कीर्तिपुरका युवा संजय महर्जनको पहलकदमी
विदेशमा कमाएको पैसाले स्वदेशमा व्यवसाय
Kirtipur Sandesh Weekly /
कुनै पनि व्यक्ति विदेशमा रहरले जाँदैन, करले जान्छ । बाध्यतावश त्यो पनि खाडी मुलुकमा । स्वदेशमा आपूmले चाहेजस्तो काम नपाउने, काम पाए पनि जीवन गुजार्न पुग्ने ज्याला या तलब पाउँदैन । अरु ठूला ठूला पश्चिम मुलुकमा जान धेरै पैसाको खाँचो पर्छ । एउटा मध्यम परिवारको व्यक्तिले त्यो खर्च गर्न सक्दैन । अनि उसले खाडी मुलुकको बाटो तताउँछ ।
खाडी मुलुक पुगेर पनि राम्रो कमाई हुन्छ नै भन्न सकिंदैन । जिवित फर्कने ग्यारेन्टी पनि हुँदैन । हामीले देखिरहेका छौं दिनको ३–४ वटा लास एयरपोर्टमा आइरहेको छ । राम्रो काम पाएका व्यक्तिहरुले मनग्गे धन कमाएर ल्याएका छन । कोही २ वर्षमा फर्कन्छन्, कोही ५ वर्षमा फर्कन्छन् । तर पनि हात लाग्यो शुन्य भएकाहरु पनि छन ।
कीर्तिपुर नगरपालिका वडा नं.५ खाचो, दथल पाँगाका संजय महर्जनको कथा बेग्लै छ । उसले खाडी मुलुकमा १८ वर्ष काम गरेर मनग्गे धन कमाएर अहिले स्वदेश फर्किएका छन । विदेशमा कमाएको धनले स्वदेशमै व्यवसाय सुरु गरेको छ । की.न.पा. साविक १२ नं वडा खाचो, दथल पाँगाका बुवा गणेशमान महर्जन र आमा शान्ति महर्जनका जेठो छोराको रुपमा आजभन्दा ४२ वर्ष अघि जन्मनु भएका संजय महर्जनले आईं.ए.सम्म अध्ययन गर्नु भएको छ । उहाँको दुईजना भाइहरु र एउटी बहिनी पनि छन् । २०५४ सालको स्थानीय निकायको चुनावमा कीर्तिपुर नगरपालिका वडा नं.१२ मा नेपाली कांग्रेसको टिकटबाट नससमा विजयी हुनुभयो । विजय भएको एक देढ वर्षसम्म कुनै काम पाएन । घरमा बुबा एक्लैको कमाईले दुईजना भाइहरु र बहिनीको लालन पोषण गर्न गाह्रो भएको महसुस गर्नुभयो । जेठो छोराको नाताले घरमा बुबालाई सघाउने विचार ग¥यो । त्यहीबेला अबुधाबीको स्पानिस सुपरमार्केटमा सेल्सम्यानको लागि केही कामदार चाहिएको थाहा पाएर अन्तर्वार्ता दिन गयो । थुप्रैजनाको विचमा उहाँले अन्तर्वार्तामा पास गर्नुभयो । फ्री भिसा र फ्री टिकटमा खादी मुलुकतिर हान्निनु भयो । त्यतिबेला उहाँले विवाह पनि गर्नु भएको थिएन ।
त्यहाँ पाँच वर्ष काम गरेर आपूmले कमाएको पैसा घरमा पठाउनु हुन्थ्यो । त्यही पैसाले घरको खर्च तर्दै गयो । भाईहरुको पढाईमा सहयोग भयो । अबुधावी गएको पाँच वर्षपछि उहाँले विवाह गर्नुभयो । कीर्तिपुर द्यःध्वाखाका विन्दु महर्जनसंग । जसले स्नातक पास गरेकि थिइन । विवाह पछि पनि उहाँ अबुधावी हानिनु भयो । तर अर्कै काममा । सेल्सम्यानको काम गर्दै गर्दा उहाँले बुचरको काम सिक्नु भयो । स्कील जबमा जानुभयो । तलब पनि पहिलेको भन्दा धेरै महिनाको २ लाख तलब पाउँथ्यो । त्यही कमाईबाट उहाँले भाईहरुको लागि किराना पसल राखी दिनुभयो । पाँगाको यँच्वमा आफ्नो जग्गामा तीन