Thursday, February 2, 2017

कीर्तिपुरका युवा व्यवसायी दिनेश दर्शनधारीसंग एकछिन

कीर्तिपुरका युवा व्यवसायी दिनेश दर्शनधारीसंग एकछिन



दिनेशजी तपाईंको संक्षिप्त परिचय दिनुहोस ।

गणेश दर्शनधारी र बसला दर्शनधारीको जेष्ठ सुपुत्रको रुपमा आज भन्दा ३९ बर्ष अगाडी कीर्तिपुर नगरपालिका वडा नं. ५ झोचा टोलमा जन्मेको हुँ । एस. एल. सी. सम्मको शिक्षा स्थानिय बाघ भैरव बोर्डिङ्ग हाई स्कुलबाट लिएको र पछि सिभिल ईन्जिनियरिङ्ग, बि. बि.ए र एम.बि.ए सम्मको शिक्षा पनि हासिल गरेको छु । शुरुको अवस्थामा सरकारी जागिरको शिलशिलामा बिभिन्न ब्यापारीहरुसंग परिचय हँुदा आफुलाई पनि जागिर भन्दा ब्यापारमा भविष्य देखेकोले थोरै पँुजी र थोरै ज्ञान हासिल गरी आज भन्दा करिब २० बर्ष अगाडी नै ब्यापार शुरु गर्ने प्रयास गरेको थिएँ। तर कम पुँजी र ज्ञानको कारण शुरुको अवस्थामा गरेका ब्यापारका प्रयासहरु असफल भएका तितो अनुभवहरु पनि लिईसकेको छु । तर निरन्तरको प्रयास र सम्पुर्ण मोबिल्याण्ड ग्रुपका साथीहरुको अथक मेहेनत र परिश्रमले गर्दा दोस्रो चरणमा आज भन्दा दश बर्ष अगाडी दर्शन मोबिकेयरको नाममा शुरु भएको ब्यापारले नै नेपालभरी  छरिएर रहेको ३० वटा कम्पनीहरुको लिडरको रुपमा आफुलाई उभ्याउन सक्षम भएको छु ।

तपाईंले पहिले मोबाईलको व्यापार गर्नुभयो । त्यसपछि सहकारीमा हात हाल्नुभयो । अहिले आएर विभिन्न व्यापारमा हात हाल्नुभयो । के अगाडिका दुईटा व्यापारमा कमी भएर सुन चाँदीमा हात हाल्नु भएको हो कि ?

तपाईले भने जस्तै दोस्रो चरणको ब्यापार सानो दर्शन मोबिकेयर नामको मोवाईल पसलबाट नै शुरु भएको हो । जुन ब्यापारलाई बिस्तार गर्दै बिभिन्न ब्रान्डका मोबाईलहरुको क्षेत्रिय डिस्ट्रिब्यूटर भई काम गरियो । छोटो समयमा नै ब्यापारमा प्रगति हुँदा केही ब्रान्डका मोबाईलहरुको आयात पनि हामीले ग¥यौं जुन अहिले पनि यथावत नै छ । ध्जष्कउयधभच अयmउबलथ को जेनेरेटर र क्यबिच पनि आयात ग¥यौं हामीले । यसरी दोस्रो चरणको ब्यापारमा सँधै सफलता नै सफलता मिलिसकेपछि हामीले अन्य क्षेत्रमा पनि लगानी बिस्तार गर्नु पर्छ भन्ने सोच्यौं त्यसपछि हामीले ईलेक्ट्रोनिक, सुनचाँदी, इन्टरटेन्मेन्ट,मिडिया,मोटरसाईकल, हस्पिटल, होटल तथा रेष्टुराँ र आधुनिक कृषि तथा जडिबुटी क्षेत्रमा समेत हामीले लगानी गर्न थालेको पक्का होे । तर तपाईले भन्नु भए जस्तो अघिल्लो ब्यापारमा कमी आएर चाहीँ बिल्कुलै होईन । हाम्रो मोबिल्याण्ड ग्रुप ठुलो हँुदै जाँदा लगानीकर्ता तथा बिभिन्न क्षेत्रका बिज्ञ र बिशेषज्ञहरुको समेत प्रवेश हँुदै जाँदा बिभिन्न क्षेत्रमा लगानी गर्ने आँट आएको हो । हरेक क्षेत्रमा छुट्टै किसिमको बिशेषज्ञहरुको संलग्नताले गर्दा हामीद्वारा संचालित हरेक कम्पनीले राम्रै नाफा कमाउन सफल भएको तपाईको आँखा अगाडी नै छन् । हामीसंग सुन चाँदीका बिशेषज्ञहरु भएको कारणले नै सुन चाँदीको ब्याबसायमा पनि हात हालेको हो ।

