Thursday, September 16, 2021

मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालको अन्तरक्रिया

 मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालको अन्तरक्रिया



मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालले गत भाद्र १८ गते कीर्तिपुर नगरपालिकाको सभाहलमा अभिमुखिकरण गोष्ठिको आयोजना गरियो ।समाजका प्रतिष्ठित व्यक्तित्वहरूका साथै कीर्तिपुरका मेयर उपमेयर, प्रशासकीय अधिकृत लगायतको उपस्थितिमा भएको कार्यक्रममा  संघराम महर्जनले स्वागत मन्तव्य दिनु भएको थियो ।



अभियन्ता बासुदेव चौधरी, विवश शाही र लुनी शाक्यले बाल मस्तिष्क पक्षाघाटको बारेमा जानकारी दिनु भएको थियो । उहाँहरूका अनुसार तीव्र विकास हुँदै गरेको कलिलो मस्तिष्कमा विभिन्न परिस्थितिमा अक्सिजनको कमी वा अपुग भएको कारणबाट उत्पन्न असक्षम अवस्था हो मस्तिष्क पक्षाघात । यसलाई प्रारम्भमा नै  पहिचान गरि उपचार गरेमा प्रशस्त सुधार ल्याउन सकिन्छ । समयमा नै सामयिक उपचार एवं पुनस्र्थापन सेवाको कमीमा बालबालिकाहरूले जिन्दगीभरि नै ठूलो कष्ट सहनु पर्ने हुन्छ ।



मस्तिष्क पक्षाघात लागेका बालबालिकाहरूको विकासका लागि विशेष ध्यान दिनुपर्ने कुराहरू ः 

—संक्रमणबाट बचाउनु पर्छ । 

—पोषण्को स्तर ठीक राख्नु पर्छ

—छारे रोग नियन्त्रण गर्नुपर्छ ।

—प्रोत्साहन दिनु पर्छ ।

मस्तिष्क पक्षाघात हुनुका कारणहरू ः

बच्चा जन्मनु अघिका कारणहरू

—गर्भवती आमालाई कुपोषण हुनु

— आमालाई स्वास्थ्य सम्बन्धी समस्याहरु हुनु जस्तै मधुमेह, उच्च रक्तचाप आदि

—गर्भावस्थामा विभिन्न रोगहरू जस्तै दादुरा आदिबाट संक्रमित हुनु ।

—आमाको रगत समूह च्ज् ल्भनबतष्खभ भई बच्चासँग समूह नमिल्नु ।

बच्चा जन्मदाका कारणहरू ः

—नवजात बच्चालाई अक्सिजनको कमी हुनु (जन्मनासाथ नरुनु वा सास फेर्न ढिलो हुनु)

—प्रसव वेदना लामो वा कष्टप्रद हुनु ।

—महिना नपुग्दै बच्चा जन्मनु ।

—बच्चाको वजन कम हुनु ।

बच्चाको जन्म पछिका कारणहरू ः

—मस्तिष्कमा संक्रमण हुनु, जस्तै मेनीनजाइटीस, इन्सेफालाइटीस

—धेरै बढी ज्वरो आउनुका साथै छारे रोग लाग्नु ।

—बच्चाको टाउकोमा चोट लाग्नु

—अक्सिजनको कमी हुनु

—मस्तिष्कमा कुनै किसिमको विकृति हुनु

– मस्तिष्क पक्षाघातबाट सुरक्षित हुन अपनाउनु पर्ने सावधानीहरू

गर्भवती अवस्थामा अपनाउनु पर्ने सावधानीहरू

—पौष्टिक खाना खानु

—अबधि पुगी सकेपछि मात्र अर्को गर्भ हुनु

—गर्भावस्थामा चिकित्सकको सल्लाहमा मात्र औषधी सेवन गर्नु 

—सरुवा रोगबाट बच्नु

—नियमित रूपमा स्वास्थ्य परीक्षण गराउनु,

—बच्चा पाउन गा¥हो होला जस्तो लागेमा अस्पतालमा भर्ना हुनु वा सिपालु सुडेनी वा डाक्टरको सहायताको व्यवस्था गर्नु ।



