Sunday, January 29, 2017

दोस्रो भ्वाईस अफ राराहिल सम्पन्न

दोस्रो भ्वाईस अफ राराहिल सम्पन्न

कीर्तिपुरको छुगाउँस्थित राराहिल मेमोरियल स्कुलद्वारा आयोजित भ्वाईस अफ राराहिल दोस्रो  सम्पन्न भएको छ । आफ्ना विद्यार्थीहरुमा रहेको गायन क्षमतालाई अभिबृृद्धि गर्न यो आयोजना गरिएको हो ।

तारा काफ्ले र दीपा महर्जनले संचालन गरिएको उक्त कार्यक्रमको सभापतित्व संगीत शिक्षक गुजे मालाकारले गर्नु भएको थियो भने प्रमुख अतिथि स्कुलका प्रिन्सिपल जगत वहादुर महर्जन हुनुहुन्थ्यो । अन्य अतिथीमा प्राथमिक तहका इन्चार्ज रेखा भन्सारी हुनुहुन्थ्यो । निर्णायक मण्डलका सदस्यहरु शतिस महर्जन, काली प्रसाद वास्कोटा र रीता महर्जन हुनुहुन्थ्यो । त्यस्तै संगीतकारहरु सन्तोष महर्जन, न्हुच्छे दर्शनधारी, स्वर्णिम महर्जन, सुनिल महर्जन हुनुहुन्थ्यो ।

आशन ग्रहण पछि प्रमुख अतिथि लगायत सबैजनाले शहिदहरुको तस्वीरमा माल्यार्पणको साथै पूmलको गुच्छा अर्पण गर्नुका साथै एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रमुख अतिथिले भ्वाईस अफ राराहिलको ब्यानर खोलेर उद्घाटन गर्नु भएको थियो ।

राष्ट्रिय गान र स्कुलको गीत पनि गाइएका थिए । स्वागत मन्तव्य रेखा भन्सारीले दिनु भएको थियो ।
कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरु जम्मा १३ जना सहभागी भएका थिए । गायन प्रतियोगितामा भागलिने विद्यार्थीहरुमा १.सुदिक्षा सुन्दास कक्षा ८ बी, २. सब्द मैनाली कक्षा ६, ३.सभ्यता नेपाल कक्षा ८ बी, ४.समिर बि.क. कक्षा ७, ५.बिना श्रेष्ठ कक्षा ८ ए, ६.संकेत खड्का कक्षा ७ बी, ७. रुस्मा महर्जन कक्षा ६, ८.प्रज्वल महर्जन कक्षा ९, ९.लकिसा नापित कक्षा ७ बी, १०. अभिषेक दाहाल कक्षा १०, ११.रितु सुन्दास कक्षा ६, १२.आशुतोष झा कक्षा १०, १३. सम्पदा विष्ट कक्षा १० रहेका छन ।

उक्त प्रतियोगितामा प्रथम अभिषेक दाहाल कक्षा १०, दोस्रोमा संकेत खड्का कक्षा ७ बी तेश्रोमा सम्पदा विष्ट कक्षा १०, चौथोमा बिना श्रेष्ठ कक्षा ८ ए भएका छन् ।

विजयी हुन सफल विद्यार्थीहरुलाई प्रमुख अतिथि जगत वहादुर महर्जनले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभयो । त्यस्तै निर्णायक मण्डलका सदस्यहरुलाई मायाको चिनो प्रदान गरियो ।
धन्यवाद ज्ञापनको साथै सभापतिले सभा विसर्जन गर्नुभयो ।

No comments:

Post a Comment