अव सहकारीको कुरा गर्नुपर्दा स्थापना भएको छ बर्षमा नै धेरै प्रगति गरेको कुरा त यहाँहरुले प्रत्यक्ष देख्नु भएको नै छ । जुन प्रगतिलाई केही मान्छेहरुले देख्न नसकेर बिभिन्न किसिमका अनाहक प्रचारबाजी पनि कहिले काहीँ गर्ने गरेका छन् । कहिले मेरो २० बर्ष अगाडीको असफलताको कुरा जोडेर त कहिले अरु नै मनगढन्ते कुरा गरेर । तर सहकारीले आफुले यस्ता हल्लालाई गलत साबित गर्दै आफ्नो शेयरधनीको शेयर नै आजको मितिसम्म ३.५ करोड पु¥याईसकेको छ भने निक्षेप पनि त्यसरी नै बढेको छ । त्यस्तै लगानीमा त तपाईहरुले देख्नु नै भएको छ की दर्शन सहकारीले धेरै भन्दा धेरै ब्यापारीहरुलाई सुरक्षित ऋण लगानी गरेको छ । सहकारीहरुले स्थापना भएको बर्षाैंसम्म पनि आफ्नो शेयर र निक्षेप बढाउन धौ धौ पर्ने अवस्थामा हामीद्वारा संचालित दर्शन बचत तथा ऋण सहकारीले ६ बर्षमा नै शेयर ५लाख बाट ३.५ करोड र निक्षेप पनि सोहि अनुसार बृद्घि गर्नुमा तपाई नै भन्नुस् यो राम्रो प्रगति होईन र ?

तपाईंको मोबिल्याण्ड इलेक्ट्रोनिक्सले कुन कुन ब्राण्डको इेक्ट्रोनिक सामानको डिलरसिप लिनु भएको छ ? यो व्यापार कस्तो छ ?

हेर्नुस् नजरराम सर कुनैै पनि ब्यापार भनेकै नाफाको लागि गर्ने हो । अब मोबिल्याण्ड ईलेक्ट्रोनिकले पनि जति पनि काम ग¥यो र गर्दैछ नाफाको लागि नै हो तर मोबिल्याण्डको एउटा बिशेषता के छ भने नाफा त हेर्छ नै तर अझ गहन रुपमा आफूले खरिद बिक्री गर्ने ब्रान्डको क्वालिटीलाई पनि बिशेष ध्यान दिन्छ । चौधरी ग्रुप र त्रिवेणी ग्रुपसंग सहकार्य भएकोले वहांहरुले उत्पादन तथा आयात गर्ने बिभिन्न इलेक्ट्रोनिक सामानहरु जस्तै एल ई डी टि. भि., फ्रिज, वासिंग मेसिन, हिटर, माईक्रोओभन, ए.सी, आदि सामानहरुको डिलरसिप हामीसंग छ ।   अहिले लोड सेडिङ्ग हटेपछि भने ईलेक्ट्रोनिक सामानहरुको ब्यापार ह्वाट्टै बढेको छ । प्रति दिन सबै सो रुममा गरेर ५ देखि १० लाख सम्मको कम्तिमा ब्यापार हुन्छ भने नाफा सालाखाला १० प्रतिशत हुन्छ ।

तपाईं अध्यक्ष रहेको दर्शन सहकारीले छ वर्षभित्रमा निकै प्रगति गर्नुभएको छ । आफ्नै जग्गा खरीद गरी भवन बनाउन टेण्डर आव्हान गर्नु भएको छ । जब कि अरु कतिपय सहकारीहरु बन्द हुने अवस्थामा पुगि सकेका छन् । यसको प्रमुख कारण के होला ?

