Wednesday, September 15, 2021

मास्क प्रयोगको सुनिश्चितता अभियानमा कीर्तिपुर नगरपालिका

 मास्क प्रयोगको सुनिश्चितता अभियानमा कीर्तिपुर नगरपालिका



कीर्तिपुर नगरपालिकाले नगरमा मास्क प्रयोगको सुनिश्चितता अभियानको शुभारम्भ गरेको छ । आइतबार कीर्तिपुर नगरपालिका वडा नं. १० स्थित होटल हिलसाइडमा भएको कार्यक्रममा सो अभियानको शुभारम्भ गरेको हो । कोरोना भाइरस (कोभिड(१९) विश्वव्यापि महामारीको रुपमा फैलिरहेकोले कीर्तिपुरमा पनि यसको सङ्क्रमण उच्च रहेको छ । यसको न्यूनीकरणका लागि कीर्तिपुर नगरपालिकाले शुरुदेखि नै विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । यसै सन्दर्भमा नेपाल सरकारले निषेधाज्ञा हटाए तापनि यो सङ्क्रमणको जोखिम भने यथावत रहेकोले नगरबासीहरू र नगरमा आउनु हुने जो कोही पनि विना मास्क नहिडुन् भनी मास्कको प्रयोग अनिवार्य गर्ने कार्यको शभुारम्भ गरेको हो ।



कीर्तिपुर न.पा.का प्रमुख रमेश महर्जनले ेपानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । साथै उप(प्रमुख सरस्वती खड्का, कीर्तिपुर नगरपालिका वडा नं. १ का अध्यक्ष हर्ष महर्जन र वडा नं. १० का अध्यक्ष अमन महर्जनले संयुक्त रुपमा मास्क विना सेवा निषेध, मास्क विना प्रवेश निषेध र मास्क विना कुराकानी निषेध अंकित पोष्टर सार्वजनिक गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नु हुँदै नगर प्रमुख महर्जनले कोभिड(१९ बाट बच्ने मास्क प्रयोग को सुनिश्चितता अभियानमा कीर्तिपुर नगरपालिका उपाय भनेकै खोप सही तरीकाले लगाउने र मास्क सही किसिमले बेलाबेलामा साबनु पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने भएकोले हाल कीर्तिपुर नगरपालिकामा ८५ प्रतिशत भन्दा बढीले खोप लगाइसकेको र सही तरीकाले लगाउने मास्कलाई हाम्रो दैनिकी जीवनसँग जोड्नु पर्ने बताउनु भयो । जसरी लुगा लगाएर बाहिर निस्कन्छ, त्यसरी नै मास्क लगाएर मात्र बाहिर निस्कनु पर्ने र यो चेतना सबैमा दिनु पर्ने प्रमुख महर्जनले बताउनु भयो । 

कार्यक्रममा उप(प्रमुख खड्काले जो कोही पनि बाहिर निस्कदा सही तरीकाले मास्क लगाउनु पर्ने तर आवश्यक भौतिक दूरी कायम छ भने त्यस्तो अवस्थामा मास्क नभए पनि खासै फरक नपर्ने बताउनुभयो । 



लायन्स क्लब अफ काठमाडौं किपूका रविन्द्र बहादुर प्रधानले कीर्तिपुरमा मास्क प्रयोग सुनिश्चितताका लागि मास्क बैंक स्थापना गरेको बताउनु भयो । यस बैंकमा भएकाहरूले दिने र नभएकाहरूले निःशुल्क रुपमै पाउन सकिने बताउनुभयो । प्रत्येक वडा, सुरक्षाकर्मीहरू र स्वयंसेवकहरू मार्फत यो प्राप्त गर्न सकिने बताउनुभयो । कीर्तिपुनरगर पालिकाको आयोजनामा भएको यस कार्यक्रमलाई लायन्स क्लब अफ काठमाडौं किपू, लियो क्लब अफ काठमाडौं किपू र युनिसेफले सहयोग गरेको हो । युनिसेफले मास्क बैंकका लागि पनि मास्क हस्तान्तरण गरेको थियो । कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा नं. १ का अध्यक्ष हर्ष महर्जन, युनिसेफबाट सञ्जु भट्टराई र लिला खनालले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम कीर्तिपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धरले सञ्चालन गर्नुभएको थियो ।

No comments:

Post a Comment