भाईलाई हुने गरी ३ वटा ढोका, प्रत्येक ढोकामा २ वटा शतर हुनेगरी घर बनाउनु भयो । यसरी मध्यम परिवारबाट आफ्नो परिवारको इज्जत बढाई दिनुभयो । उहाँले आफ्नो श्रीमतीलाई पनि मास्टर डिग्री पढ्न उत्साहित गर्नुभयो । उहाँको श्रीमतीले पनि रुरल डेभलपमेन्टमा मास्टर डिग्री पास गर्नुभयो । प्राइभेट स्कुलमा पढाउन थाल्नुभयो । उहाँले अबुधाबीमै द्यबलथबल त्चभभ ज्यतभ िबलम च्भकयचत मा काम गर्न थाल्नु भयो । जहाँ महिनाको ३ लाख तलब पाउनु हुन्थ्यो । सन् १९९८ अगस्ट १५ मा विदेश जानु भएको सन् २०१६ डिसेम्बर महिनामा खाडी मुलुक अबुधाबीलाई अलविदा गरी संधैको लागि नेपालमा आउनु भयो । मनमा दृढ संकल्प र दृढ इच्छा शक्ति भयो भने जहाँ पनि सफल हुनसक्छ उहाँको कथन छ ।
भाईहरुलाईसमेत घर बनाएर र व्यापार गर्न पसल खोल्न लगाएपछि उहाँले आफ्नो लागि पाँगाको नमख्वाःमा चार आना जग्गा किनेर घर बनाउनु भयो । ११०० स्क्वाएर फुटको पाँच तल्लाको घर बनाएर बस्नु भएको छ । उहाँको पहिलो सन्तान छोरा सिजिन महर्जन अलि हुर्केपछि अर्को सन्तान छोरी सिविया जन्मेपछि भने उहाँले विदेशमा नबस्ने निर्णय गर्नुभयो । महिनाको ३ लाख तलब पाउने जागिर छाडेर स्वदेश फर्कनु भयो ।
त्यत्रो कमाई भएको जागिर छाडेर किन आउनु भएको भन्ने हाम्रो संवाददाताको प्रश्नको जवाफमा उहाँ भन्नुुहुन्छ, “पैसा साधन मात्र हो, साध्य होइन । जुनबेला म विदेश गएको थिएँ । त्यतिबेला स्वदेशमा बसेर काम गर्न मैले काम पाइनँ । व्यापार गर्न लगानी गर्ने धन छैन । अहिले मसँग लगानी गर्ने धन छ, परिवार छ । पैसा कसको लागि कमाउने ? आफ्ना सन्तानहरुको लागि कमाउने हो । अहिले बच्चाहरु ठुलो हुँदैछ । यतिबेला उनीहरुलाई दरिलो अभिभावकको जरुरत छ । दरिलो अभिभावकको अभावमा उनीहरुको पढाई विग्रीया अथवा कुलतमा लाग्यो भने मैले कमाएर ल्याएको पैसाको के काम ? त्यसैले बसेर केही काम गरुँ भन्ने आशयका साथ आएको हुँ ।” अहिले संजय महर्जनले पाँगाको यँचोमा आफ्नै घरमा प्लास्टिकका सामान, विजुली सामान र हार्डवेयरका सामानहरुको पसल थापेका छन । गत जेठ १३ गते शनिवार उहाँको बुबा गणेशमान महर्जनले उक्त पसलको शिलान्यास गर्नु भएको थियो । अहिले यँचो क्षेत्रमा नयाँ बस्ति विकास हुँदैछ । धमाधम घर बनाइरहेका छन । घर निर्माणमा प्रयोग हुने पाईप, हार्डवेयरका सामान, बाथरुम फिटिंग, पाईप, रंगहरु सबै उहाँको पसलमा रहेको छ । आफ्नो व्यापार राम्ररी फल्ने फुल्ने आशा उहाँले राख्नु भएको छ । उहाँको पसलले गर्दा अब धेरै सजिलो हुने कुरा स्थानीय व्यक्तिहरु बताउँछन ।
उहाँ भन्नुहुन्छ विदेशमा कमाएको पैसा स्वदेशमा लगानी गरेर आत्मनिर्भर हुने उद्देश्य रहेको छ ।
कीर्तिपुरका युवा संजय महर्जनसंग भएको कुराकानीको आधारमा तयार पारिएको हो ।

No comments:
Post a Comment