Sunday, August 13, 2017

टाउनप्लानिंग हनुमानघाटमा तरकारी बजार राख्ने तयारी हुँदै

कीर्तिपुर सन्देश साप्ताहिक/

    कीर्तिपुरको पहिलो टाउनप्लानिंग क्षेत्रको विकास र सरसफाईको लागि राममान सिंहको अध्यक्षतामा उपभोक्ता समिति निर्माण गरिएको छ । उक्त उपभोक्ता समितिको अगुवाईमा तीन हप्तादेखि उक्त क्षेत्रमा सरसफाईको कार्यक्रम गरिंदै आएका छन । युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के.सी.समेत संलग्न हुन भएको थियो ।


       उक्त ठाउँबाट चिखु खोला बग्ने गथ्र्यो । अहिले आएर खुल्ला रहेको उक्त चिखु खोला ढलमा परिणत भएपछि दुर्गन्धले उक्त  ढलको वरिपरिका बासिन्दालाई घरमा बस्नै गाह्रो भइरहेको अवस्थामा विगत एक महिना पहिलेदेखि उक्त ढल छोपेर ढलान गर्ने काम हुँदै आएकोमा अहिले अन्तिम अवस्थामा पुगी सकेको छ । उपभोक्ता समितिका अध्यक्ष राममान सिंहका अनुसार उक्त क्षेत्रमा तरकारी बजार राख्ने तयारी भइरहेको छ । गतवर्षदेखि बाटोको वरिपरि सडक जाम हुने गरी राख्ने गरेको तरकारी हटाए पछि तरकारी उत्पादन गर्ने किसानहरुको लागि समस्या आएको थियो । सोही समस्यालाई ख्याल गरी चिखु ढल छोपेर ढलान गरेको ठाउँमा टहरा बनाई तरकारी तथा फलपूmल बजार राख्ने तयारी भइरहेको छ ।

No comments:

Post a Comment