Sunday, August 13, 2017

कीर्तिपुरमा सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम

कीर्तिपुरमा सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम





कीर्तिपुर सन्देश/

महानगरीय प्रहरी वृत कीर्तिपुरमा डिएसपी तुल वहादुर कार्कीको आगमन पछि पहिलो पटक कीर्तिपुरमा सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया आयोजना गरिएको छ ।

        गत साउन २१ गते शनिवार विहान कीर्तिपुर नयाँबजारस्थित बाघभैरव बोर्डिङ्ग हाईस्कुलको प्रांगणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममान सिंहको सभापतित्वमा कार्यक्रम भएको थियो ।

      उक्त कार्यक्रममा सामुदायिक विकास केन्द्र कीर्तिपुरका अध्यक्ष रविन्द्रवहादुर प्रधान, सामुदायिक विकास केन्द्र ट्यांगलाफाँटका अध्यक्ष कपिल मुनी ज्ञवाली, बाघभैरव ज्येष्ठ नागरिक केन्द्रका नीलकण्ठ अमात्य, की.न.पा वडा नं.१ का वडाध्यक्ष हर्ष महर्जन, वडा नं. ९का वडाध्यक्ष गंगाराम महर्जन, प्रा.डा.धर्मराज महर्जनको उपस्थिति रहेका थिए । डिएसपी तुलबहादुर कार्कीले संयोजन गर्नु भएको उक्त कार्यक्रममा उपस्थित जनसमुदायले विभिन्न विषय र समस्या राखेका थिए ।

       हायस बसका प्रतिनिधिले हाय्स बसको समस्या राखेको थियो भने अन्यले हायस बसले कसैले हात दिने बितिक्कै जुनसुकै बेला जुनसुकै ठाउँमा अपर्झट बस रोकिदिंदा पछि आइरहेका सवारी चालकहरुलाई मर्का पर्ने, गाडी ठोक्किने, दुर्घटना हुने सम्भावना बढेको, कतिपय हायस बसमा ज्येष्ठ नागरिकको लागि सिट सुरक्षित नभएको, परिचालकहरुले ज्येष्ठ नागरिकको सम्मान नगरेको आदि कुराको उल्लेखनीय चर्चा भएको थियो । त्यस्तै कीर्तिपुरमा नयाँ नयाँ रिसोर्ट र रेष्टुराँहरु खुलीरहेको जसबाट समाजमा विकृति फैलन थालेको बारे पनि निकै चर्चा भयो । विशेष गरेर माःक्वाःचा, ससः रेष्टुरेन्ट, लहनाको बारेमा थुप्रैले चर्चा गरेका थिए । टौडहमा विभिन्न नामले खुलेका रेष्टुरेन्ट र रिसोर्टहरुमा देह व्यापार हुने गरेको आशंका पनि व्यक्त गरेका थिए । विहान कलेज जान हिंडेका केटीहरुलाई रिसोर्टमा रात विताएर आउनेहरुको व्यवहारका कारण बाटोमा हिंड्न पनि अप्ठ्यारो भएको चर्चा चल्यो । ट्राफिक प्रहरी र प्रहरी गस्ती बजार क्षेत्रमा मात्र भएको अन्य क्षेत्रमा खासै वास्ता नगरे भन्ने पनि शिकायत आएको थियो ।


     डिएसपी तुलवहादुर कार्कीले कार्यक्रममा उठेका शिकायत र जिज्ञासाको जवाफ दिनेक्रममा आपूmले कुराले भन्दा काम गरेर देखाउने प्रतिवद्धता जनाउनु भयो । यी समस्याहरु समाधान गर्न प्रहरीलाई समाजले समयमा जानकारी दिएर साथ दिनुपर्नेमा जोड दिनुभयो । प्रहरी मेरो साथीको अवधारणामा काम गरिरहेका प्रहरीहरुलाई निर्धक्क भएर आफ्नो समस्या बताउन अनुरोध गर्नु भयो ।

No comments:

Post a Comment