Friday, September 17, 2021

दाफा खलःलाई हार्मोनियम वितरण

दाफा खलःलाई हार्मोनियम वितरण



       कीर्तिपुर नगरपालिकामा जनप्रतिनिधीहरु आइसकेपछि सांस्कृतिक, सम्पदा संरक्षणमा विशेष ध्यान दिएका छन । कहिले दाफा महोत्सव, कहिले धाः बाजा महोत्सव गरेर लोप हुन लागेका बाजाहरुलाई पुनर्जिवित बनाएको भन्दा पनि केही फरक पर्दैन । विभिन्न समयमा विभिन्न किसिमका बाजाहरु आखाः खलःहरुलाई वितरण गर्दै आइरहेको कीर्तिपुर नगरपालिकाले गत भाद्र २४ गते एक कार्यक्रमका वीच कीर्तिपुरका दाफा खलःहरुलाई हारमोनियम प्रदान गरेको छ ।



  कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उप–प्रमुख सरस्वती खड्का, वडा नं. १ का अध्यक्ष हर्ष महर्जन, वडा नं.२ का अध्यक्ष रमेशमान डंगोल, वडा नं.३ का अध्यक्ष राजेन्द्र महर्जन, वडा नं.१० का अध्यक्ष अमन महर्जन, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा लगायतको उपस्थिति रहेका थिए । की.न.पा. वडा नं.५ दिख्यःको बालकुमारी बासुरी खलःले मंगल धुन बजाएर सुरु गरिएको कार्यक्रममा हारमोनियम वितरण गर्नुहुँदै नगर प्रमुख रमेश महर्जनले नेवाःको मौलिक सांस्कृतिक दाफा भजनलाई जोगाई राख्न कीर्तिपुर नगरपालिकाले प्राथमिकताका साथ अगाडी बढिरहेको बताउनु भयो । दाफा संस्कृति जोगाउनकै लागि आपूmहरु नगरपालिकामा आएपछि दाफा महोत्सव, धाः महोत्सव गरेको, गुंला महिनाभरि फल्चामा दाफा बजाउनेलाई आर्थिक सहयोग गरेको बताउनु भयो । यसरी सहयोग गरेकै कारण दाफा बजाउनेको संख्या बढेकोमा खुशी व्यक्त गर्नुभयो । सांस्कृतिक रुपले धनी बन्न सांस्कृतिक बाजाहरुको जीवन्तता आवश्यक रहेको बताउँदै नपाको तर्फबाट सबै खाले सांस्कृतिक वाद्यवादनलाई सहयोग गर्ने बताउनुभयो ।



  कार्यक्रममा उपमेयर सरस्वती खड्काले सांस्कृतिक स्तर उत्थान गर्न सांस्कृतिक बाजाको विकासले मद्दत गरेको हुन्छ भन्नुभयो । नगर सामाजिक शाखाका प्रमुख अनुज प्रधानले संचालन गर्नु भएको कार्यक्रममा वडा नं.२ का अध्यक्ष रमेशमान डंगोल, धुसि बाजा खलःका रविन्द्र महर्जनले पनि आ–आफ्नो धारणा राखेका थिए ।









 कार्यक्रममा हारमोनियम पाउनुहुनेहरु निम्न बमोजिम रहेका छन । कीर्तिपुर नगरपालिका वडानं.१ का थांबाहाः दाफा खलः, गँुदेय् दाफा खलः (ह्वाकंचा र इताछेँं) र गःछेँ दाफा खलः, वडा नं. २ का द्यःध्वाखा दाफा खलः, वडा नं. ३ का समल दाफा खलः, कुतिसाः दाफा खलः र सागल दाफा खलः, वडा नं. ५ को बालकुमारी दाफा खलः, वडा नं. ६ को जलविनायक दाफा खलः र दबू दाफा खलः, वडा नं. ७ को यतुगः दाफा खलः (क) र (ख) र भाजंगल दाफा खलः, वडा नं. ८को धुसि दाफा खलः, वडा नं. ९ को नगां दाफा खलः त्यसैगरी वडा नं. १० को म्वानः त्वाः दाफा खलः र तःननी दाफा खलःलाई हार्माेनियम वितरण गरेको हो ।

No comments:

Post a Comment