Sunday, January 29, 2017

उज्ज्वल स्कुलमा खेलकुद सप्ताह सम्पन्न

उज्ज्वल स्कुलमा खेलकुद सप्ताह सम्पन्न


विद्यार्थीहरुको लागि शारिरीक र मानसिक विकासको लागि खेलकुद अपरिहार्य विषय हो । जस्ले गर्दा बिद्यालयमा पढाईको साथसाथै खेलकुद लगायत अन्य विभिन्न अतिरिक्त क्रियाकलाप हरु पनि सञ्चालन गरि राखेको हुन्छ ।

त्यसैक्रममा पाँगास्थित उज्ज्वल शिशु निकेत एकेडेमीले पनि गत पुस १७ देखि २२ गतेसम्म कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विभिन्न खेलकुद प्रतियोगिता गरि खेलकुद सप्ताह मनाइएको छ । साना साना भाईवहिनीहरुको लागि विभिन्न रमाइला खेलहरु तथा अरु विद्यार्थीहरुको लागि मिनि फुटवल, वास्केटवल, क्रिकेट, क्रसकन्ट्री, ब्याडमिन्टन, डोरी तान्ने लगायतका खेलहरु सञ्चालन गरेको थियो ।

अन्तर सदन एवं कक्षागत अन्तर्गत यी विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्द विद्यार्थीहरुमा नयाँ जोश, उमङ्ग एवं रोमान्चक भएको थियो ।

उक्त खेलकुद सप्ताहको विभिन्न इभेन्टसमा क्रमश निम्न अनुसार विद्यार्थी विजयी भएका थिए ।
कक्षा नर्सरी– वास्केटवल फ्याक्ने — १ रोहित विष्ट प्रथम, २. सुनीता बुढामगर दोस्रो, ३ स्नेरीका महर्जन तेस्रो ।
कक्षा एलकेजी—.रङ्ग छुटाउने १ जेसीना महर्जन, २.वादल श्रेष्ठ ३.रेन महर्जन

कक्षा यूकेजी– कटन बल १.रोहित पुनमगर, २.अविगेल महर्जन, ३.साधना मैनाली

कक्षा १ फिसिङ्ग गेम— प्रतीक नायक, २.असुल महर्जन, ३. सिद्धिका महर्जन,

कक्षा २—डक वाकिङ्ग १. स्वरुप महर्जन, २.जीवन कुमार थापा ३.विपूल महर्जन

कक्षा ३. गुच्चा राखेर चम्चा दौड— डेनीस रावल, समृद्धि वंजारे ३.रेविक महर्जन

 अन्तर सदन ः मिनी फुटवल— रोज हाउस प्रथम, पेन्जी हाउस दोस्रो

जुनियर ब्याडमिन्टन छात्र— शैलेस लामा, प्रलिन महर्जन, सुब्रत अधिकारी

जुनियर ब्याडमिन्टन छात्रा — अंशु बुढाथोकि, शुशिला महर्जन, स्ववितका बज्राचार्य

सिनियर ब्याडमिन्टन ब्वाइज — सन्देश लामा, सरोज थापा, अजय नगरकोटी

सिनियर ब्याडमिन्टन गल्र्स — जस्मी महर्जन, रागिनी महर्जन र त्रिसला महर्जन ।

वास्केटबल ब्वाइज—लोटस हाउस आइरिस हाउस

सिनियर क्रिकेट ब्वाइज — लोटस हाउस, रोज हाउस

सिनियर क्रिकेट गल्र्स — लोट्स हाउस प्रथम, रोज हाउस दोस्रो

सिनियर डोरी तान्ने ब्वाइज — आइरिस हाउस, पेन्जी हाउस

सिनियर डोरी तान्ने गल्र्स — आइरिस हाउस, रोज हाउस

सिनियर क्रस कन्ट्री ब्वाइज — सन्जय लामा (प्यान्जी) प्रथम क्रिश महर्जन (लोट्स) दोस्रो, सविन थापा (रोज) तेस्रो

सिनियर क्रसकन्ट्री गल्र्स — सोनिया महर्जन (आइरिस) प्रथम रोजिना महर्जन (आइरिस) दोस्रो रोजि महर्जन (रोज) तेस्रो

जुनियर क्रस कन्ट्री गल्र्स — सुशीला महर्जन (आइरिस) प्रथम, शिया मग्राती (रोज) दोस्रो, प्रमिशा पोखरेल (रोज) तेस्रो भएका छन ।

यस खेलकुद सप्ताहमा पुरस्कृत विद्यार्थीहरुलाई र गत शैक्षिक शत्रमा उत्कृष्ट एवं अन्य यस शैक्षिक सत्रमा अरु
अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई आगामी माघ १५ गते हुने वार्षिक पुरस्कार वितरण कार्यक्रममा पुरस्कार प्रदान गरिने प्रिन्सिपल दिलमान महर्जनले जानकारी दिनु भएको थियो ।

No comments:

Post a Comment