अघि नै मैले भनिसकेँ की हाम्रा सम्पूण कीर्तिपुरबासी शेयरधनी, बचतकर्ता तथा दक्ष कर्मचारीहरुको अथक मेहेनत तथा बिश्वासले हाम्रो सहकारीको शेयर प्रथम बर्ष ५लाख थियो भने हाल यो बढेर ३.५ करोड पुगिसकेको छ र निकट भबिष्यमा ५ करोड पु¥याउदै छौं । मैले हाम्रो सहकारीको छैठौं साधारण सभामा आगामी बर्षको लक्ष्य शेयर पुँजी पाँच करोड पु¥याउने राखेको थिएँ जुन चाँडै पुरा हुनेवाला छ ।

अर्काे लक्ष्य भनेको सहकारीले आफ्नै जग्गा खरिद गर्ने र भवन बनाउने यो लक्ष्य पनि यसै बर्ष पुरा गर्नका लागि मेहेनत गर्दैछौं । कीर्तिपुर न पा १७ नगाऊ मुल सडकमा नौ आना जग्गा खरिद गरिसकेका छौं । सार्वजनिक खरिद ऐन अनुसार हामीले नक्सा बनाउन टेन्डर आहवान गरिसकेका छौं भने घर बनाउने टेन्डर पनि निकट भविष्यमा आव्हान गर्दैेछौं । सबैको साथ र सहयोग भयो भने यसै बर्ष नै घर बनाउन सुरु गर्छौं होला । पहिला पहिला हामीलाई आफ्नो घर नभएको सहकारी भनेर हेप्नेहरुका लागि कुरा गर्ने बाटो बन्द गरिदिएका छौं ।
नेपाल भर ३३ हजार भन्दा बढी र कीर्तिपुरमा मात्र १३० भन्दा बढी सहकारी छन् । तर सबै सहकारीहरु आफ्नै तरिकाबाट संचालन भैरहेका नै छन् । कुनै ब्यबस्थित र ठुला होलान् भने कुनै साना तर यदि सहकारीमा ब्यक्तिगत स्वार्थ हावी भएन भने बन्द गर्नुपर्ने अवस्थामा पुग्ला जस्तो लाग्दैन मलाई । अरु सहकारीको अवस्थाको बारेमा म खासै चासो राख्दिन त्यसैले ती सहकारीहरुमा के भैरहेका छन् मलाई भन्दा तपाईलाई बढी थाहा होला ।

हाम्रो सहकारीको प्रगति कसरी भयो र हुनेवाला छ त्यो भने म भन्न सक्छु । पहिलो कुरा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हाम्रो सहकारीको कुनै पनि लगानी घर जग्गामा छैन । ऋण लगानीहरु सबै सक्षम ब्यापारीहरुलाई मात्र गरेका छौं जसले साँंवा र ब्याज नियमित रुपमा बुझाउन सक्छन् । ब्यापारीहरुलाई सहकारीले लिने ब्याजको खासै मतलब हुंदैन त्यसैले अरुले भन्दा बढी ब्याजमा हामीले लगानी गर्न सकेका छौं ।

यसरी बढी ब्याजमा लगानी गर्न सकेको कारणले नै निक्षेप जम्मा गर्ने बचतकर्ताहरुलाई पनि अरु सहकारीले भन्दा बढी ब्याज दिन सक्षम छ हाम्रो सहकारी । जसको कारण कीर्तिपुरका धेरै जनताहरु हाम्रो सहकारीको सदस्य बनिसकेका छन् र हरेक दिन जसो सदस्य बन्ने र निक्षेप बचत गर्ने क्रम जारी नै छ जसले गर्दा  कीर्तिपुरमा रहेका केही सहकारी मात्र होईन बैंकलाई समेत टाउको दुखाई भएको छ ।

मेरो बिचारमा सहकारीहरु बन्द हुने अवस्थामा पुग्नुको एउटा ठुलो कारण निक्षेप र ऋणको ब्यवस्थापन गर्न नसक्नु हो । धेरै सहकारीको अहिले साधारण सभाहरु भईरहेका छन् । कतिको समाचारहरु तपाईको पत्रिकामा पनि प्रकाशित भएका छन् । तपाईले तिनीहरुको बासलात हेर्नुस् धेरै सहकारीको बासलातमा बैंक ब्यालेन्स निक्षेपको आधा हुन्छ । जुन सहकारीको लागि हानिकारक हुन्छ । सहकारीहरुले अहिले निक्षेपमा १० देखि १५ प्रतिशत सम्म ब्याज दिने  गर्छन् । तर धेरै सहकारीले एउटा गल्ती गर्छन् । त्यो के भने आफुले उठाएको निक्षेपको ५० प्रतिशत बैंकमा लगेर २ देखि ३ प्रतिशत ब्याज आउने गरि राख्छन् । ५० प्रतिशत मात्र निक्षेप परिचालन हुंदा त सहकारी त सोझै घाटामा गईहाल्छ नै । दर्शन बचतको बासलात हेर्नुस् त सँधै नै ७५ देखि ८० प्रतिशत निक्षेप परिचालन भएको हुन्छ ।

अहिले कीर्तिपुरको बजारमा मोबाईल पसल र सुनको व्यापार गर्नेहरु दिनपर दिन बढ्दै छन् । कीर्तिपुरको लोकतान्त्रिक चोकदेखि बाहिरगांव सम्म सुनचाँदीको २२ वटा जति पसलहरु छन । के कीर्तिपुर सुनको मुख्य बजार हो ?