मस्तिष्क पक्षाघातबाट बालबालिकालाई कसरी चिन्ने 

१. बच्चा जन्मँदा नै अक्सर लुलो हुन्छ ।

२.जन्मने बितिक्कै बच्चाले सास फेर्न पनि सक्छ, नफेर्न पनि सक्छ र उ नीलो भएको हुनसक्छ

३.उमेर अनुसार गर्नुपर्ने क्रियाकलाप जस्तै ः टाउको उठाउन, पल्टिने, बस्ने, चल्ने बाल्ने आदिमा ढिलो हुन्छ । 

४. बच्चालाई चुस्न, निल्न र चपाउन कठिनाई हुनसक्छ । 

५. बच्चाको शरीर धेरै अररो माडिरिएको वा धेरै लुलो हुनसक्छ जसले गर्दा बच्चाको स्याहार सुसारमा कठिनाई हुन्छ । 

६. बच्चाले आफ्ना हातहरू प्रयोग नगर्न अथवा खाली एउटा मात्र चलाउने हुन सक्छ । 

७. बच्चाले ठूलो आवाज सुनेपनि कहिलेकाहीं समान्य कुराकानी गरेको नसुन्न र नबुझ्न सक्छ । 

८. हेराईमा समस्या हुन सक्छ । 

९. बच्ब्चा बोल्न ढिलो सुरु गर्न सक्छ र बोली अस्पष्ट हुनसक्छ । बच्चाले कुनै कुरामा पनि प्रतिक्रिया नजनाउन सक्छ ।

संरक्षक

—मस्तिष्क पक्षाघात र स्नायु सम्बन्धी समस्या भई पूर्ण तथा अति अपाङ्गता भएकाहरूलाई विशेषत जीवन भरि नै पुनस्र्थापना लगायत दैनिक जीवनमा गर्नुपर्ने क्रियाकलापहरूको लागि संरक्षकहरूको नियमित सेवा आवश्यक पर्ने भएकोले परिवारमा एक जना संरक्षकको व्यवस्था गर्नु नै पर्ने बाध्यता रहेको छ ।

—संरक्षकहरू यस काममा दिन रात नभनि २४ घण्टा खट्नु पर्ने तर कामको कुनै पहिचान हुने गरिएको छैन । जसले गर्दा संरक्षकहरू मानसिक तनाव र विभिन्न शारीरिक समस्याका साथ जिउन बाध्य भएका छन् ।

अतः संरक्षकहरुको मुद्दाहरूलाई संगसंगै सम्बोधन गरी लैजान सकेमा संरक्षित, संरक्षक एवं सम्पूर्ण परिवारको समग्र विकास हुने देखिन्छ ।

मस्तिष्क पक्षाघातबाट प्रभावित बालबालिका र तिनका आमाबाबुहरूलाई सहयोग गर्नका लागि मस्तिष्क पक्षाघात स्वावलम्बन समूह, नेपाल सन् १९८६ देखि कार्यरत छ । यस संस्थाले मस्तिष्क पक्षाघातबाट प्रभावित बालबालिकालाई औषधी उपचार सुविधा, परामर्श, व्यायाम, चिकित्सा तथा विशेष शिक्षा लगायत अन्य आवश्यक सहयोग पु¥याउँदै आएको छ । यसरी प्रति वर्ष यसले दुई हजारभन्दा बढी प्रभावित बालबालिकालाई सेवा पु¥याउँदै आइरहेको छ ।

यी बच्चाहरू र तिनका संरक्षकहरुको सुधारको लागि तयार हुनु हामी सबैको दायित्व हो ।

मस्तिष्क पक्षाघात सम्बन्धी सम्पूर्ण जानकारीका लागि सम्पर्क स्थान

मस्तिष्क पक्षाघात स्वावलम्बन समूह, नेपाल

धापाखेल, ललितपुर, टेलिफोन ः ५५७३६९९/५५७३०३०


No comments:

Post a Comment