्र नारायण महर्जनलाई क्लबका अध्यक्ष जगत बहादुर मालीले दोसल्ला ओढाएर सम्मान गर्नु भएको  थियो ।



प्रस्तोता ः प्रदीप महर्जन

No comments:

Post a Comment