कीर्तिपुरमा जति मोबाईल पसल छन्, की त त्यो हाम्रो भुतपूर्व कर्मचारीको की त भुतपूर्व बिद्यार्थीले खोलेका छन् । यो हेर्दा खुसी लाग्छ । कीर्तिपुरमा भएका २९ वटा साना ठुला मध्ये केहीको ब्यापार धेरै राम्रो भएको जानकारी पनि पाएको छु । ब्यापारको हिसाबले अब यो भन्दा बढी पसल खोलिनु भनेको नाफा बाँंडिनु हो । यस्तै कुरा सुनचाँदी पसलमा पनि लागु हुन्छ । ग्राहकका लागि त जति धेरै पसल खुल्यो त्यति राम्रो तर ब्यापारीको लागि भने ठिक उल्टो । हामीले सुनको पसल खोल्नुमा ब्यापार भन्दा पनि अर्को उद्देश्य पनि छ । कुनै पनि ग्राहक यदि सबैभन्दा बढी कहाँ ठगिन्छ भनेर कसैले सोध्नु हुन्छ भने म सुन चाँदीमा भन्छु ।

तपाई हामीले लगाएको गर गहनाको शुद्घता यदि एक पटक हामीले परिक्षण ग¥यौं भने हामीलाई थाहा हुन्छ कि हामी कति ठगिएका छौं भनेर । सुन ब्यापारमा ज्याला र जर्तिका नाममा लुट नै हुन्छ । कम्तिमा १५ प्रतिशत देखि ५० प्रतिशत सम्म मिसावट भएको भेट्टाएका छौंं । अहिले केही ब्यापारीले सुन तथा चाँदीमा केडियम भन्ने धातु  मिसाउने गरेको पाईएको छ । त्यसैले सबैलाई आफुले सुन चाँदीको गहना खरिद गर्दा शुद्घता परिक्षण गराएर मात्र लिन अनुरोध गर्दछु । हामीले पनि शुद्घता परिक्षण गर्ने टन्चिङ्ग मेसिन (जुन कीर्तिपुरमा पहिलो र सायद अरु सुन पसलमा छैन) राखेका छौं । तपाईको पत्रिका मार्फत सबैलाई आव्हान नै गर्छु कि तपाईले लगाई राखेको गर गहना पनि हामी परिक्षण गरिदिन्छौं कि त्यो कतिको शुद्घता छ ।
त्यसैले कीर्तिपुरमा पनि शुद्घ सुनचाँदीका गरगहना बेच्ने हो भने २२ वटा पसल टिक्न गाह्रो हुन्छ । अव तपाई नै भन्नुहोस् किन कीर्तिपुरमा सुनचाँदी पसल बढेको बढ्यै छन् ।

कीर्तिपुर क्षेत्रमा यस्तो विघ्न सुनको पसल खुल्नुका प्रमुख कारण के होला ? के सुनको व्यापारमा निकै कमाई छ कि कसो ?

हाम्रो रिसर्चमा कीर्तिपुरमा हाल प्रतिदिन एक के जी सुन र ५ के जी चाँदी खपत छ । ब्यापारीले बैधानिक रुपमा ५ प्रतिशत जर्ति ग्राहकबाट लिन पाउँंछ । त्यस्तै गहना अनुसारको ज्याला अलग्गै लिन पाउँछ । जहां शुद्घता
परिक्षण गर्ने कुनै साधन छैन र जसको ठग्ने नियत छ त्यसले १५ देखि ५० प्रतिशतसम्म आरामसंग कुरामा भुलाएर ठग्न सक्छ । यदि कुनै ब्यापारीले प्रतिदिन शुद्घता देखाएर नै गरगहना बेच्छ भने करिब रु ५००० सम्म कमाउछ । मिसावत गर्ने ब्यापारीले कति कमाउछन् तपाई नै अनुमान लगाउनुहोस् । मैले यसो भन्नुको अर्थ सबैले मिसावत गर्छन् भनेको चाही पक्कै होईन चेक गर्ने मेसिन नराखे पनि केही राम्रा ब्यापारीले त शुद्घ सुन चादीका गरगहना नै बेच्नु हुन्छ ।

तपाईहरुले चाँदी आयात गर्ने लाइसेन्स प्राप्त गर्नु भएको छ । चाँदी आयात गर्दा त निकै लगानी गर्नुपर्ने छ । लगानी कहाँबाट गर्नुहुन्छ ? यस व्यापारमा कतिको फाईदा छ ?

