Monday, August 14, 2017

कीर्तिपुर गाईजात्रा २०७४ को ख्यालःको तारो कीर्तिपुरको मेयर

कीर्तिपुर गाईजात्रा २०७४ को ख्यालःको तारो कीर्तिपुरको मेयर

      गुँलागा पारुको दिन हरेक नेवाः वस्तीमा वर्षदिनभित्र स्वर्गवास हुने आफ्ना आफन्तहरुको सम्झनामा र उनीहरुको वैतरणी तार्नको लागि विभिन्न झाँकी प्रस्तुत गर्ने गरिन्छ । यो तरिका हरेक गाउँ ठाउँमा आफ्नै किसिमको हुन्छ । अर्थात फरक फरक ठाउँको फरक फरक किसिमको हुन्छ ।

सापारु नेवारहरुको एउटा हास्यव्यंग प्रस्तुत गर्ने पर्व पनि हो । समाजमा विद्यमान सामाजिक, राजनैतिक, आर्थिक विसंगतिलाई व्यंगको रुपमा प्रस्तुत गर्ने गरिन्छ । यस प्रस्तुतिबाट कोही रिसाउन पाईंदैन । कुनै कारवाही पनि गर्न पाईंदैन । यो परंपरादेखि चलि आएको चलन हो । यसले मानिसलाई नैतिकवान, चरित्रवान र इमान्दार हुन सचेत गराउँछ ।

यसपालीको गाईजात्रामा गाईजात्रे ख्यालः व्यंगको तारो कीर्तिपुर नगरपालिकाको नवनिर्वाचित मेयर बनेको छ । हातमा सुटकेश बोकेर मेयर बनेर आउने मानिसको ढाडमा यसरी लेखेको छ ः
डाडु र पन्यू हातमा हुनेले
जे गरे पनि हुन्छ, जे पकाए पनि हुन्छ,
जसरी खाए पनि हुन्छ ।


नेपाल सरकारले निर्वाचित पदाधिकारीहरुलाई तलव नतोके पनि आफैले तलब लिने निर्णय गरेकोप्रति संकेत गरिएको देखिन्छ ।

त्यस्तै सुटकेश माथि ताँल्चाको पीच बाटोको फोटो राखेर यसरी लेखिएको छ ः
नपाउनेले पायो, पाउनेले अलकत्रासँगै बोक्रासमेत खायो ।
की.न.पा.को बजेटलाई पनि व्यंग गरिएको छ ।


 २० वर्षपछि कीर्तिपुरमा भोज र मोज गर्न छुट्याएको रकम रु ७९
करोड ७६ लाख १४ हजार .....
कीर्तिपुर विकास परिषद गठन गरेर २० लाख रुपैया छुट्याएको र निर्माण कम्पनी गठन गर्ने निर्णय गरेर १ करोड बजेट छुट्याएकोप्रति व्यंग गरेको सबैले अनुमान गरिएको छ । यसपालीको यो ख्यालः हिट भएको छ ।

No comments:

Post a Comment