हो नेपालमा चाँदी आयात गर्ने धेरै कम ब्यापारी मध्ये हाम्रो मोबिल्याण्ड इन्भेष्टमेन्ट कम्पनी पनि एक हो । हामीले दुवई, सिंगापुर र हंकङ्गबाट आयात गर्छाैं । एक पल्टमा ५० देखि ५०० के जी सम्म आयात गर्ने गरेका छौं । आयात गर्दा निकै धेरै पैसा चाहिने त हो तर बैंकको एल.सी. बाट काम हुने हुंँदा हाम्रो भन्दा पनि बैंकको पैसा प्रयोग बढी हुन्छ । धेरै भोलुममा काम हुने हुँंदा नाफा पनि राम्रो नै हुन्छ । अझ बढी रिस्क लिन र होल्ड गर्न सक्ने हो भने त झन धेरै नाफा कमाउन सकिन्छ ।

तपाईंहरुले मोटरसाईकलको शो रुम पनि खोल्नु भएको छ । यसमा कतिको व्यापार भएको छ । भविष्यमा कस्तो व्यापार हुने आशा राख्नु भएको छ ।

—हामीले आवर मोटर्स प्रा लि को नामबाट जगदम्बा ग्रुपसँंग सहकार्य गरि त्ख्क् ब्उबअजभ ब्रान्डका मोटरसाइकल तथा स्कुटरहरु बालाजु चोकमा सोरुम स्थापना गरी बिक्री बितरण गर्दै आइरहेका छौं । स्थापना गरेको दुई महिना भित्र जगदम्बाको ज्ष्नजभकत क्भििष्लन म्भबभिच भएका छौं अर्थात १०० वटा मोटरसाईकल बेचेका छौं । यही पौष महिना भित्र कीर्तिपूरको मंगल स्कूल पछाडी पनि नयांँ सोरुम राख्दैछौं साथै सर्भिस सेन्टर पनि राख्ने प्रयास गर्दैछौं । सायद यो नै कीर्तिपुरको पहिलो मोटरसाइकलको सोरुम हुनेछ । हाम्रो कम्पनीले जुनसुकै र जस्तोसुकै बाइकसँंग एक्सचेन्ज र किस्ताबन्दीको ब्यबस्था समेत गर्ने हुनाले राम्रो ब्यापार हुने बिश्वास छ ।

प्रेस पनि राख्नु भएछ । यसबारे केही भन्नु हुन्छ की ?

ट्वीन प्रेस र त्चभभ ःभमष्ब हाम्रा दुईवटा कम्पनी हुन जसले सम्पूर्ण प्रिन्टिङ्ग र इभेन्ट सम्बन्धि काम गर्छन् । बास्तवमा भन्ने हो भने हाम्रा ३० वटा कम्पनीको प्रमोसनको काम नै बार्षिक करोडौंको भैसक्यो जुन कामको लागि हामी अन्यत्र किन जाने भनेर नै कीर्तिपुरको मंगल स्कूल पछाडी नै अत्याधुनिक कलर प्रिन्टिङ्ग मेसिन, फ्लेक्स मेसिन आदि राखेर सम्पूर्ण प्रिन्टिङ्ग , प्रमोसन र मार्केटिङ्ग सम्बन्धि कार्य सुरु गरिएको हो ।
अब कीर्तिपुरका कुनैपनि संघ संस्था, स्कुल, कलेज, पसल, कम्पनी, बैंक तथा सहकारी संस्थाहरुले जस्तो सुकै छपाई सम्बन्धि कामहरु गराउनु परेमा पनि अन्यत्र कहीँ जानु परेन । साथै हामीले दर्शन बचत तथा ऋण सहकारी मार्फत एचष्खष्भिनभ ऋबचम को पनि ब्यवस्था गर्दै छौं । जुन कार्ड पाउनु भयो भने  ःभमष्ब मा मात्र होइन हामी संग सम्बन्धित सबै कम्पनीहरुमा भारी छुटको ब्यवस्था पनि गरेका छौं ।
तपाईलाई आफुले गरेका व्यापारहरु मध्ये कुन चाहीँ सवै भन्दा राम्रो र फलदाई हुने जस्तो लाग्छ ?
आफ्नो लिडरसिपमा शुरुवात गरी संचालनमा रहेका सम्पुर्ण ब्यवसाय उतिकै महत्वपुर्ण र फलदाई जस्तो लाग्छ तर पनि हाल भएको मध्ये सिराहाको लाहानमा हामीद्वारा संचालित कामना नर्सिङ्ग होमले हामीलाई सबै भन्दा बढी सन्तुष्टि र फलदाई भए जस्तो लाग्छ । एकातिर बिरामीहरुको सेवा गर्न पाउनु र अर्कोतिर बिना बार्गेनिङ्गको व्यापार भएकोले सबैभन्दा यो नै राम्रो लाग्छ । अर्काे भनेको हामी मातहातको मुक्तिनाथ इन्भेष्टमेन्ट कम्पनीद्वारा नेपालको विभिन्न जिल्लाहरुमा लगानी गरिएका आधुनिक कृषी तथा जडीबुटी उत्पादन तथा प्रसोधन र यसको बिदेश निर्यातले हुने सयौं गुणा बढी नाफाले पनि हामीलाई सन्तुष्टि दिएको छ ।

अन्तमा केही भन्नु छ कि ?
कुनै पनि सहकारीकर्मीले अरुको कुरा काट्नु  भन्दा पहिला आफु कहाँं छु भनेर पनि सोच्नु पर्छ । कहिले काहीँ आकाशमा हेरेर थुकेको थुक आफैलाई पनि पर्न सक्छ । अस्ति सहकारी सम्बन्धि मैले एउटा टे«निङ्ग लिएको थिएंँ । त्याहाँ एकजना बरिष्ठ सहकारीकर्मी टे«नरले भन्नु भएको एउटा कुरा तितो थियो तर मनन योग्य थियो । यदि अहिले सरकारले सहकारीहरुलाई कार्वाहीगर्ने हो भने नेपालको आधा जनसंख्या जेल जानु पर्छ रे । त्यसैले हामी सहकारी कर्मीहरुले पनि अरुले प्रगति गरेकोमा डाहा गरी कुरा काट्नु भन्दा पनि सहकार्य गरी कसरी आफूलाई पनि अगाडी बढ्ने र आफ्ना शेयरधनीहरुलाई राम्रो कमाई त्यो पनि बैधानिक रुपमा दिने भन्ने सोच्ने बेला आएको छ । नत्र यदि भविष्यमा कुनैपनि बेला सरकारले कार्वाही थालेमा कोही पनि पर्न सक्छ ।
अर्काे ब्यापार ,ब्यवसाय, लगानी आदिमा पनि मोबिल्याण्ड ग्रुप अन्तर्गतका सम्पूर्ण कम्पनीहरु कीर्तिपुरका सम्पूर्ण सहकारीहरुसंग सहकार्य गर्न तयार छन् ।

कीर्तिपुरका हरेक घरमा एकजना दक्ष ब्यापारी तयार होस् । कोही पनि विदेश गएर अरुको गुलाम भएर कमाउन नपरोस् । समृद्घ कीर्तिपुर, समृद्घ नेपाल बनाऊँ । हामीले नयाँं नयाँं ब्यापारिक क्षेत्रहरु पहिचान गरेका छौं जसको ज्वलन्त उदाहरण आधुनिक कृषि तथा जडिबुटी उत्पादन तथा प्रसोधन  जुन हामीले केही जिल्लामा सुरु गरीकेका छौं जसले हामी सबैलाई करोडौंको मालिक बनाउनेछ । हामी केही लाखको लागि बिदेश जानु पर्ने छैन । हामी निशुल्क परामर्श दिनेछौं ।

अन्तमा कीर्तिपुर सन्देशले मेरा भनाइहरु सम्पूर्ण पाठकमाझ पुर्याउन सहयोग गर्नु भएकोमा मुरी मुरी धन्यबाद छ । हरेक सहकारी हरेक मानिस डरत्रासमा हैन ढुक्कसंग अगाडी बढ्न हामी साथ दिनेछौं आउनुहोस् मोबिल्याण्ड ग्रुप तपाईहरुलाई पर्खेर बसेको छ ।










No comments:

Post a Comment